कन्ट्रयाक ट्रेसिङमा परेका पत्रकार घर्ती मगरको पाँच दिने होम क्वारेन्टिन अनुभव

संगम घर्ती मगर
कन्ट्याक्ट् ट्रेसिङमा परेको जानकारीपछि सुरु भएको करिब एक साताको गुप्तबास आजबाट सकिएको छ । कोरोना परिक्षण रिपोर्ट नेगेटिभ आएको आधिकारिक जानकारी प्राप्त भएको छ । दशैपछि मसंग सम्पर्कमा रहेका सबै साथीहरू म बाट सुरक्षित रहेको जानकारी गराउछु । आफू संक्रमित भएकी भन्ने भन्दा पनि यो बिचमा मैले अरु साथीहरूलाई पो सारेकी भन्ने कुराले ज्यादा तनाव दियो । अघिल्लो साताको सोमबार म कन्ट्याक्ट् ट्रेसिङमा परेको रहेछु ।

त्यसको जानकारी शुक्रबार साझ मात्र एउटै गाडीमा सङ्गै यात्रा गरेको मेडमलाई पोजेटिभ देखिएपछि थाहा भो । सोमबार देखि शुक्रबारको बिचमा मैले पत्रकार साथीहरू सङ्गै सिङ्गो तमानखोला गाउँपालिका चहारेर फर्केको थिए । ट्रेसिङमा परेको जानकारीपछि आइतबार स्वाब दिन क्याम्पससम्म पुग्ने बाहेक घरको च्यानल गेट पार गरेर बाहिर हेरेको छैन । सङै स्वाब दिएकाहरु बजारमा डुल्दैछन तिमी मात्र लुकेर बस्छौ भन्ने कुरा पनि आए ।

संक्रमण पुष्टि भएका संग क्लोज कन्ट्याक्ट्मा परेको थाहा पाउँदा पाउदै म बाहिर हिंड्न नैतिक रुपले मिल्थेन र म हिडिन पनि । एकै दिन स्वाब दिएकाहरु मध्ये १९ जनाको हिजो बिहान साढे १० बजेतिर पोजेटिभ रिपोर्ट आयो । परिक्षण सङ्गै भएको भए पनि हाम्रो रिपोर्ट नेगेटिभ भएको आधिकारिक जानकारी स्वास्थ्य कार्यालय बागलुङ र बागलुङ नगरपालिका स्वास्थ्य शाखामा आईपुग्न आज बेलुकीसम्मको समय लाग्य्यो ।

परिक्षण भैसकेर पोजेटिभ होइन इमेल नआउँदासम्म नेगेटिभ कन्फर्म गर्न पनि सकिदैन भनिएको करिब करिब २८/२९ घन्टाको यो पिरियड सबैभन्दा कष्टकर हुँदो रैछ । जसलाई पोजेटिभ देखिएपछि म कन्ट्याक्ट् ट्रेसिङमा परेको थिए उहाँलाई श्वासप्रश्वासमा केही समस्या देखिएपछि हेलिकप्टरबाट उपचारका लागि काठमान्डौ लगिएको छ । उहाँको सिघ्र स्वास्थ्य लाभको कामना गर्दछु । कोरोना संग आफै नजोगिए स्वास्थ्यकर्मीले समेत जोगाउन नसक्ने अवस्था आउन सक्छ । त्यसैले सचेत र सतर्क बनौं । फेरि आ-आफ्नो काम पनि त गर्नुपर्ने नै छ । जोगिदा जोगिदै पनि संक्रमन हुनसक्छ । संक्रमितप्रति सद्भाव र हौसला प्रकट गरौं ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *