शुभेच्छा पन्त
आधुनिक मानव अधिकारको जग शुरुवातकालको पुनर्जागरण मानववादको युगमा शुरु भएको हो । युरोपियन धर्म र सातौं शताब्दीको इनल्याण्डको गृहयुद्धले उदारवादको दर्शनलाई जन्म दियो । यी विचार अमेरिकी र फ्रान्सेली क्रान्तिहरूको केन्द्रबिन्दु हुन् जुन शताब्दीको अन्ततिर देखा ग¥यो । उन्नाइसौं शताब्दीको प्रजातान्त्रिक विकासले बीसौं शताब्दीमा विश्वव्यापी मताधिकारको आगमनको लागि मार्ग प्रशस्त ग¥यो । दुई विश्वयुद्धले मानव अधिकारको विश्वव्यापी घोषणापत्रको सिर्जना ग¥यो । मानव अधिकारको इतिहास जटिल छ ।
मानव भएर जन्मेको आधारमा मानवलाई दिइने अधिकार नै मानव अधिकार हो । विश्वमा जन्मेका सबै मानवले यो अधिकार पाँउछन् । यो अधिकारबाट कुनै जातजाति, लिङग, समुदाय, अल्यसंख्याक, पिछडिएको वर्ग, जनजाति आदि भनेर अधिकारबाट वन्चित भएका छैनन् । मानिसलाई मानवीय मूल्य र प्रतिष्ठताका साथ जीवनयापन गर्न आवश्यक पर्ने अधिकार नै मानव अधिकार हो । मानिसको यो अधिकार जन्मसिद्ध अधिकार भनिन्छ । यस अधिकारभित्र शिक्षा प्राप्त गर्ने अधिकार, बाँच्न पाउने अधिकार, स्वास्थ्य उपचार प्राप्त गर्ने अधिकार, आवतजावत गर्न पायने अधिकार इत्यादि पर्दछन् ।
मानव अधिकार विश्वका सबै मानवले उपयोग गर्न पाउने नैतिक तथा कानुनी अधिकार हो । यी अधिकार मानवलाई मानव अधिकार घोषणपत्र १९४८ द्धारा दिएको हो । मानव अधिकारलाई शान्ति, स्वतन्त्तता र विकासको मुल आधारका रुपमा संयुक्त राष्ट्र संघको महासभाले १० डिसेम्बर १९४८ का दिन देखि हरेक वर्ष १० डिसेम्बरमा मानव अधिकार दिवस मनाउदै आएको छ । मानव अधिकारको संरक्षण गर्ने कर्तव्य राज्यमा रहेको हुन्छ र यसको साथसाथै राज्यले कानुनी उपचारको पनि सुनिश्चित गरेको छ । नेपाल सन् १९५५ मा यसको अर्थात् संयुक्त राष्ट्र संघको सदस्य बनेको हो । नेपालको संविधान, २०७२ को भाग ३ को धारा १६ देखि ४६ सम्म रहेको मौलिक अधिकारहरुमा पनि मानवसँग सम्बन्धित अधिकारहरु रहेका छन् । यसको इतिहास मानव सभ्यता जतिकै पुरानो छ ।
मानव अधिकार भनेको सबै मानवको जन्मजात अधिकार हो । मानव अधिकारमा जीवन र स्वतन्त्रताको हक, यातनाबाट स्वतन्त्रता, काम गर्ने र शिक्षा पाउने अधिकार र अन्य धेरै समावेश छन् । मानव अधिकार मूल अधिकार र स्वतन्त्रता हुन् जुन संसारमा प्रत्येक व्यक्तिसँग सम्बन्धित छ । नेपाली सरकारी सेना र नेपाल कम्युनिष्ट पार्टी नेकपा –माओवादी बीच १९९६ र २००६ को बीचमा झगडा भयो, जसको परिणामस्वरूप देशभर मानवअधिकार उल्लंघन बढेको थियो । दुबै पक्षलाई यातना, गैरकानूनी हत्या, मनमानी गिरफ्तार, र अपहरणको आरोप लगाइएको थियो । द्वन्द्वले नेपालको विकासको अभावको एक प्रमुख कारण पनि मानिन्छ । यो द्वन्द्वको परिणामस्वरूप गरीबी, स्वास्थ्य, शिक्षा र लैंगिक समानतामा मानव अधिकारमा कमी आएको थियो । नेपाली जनता जातीय, जाति र लिङ्गको आधारमा भेदभावको सामना गर्छन् र नेपालका ग्रामीण भागमा बसोबास गर्ने नागरिकहरूले पर्याप्त स्वास्थ्य सेवा, शिक्षा र अन्य स्रोतहरूको पहुँचको अभावको सामना गरिरहेका छन् । हिंसाले देशलाई र अझ विशेष गरी महिलामा धेरै असर प’याएको छ । तर सन् २००६ पछि सरकार, राजनीतिक दल र माओवादी बीचको १९९६ र २००६ को बीचमा एक दशक लामो द्वन्द्व अन्त्य गर्न र लोकतन्त्र र कानूनको शासन पुनःस्थापित गर्न विस्तृत शान्ति सम्झौता भएको थियो ।
अधिकार प्रजातन्त्रलाई कायम राख्न आधारभूत आवश्यकता हो। अधिकार प्राकृतिक अर्थमा नैतिक सिद्धान्त हो तर धार्मिक अर्थमा भन्ने होइन । मानव अधिकार मानिस भएर जन्मेकै कारण जन्मनासाथ स्वतः पाउने अधिकार हो । यो कसैले कसैलाइ चाहेर वा नचाहेर लिने दिने बिषय होइन् । यो प्रत्यक्ष रुपमा मान्छेको जीवनसँग जोडिएको विषय हो । मान्छेको बाच्न पाउने अधिकार सुनिश्चित गर्नु यसको महत्वपूर्ण उदेश्य हो । यसलाइ मानिसको जन्मसिद्ध अधिकार, प्राकृतिकअधिकार, नैसर्गीक अधिकार तथा आधारभूत अधिकार पनि भन्ने गरिन्छ । मानव अधिकार आयोग ऐन २०६८ अनुसार ‘मानव अधिकार भन्नाले व्यक्तिको जीवन स्वतन्त्रता,समानता र मर्यादासँग सम्बन्धित संविधान तथा अन्य प्रचलित कानुनद्धारा प्रदान गरिएकान अधिकार तथा नेपाल पक्ष भएको मानव अधिकार सम्बन्धि अन्तराष्ट्रिय सन्धि, सम्झौतामा निहित अधिकार सम्झनुपर्छ ।’ सबैजना आधारभुत मानव अधिकारहरू के के हुन भन्नेमा एकमत छैनन् । यहाँ केही अत्याबस्यक अधिकारहरु छन ः जीवन जिउने अधिकार, आफ्नै निम्ति काम गर्न पाउनु पर्ने अधिकार (दास हुन नपर्ने), सम्पति माथिको अधिकार, बोल्ने स्वतन्त्रताको अधिकार, ज्यानको सुरक्षा, कुनै देशको नागरिक हुन पाउनु, मताधिकार, उचित शिक्षाको अधिकार, स्वतन्त्र विचार राख्न पाउने अधिकार, स्वतन्त्र रूपमा विचार व्यक्त गर्न पाउने, रोजगार गर्न पाउने, संयुक्त राष्ट्र सङ्घिय मानवअधिकार (सन् १९४८ ) अनुसारका सम्पुर्ण अधिकार इत्यादि हुन ।
मानव अधिकार वा अधिकार मानव जीवनका लागि अत्यावश्यक विषय हो । यदि कुनैपनि व्यक्तिले हाम्रो अधिकारको हनन् गर्छ भने सहेर होइन, लडेर जानुपर्छ । अधिकारको हनन ग¥यो भने, गल्तीको सृजना हुन्छ र त्यस्तो हनन गर्ने व्यक्तिलाई कानुन बमोजिम सजाय हुन्छ । संविधानमा व्यवस्था भएका कुनै पनि हक तथा अधिकारको हनन भयो भने संवौधानिक उपचारको हक अवलम्बन गरेर आफ्नो हक तथा अधिकार सुरक्षित गर्न सव्छौँ । त्यसकारण आफ्नो हक, अधिकारको सुरक्षा सँगसँगै अरुको अधिकारको पनि हनन गर्नु हुदैन् र संविधकामा नै व्यवस्था गरिएका नागरिकको कर्तव्यको पनि सदैव हामीले पालना गर्नुपर्छ ।