–मनकुमारी केसी जिसी
लैगिंक हिंसाको प्रतिबद्धता,व्यक्ति समाज र सबैको ऐक्यबद्धता भन्ने नाराका साथ अन्र्तराष्ट्रिय महिला हिंसा बिरुद्धको १६ दिने अभियान अर्थात नोभेम्बर २५ देखी १० डिसेम्बर सम्म कार्यक्रमको शुभारम्भ भएको छ । यस अभियानका सन्दर्भमा केही विचार प्रस्तुत गर्दैछु । प्रतिनिधिसभा सदस्य,अखिल नेपाल महिला संघको केन्द्रिय सदस्य र नेपाल कम्यूनिष्ट पार्टिको केन्द्रिय सदस्य बागलुड जिल्लाको सह इन्र्चाजको हिसाबले पनि निर्देशित कार्यक्रम गर्नु पर्ने नै छ । फेरी पनि महिला हिंसा अन्त्यका लागी सरोकारवालाको भुमिका कस्तो छ ? यो महत्वपुर्ण सवाल हो । यो अभियानमा जिल्लामा रहेर जिल्लाव्यापी रुपमा अभियानमा ऐक्यबद्धता जाहेर गर्ने सबै सँग सुक्ष्म अध्ययन र उहाँहरु प्रति उच्च सम्मान रहनेछ । नेपाल र बिश्वभर महिलाको सकारात्मक कदमलाई पनि अध्ययन गर्नु आवश्यक छ ।
स्थानीय प्रदेश र संघीय सरकारका भएका उपलब्धीलाई संस्थागत गर्न सबैको ऐक्यबद्धता जरुरी छ । सबै तह र तप्काका कार्यान्वयन निकायहरुको राम्रो साथ र समर्थनको आवश्यकता रहन्छ । सूचना संचार माध्यमबाट गरिने जति पनि सन्देशहरु छन्,आफैमा समाजको मनोबिज्ञान पीडा दिने भन्दा पीडाबाट कसरी उठ्ने भन्नेमा बढि केन्द्रित रहनका लागी पक्कै कलम चलिरहेका छन्, चलिरहने छन् ।
सर्वप्रथम म महिला हिंसा बिरुद्ध १६ दिने अभियानको जन्मका लागी प्रेट्यिा मिनर्भा र मारिया प्रति श्रद्धासुमन टक्राउन चाहन्छु । बिश्वभरका परिवर्तनका खातिर होमिएका सबै प्रति सम्मान व्यक्त गर्दछु । ल्याटिन अमेरिकाको डोमिनिकल गणराज्यको मिराबल परिवारमा प्रेष्ट्यिा,मिनर्भा र मारीया नाम गरेका तीन छोरी थिए । उनीहरु त्यहाँको निरंकुश र राज्यसत्ता बिरोधी सशक्त राजनीतिक कार्यकर्ता थिए । सन् १९६० मा त्यहाँको एउटा शहरमा आयोजित निरंकुशता बिरोधी बिशाल आमसभामा प्रहरीले हस्तक्षेप ग¥यो र तीन दिदीबहिनीलाई राज्यद्रोहीको आरोपमा गिरफ्तार गरियो । ११ महिनापछि नोभेम्बर २५ तारिखका दिन त्यहाँको निरंकुश राज्यसत्ताले उनीहरुको क्रुरतापुर्वक हत्या ग¥यो । तीन दिदीबहीनीको सामुहिक हत्याले आन्दोलनकारी अझै बढी आन्दोलित भएर शोकलाई शक्तिमा बदल्ने प्रण गदै सशक्त आन्दोलनमा होमिए । जनआन्दोलनको फलस्वरुप त्रिजुलो तानाशाही सरकारबाट देश मुक्त भएर डोमिनिकन स्वतन्त्र गणराज्य स्थापना हुन पुग्यो । निरंकुशताको अन्त्य र लोकतन्त्रको स्थापनाका निम्ति आफ्नो कलकलाउदो सुन्दर जीवन गुमाएका मिराबल दिदीबहिनीलाई आज पनि विश्वभर अविस्मरणीय पुतलीहरुका नामले सम्मान साथ सम्झना गरिन्छ । यस दिनलाई स्मरण गर्दै नेपाली महिलाहरुले पनि धेरै विश्वमा साहसिक महिलालाई सम्झनु पर्ने हुन्छ ।
डोमोनिकी जनताले मिराबल दिदीबहीनीको हत्यालाई लिगको आधारमा महिला बिरुद्ध गरिएको राजनीतिक हिंसाको रुपमा लिई नोभेम्बर २५ तारिखको दिनलाई महिला हिंसा निर्मूल गर्न प्रण गर्ने दिवसको मनाउन शुरु गरियो । यसको प्रभाव विश्वका अन्य देशहरुमा पनि पर्न थाल्यो । र ऐक्यबद्धता स्वरुप यो दिनलाई महिला बिरुद्ध हुने हिंसा उन्मुलन विसका रुपमा मनाउन डोमेनिक सरकार सहित ७४ देशले संयुक्त राष्ट्संघको महासभाले यो प्रस्तावलाई सर्वसम्मतले पारित ग¥यो । सन् २००० देखी नोभेम्बर २५ को दिनलाई महिला हिंसा बिरुद्धको दिवसको रुपमा बिभिन्न कार्यक्रमको आयोजना गरी विश्वभरीका महिलाहरुले अभियानको रुपमा मनाउँदै आएका छौ ।
यो समयमा देशको स्वाभिमानका र रक्षाको खातीर सति प्रथा देखी सितल निवास सम्मको यात्रा महिलाहरुका लागि कति सहज र कति गौण रह्यो भन्ने बिषयमा अध्ययन गर्नुपर्ने देखिन्छ । विश्व महिला आन्दोलनलाई अध्ययन गर्दा महिलाहरु कति साहसी र बहादुरी थिए । सन् १७७० मा ओलम्पिया दि गोजले महिला अधिकारको घोषणा नामक मस्यौदा तयार गरेको पाइन्छ । सन् १७८८ मा अमेरिकाका महिलाहरुले निर्वाचनमा मत खसाल्ने अधिकार प्राप्त गरेका थिए । मताधिकार देखी राष्ट्र प्रमुख सम्मको यात्रामा संसार हाराहारीमा अगाडी बढ्न लागिरहेको पाइन्छ । यो पनि हाम्रो अध्ययनको बिषय बन्नु पर्दछ । नालापानी किल्लामा पिठ्युमा बच्चा बोकेर विरतापुर्वक जीवनलाई समर्पण गर्ने हुन् । योगमाया एक या कुरीति कु–संस्कारको पर्खाल तोड्दै महान तपस्वी नारी अष्टाड योगका नियमहरुलाई पालना गर्दै क्रमशः मझुवाबेसी,उफ्रौलिटार,गौडिनी,ख्वाम्पालुड हिमाल र चापाबोट तोरीवारी आदी ठाउँमा कठोर तपस्यिनी एवम् क्रान्तिकारी नारी । उहाँ कात्तिक देखी चैत्रसम्म पानीमा डुबेर र बैशाखदेखी असोजसम्म पञ्चाग्नी तापेर तपश्या गर्दथिन् । ख्वाम्पालुड, हिमालको लामो र कठोर तपस्यामा पनि उनी महान तपस्वी भएको प्रमाणित गर्दछ । योगमाया समाज रुपान्तरणका लागि अगुवा महिला मान्नपर्ने कारणमा योगमाया जातपात र छुवाछुतको बिरोधी,नारी प्रति बिशेष समभाव राख्ने, सती प्रथा र दास प्रथाको बिरुद्ध कठोर आवाज उठाउने अग्रणी नारी भएको पाइन्छ । बिधुवा महिला माथी लागेको पुर्नविवाहको बन्देजलाई आफैले तोडेको पाइन्छ । पुरुषबाट नारी माथि भएको दुव्र्यवहार र अपमानका श्रृखंलालाई प्रवचन र बाणी मार्फत् तोड्न सफल भएको पाइन्छ । तत्कालिन समाजमा बिद्यमान बहुपत्नी प्रथाकै जातमा पुरुष झर्ने तर्क राख्ने पहिलो महिला भएको पाइन्छ । योगमायाको विचारबाट प्रभावित भएर पुरुष भक्तजनले पनि पत्नीलाई तिमी नामले सम्बोधन गरेर बोलाउँथे । योगमाया समाज सुधारक अग्रज महिला भन्ने सर्बार्थ योगबाणी व्यक्त कवितात्मक बिचारले पनि प्रमाणित गर्दछ । योगमायाको आन्दोलन सामाजिक, राजनीतिक विकृती बिसंगति बिरुद्ध थियो । तत्कालिन राणाशासनका निरंकुश प्रकृतिको पहिचान गर्दे तिनीहरुलई समुल नष्ट गर्न नेतृत्वदायी भुमिका खेलेको पाइन्छ । उहाँको कृति सर्बथा योगवाणीमा अदालत र अन्य कार्यालयमा घुसखोरी बढेको,मानव मानव बीच र नारी जातीमा चरम बिभेदका शोषण गरिएको, साहु महाजनहरुले चर्को ब्याजमा दोहोरो ऋण असुल गरेको, जनताले न्याय नपाएको, धर्म र न्यायको आधारमा शासन नभएको,जनताले दुःख पाएको धारणा अभिव्यक्त भएको छ । वि.स. १९९३ सालमा तत्कालिन राणा शासक प्रधानमन्त्री जुद्ध शमसेरसँग भेट गरी आफ्ना मागहरुलाई सत्य धर्मको भिक्षाको रुपमा प्रस्तुत गरेको पाईन्छ । उहाँले राखेका मागहरु बालविवाह रोकिनु पर्ने बिधवा विवाहलाई मान्यता दिनु पर्ने नारी शोषण तथा बहुविवाहको अन्त्य हुनुपर्ने,दासप्रथाको अन्त्य हुनुपर्ने,छुवाछुतको अन्त्य हुनुपर्ने,सतिप्रथा बन्द गर्नुपर्ने आदी मागहरु राखेर यी मागहरु नेपाली (घरेलु) पहाडिया कागजमा लेखिएको थियो । यसमा मुख्य रुपमा धर्म उदय गर्नु र रितिथिति बदल्न अनुरोध गरिएको थियो । जुद्ध शमशेरलाई बिशेष अनुरोध गर्दे उनको समयमा जनतालई दुःख नहोस् र सबै अभयका साथ बाँच्न पाउन् भन्ने समेत अनुरोध गरिएको थियो । जुद्ध शमसेरले मागपत्र बुझ्दै मागहरुलाई पुरा गर्ने आश्वासन समेत दिएका थिए । वचन अनुरुपको माग धेरै समय सम्म पर्खदा सम्म पनि सम्बोधन नहुँदा योगमायाले प्रतिकृया स्वरुप सामुहिक आत्मदाहको घोषणा गर्नुपरेको थियो । योगमायाको आन्दोलनलाई निस्तेज गर्नका लागि कस्ता प्रयासहरु भए भन्ने सन्दर्भमा जुद्ध शमसेरले माग पुरा गर्न आश्वासन मात्र दिएर लामो समय सम्म पनि कार्यान्वयनको रुपमा नआए पछि योगमायाले विस १९९५ साल कार्तिक शुक्ल पूर्णिमा सम्मको समय सीमा तोकेर पनि माग पुरा नभए पछि उहाँ लगायत २४० जना भक्तहरु साथ आत्मादाह गरेर प्राण उत्सर्ग गर्ने घोषणा गरिन् । यसको जानकारी सुचना टाँस गरेर सरकारलाई दिइयो । अग्नी दाहको योजनालाई रोक्न धनकुटा र भोजपुरका वडाहाकीमहरु त्यहाँ पुगेर रोकी जेलमा राखिएको कुरा अध्ययनबाट पाइन्छ । कुरा ती यात्रीहरुलाई थाहा होला,जसले पैतालामा कोइला राखेर यात्रा सुरु गरे । र छातिमा अदम्य साहस बोकेर अगाडि बढिरहे । जीवनका कठिन मोडहरुमा जे जति कार्य गरे संघर्षमयी यात्रा गरे । गन्तव्य भेटाउन त्यतिकै कठिन थियो नै । तर पनि भविष्यको सुन्दर सपना साकार पार्नकै लागी गरे ।
जहाँ शिर उठाउन सकिदैन त्यहीँबाट मुठ्ठी उठाउन सिक्नु पर्दछ भन्ने भावनाका साथ धेरै महिलाहरुले इतिहासमा मुठ्ठी उठाउने प्रयत्न गरे । युद्धमा बन्दुकको नाल देखी संघर्षमयी आत्रामा अथक लागि रहे योद्धा महिलाहरु तर दुर्भाग्य उनीहरुको मुठ्ठी मात्रै दबाइएन, मार्ने कोशिस गरियो । योगमायादेखि विद्यादेवी भण्डारी सम्मका कोही पनि यो समाजको आक्षेपहरुबाट मुक्त रहन सकेनन् ।
नारीहरुको सहनशीलतानै उनीहरुको कमजोरी हो । यथार्थ राम्ररी बुझेको समाजले आज मात्रै होइन,पौराणिक काल देखिनै नारीहरु माथी धावा बोल्दै आइरह्यो । हरेक काल खण्डहरुका जुनसुकै दुर्घटनामा नारीहरुलाई त्यसको कारण बनाइयो । जित र हारको हतियार बनाइयोे । अनि सम्भव भए सम्म उनीहरुलाई त्यसमा बली चढाइयो । आफुलाई फाइदा र उपयोग गर्ने स्वरुपको रुपमा नपाउँदा साथ अपमान र तिरस्कार गरियो । महिलाको शक्तिलाई उजागर गर्नका लागी महादेवले शक्तिको स्वरुप कालिका देबी भगवती, महाकाली सबै स्वरुपमा शक्ति प्रदान गर्नका लागी धेरै सहयोग गरिरहेको अवस्था पनि हो ।
सत्य युगमा शिवजी र जालन्धरको युद्ध भयो । देव लोकमा हाहाकार मच्चियो । त्यसको एउटै कारण थियो– पार्वतीको सुन्दर रुप ! र त्यो हाहाकार बाट बँच्नको लागि गरियो निर्दोस बृन्दाको सिकार र चढाईयो उसको सतित्वको वली !
त्रेता युगमा राम र रामणका बिच युद्ध भयो । रामसँग सिता बनवास जानु सितालाई छल गरेर लैजानु र सिताको लागि युद्धमा समेत अगाडी बढ्नु ठुलो धनजनको क्षति भयो । कति मानिसहरु हताहत भए । अन्तिममा त्यसको कारण सितालाई मानियो । उनको रुप, उनको कौतुहलता, उनको रहर र उनको जिद्धिकै कारण त्यो विनाश भयो भनेर विश्लेषण गरियो । रावणले हरेर लगेकी सितालई फिर्ता ल्याइयो । तर पनि उनले सहन गर्न नसक्ने अपमान भए पछि धर्ति फाटिएर लोप हुनु पर्यो । द्धापर युगमा महाभारतको युद्ध भयो । भगवान श्रीकृष्ण आफैले भन्नु भयो, यो धर्म र अधर्म बिचको लडाँइ हो । त्यो राज्य सत्ताका लागि गरिएको भाई युद्ध थियो । त्यस्तो युद्धमा धर्मराज जस्ता युधिष्ठिरले विना सोच सल्लाह उनको अनुमती विनै महिनावारी भएर लुकेर बसेकी श्रीमती दौपतीलाई जुवामा हालीदिए ! त्यत्रो राजसभामा उनको आफन्तै बाट चिरहरुण गरियो । भिष्म पितामह, दोर्णचार्य र कर्माचार्य जस्ता स्वेत वस्त्रधारी र गेरु वस्त्रधारीहरु पनि मौन बसे । द्रौपतीको स्वयंवरका दिन भएको दुर्घट्ना, इन्द्रप्रस्थको राज सभामा दुर्योधनको आँखामा भएको भ्रम र मामा शकुनि जस्ता जालीहरुको सीकार उनिनै बनिन । अन्तमा महाभारतको युद्ध हुनुको एक महत्वपुर्ण कारण नै महिला हुन भनी लान्छना पनि लगाईन्छ । तर त्यो भ्रमपुर्ण छ । यस लेखको बाँकी अंश क्रमशः अर्को अकंमा…