संकटमा सञ्चार

दिल शिरीष

पृष्ठभूमी
:
सञ्चार भन्नाले निश्चित स्रोतबाट सृजित सूचना वा सन्देश कुनै माध्यमबाट प्रापकसम्म पु¥याउने प्रक्रिया हो । निश्चित अर्थपूर्ण सूचना तथा सञ्चार निश्चित समाचार माध्यमबाट आम जनसमुदायमा पु¥याउने प्रक्रियालाई आमसञ्चार भनिन्छ अर्थात् आमसञ्चार, सञ्चारको व्यापक रूप हो । पत्रपत्रिका, रेडियो, टेलिभिजन, चलचित्र, पुस्तक, इन्टरनेट, अनलाइन आदि आम सञ्चारका लोकप्रिय माध्यम हुन् ।

विश्वमा आम सञ्चार अर्थात लेखनकलाको विकासबारे बिभिन्न अन्वेषक तथा विद्धानका फरक फरक मत छन् । पूर्वीय सिद्धान्त अनुसार ऐतरेय, आरण्यक, छान्दोग्योपनिषद् जस्ता वैदिक वाङ्मयका ग्रन्थहरुमा लिपिकला अर्थात् लेखनकलाको प्रयोग गरिएको पाइन्छ । प्राचीन भारत वर्षमा आज भन्दा ५,७ हजार वर्ष पहिले महाभारत कालमा धातु तथा काठबाट तयार पारिएका बिभिन्न छापको सहायताले छपाई कार्य गरिन्थ्यो । भारतवर्षमा छाप मुद्रण पद्धतिको प्रयोग रामायणकालमै पनि हुन्थ्यो भन्ने कतिपय विद्धानको भनाई छ ।

पश्चिमा सिद्धान्त अनुसार पहिले पहिले मानिस लेखपढ गर्न जान्दैनथे । तीस पैतिस हजार वर्ष पहिले इजिप्टका आदिम मानिसहरुले गुफाका भित्तामा, रुखका बोक्रामा अस्पष्ट किरमिरे चित्र कोरी अर्थपूर्ण सन्देश दिने गरी लेखनकलाको विकास गरेको पाइन्छ । अखबार प्रकाशनको अहिले सम्मको प्राप्त इतिहास अनुसार ईसापूर्व ६९ मा रोम सहरका सम्राट जुलियस सिजरले रोमन सैनिकहरुले युद्धमा हासिल गरेका उपलब्धिकाो दैनिक बिवरण लेखी चोक र डबलीहरुमा प्रत्येक दिन ‘एक्टा ड्युर्ना’ नामक हस्तलिखित समाचार बुलेटिन टाँस्ने आदेश जारी गरेका थिए । दैनिक घटनाहरु समावेश भएको ‘एक्टा ड्युर्ना’मा सरकारी घोषणाका अतिक्ति रोम सिनेटले लिएका राजनीतिक निर्णय, ज्योतिषी, उल्लेखनीय व्यक्तिका जन्म मृत्युको बिवरण तथा कारवाही सजाँय जस्ता बिषयको फेहरिस्त हुन्थे । पत्रकारिताको इतिहासबाट थाहा हुन्छ, बिभिन्न सरकारले सूचना प्रवाहको उद्धेश्यले सार्वजनिक स्थलमा टाँस्ने गरेको समाचार बुलेटिनबाट आजको आधुनिक पत्रकारिताको इतिहास थालनी भएको हो ।

नेपालमा गिद्धे प्रेसदेखि डिजिलट पत्रकारितासम्म
नेपालको पत्रकारिताको इतिहास एक शताब्दी लामो मात्र देखिन्छ । गोरखापत्र दैनिक प्रकाशन भए सँगैको इतिहास हेर्दा अहिले १ सय २० वर्ष पुरा भएको छ । एशियाली राष्टमा निरन्तर सय वर्ष सम्म प्रकाशित पत्रपत्रिकाको संख्या नगण्य मात्र रहेकोमा गोरखापत्रको गौरवमय इतिहास छ । नेपालको सन्दर्भमा विस १९०८ सालमा तत्कालिन प्रथम राणा प्रधानमन्त्री जंगबहादुर बेलायत तथा युरोपका मुलुकको भ्रमण पश्चात फर्कि आउँदा गिद्धे प्रेस भित्राएका थिए । गिद्धे प्रेस ल्याउनु अगाडी नेपालमा ढुंगे छापाको प्रचलन रहेको बताइन्छ । गिद्धे प्रेसबाट सुरु भएको नेपालको पत्रकारिता अहिले अनगिन्ती नयाँ नयाँ माध्यमहरुका कारण नागरिकको सहज पहुँचमा छ । डिजिटल पत्रकारिताले सूचनाको पहुँच मात्र बढाएको छैन, पत्रकारिताको विश्वसनीयतामा माथि प्रश्न र संशय पनि उठिरहेको अवस्था छ ।

बागलुङमा सञ्चार
बागलुङ जिल्लाको पत्रकारिताको इतिहास हेर्दा २००८ सालमा सही बाटो नामक हस्तलिखित पत्रिकाबाट नै यहाँको पत्रकारिता सुरुवात भएको मानिन्छ । यस क्षेत्रको पत्रकारिताको इतिहास करिब ७ दशक लामो भए पनि व्यावसायिक पत्रकारिको अभ्यास भने विस २०५० को दशकको अन्त्यतिरबाट सुरु भएको पाइन्छ । विस. २०५६ साल पुसमा न्यू धवलागिरी दैनिकको सुरुवातसँगै दैनिक पत्रिकाको सुरुवात भए पनि व्यावसायिक पत्रकारिताको अभ्यास भने ढोरपाटन दैनिक प्रकाशन सँगै विकास भएको हो । बिस २०६१ कात्तिक २७ गते धौलागिरीमै पहिलो पटक धौलागिरी एफएम सञ्चालन भए सँगै बिद्युतिय सञ्चार माध्यमको सुरुवात भएको हो । त्यसपछि श्रव्यदृश्य माध्यमको रुपमा धौलागिरी टेलिभिजन पनि सञ्चालनमा आयो भने अनलाइन पोर्टल पनि त्यस यता तिव्र रुपमा विकास भइरहेको छ । हाल बागलुङमा १० वटा एफएम रेडियो, ३ दैनिक पत्रिका, ६ साप्ताहिक पत्रिका, एक टेलिभिजन, आधा दर्जन बढी अनलाइन सञ्चालनमा छन् ।

सञ्चारका संकट
आम सञ्चार अर्थात पत्रकारितालाई राज्यले चौथो अंगका रुपमा स्वीकार गरे पनि मोफसलमा मिडिया सञ्चालन आफैमा चूनौतीपूर्ण थियो नै । त्यसैले बिभिन्न समयमा पृथक पृथक उद्धेश्य राखेर सञ्चालनमा ल्याइएका पत्रपत्रिका, एफएम लगायतका सञ्चार माध्यम बन्द हुने क्रम पनि जारी रह्यो । कतिपय जर्बजस्त सञ्चालनमा त छन् तर मिडियाको मर्म, भावना अनुसार भन्दा पनि केवल नियमिततामा चलिरहेका छन् । यही बिद्यमान अवस्थाका बीच विश्वमा कोरोना महामारी सुरु भयो । नेपालमा पनि २०७६ सालको चैत्र पहिलो सातादेखि कोरोना भाइरस (कोभिड १९)को असर देखिन थाल्यो । चैत्र ७ देखि देश लकडाउन भए यता जनजीवन सकस मात्र भएन, अर्थतन्त्र ठप्प भयो । यसको प्रत्यक्ष मारमा सञ्चार माध्यम परे । जसको उदेकलाग्दो परिदृश्य मोफसलका साना सामान्य मिडियामा होइन, राजधानीकै बिग मिडिया हाउसहरुमा देखियो । कोरोना महामारीलाई कारण देखाउदै आफ्ना प्रकाशन बन्द गर्ने, कार्यरत पत्रकारहरुलाई जर्बजस्त बिदाई गर्ने, बिदामा बस्न लगाउने, तलब नदिने, आधा तलब दिने जस्ता कार्य भए । जसबाट अब नेपालका मिडिया कठिन अवस्था अर्थात् संकटमा पर्दैछन् भन्ने बुझ्न अरु थप कुनै घटना र उदाहरण जरुरी भएन । कोरोना संकटका कारण जिल्ला र विकट गाउँ ठाउँमा रहेका मिडिया हाउसहरु अझ बढी मार र अप्ठ्यारो अवस्थामा छन् ।

जिल्लामा सञ्चारका चूनौती
पहिलो त कोरोना महामारीका बीच पनि कत्ति बिचलित नभई नागरिकलाई सही सूचना प्रदान गर्नुको दायित्व निर्वाह गर्नुपर्नेछ । विश्वव्यापी रुपमा देखिएको महामारीमा आफु पनि सुरक्षित रहेर नागरिकलाई सचेत र सुरक्षित रहन आम सञ्चार मार्फत खेल्नुपर्ने गहनतम जिम्मेवारी निभाउनु पर्नेछ । यो बेला अझ बढी फिल्डमा उत्रिएर रिर्पोटिङ गर्नुपर्नेछ । यति मात्रै होइन, कोरोनाको यो संकटकालिन घडीमा कोरोना रोकथाम, नियन्त्रणका क्रममा भएका लापरवाही, अनियमितता, भ्रष्टाचार लगायतका बिषयमा सुक्ष्म निगरानी गर्नुपर्ने सामाजिक र पेशागत दायित्व छ । यसमा आम सञ्चारले संकटमा आएको परीक्षणको घडीमा आफ्नो भुमिकालाई आम नागरिकलाई गहिरो महुशुस हुने गरी निभाउन सके सञ्चार माध्यमहरुले अझ बढी नागरिकको मन र विश्वास जित्न सक्ने अवसर पनि छ ।

दोस्रो, बिज्ञापन अर्थात आर्थिक व्यवस्थापनको पाटो कोरोनाका कारण सबै भन्दा ठुलो चूनौतीको बिषय बनेको छ । हाम्रा मिडिया बजार बिज्ञापनमा निर्भर हुन् । कोरोनाले लामो लकडाउनका कारण बजार व्यवसाय ठप्प भए पनि मिडिया संकट चुलिदो छ । यसले मिडिया हाउसमा कार्यरत पत्रकार, कर्मचारीहरुको नियमित तलबदेखि अरु व्यवस्थापनमा पनि गम्भीर संकट सिर्जना गरेको छ । वर्षोैैदेखि अनबरत काम गरेर ब्राण्ड बनाइदिएका पत्रकारहरुको जर्बजस्त बिदाई, न्यनुतम पारिश्रमिक कटौती यसका उदाहरण हुन् । जुन संस्थाको गरिमा, प्रतिष्ठा र ब्राण्ड स्थापित गर्न जीवनको उर्जाशिल समय, वर्ष, सीप, कला कौशल खर्चिएको छ, त्यही संस्थाबाट आज संकटमा बिभिन्न बाहना बनाएर हठात् जर्बजस्त निकाल्ने कार्य नेपाली समाज र पत्रकारिताका लागि दुर्भाग्यपूर्ण क्षण र घटना हो ।

यो कठिन संकटको कठघरामा उभिरहँदा हामी पत्रकारहरु माथि एउटा संगीन प्रश्न ठडिएको छ–‘अरुको समस्या, अन्याय,अत्याचारमा बोल्ने लेख्ने पत्रकार आफ्नै समस्यामा मौनता साँध्ने कि आवाज बुलन्दित गर्ने ? आजको समय र परिवेशमा हामी सबै यही प्रश्नको सेरोफेरोमा एक अग्नी परीक्षामा सामेल छौ । कतिपयले सञ्चार संस्थाको ज्यादतिको बिषयमा खुलेर बोल्न र वहस गर्न थालेका पनि छन् । तर, कैयन पत्रकार आफ्नो प्रतिष्ठामा आँच आउने भयले आफै माथिको अन्याय चुपचाप चुपचाप मुकदर्शक बनेर बेहोरिरहेका छन् र छौ ।

तेस्रो, आम सञ्चार माध्यम र पत्रकारका लागि सामाजिक सञ्जाल एक सहयोगी मात्र होइन, चूनौतीको रुपमा पनि आइरहेको छ । हामी भनिरहेका छौ–‘सामाजिक सञ्जाल फेसबुक, ट्वीटर, युट्युव) मिडिया होइनन्, माध्यम मात्र हुन् ।’ तर, समयको बेगले यो तथ्य हामी सबैका माझ प्रष्ट छ कि सामाजिक सञ्जाल आजको समयको सबै भन्दा बढी प्रभावकारी माध्यम हुन् । अहिले अनलाइन, पत्रिकार टिभी, रेडियोहरु सिधै सुन्ने, हेर्ने पढ्ने निकै कम छन् । तर, सामाजिक सञ्जाल फेसबुक, ट्विटरहरुमा मार्फत हेर्ने, पढ्ने र सुन्ने अधिक छन् । यो सञ्चारका लागि राम्रो माध्यम त हुँदै हो । राम्रो स्रोत पनि हो । तर, सामाजिक सञ्जाल पत्रकारका लागि त्यो भन्दा खतरा पनि देखिन थालेको छ । पत्रकारले भन्दा अघि आम नागरिकहरुले सूचना सम्प्रेषण गरेर भाइरल भइसकेका कैयन घटना छन् । यसले पत्रकारलाई स्वभाविक झकझकाएको छ ? सही समयमा सही सूचना दिन हर समय अलर्ट रहन अझ बढी दबाब सिर्जना गरेको छ । सामाजिक सञ्जालको खराब पाटो भने यसले सिर्जना गर्ने अफवाह या भ्रम हो । त्यसलाई तथ्य चिर्ने भनेको पत्रकारिताले हो । त्यसमा पनि पत्रकारहरुले निर्वाह गर्ने दायित्व र जिम्मेवारी पनि महत्वपूर्ण छ ।

अब के गर्ने त ?
कोरोना महामारीका कारण हर क्षेत्र प्रभावित छ । यसको बहुआयामिक असरका अनेक अनेक रुप क्रमशः देखिन थालेका छन् । मिडियामा सुरुवाती समयमै देखिएको असर र सम्भावित जोखिमको परिदृश्यले अझ कहाली लाग्दो रुप देखिन्छ । यद्यपी, यसमा मिडिया सञ्चालक, व्यवस्थापन, पत्रकार, कर्मचारीले सामुहिक केही जरुर प्रयत्न गर्नुपर्ने देखिन्छ ।

पहिलो, एक त अहिले पनि जुन परम्परागत हिसावले मिडिया सञ्चालन भइरहेका थिए, त्यही हिसावले सञ्चालन गर्न खोज्ने हो भने त्यो बिलयको बाटो हो । यो हिसावले अब मिडिया चल्न सक्दैन । मिडिया सञ्चालनको परम्परागत पद्धति बदल्नुपर्छ ।

दोस्रो, बिज्ञापनमा बजारमा आधारित मिडिया हाउसहरुले अब केही सिर्जनात्मक र पृथक विकल्पहरुका बारेमा बहस र योजना अघि बढाउनुपर्छ ।

तेस्रो, स्थानीय सरकारहरुलाई यो संकटको समयमा मिडियामा लगानी या सहयोगका लागि जिम्मेवार बनाउनु पर्दछ । सुशासन, जवाफदेहिता र पारदर्शिताका लागि उल्लेख्य भुमिका खेलेका मिडिया र मिडियाकर्मीको योगदानलाई नजर अन्दाज गर्ने प्रवृत्ति अन्त्य गरेर मिडियाको असली उपयोग पनि गर्ने र सहयोग पनि गर्ने नीति अख्तियारका लागि सबैको पहल, समन्वय र दबाबमूलक भुमिका जरुरी छ ।

चौथो, सञ्चार माध्यमले आफ्ना खर्चहरुमा मितव्यिता अपनाउदै आम्दानीका नयाँ स्रोत र सम्भावनाहरु पर्गेल्ने प्रयत्न गर्नुपर्छ । यसका लागि मिडिया आफैमा चुस्त व्यवस्थापन, सबल टिम सहित अघि बढ्नुपर्छ नै । यसका साथै सञ्चार माध्यमहरुका बीचमा पनि स्वश्थ प्रतिस्पर्धा आवश्यक छ । समय सापेक्ष प्रविधिमैत्री माध्यमहरुको अधिकतम उपयोग गरेर आफ्ना आम सञ्चारको बढी भन्दा बढी नागरिक समक्ष सहज सूचनाको पहुँच पु¥याउने कर्ममा समर्पित हुनुपर्छ ।

पाँचौ, मिडियाको संख्यात्मक बृद्धि उल्लेख्य छ । अर्थात् आवश्यकताले भन्दा सौख, बिभिन्न स्वार्थ समूहको हिडन इन्टेस्ट (लुकेको स्वार्थ) का कारण पनि मिडिया खासगरी एफएम र अनलाइनको संख्या बढ्दो छ । यसले पनि विकृत्ति मौलाएको छ । अब यसमा संख्या मात्र होइन, गुणस्तरलाई अब जोड दिनुपर्छ । मिडिया सञ्चालनका नाम जर्बजस्त चलाइएका या काम चलाउ हालतमा रहेका मिडिया हाउसले अब मर्जको नीति अख्तियार गर्नुपर्छ । यसका लागि सरकार र सरोकारवाला निकायले पनि आवश्यक पहल र भुमिका खेल्नुपर्छ ।

समाजमा प्रचलित कथन छ-‘संकटमा संर्घष गर्न नसक्नेहरु बिलय भएर जान्छन् ।’ अहिले हामीलाई प्रकृति र समयले उस्तै कठिन अग्नी परीक्षामा उभ्याएको छ । राज्यको चौथो अंग हुनुका नाताले यो संकटबाट हतास र बिचलित भएर भाग्ने सुविधा पनि हामीलाई छैन । बरु यही संकटमा नयाँ सम्भावना र अवसर खोजेर संकटको सामना गरेर इतिहास बनाउने जिम्मेवारी छ । अतः हामी सबै आफ्नो पत्रकारिताको पेशा व्यवसायमा अझ बढी जिम्मेवार र उत्तरदायी बनौ । अबश्य मिडिया र मिडियाकर्मीका लागि छिट्टै सुखद दिन फिर्नेछ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *