स्वास्थ्य र चाडपर्व

कृषिता अधिकारी (निशा)
भनिन्छ स्वास्थ्य नै मानिसको ठूलो धन हो । गहना हो जब मानिस निरोगी हुन्छ उ पूर्णतया स्वस्थ्य हुन्छ हिडठल गर्न आफ्ना विभिन्न कृयाकलाप गर्न सक्दछ तर केवल शारीरिक रुपले ठिक हुदैमा उ पूर्णरूपमा स्वस्थ्य नै छ भनेर भन्न सकिदैन कारण मानिस भौतिक स्रोत आहारविहार भएर मात्र हुदैन त्यसका लागि त शारिरीक र मानसिक दुवै तर्फबाट स्वस्थ्य हुनुपर्छ त्यसैले पनि मानिसको सबैभन्दा अमुल्य गहना नै स्वास्थ्य हो वास्तवमा भन्ने हो भने विश्वमा दिर्घ रोगिहरुको जनसंख्या बढ्दो अवस्थामा छ कारण खानपान ,वातावरणिय प्रभाव तथा मानसिक तनावग्रस्त जिवनशैलिले मानिसलाई दिर्घरोग लाग्ने गर्दछ नेपालको सन्दर्भमा भन्ने हो भने अधिकांश मानिसहरु मधुमेहका विरामीहरु प्रशस्त भेटिन्छन् भने अन्य दिर्घ रोगहरु यसको तुलनामा कम रहेको छ पछिल्लो समयमा आधुनिक जिवनशैलि वाहिरी खानाहरु र गुणस्तरीय पौष्टिक खानाको अभावले पनि मानिसहरु विरामि हुने गर्दछन ।

त्यसैगरी अहिलेको विषम परिस्थितमा झन् माहामारी फैलिरहेको छ स्वास्थ्य मानिसको तुलनामा हेर्ने हो भने प्रायजसो दिर्घरोगीहरुलाई नै यो कोभिड अर्थात् कोरोना भाइरसको संत्रमण भइरहेको छ किनकि विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा १० प्रतिशत मानिसलाई कोरोना संत्रमणको अनुमान गरिसकेको छ नेपालको सन्दर्भ लाई हेर्ने हो भने पछिल्लो समयमा दिन प्रती दिन कोरोना बढिरहेको छ जसले गर्दा विश्व नै आज यसको प्रकोप संग जुधिरहेको छ ।

त्यस्तै हामी र हाम्रो समाज आज जटिल परिस्थितिको सामना गर्दै छ एकातिर कोरोनाको माहामारि अर्कोतिर नेपालीको घरआगँनमा भित्रीएका चाडपर्वहरु जसले गर्दा हामी जनमानसमा चहलपहल शुरु भैइसकेको छ यश सँगसँगै नेपालीहरु पनि तडकभडकमा उत्तिरहेका हुन्छन हुन त मानिसको स्वभाव नै हो तडकभडक गर्नु देखाशीकि गर्नु तर अहिलेको विषम परिस्थितिमा पनि विभिन्न ठाउँहरुमा भिडभाड गर्ने विनाकाम डुल्ने घुम्ने प्रविधिहरु भइरहेको अवस्था छ वास्तवमा भन्नुपर्दा कोरोना लाउने डर भन्दा पनि हामीले अपभोग गर्ने खाद्य सामाग्री देखि लिएर लत्ताकपडा कस्मेटिक जस्ता सामाग्रीहरु कतै छुट्ला की नपाइने पो हो कि भन्ने जस्ता चिन्ता र चासोको विषय बनेको छ आजभोलि बजारमा फेन्सि पसल ,तरकाली पसल अथवा सुनचाँदी पसल होस अत्यधिक भिडभाड हुने गरेको पाइन्छ ।

अर्कोतिर हामीले देखिरहेका हुन्छौं कि मुखमा माक्स छ सेनिडाइजर पनि छ तर सामाजिक दुरि भने कायम छैन मान्छेको घुइँचो त कतै विभिन्न पसलहरुमा भिडभाड यदि सामाजिक दुरि नै कायम छैन भने मुखमा माक्स र हातमा सेनिटाइजरको के अर्थ छ र होइन एकपटक हामी जनमानसले सोचौ त ? कोरोना प्रकोपको मुख्य कारण मानिसहरुको भिडभाड जन्कभेट हो नि साच्चै नै भन्ने हो भने हामीले कोभिड १९ अर्थात् कोरोना भाइरसलाई गम्भीरतापूर्वक लिएकै छैनौं केवल मुखमा माक्स अनि सेनिटाइजरले मात्र हामी यो भमइरस सँग वचन सक्दैनौं हामी ले प्रयोग गर्ने भाडा ,लत्ताकपडा ,सरसफाइ देखि पारिवारिक दुरि समेत कायम गर्नु पर्ने हुन्छ तर नेपाली समाजको चलन भनौ वा प्रवृधि भनौ देखावटिपन, प्रतिस्पर्धा तथा होडबाजिमा जुधेकै हुन्छौं हप्तैपिछे, महिनैपिच्छे सपिङ गर्नेैपर्ने बजारमा के कस्ता सामानहरु आएका छन फेसनअनुसार आफुलाई ढाल्नै पर्ने स्वभाव हुन्छ भने कसैको स्वभाव अरुलाई देखाउने खालको हुन्छ त्यस्तै अहिलेको विषम परिस्थितिमा पनि मानिसहरु जम्मा हुने भिडभाड हुने आफन्तजनसँग भेटघाट तथा सामाजिक सम्मेमितता नअप्नाइकन खसी किन्ने काट्ने जस्ता कृयाकलापबाट हामी कत्तिपन टाढा रहन सकेकै छैनौं ।

हामीलाई जोखिम मोलेरै पनि विभिन्न चाडपर्व मनाउने गछौँ । किनकि हामी नेपालीहरु धर्म संस्कृति प्रति धेरै नै आस्था विश्वास राख्ने गर्दछौं । जसले गर्दा विषम परिस्थिति यो माहामारिलाई समेत ध्यान नदिइ चाडपर्व मनाइरहेका हुन्छौं । जथाभावी भिडभाड हुलदंगा समेत मचाइरहेका हुन्छौं सरकारले लकडाउन गरेको लामो समय भइसक्दा पनि न त कोरोना नियन्त्रण नै भएको छ न त संत्रमणको संख्या नै कारण हामी आफै स्वयं आममानिसहरु सचेत र सुरक्षित अप्नाइरहेका छैनौं जसले गर्दा आज नेपालमा दिनप्रतिदिन कोरोना संत्रमणको संख्या बढ्दो रहेको छ अर्कोतिर हरेक क्षेत्रमा जादा र व्यापार व्यवसाय उद्योग कलकारखाना , बैंक लगायतका क्षेत्रमा समेमित नै छैन वास्तवमा कोभिड १९ ले साना देखि ठूला व्यापार व्यवसाय तथा उद्योग कलकारखाना सबैलाई प्रत्यक्ष प्रभाव पारेको हुन्छ तेसो भन्दै गर्दा सम्पूर्ण उद्योग क्षेत्र व्यापार व्यवसाय गर्नु हुदैन बन्दै गर्नुपर्छ भन्ने मनसाय यश लेखको कदापि होइन तर सामाजिक दुरि कायम गरौ भिडभाड नगरौ माक्स सेनिटाइजर प्रयोग गरौ जसले गर्दा कोरोना नफैलियोस सुरक्षित र सचेतना अप्नाएर व्यापार व्यवसाय गरौ ।

त्यसैगरी हामीले विभिन्न चाडपर्व मनाउदा ख्याल गर्ने गरौ किनकि अहिलेको विषम परिस्थितिमा हामीले आफ्नो स्वास्थ्यको ख्याल राख्नुपर्छ हामी नेपालीहरुको स्वभावलाई समय अनुसार परिवर्तन गर्नैपर्छ किनकि हामीले विभिन्न चाडपर्वमा विभिन्न परिकारहरु खाने माछामासु अत्यधिक मात्रामा खाने गर्छाैं चिल्लो प्रदार्थ प्रयोग गर्छाैं जसले गर्दा हाम्रो स्वास्थ्यमा समस्या आउने गर्दछ हामीलाई विभिन्न रोग लाग्नुको प्रमुख कारण नै खानपान रहनसहन र वातावरणिय प्रभावका कारण हामीलाई विभिन्न किसिमका रोग लाग्ने गर्दछ अहिलेको परिस्थितिलाई हेर्ने हो भने विश्वका अधिकांश मानिसलाई मधुमेह रोग लागेको छ प्रायजसो कम उमेरका युवावर्गलाई समेत मधुमेह रोगले गस्त बनेको पाइन्छ किनकि हामीले हाम्रो स्वास्थ्यलाई ख्याल गरिरहेका छैनौं बाहिर बजारमा पाइने प्याकेयुक्त खानेकुरा खानेगर्छाै गाउँघरमा पाइने खाद्यान्न आजभोलि खाने चलन हराइसकेको छ हामीलाई रोटि ,ढिडो ,आटो कोदो मिठो नै हुदैन त्यसैले छिटो र मिठास पूर्ण परिकार हरु बाहिर बजारमा पाइने हुनाले पनि हामी खाने गर्दछौ जसले गर्दा विरामि हुन्छौं कम उमेरमा रोग लाग्ने गर्दछ ।

तसर्थ , हामीले हाम्रो स्वास्थ्यको ख्याल गर्नुपर्छ किनकि स्वास्थ निरोगि जिवनशैलिले मानिसको आयु अधिक मात्रामा हुने गर्दछ भने स्वस्थ्य खानाले हामीलाई रोगी विरामिपन पनि हुदैन त्यसैले हामीले मनाउने विभिन्न चाडपर्वहरुमा विभिन्न परिकार चिल्लो पदार्थ कम मात्रामा खाने र सम्पूर्ण परिकारहरु मिलाएर मात्रामा खाने गरौ समेमित र सामाजिक दुरि कायम गरि चाडपर्व मनाउँ स्वस्थ्य रहौं सुरक्षित रहौं र हर्ष उल्लासका साथ नेपालीहरुको महान् चार्ड विजया दशमी मनाउँ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *