जनचासो, गुनासो र राजनैतिक अस्थिरता

कृषिता अधिकारी (निशा)

वर्तमान समय र विकराल परिस्थितिले आज नेपाली जनमानसमा चिन्ता र चासोको विषय मात्र बनेको छैन । सिंगो देश नै संकटमा पर्ने अवस्था सृजना भएको छ । साँच्चै भन्ने हो भने देशमा अस्थिरता छाएको छ । विभिन्न मिडियाहरुमा समाचारको माध्यम नै बनिसकेको छ । सामाजिक सञ्जालमा यसको चर्चा परिचर्चा चलिरहेको छ । यतिबेला नेपाली जनता आक्रोशित त कतै चिन्तित पनि देखिन्छन् भने कतिले आलोचना पनि गरिरहेका छन् त कतिले सम्माननीय प्रधानमन्त्रीको निर्णयलाई समर्थन पनि गरिरहेका छन् । देशमा समृद्धि विकास कति हद सम्म भयो वा भएन अथवा गर्न बाँकी नै भनौ वा भनौं जनताले चाहेको जस्तो विकास हुन सकेन । त्यसैले पनि अहिलेको विषम परिस्थितिमा पनि नेपाली जनता सडकमा आन्दोलित थिए । किनकी नेपाली जनता गणतन्त्रबाट वाक्क दिक्क बनिसकेका थिए । राजतन्त्रको माग सहित राजवादीको आन्दोलन चर्किदै गर्दा संसद विघटनको दुःखद खवरले यतिबेला हाम्रो देश जटिल मोडमा पुगिसकेको छ ।

जनताको विश्वास र आस्था माथि नै आँच पुगेको छ । ५ वर्षको कार्यकालका लागि चुनिएका र देश विकासमा समृद्धि ल्याउने आस्था र धरोहर आज टुटिसकेको छ । अब देशमा के होला त ? अब देश कता जाला ? कुन मोडमा उभिएला भन्ने जनचासो र गुनासो भएको छ । यीनै गुटबन्दी र राजनीतिक चलखेलले आज यत्रतत्र सर्वत्र चर्चा परिचर्चा फैलिएको छ । यसैक्रममा राष्ट्रपतिद्वारा गरिएको प्रेस विज्ञप्ती अनुसारः ‘संविधानको धारा ७६ को उपधारा (१) र (७) तथा धारा ८५ एवं संसदिय प्रणालीको आधारभूत मर्म एवम् मूल्य मान्यता तथा हाम्रो आफ्नै र संसदिय प्रणाली भएका विभिन्न मुलुकहरूको अभ्यास बमोजिम संघीय संसदको वर्तमान प्रतिनिधि सभा विघटन गरी ताजा जनादेशका लागि नेपाली जनता समक्ष जान मिति २०७८ साल वैशाख १७ गते शुक्रबार पहिलो चरणमा र मिति २०७८ साल बैशाख २७ गते सोमबार दोस्रो चरणमा निर्वाचन सम्पन्न गर्ने गरी निर्वाचनको मिति तोक्न नेपाल सरकार मन्त्रिपरिषद्को बैठकबाट निर्णय भई सोही बमोजिम सम्माननीय प्रधानमन्त्रीबाट सिफारिस भएकाले उक्त सिफारिस बमोजिम संघीय संसदको वर्तमान प्रतिनिधि सभा विघटन गरी मिति २०७८ साल वैशाख १७ गते शुक्रबार पहिलो चरणमा र मिति २०७८ साल वैशाख २७ गते सोमबार दोस्रो चरणमा प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्ने गरी निर्वाचनको मिति तोकीएको छ ।

अर्कोतिर राजनैतिक किचलो पनि उस्तै यही कारणले गर्दा आज पार्टी नै विभाजित बनेको अवस्था छ भने भिन्न भिन्न पार्टीले उम्मेदवार तथा केन्द्रीय सदस्यहरु मनोनित गरेका छन् । त्यसैले पनि जनचासोको विषय बनेको छ त यसका साथै खुल्दुली पनि अब बन्ने निर्वाचित चुनावमा कस्ले गर्छ होला ? देशको प्रतिनिधित्व अबको संक्रमणकालमा देश कता तिर जान्छ होला ? के साँच्चै नयाँ निर्वाचित सँगै देश कायापलट नै होला ? साँच्चै नै आश्र्चयजनक भइरहेको छ यतिबेला । नेकपा पार्टी नै विभाजित भएको अवस्था छ । नेताहरूको आपसी द्वन्द्धको कारण आज आम जनता र जनताका विश्वासलाई कुल्चिएको छ । के नेपाली जनताले यसरी नै आपसी मतभेद, पद र कूर्चीका लागि लुछाचुडी गर्न पठाएका हुन् त खै जनताको आशा भरोसा आज कहाँ गयो ? त्यो विश्वास देशमा शान्ति र समृद्धि ल्याउनका लागि उनीहरुलाइ चुनिएको होइन त ?

आखिर किन एउटै पार्टी भित्र पनि यतिधेरै द्वन्द्व ? साँच्चै नै राजनीति फोहोरी खेलका बन्न पुगेको छ । पैसा, पावर र पदले गर्दा नैतिकता नै गुमाई रहेको अवस्था छ । आज साँच्चिकै दुई तिहाइ सरकार निकम्मा भएको छ । अनि मनोमानी ढंगले एकले अर्को पक्षलाई आरोप प्रत्यारोप लगाउने क्रम रोकिएको छैन । देशमा विकासको मुल कुन रुपबाट परिवर्तन होला ? खै अब बन्ने निर्वाचनले के कति नीति नियम ल्याउला ? त्यो भने हेर्ने बाँकी नै छ । हुन त राजनीति जस्तो विषयमा दखल नै छैन । न त कुनै आम नागरिकलाई प्रयाप्त मात्रामा जानकारी नै छ । तर, हामीले एक आम नागरिकको हैसियतले अहिलेको ससंद विघटन सम्बन्धी जनचासो र गुनासोको विषय बनिरहेको छ । तसर्थ, पार्टी फुट्नु जोडिनु कुनै नौलो कुरा होइन । जनताले जुन विश्वास, आशा, भरोसा अहिलेको सरकारमा विकास र परिवर्तनका सम्भावना देखिरहेका थिए, देशमा दुई तिहाइ बहुमतको सरकार आयो, अब केही हुनेछ । गरिब जनताको समस्या समाधान होला । शिक्षा ,स्वास्थ्य तथा रोजगारमा नयाँ परिवर्तन होला देशमा । हत्या हिंसा जस्ता जघन्य अपराध अन्त्य होला । देशमा पुराना कानुन परिवर्तन भएर न्यायको प्रभावकारी कार्यान्वयन हुन्छ भन्ने नेपाली जनताको सपना थियो । देशले मुहार फेर्ने दिन साँच्चिकै कै एकादेशको कथा जस्तो भएको छ । हुन त देशमा परिवर्तन नआएको पनि होइन, व्यवस्था सँगै विकास, विभिन्न नीति नियम नबनेका पनि होइनन् । तर, ती कार्यान्वयनमा समस्या बिद्यमान छ । आज पनि गरिबका समस्या ज्युँका त्युँउ छन् । देशको सुव्यवस्था खलबलिएको आज सडकमा हजारौं जनता खान नपाएर भौतारिरहेका छन् । नेताहरु नैतिक रुपमा पतन हुँदे जाने क्रम बढ्दो छ । अब जनताले विवेकलाई बन्धक बनाउनु हुँदैन । राजनीतिक दल, नेताहरुलाई राम्ररी चिनौ । देशका बारेमा सोचौ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *