एकान्त बासको आँशु र कोरोना

देवबहादुर श्रेष्ठ
विश्वमानै फैलिएको महामारी र डरलाग्दो रोग कोरोना भाईरसले विश्वका मानवनै आतंकित भएका छन् । यसले को ठुलो को सानो भन्ने भेदभाव पनि गरेको छैन । सबै भन्दा शत्ती शाली मानिने अमेरीकाका राष्ट्रपति देखि लिएर झुपडीमा बस्ने हर मानवहरुमा यो भाइरसले आफ्नो डेरा जमाएको छ । भनिन्छ प्राकृतिक प्रकोप सँग वैज्ञानिकहरुले पनि हार खानु पर्दछ । करिब १ वर्ष नै हुन लाग्यो रोग विश्वमा फैलिएको । वैज्ञानिकहरु रोगलाई निर्मुल पर्न अहोरात्र खटिएका छन् । केही भ्याक्सिन र ट्यावलेट पनि उत्पादन गर्न र परिक्षण गर्न सुरुवात गरिएको छ । तै पनि आज सम्म सफलता प्राप्त हुन सकेको छैन ।

विश्वको सबैभन्दा बढी जनसंख्या भएको चीनबाट यो रोगको सुरुवात भएको हो । तर त्यही देशले यो रोगलाई नियन्त्रण गरिसकेको छ । विश्वका अन्य देशमा खासगरी विश्वको सबैभन्दा विकशित मुलुक अमेरिकामा यो भाइरसले आतंक नै फैलाएको छ । अमेरीका सहित युरोपियन देशहरु र एशियाका धेरै मुलुकमा यो रोगले लाखौ मानिसको ज्यान लिई सकेको छ । यो रोगले मासिनको ज्यान मात्रै होइन हरेक आर्थिक कारोबार गर्ने उद्योग धन्दाहरु पनि चपेटामा परेर आर्थिकरुमा धेरै राष्ट्रहरु तहस नहस भएका छन् ।

कोभिड–१९ ले खास गरि दैनिक काम गरेर जीवन गुजारा गर्ने मजदुर र गरीब व्यक्तिहरुलाई ठुलो असर पारेको छ । हरेक देशका सरकारले गरिब जनतालाई राहको व्यवस्था गरेपनि त्यो प्रभावकारी हुन सकेको छैन ।

झन नेपाल सरकारले एकद्वार प्रणालीको नाममा राहत वितरण गर्ने प्रणालिले ठुलो समस्या ल्याएको छ । धन पनि मन पनि हुने व्यक्तिले सिधै गरिब गुरुवा र खान नपाएकाmाई खाना खुवाउन पनि स्थानीय सरकारहरुको अनुमति लिनु पर्ने समस्याले झन जटिलता बनाएको छ । देशको राजधानी काठमाडौमा विहान बेलुका विभिन्न संघ संस्थाले खाना पकाएर खुवाएको दृश्यले नेपालको मुहार र सरकारको अवस्थालाई गिज्जाएको छ ।

कोरोना भाइरसको आतंकले कोरोना लागेका र विदेशबाट स्वदेश फर्किएका नेपालीहरुलाई २ हप्ता क्वारेन्टिनमा बस्न पर्ने नियम छ । तीन तहका सरकारले र विभिन्न संघ संस्थाले नगरपालिका र गाउँपालिकाहरुमा बनाईएको क्वारेन्टिन स्थान भनेको त्यस ठाउँका विद्यालयहरु हुन । विदेशमा दुख पाएका र बल्ल तल्ल अनेक उपाएबाट स्वदेश फर्किएका ती पुरुष महिला दाजुभाइ दिदी बहिनीहरुले साच्चैनै त्यो एकान्त बासमा बस्ने बेलामा आफ्नो घर आफ्नो परिवारलाई सम्झेर बगाएको आँशु कसले पो देख्छ र । पाँच सात घण्टा एकान्तबास बस्न त कति कठिन हुन्छ । भने १४ दिन एकान्तबास बसेर फेरी पिसिआर गरेर पोजेटिभ देखियो भने अर्काे २ हप्ता बस्नुपर्ने र ज्यानै जाने जोखिमले कति मर्माहित पार्दछ होला । त्यो पीडालाई शब्दमा बयान गर्न सकिदैन ।

आजसम्म कोरोना भाइरस विश्वमानै निर्मुल हुने नाम लिएको छैन । अझ कति लाख मानिसको ज्यान लिने हो । कतिलाई यसले सताउने हो भन्न सकिदैन । सबैभन्दा अफ्ट्यारो त यसले यो बनाएको छ की आफ्नो आफ्न्तको मृत्यु हुदा पनि आफ्नो धर्क संस्कारले दाह संस्कार गर्न नपाईने । नत आज सम्म विश्वमा निस्कीएको भ्याक्सीन र औषधी पनि भरपर्दाे छ भनेर सम्बन्धित अनुसन्धान गर्ने बैज्ञानिकले भन्न सकेका छन् । आज विश्वास र आश गरेका थियौ कि नेपालीहरु को खानपीन र रहन सहन पनि आफ्नो खालको छ र यसले कोरोनालाई पनि जित्न सक्छ भन्ने सोच थियो । तर आजभोली नेपालमा पनि कोरोना बढ्दै जाँदा दिन प्रतिदिन मानिसहरु आतंकित बनिरहेका छन् । त्यसैले यो रोग सँग सतर्क रही जुध्न सरकार र सरोकारवालाले अपनाएको नियमलाई राम्ररी पालना गरौ । यसैमा सबैको भलो हुने छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *