सरोजराज पन्त
मानव जीवन चक्रमध्येको एक उमेर समुह जुन उमेरसँगै परिपक्क बन्दै व्यबहारमा परेर, भोगेर र बुझेर खारिएका व्यतिmहरुलाई ज्येष्ठ नागरिक भनिन्छ । नेपालमा उमेरले ६० बर्ष पार गरेका व्यतिmहरुलाई ज्येष्ठ नागरिकको दर्जामा राखिएको छ । देश विकासमा युवा वर्गको योगदान उल्लेख्य रहने भएपनि सबै उमेर समुहको सक्रिय सहभागिता अपरिहार्य हुन्छ । नेपालमा तुलनात्मक रुपमा ज्येष्ठ नागरिकको भूमिकालाई नजरअन्दाज गरेको देखिन्छ ।
अहिले नेपालीको सरदर आयु दर ६८ वर्ष पुगेको छ । जसको कारण ६० वर्षे ज्येष्ठ नागरिकको सख्या तुलनात्मक रुपमा बढदै आएको छ । स्वास्थ्य र जनचेतनामा सकारात्मक परिवर्तनका कारण नेपालीको सरदर बाँच्ने आयु दर वृद्धि हुँदै गएको छ । राष्ट्रिय जनगणना २०२८ मा ५.६१ प्रतिशत रहेको ज्येष्ठ नागरिकको सख्या २०३८मा ५.७१ प्रतिशत पुग्यो । यसैगरी २०४८ मा ५.८१ प्रतिशत रहेको ज्येष्ठ नागरिकको सख्या २०५८मा वृद्धि भई ६.५० प्रतिशत रहेको थियो । १० बर्ष पछि २०६८ मा ८.१३ प्रतिशत ज्येष्ठ नागरिक रहेका छन् । यसमा पुरुषको भन्दा महिलाको सख्या उच्च रहेको छ । विगत पछिल्ला पाँच जनगणनाको विश्लेषण गर्दा ज्येष्ठ आगामी जनगणनामा ज्येष्ठ नागरिकको सख्या बढ्ने निश्चित छ । यसैगरी नेपाली समाजमा दुःख पीडा र हीनताबोध जस्ता निराशाजनक जीवन जिउन विवश हुने वृद्धवृद्धाको सख्या पनि बढ्दो क्रममा रहेको छ ।
वृद्धवृद्धाहरुका बारेमा संयुक्त राष्ट्रसंघले सन १९९१ मा वृद्धवृद्धाहरु सम्बन्धि गरेको व्यबस्था गरेको छ । जसमा वृद्धवृद्धाहरुको सुरक्षा, स्वतन्त्रता, सहभागिता, रेखदेख, आत्मसन्तुष्टि र मर्यादालाई प्राथमिकता दिने प्रस्ताव पास गरिसकेको छ । बर्तमान नेपालको संविधानको धारा ४१ मा ज्येष्ठ नागरिकलाई राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षाको हक हुने छ । उतm मौलिक हकले सुनिश्चित गरे बमोजिम ज्येष्ठ नागरिको संरक्षणको काम गरेको छ ।
“ज्येष्ठ नागरिक” भन्नाले साठी वर्ष उमेर पूरा गरेको नेपाली नागरिक सम्झनु पर्छ । यसैगरी “असहाय ज्येष्ठ नागरिक” भन्नाले जीवनयापन गर्ने कुनै आधार, आयस्रोत वा सम्पत्ति नभएको, पालनपोषण तथा हेरचाह गर्ने परिवारको कुनै सदस्य नभएको, परिवारको सदस्य भए पनि निजले पालनपोषण नगरी अपहेलित वा उपेक्षित जीवनयापन गर्नु परेको व्यतिmलाई बुझिन्छ । यस्तै “अशक्त ज्येष्ठ नागरिक” भनेर शारीरिक वा मानसिकरुपले अशक्त ज्येष्ठ नागरिकलाई परिभाषित गरेको छ ।
यसरी विद्यमान ज्येष्ठ नागरिक ऐनले असहाय, अशक्त र एकलको आधारमा ज्येष्ठ नागरिकको वर्गीकरण गरिएको छ । ज्येष्ठ नागरिकको संरक्षण र सामाजिक सुरक्षा गर्ने, निजहरुमा रहेको ज्ञान, सीप, क्षमता र अनुभवको सदुपयोग गरी निजहरुप्रति श्रद्धा, आदर तथा सद्भावको अभिवृद्धि गर्नका लागि तत्काल व्यवस्था गर्न ऐन जारी गरेको पाइन्छ ।
अहिले ‘आगो ताप्नु मुढाका कुरा सुन्नु बुढाका’ भन्ने कुरा बिस्तारै हराउदै गएको छ । पहिले ‘पितृ देवो भवः, मातृ देवो भवः’ भनी बृद्ध बाबु आमालाई सम्मान स्वरुप प्रयाग गरिने परम्परागत आदर्श वाक्य अहिले हराउदैँ गएका छन । वृद्धवृद्धाले आफ्नो जीवनभरि संगालेका ज्ञान सीप,क्षमता पछिल्लो पुस्ताका लागि अर्ती उपदेश, अमूल्य मार्गदर्शन हुने भएपनि नयाँपुस्तामा सही रुपमा हस्तान्तरण र सदुपयोग हुन सकेको छैन ।
आजकल ‘बाबु आमा भन्दा छोरा, छोरी जान्ने र वृद्धवृद्धाप्रति सन्तति उत्तरदायी नहुने’ प्रवृत्ति हाबी भएको छ । परम्परागत संयुक्त परिवारमा बस्ने चलनमा हस आएको छ जसले गर्दा एकल परिवारमा बस्ने, लिभिङ्ग टुगेदर, बेड पाटनर,रुम पाटनर जस्ता पश्चिमी संस्कार र आनी बानी बढ्दै गएका छन । दिनहुँ वृद्धवृद्धाप्रति सन्ततिको माया ममता, कर्तव्य बोध र जिम्मेवारी क्रमशः घटदै गएको छ । जसकाकारण धन सम्पति नभएका वृद्धवृद्धाहरुमात्र होइन धन सम्पति भएका वृद्धवृद्धाहरु पनि सन्ततिको पारिवारिक स्नेहबाट विमुख भएका छन् ।
समाज र राष्ट्रको समृद्धिको लागि योगदान गर्न सक्षम ज्येष्ठ नागरिकले आफ्नो जीवनकालमा उमेरसँगै परिपक्क बन्दै व्यबहारमा परेर, भोगेर र बुझेर खारिएका असीमित अनुभवहरूको सदुपयोग गरि समाज र राष्ट्रको विकासमा लगाउन पर्नेमा अपेक्षित सफलता हासिल हुन सकेको छैन । समयापेक्ष स्पष्ट निती, योजना बनाएर तिनको पुर्ण कार्यान्वयन गरी सामाजिक, आर्थिक, सांस्कृतिक र मानसिकरुपमा ज्येष्ठ नागरिकलाई सवल, सक्षम बनाउने र उमेर अनुसार रमाउने वातावरणमा सृजना गर्नु पर्नेमा ‘बाह्र छोरा तेह्र नाति बूढाको धोक्रो काँधै माथि’ भने झै जति बुढो भयो त्यति तनाव, दवाव, दुःख, कष्ट, पिडा खेप्नु पर्ने अबस्था छ ।
राज्यले अवलम्बन गरेका नीति तथा रणनीतिमा नागरिकहरूको जीवन सम्मानित, सुरक्षित र व्यवस्थित बनाएर उनीहरूले जीवनभर हासिल गरेका ज्ञान, सीप सीप र अनुभवलाई राष्ट्रले समृद्धिको लागि उपयोग गर्ने लक्ष्य लिएको छ । आव २०७७ र ०७८ को बजेट मार्फत ज्येष्ठ नागरिकको उल्लिखित अनुभवलाई स्थानीय सरकारसँगको सहकार्यमा ज्ञान केन्द्र, ध्यान केन्द्र र आराम केन्द्र स्थापना गर्ने पुस्तान्तरण गर्दै जाने अवधारणा अगाडि सारेको छ । त्यस्तै ज्येष्ठ नागरिकका अल्जाइमर लगायतका उमेरगतरुपमा हुने रोगहरूको निःशुल्क उपचार गर्ने तथा असहाय ज्येष्ठ नागरिकका लागि संरक्षणको व्यवस्था गर्ने बिषयमा जोड दिएको छ । यसैगरी ज्येष्ठ नागरिकको दैनिकी सहज गराउनका लागि मासिक ३ हजार भत्ता, निःशुल्क स्वास्थ्य बीमा, यातायात तथा औषधोपचारमा ५० प्रतिशत छुट, ज्येष्ठ नागरिक परिचय पत्र, सेवा प्रवाहमा प्राथमिकता दिने नीति लिइएको पाइन्छ । सरकार र सरोकार संघसंस्थाको पहलमा ज्येष्ठ नागरिक कोष, बृद्धाश्रमहरुको स्थापना भए तापनि प्रभावकारिता ल्याउन सक्रिय पहल हुनुपर्ने देखिन्छ ।
ज्येष्ठ नागरिक राज्यका अनुभवी, खारिएका अमूल्य शतिm र सम्पत्ति हुन् । ज्येष्ठ नागरिकको अनुभवलाई राष्टको« पुँजी ठानी जनशतिm विकास, विकास निर्माण, जोखिम व्यबस्थापन, समस्या र अवरोधहरूलाई हटाउन सकिन्छ । ज्येष्ठ नागरिकले विगतमा गरेका, भोगेका र समस्या समाधानका लागि अपनाएका ज्ञान, सीप र दक्षताको प्रयोग गरी सरल, सहज र सहकार्यबाट समाधान बिकल्प खोज्न समय, खर्चको बचत गर्न सकिन्छ । ज्येष्ठ नागरिकले बिगतमा कृषि, पशुपालन, सरकारी गैरसरकारी क्षेत्रमा बसेर काम गरी हासिल गरेका विज्ञताको प्रयोग गर्न सकेमा ज्ञान,सीपको पुस्तान्तरण हुन्छ, संस्कार संस्कृतिको जगेर्नासँगै एकातिर उनीहरुको सम्मान हुनजान्छ, समय सहज रुपमा पास हुन्छ, मनोबैज्ञानिक तनाव कम हुन्छ, घरमा ज्येष्ठ नागरिक भएमा नाति नातिनीले राम्रो हेरचाह, संरक्षण र संस्कार पाउन सक्दछन भने अर्कोतिर ‘समृद्ध नेपाल सुखी नेपाली’ बनाउने लक्ष्य प्राप्त गर्न सहज हुने देखिन्छ । यतिमात्र होइन उनीहरुको योग्यता, दक्षता र अनुभव हासिल गरी समाजका मौलिक भाषा, कला, संस्कृतिको सीप, बस्तु आदिको जगेर्ना गर्दै जीविका चलाउन, परम्परागत कला संस्कृतिको संरक्षण र पुस्तान्तरण गर्न पर्या पर्यटनको सन्चालन, प्रवर्धन गर्नका लागि ज्येष्ठ नागरिकको महत्बपुर्ण भुमिका रहेको छ ।
मानव जीवनचक्रको अति सम्मानित अवस्था वृद्ध अवस्था हो । जन्म, कर्मदाता, माया, ममता र करुणाका खानी ज्येष्ठ नागरिकको चित्त दुख्न नदिनु सन्तति, समाज र सरकारको प्रमुख दायित्व र कर्तव्य हो । अहिले ज्येष्ठ नागरिकको सख्यात्मक वृद्धिअनुसार उनीहरूको गाँस, वास, कपास, स्बास्थ र सरक्षणको उचित प्रबन्ध गर्ने दायित्व सन्तति र सरकारको हो ।
वृद्ध अवस्थामा देखिने समस्याहरूमा माया, ममताको अभाव, खान पान र औषधि उपचारको उपयुक्त व्यवस्था नहुनु, बसोबासको उचित प्रबन्ध र वातावरण नहुनु, मर्यादा, आत्मसन्तुष्टि, मनोरञ्जनात्मक वातावरणको सहजताको कमी, सिर्जनात्मक अनुभवको उपयोग नहुनु, एक्लो महसुस हुनु, आर्थिक तथा सामाजिक सुरक्षाको सुनिश्चितता नहुनु, आरोग्य वा वृद्ध आश्रमको उचित व्यवस्थापनको अभाब आदि रहेका छन ।
ज्येष्ठ नागरिकको दैनिक जीवनलाई आनन्दमय, सक्रिय, स्वस्थ, तनाव रहित र आत्मनिर्भर बनाउन उनीहरूको शारीरिक र मानसिक तन्दुरुस्ती अनुकूलको जिम्मेवारी दिन आबश्यक छ । जसमा उनीहरुको योग्यता, दक्षता र अनुभवाट मौलिक भाषा, कला, संस्कृतिको सीप, बस्तु आदिको जगेर्ना गर्न, जीविका चलाउन, परम्परागत कला संस्कृतिको संरक्षण गर्न, पुस्तान्तरण गनर्, पर्यापर्यटनको सन्चालन, प्रवर्धन गर्न, बालबच्चा हेर्न, खाना बनाउने, कृषि कर्ममा गराइ सिकाइ गर्न, व्यापार व्यवसायमा पुराना शैली र सीप सिकाउन, घर परिवारलाई सही दिशानिर्देश गर्न, सकिन्छ । त्यस्तै विभिन्न क्षेत्रमा दक्षता हासिल गरेका प्राध्यापक, चिकित्सक, व्यवस्थापक, प्राविधिक लगायतका विज्ञहरूको अनुभवलाई समाज सेवा र देश निर्माणमा सदुपयोग गर्न र बुढेसकालमा सक्रिय जीवन बनाउन सकिन्छ ।
यस्ता अमुल्य शतिmको घरमै सरक्षण गरी राख्नु पर्दछ । यदी घरमा हेरचाह गर्न नसक्ने भएमा “हेरचाह केन्द्र”मा ज्येष्ठ नागरिकलाई शुल्क लिई वा नलिई पालनपोषण तथा हेरचाह गर्नको लागि व्यबस्था गरिनु पर्दछ । ऐन बमोजिम स्थापना तथा सञ्चालन भएका घर, आश्रम वा यस्तै प्रकृतिका संरचना ज्येष्ठ नागरिक मैत्रि हुनु पर्दछ ।
ज्येष्ठ नागरिक क्षेत्रको विकास गर्न सामाजिक बिज्ञान अनुसन्धान केन्द्रको गठन गरी अध्ययन अनुसन्धानको कार्यलाई अगाडी बढानुपर्ने, वृद्दहरुलाई पार्कको व्यवस्था गर्ने, तीर्थयात्रा, भ्रमण कार्यक्रम सञ्चालन गर्ने, हरेक स्थानीय तहमा कम्तीमा १ वटा ज्येष्ठ नागरिक केन्द्र, वृद्दाश्रम स्थापना गर्ने, ज्येष्ठ नागरिकका लागि निशुल्क विमा र स्वास्थ्य उपचार कार्यक्रम सन्चालन गर्ने, यातायातका साधन लगायत क्षेत्रमा बिशेष छुटको व्यवस्था गर्ने, स्वास्थ्य तथा पोषण सुरक्षाको क्षेत्रमा सहुलियतपूर्ण स्वास्थ्य उपचारको व्यवस्था गर्ने,स्वास्थ्य विमा नि शुल्क गर्ने, निशुल्क वृद्ध वार्ड सन्चालन गर्ने, निशुल्क सहायता सामगीको वितरण तथा केयरगिभर तालिम दिई स्वास्थ्य सेवालाई ज्येष्ठ नागरिकको पहुँचभित्र पु¥याउने, सामुदायिक विकासमा सहभागिता गराउने, अन्तरपुस्तागत सीप हस्तान्तरण कार्यक्रम सन्चालन गर्ने, मनोरञ्जनका क्षेत्रमा समेत छुटको व्यवस्था गर्ने, बिधालय र विश्वविद्मालयको पाठ्क्रममा समेत ज्येष्ठ नागरिक सम्बन्धी विषय समावेश गरी अध्ययन अध्यापन गराउने, ज्येष्ठ नागरिकका लागि सन्चालित कार्यक्रमको घनीभूत रुपमा अनुगमन मूल्यांकन गर्ने, गराउने गर्न आवश्यक छ ।
ज्येष्ठ नागरिक ऐन, तथा नियमहरूको पुर्ण कार्यान्वयन गरी दिवा सेवा तथा दिवा मिलन केन्द्र, अशक्त स्याहार केन्द्र लगायतका सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन गरिनु पर्दछ । सरकारी र गैरसरकारी संघसंस्थाको सहकार्य, सद्भाव, सहयोग र समन्वयमा दिर्घकालीन कार्यक्रम तय गरी सार्थक, परिणाममुखी र प्रभावकारी कार्यान्वयन गर्न जरुरी छ । यसका लागि संघ, प्रदेश र स्थानीय तहका सरकारले गहन जिम्मेवारी ठानी आपसी सहकार्य गरेर अबिलम्ब काम गर्नु पर्दछ ।
ज्येष्ठ नागरिकले पनि बुद्धिमत रुपमा मेरो परिवार र समाजकालागि मेरो योगदान छ भनी यथोथित अभियान सञ्चालन गर्न जरुरी छ । ज्येष्ठ नागरिकको सीप, कला, क्षमता सामाजिक रूपान्तरणको आधार स्तम्भ भएकोले समाज रुपान्तरणमा उत्साहप्रद सहभागिता गराउन ढिला गर्नु हुदैन । परिवार, नागरिक समाज, सरोकार पक्ष र सरकारले बेलैमा कार्ययोजना सहित सामाजिक, आर्थिक र मानसिक रुपमा ज्येष्ठ नागरिक रमाउने वातावरणमा सृजना गर्न सक्षम बन्न, उपचार, संरक्षणमा थप चिन्तन र चासो राख्न अत्यन्त आबश्यक छ ।