शुभेच्छा पन्त
कोही मानिस जन्मिँदै पवित्र हुने र काहीे अपवित्र हुने परम्परादेखि धार्मिक नियम र जातभात पानी चल्ने नचल्ने, कोसँग छोइन हुने कोसँग छोइन नहुने आदि लक्ष्मणरेखा कोर्ने काम धर्मले गरेको छ । यसैगरी कसले के खाने, के नखाने लगायतका छुवाछुत, दाइजो, बोक्सी, धामी झाँक्री, बालविवाह, छाउपडीजस्ता प्रथा समाजमा जीवितै छन ।
यस्ता प्रथा, परम्परा, मूल्य–मान्यताको कारण समाजमा अपेक्षित रुपमा विकास हुन सकेको छैन र निरन्तर कुप्रथा र कुसंस्कार जसमा बिरालोले बाटो काट्यो, रित्तो गाग्री देखियो, कामी जातको कसैलाई देखियो भने साइत बिग्रिएको ठान्ने । कुनै सवारीसाधन दुर्घटनामा नपरोस् भनेर निर्दोष प्राणी बलिमा चढाउने आदि अन्धबिस्बास हामी एक्काइसौँ शताब्दीका सचेत नागरिक नागरिकमा पनि बिद्यमान छ । घरघरमा टिभी, रेडियो, हात–हातमा मोबाइल र इन्टरनेट बोकेर हिडने र आफूले संसार जाने–बुझेको ठान्ने व्यक्तिको सोचमा पनि पुरातन रुढिवादी संस्कृतिको प्रभाव रहिरहनु अनौठो बिषय बनेको छ । जादू, टुनामुना,बोक्सी, शकुन, मुहूर्त, मणि, ताबीज आदि अन्धविश्वासका कारण समाज र व्यक्ति दुवैलाई नराम्रो बनाएको छ ।
विश्वास भनेको कुनै कुरा व्यक्ति, नीति र मतप्रति हुने सत्यको अवधारण वा पत्यार हो तर विवेक विचार नपु¥याई गरिने विश्वासलाई अन्धविश्वास भनिन्छ । अन्धविश्वास भनेको अन्ध र विश्वास दुई शब्द मिलेर बनेको शब्द हो । अन्धविश्वास सामाजिक विकृति पनि हो । मानिसले धर्म, संस्कृति र परम्पराका नाममा विभिन्न राम्रा–नराम्रा पक्षहरूमा विश्वास राख्छन् । सामाजिक विकृतिका पछाडि कुनै न कुनै रूपमा अन्धविश्वासले काम गरेको हुन्छ ।
पुरातन परम्परादेखि प्रचलित प्रथा परम्पराहरु, राीतिरिवाज आदिमा पत्यार नै नपु¥याई गरिने विश्वास हो । कुनैपनि कुराको सत्य तथ्य अर्थात यर्थाथ नबुझि कुनै कुरा पत्याउनै अन्धविश्वास हो । नेपाली समाजमा अन्धविश्वासले आफ्ना जराहरु परापूर्वककालदेखि नै गहिरोसँग गाडेको छ, जसले गर्दा एक्साइसौँ शताब्दीको युगले पाइला टेव्दा पनि अग्रगामीका पाइलाहरु अगाडी बढ्न सकेका छैनन् । प्रकृतिले मानिसलाई ठिक र बेठिक छुट्याउन सक्ने विवेक त दिएको छ तरपनि मानिसले त्यो विवेक र बुद्धिको राम्रोसँग प्रयोग गरेका छैनन् । मानिसलाई जिउन एक अर्काप्रति विश्वास चाहिन्छ तर विश्वासविना यो विश्व चल्दैन् । अन्धविश्वास धार्मिक भावना र यस भावनाले थपेको अभ्यासहरूको एक विचलन हो ।
विश्वासभित्र विवेक र बुद्धि हुनुपर्छ । कागले कान लगिदियो भनेकै भरमा कागको पछि नलागी आफ्नो कान छाम्नुपर्छ र यस्तो कुरामा विश्वास गर्नु मानिसका लागि शोभनीय हुदैन् । यात्रामा सबैजना सर्तक हुनुपर्छ तर बिरालोले बाटो काट्यो भन्दैमा बिरालोलाई दोष दिनु हुदैन् । सोच विचार गरेर हरेक कुरालाई राम्रो र सही बाटोतर्फ नयाँ शैलीका आधारमा अगाडी बढाउनुपर्छ । यसलाई नै अग्रगामी भनिन्छ । मानिसहरु अग्रगामी कुराका साथ अगाडी बढे तापनि व्यावहार र कार्यमा अप्नाइएको छैन् । थाहा छ, नेपालले पनि संघर्ष गरेर यहाँसम्म आएको छ । राणाशासनमा पनि जनताहरु त्यसका विरुद्ध उत्रेर प्रतिफल नेपालमा प्रजातन्त्रको उदय गरे ।
