सरोजराज पन्त
नेपाल एक भूपरिवेष्ठित र भौगोलिक विविधताले भरिपूर्ण नेपाल बहुभाषिक, वहुजाति, वहुधार्मिक ,वहुसाँस्कृतिक र स्वतन्त्र छ । यहाँ विकासको दृष्टिकोणले विगतको इतिहासलाई हेर्दा २००७ साल पूर्व विकासका कार्यहरु न्यून रहेको पाइन्छ । नेपालमा मोटर चल्ने सडक इतिहास हेर्दा राणाकाल अगाडि र राणाकालमा सडक निर्माणको कार्य गर्ने छेम्बाडेल अड्डा र बाटोकार्ज गोसारा नामक कार्यालय र देशका अन्य भागहरुमा शाखा कार्यालयका रुपमा अड्डा स्थापना भएका थिए । नयाँ निर्माण र मर्मतका लागि कार्य गर्न “नयाँबाटो काज गोसरा”र “पुरानोबाटो गोसारा” नामक अड्डा स्थापित थिए । पुरानोबाटो गोसारा अन्तर्गत नियमित मर्मत संम्भार गर्न समरजंग नामक सेना गणलाई जिम्मेबारी दिइएको थियो ।
वि.स. २००७ सालमा प्रजातन्त्रको उदय पछि विकासमा केन्द्रीकृत र एकात्मक शासनको शुरु भयो । ठुलावडाहरुको मातहतमा रहेर विकासका कार्यहरु हुन थाले । यस समयमा विकासका काम सहरमा मात्र केन्द्रित भए । अन्तराष्ट्रिय संस्थाहरुले सडक ट्रयाक खोल्ने केही कार्य गरे । २०४७ सालपछि विकासका लागि तत्कालीन सरकारर्ले आफनो गाउँ आफै बनाउ’ भन्ने नीति अनुरुप जिल्लाका प्रत्येक तत्कालीन गा.बि.स.मा बजेट बिनियोजन ग¥यो । त्यसपछि विकासमा तिव्रता आउन थाल्यो । तत्कालीन गा.वि.सको बजेटमा वृद्धि हँुदै गयो । तरपनि विकासका काम सरकारको मात्र लगानीमा गर्दा दिगो र राम्रो नभई छोटो समयमा बिग्रने, भत्कन थाले । जनताको अपनत्व महसुसपछि जनसहभागितामा आधारित योजनाहरु दिगो र उपलब्धिपूर्ण हुने देखेर जनसहभागितामुलक कामहरु हुन थाले । बिकासमा जनताको आफ्नोपनको बिकास भई प्राथमिकताको आधारमा कार्य र बजेट खर्च गर्न थाले ।
यसरी मानिसका आधारभूत तत्वहरु मध्ये सडक यातायातलाई महत्वपूर्ण पहिलो प्राथमिकतामा राखियो । सोही अनुसार सडक निर्माण कार्य प्रारम्भ भए जसले गर्दा स्थानीय मानिसमा सामाजिक, आर्थिक, शैक्षिक, राजनीतिक, साँस्कृतिक, मूल्य मान्यता, पेशा, निर्माण आदि क्षेत्रमा व्यापक परिवर्तन आएका छन । बाटो बन्नुपूर्व मानिसहरुलाई आवातजावत गर्न कठिनाई र खर्चिलो थियो । कोही व्यक्ति बिरामी पर्दा पनि पिठयुँमा बोकेर लैजानु पर्ने ,समयमानै उपचार नपाएर मृत्यु हुने गर्दथ्यो । सामानहरु ढुवानी खच्चड तथा मानिसको पिठ्युँबाट गर्नु पर्दथ्यो । मानिसहरु जिल्ला सदरमुकाम जान आउन , पढ्नका लागि काठमाडौ, वा अन्य शहर र स्थानमा जानका लागि घण्टौ हिडेपछि मात्र यातायातको साधनसम्म पुग्न सकिनेमा सडक निर्माणपछि यी समस्याहरु हट्न गई सकारात्मक परिवर्तनहरु देखा पर्न परेका छन् । बोकेर बिरामी उपचार गर्न लानुको सट्टा बस वा एम्बुलेन्समा लैजान थालिएको छ । पैदल हिडनुको सट्टामा बसमा यात्रा, पिठयुँमा भारी बोक्नुको सट्टा ट्रक, बस, ट्याक्टरमा ल्याउन थाले, जसबाट सामान ल्याउन र मानिसहरुको आवातजावतगर्नमा बृद्घि हुदै गयो ।
सडकको निर्माण र यसले पारेको सकारात्मक र नकारात्मक प्रभावहरुको सम्बन्धमा सम्बन्धित रहेर मानव तथा समाजका हितमा अध्ययन गर्ने एक महत्वपूर्ण कार्य मानिन्छ । ग्रामीण सडकले पारेको आर्थिक, सामाजिक, सांस्कृतिक, शैक्षिक र रोजगारीमा प्रभाव सम्बन्धि अध्ययन अझै महत्वपूर्ण छ । यातायातको सुविधा बिना कुनैपनि स्थानको विकासको परिकल्पना गर्न असम्भव हुनेहुँदा यसलाई विकासको मुल आधार मानिन्छ ।
सडक निर्माण समय र निर्माण पश्चात उक्त क्षेत्रमा विभिन्न परिवर्तनहरु देखिन थालेका छन । मुख्यत यस अध्ययन कार्यमा ग्रामीण सडकले ल्याएको सामाजिक,सांस्कृतिक, आर्थिक र शेैक्षिक प्रभावको बारेमा अध्ययन गर्न खोजिएको सामाजिक सांस्कृतिक प्रभाव अन्र्तगत खाना, घर, लवाईखवाई, विवाह, चाडपर्व, जन्म मृत्यू संस्कार, निर्णय प्रक्रिया, आर्थिक अन्र्तगत रोजगार, पेशा, नोकरी, उद्योग, व्यापार, ज्याला मजदुरी र शैक्षिक प्रभाव अन्र्तगत साक्षरता, शैक्षिक अवस्था, विद्यालयको किसिम, विद्यालय संख्या आदिमा परिवर्तन आएका छन ।
यातायातको सुविधाका कारण मानिसहरुको बढी भन्दा बढी सम्पर्क बजारसँग हुन पुग्यो । यस क्रममा बढी उत्पादन हुने मकै, कोदोले बजार पाउन थाले, कुखुरा पालन, दुध संकलन केन्द्र, तरकारीहरु बेचबिखनबाट आएको पैसाले अहिले चामल, चाउचाउ, विस्कुट, भुजा, चिउरा, तरकारी, फलफुल किनेर खाने गरेको पाइन्छ । सडक निर्माणपुर्व चाउचाउ, भुजा, चिउरालाई खाजाको रुपमा प्रयोग गर्ने घर परिवार कम थियो भने सडक निर्माणपछि यो बढेको भेटियो । सडक निर्माण पुर्व आफ्नै खेतवारीमा उब्जेको सडक निर्माण एवं आफैले खेत बारीमा उब्जेको र चाडपर्व र धार्मिक कार्यमा बोहक अन्य समयमा फलफुल किनेर खाने परिवर्तन आएको छ ।
घर बनाउने तौर तरिकामा परिवर्तन आएको छ । सुधारिएको चुल्हो र व्यवस्थित जुठ्याल्नो बनाउने घरधुरीहरुमा पनि परिवर्तन आएको देखिएको छ ।सडक निर्माणले गर्दा यस क्षेत्रमा बजारको विस्तार हुनु, ढुवानी गर्न सस्तो र सजिलो हुनुले गर्दा घरहरु बनाउने तरिकामा परिवर्तन आएको छ । सडक निर्माणले गर्दा यस क्षेत्रमा व्यवसायीक खेतीपाती, तरकारी खेती, कुखुरा पालन दुध बिक्री वितरण केन्द्रको स्थापनाले गर्दा गाउँमै काम पाइने उत्पादन भएको अन्नबालीले बजार पाउने भएकोले आम्दानीको स्रोतहरु बढ्दै गएका पनि छन । सुधारिएको चुल्हो, जुठ्याल्नो बनाउने, विजुली बत्तीको लाइन जोड्नेसँगै चाडपर्वहरुमा सकेसम्म राम्रो लुगा र मिठो खाने कुरा बनाएर खाने गरेको पाइन्छ । सडक निर्माणले विस्तार पुर्व जन्म दिन, विवाहको वर्ष दिन मनाउने परम्परा खासै नभएको र सडक निर्माणपछि भने सबै जनामा बाहिरी संस्कृतिको प्रभाव बढेको छ । सडक निर्माणसंगै विस्तार भएको विद्युत लाइनले गर्दा टि.भी रेडियो,मोबाइलको कारण चाडपर्व मनाउने तरिकामा परिवर्तन आएको छ । चाडपर्वहरुमा आफन्तहरुलाई बोलाएर खान दिने, नाचगान गर्ने, मेला लाग्ने र मनोरञ्जन गर्ने गरेको पाइन्छ ।
सडकको निर्माण कार्य भई यातायातका साधन गुड्न थाले पछि मानिसहरु व्यवसायिक कृषि, कुखुरा पालन, बाख्रा पालन, दुध बिक्री आदि बाट आयआर्जनको गरेको पाइन्छ । सडक निर्माण पहिला भारत बाहेक अन्य विदेशी मुलुकमा रोजगारीको लागि जाने मानिसहरुको संख्या न्युन थियो भने सडक निर्माणपछि संख्या बढेको छ । यातायातको सुविधा भएसँगै मानिसहरु जिल्ला भन्दा बाहिर गएर पढ्नेको संख्या पनि धेरै रहेकोमा सडक निर्माण पश्चात पाठ्यपुस्तक समयमै खरिद गरि ल्याउन शैक्षिक सामाग्रीहरुको प्रयोगमा बृद्धि विभिन्न गैरसरकारी संस्थाहरुले जनचेतनामुलक तालिम गोष्ठीको आयोजना गर्नेक्रम बढ्दो दक्ष शिक्षकको उपस्थिति रहनुले विद्यार्थीको शैक्षिक गुणस्तरमा बृद्धि गर्न सहयोग पुगेको छ । सडक यातायातका कारणले गर्दा शैक्षिक अवस्थामा परिवर्तन आएको छ ।
सडकको प्रभावको कारणले स्थानीय बासिन्दाहरुमा परेको सामाजिक, आर्थिक, शैक्षिक, सांस्कृतिक, पेशागत परिवर्तनहरुका सकरात्मक पक्षमा कृषिमा विविधिकरणसँगै उत्पादित बस्तु बजारमा बिक्रीवितरण गरी आर्थिक उन्नतिमा बृद्धि भई किसानको जीवनमा सुधार आएको छ । कृषिमा खाद्यबालीको सट्टा नगदेबाली, तरकारी, माछा पालन, कुखुरा पालन र फलफूल जस्ता उत्पादन तर्फ अग्रसर भएका छन् । सडकको प्रभावले अध्ययन क्षेत्रका ब्यक्तिहरुको पेशामा आधुनिकीकरण र परिवर्तन भएको छ । परम्परागत पेशा अपनाउनेहरुले पनि नयाँ पेशा अपनाउन थालेको र परम्परागत पेशा पनि आधुनिक प्रविधि अनुसार गर्न थालेका छन् । बैदेशिक रोजगार, सेना, प्रहरी, निजामति कर्मचारी, शिक्षक, ब्यापार, ब्यवसाय लगायतका क्षेत्रमा आकर्षण बढेको छ । अध्ययन क्षेत्रका महिलाहरुमा पनि चेतना, धारणा र ब्यबहारमा परिवर्तन आएको छ । सम्पूर्ण घरधुरीमा चर्पी निर्माण गरी दिशा मुखमा परी लाग्ने रोगहरुबाट बच्नुका साथै ब्यक्तिगत, घरायसी सरसफाईमा परिवर्तन आएको छ । महिलाहरुले आफ्ना हक अधिकार र पहुँचमा आवाज उठाउन सक्ने भएका छन् । सडक निर्माणका साथै अन्य सामुदायीक पूर्वाधारका योजनाहरु निर्माणमा बृद्धि हुदै आएका छन् । सडकको प्रभावले आवश्यक शैक्षिक सामाग्रीहरु समयमा नै उपलब्ध भई पठनपाठन कार्यमा सहजता आएको छ । मानिसहरुले सिपविकास तालिम लिई ब्यापार ब्यवसायबाट जिविकोपार्जन गरी उनीहरुको जीवनस्तरमा सुधार आएको छ । बैदेशिक रोजगारी, सरकारी र गैरसरकारी, व्यापार व्यवसाय जस्ता क्षेत्रमा आकर्षण बढेको छ । सहकारी संस्थाको स्थापनासंगै बचत गर्ने बानीमा बृद्धि भएको छ । स्वास्थ्य सरसफाई र शिक्षाको गुणस्तरमा बृद्धि भएको छ । चाडपर्व मनाउने तौर तरिकामा परिवर्तन आएको छ । पोषाक, गरगहना र रहनसहनमा आधुनिकीकरण छाएको छ । व्यवस्थित घर आंगन चुल्हो, जुठ्याल्नो, चर्पी, निर्माणमा अग्रसरता बढेको छ । सडक निर्माणका साथै अन्य सामुदायिक पुर्वाधारका योजनाहरु निर्माणमा बृद्धि हुंदै आएको छ । मानिसहरुको सिपविकास तालिम लिई व्यापार व्यवसायबाट जिविकोपार्जन गरी उनीहरुको जिवनस्तरमा सुधार आएको छ । विकासका अन्य पुर्वाधारहरु जस्तै स्वास्थ्य, खानेपानी, विद्युत, सञ्चार, शिक्षा जस्ता सबै सेवाहरुको उपलब्ध भई गाउं शहरको रुपमा उन्मुख भएको छ । जग्गाको मूल्य बृद्धि भएको कारण जग्गा धितो राखेर ऋण लिई व्यापार व्यवसाय गर्न थालेका छन् । महिलाहरुले आयआर्जनका क्षेत्रमा कार्य गर्न थालेका छन् ।
सडक बिस्तारसँगै नकरात्मक पक्षहरुको बृद्धि भएका छन जसमा आधुनिकताको नाममा फजुल खर्च बढेको छ । बालबालिकाहरुले पढाईमा भन्दा फेसन गर्नतर्फ बढी समय र धनको लगानी गर्ने गरेका छन् । शैक्षिक बेरोजगार बढेको छ । बिना इन्जिनियरिङ सडकको निर्माणले गर्दा सडक दुर्घटना र बाढी पहिरो, भुक्षयको जोखिम बढेको छ । आफ्नै गाउं घरमा उत्पादित वस्तुको प्रयोग भन्दा बजारिया वस्तुको प्रयोगमा बृद्धि भएको छ । ड्राइफुडका कारण स्वास्थ्यमा प्रतिकुल असर परेको छ । अनावश्यक चिज र बस्तुको लगानीमा धेरै खर्च भएको छ । पुराना मूल्य मान्यता र रितिरिवाज लोप हुुंंदै गएका छन् । लागुपदार्थ दुव्र्यसनीतर्फ युवाहरु फस्दै गएका छन् । पहिले हिडेर बजार आवातजावात गर्नेहरु अहिले सडक यातायातका साधन प्रयोग गर्न थालेका छन् जसले गर्दा अनावश्यक खर्च बढेको छ ।
जीवन र जगतलाई सरल,सहज र उद्यमशील बनाएको सडक सन्जाललाई सहि रुपमा पछाउन सके यसबाट अनेकौ उपलब्थि हासिल गर्न सकिन्छ । यदि यसलाई उत्पादनमा भन्दा बिलासितामा मात्र लिएमा खर्चिलो, भडकिलोमात्र नभई यसले गरिवी बढाउने भएकोले सडक सन्जाललाई बिकास र उत्पादनसँग जोडन आबश्यक छ । सडक विकासबाट कृषिमा विविधिकरणसँगै उत्पादित बस्तु बजारमा बिक्रीवितरणबाट आर्थिक उन्नति गरी किसानको जीवनमा सुधार ल्याउन सकेमा देश आत्म निर्भर बन्न सक्ने भएकाले यसमा बिशेष ध्यान दिन जरुरी छ ।