प्रगतिवादी, प्रजातन्त्रवादी विचारमा अगाडी बढेको छ तर राणशासनको बेला जनताका हक र अधिकारहरु कुन्ठित गरियो , मानिसलाई नजरबन्दका साथ यातना दिन पनि पछि परेनन् । नेपालमा क्रान्ति चल्दै गयो, क्रान्तिपछि पनि धेरै करुामा परिवर्तन आएको छ जस्तैः मानिसले हक र अधिकारहरु पाए यति हुदाँ हुदै पनि अन्धविश्वासमा रुमलिएको यो समाजमा अप्रतियाला घटना नभएको दिन हुदैन् । संघर्ष गरे तापनि बुद्धि र विवेकको राम्रोसँग प्रयोग नभएर अन्यथा नराम्रा कराहरुमा विश्वास राख्ने र समाजमा नकारात्मक गतिविधि बढ्ने भएको छ । अहिले सोझा साझा जनता जो दिनभरी भरिया, मजदुर गरेर जीवन यापन गर्थे उनीहरु विचल्लीमा परेमा छन् । युद्धको समयमा स्कुल पढ्दापढ्दै हिडेका ती अग्रगामी पाइलाहरु अहिले कहाँ, कस्तो अवस्थामा छन् थाहा छैन् । उनीहरुका छोराछोरी भोकभोकै बस्न बाध्य भए तर त्यी अग्रगामी पाइलाहरुले व्यक्तिलाई घरबार विहिन बनायो ।
अन्धविश्वासले यति नराम्ररी गाँजेको छ कि हामी हरेक पाइलामा यसको अभ्यास गर्न बाध्य छौँ । हामी कतै जान हिँड्दै छौँ । बिरालोले बाटो काट्यो, रित्तो गाग्री देखियो भने साइत बिग्रिएको ठानिहाल्छौँ । कुनै सवारीसाधन किनियो भने दुर्घटनामा नपरोस् भनेर निर्दोष प्राणी बलिमा चढाउँछौँ । अन्धविश्वासलाई पुष्टि गर्नका लागि कुनै कारण नै छैन । यो त एउटा मानसिक कमजोरी मात्र हो । यो सोचाइमा भर पर्ने कुरा हो । नेपाली समाजमा अन्धविश्वासका कारण छोरी महिनावारी नहुँदै जल खानु पर्छ भनि पहिला नै विवाह गरिदिने जस्ता अन्धविश्वासलाई झेलेर यहाँसम्म आएको छ आजसम्म २१औ शताब्दिको विज्ञान समाज पनि अन्धविश्वासमा रुमलिएर चल्दै आएको छ ।
हामीले चाहेको खण्डमा यसबाट निकास पाउन सक्छौं । मानिसको जन्म भएको समयदेखि नै यस्तो विश्वास गर्छन् कि कसले के खान हुने, के नखाने हुने भन्ने निधोसम्म धर्मले गर्छ भनिएको छ । यस्ता हजारौँ प्रथा, परम्परा, मूल्य–मान्यताको उत्पादन र निरन्तर विकास धर्मले गर्दै आएको छ । यी सबै कुप्रथा र कुसंस्कारका पछाडि धार्मिक अन्धविश्वास जोडिएको छ । यो समाजमा कोही शासक वा राजा हुनु, मजदुर हुनु, स्वस्थ वा रोगी हुनु अघिल्लो जुनीको कर्मको फल भएको विश्वास गर्छ ।
वर्तमानको समाजलाई नियाल्दा अहिले पनि रुढीबाढबाट ग्रसित छ । देशमा नयाँ संविधान जारी भएर कार्यान्वयनमा आएतापनि यस्ता रुढीबाढ र अन्धविश्वासबाट समाजको रुपान्तरण गर्न सकिएको छैन । जातिवाद र अन्धविश्वास कुरुतिबाट समाज र राष्ट्रले कोल्टो फेर्न सकेको छैन् । वर्तमान विश्व एकतिर अंतरिक्षमा पुग्दैगर्दा हाम्रो नेपाली समाज अझै जातीय द्वंदबाट बाहिरिन नसकेको अवस्था छ । धर्मनिरपेक्ष राष्ट्र घोषणा भएतापनि हाल जातिवाद र जातियताकै घमासानले देश धनि र गरीब, स्त्री र पुरुष, जातिय भेदभाव, अन्धविश्वास, छुवाछूत तथा कुसंस्कारको जरा गाड़ीराखेकै अवस्थामा समाज र राष्ट्र कसरी अगाडी बढ्न सक्दछ ? त्यसैले समाजमा आफ्नो आत्मसम्मान र अधिकार खोज्नका लागि यस्ता कुरुति, अन्धविश्वासहरुलाई हटाएर अगाडि बढ्न आवश्यक देखिन्छ ।