बागलुड भकुण्डेका सारथीको किताब यात्रा सम्म

यामबहादुर थापा मगर

लकडाउनले थिलोथिलो भएको विश्व बजार सामान्य अवस्थामा आउन अझै समय लाग्ने कुरामा विश्वस्त हुन सकिन्छ । बागलुड जिल्लाको बागलुङ नगरपालिका वडा नं. १० भकुण्डेका समाज सुुधारक, राजनीतिकर्मी, सामाजिक अगुवा, शैक्षिक अगुवा, साँस्कृतिक अभियन्ता लगायत विविध विषयमा भकुण्डेका सारथीलाई किताव वा पुस्तकाकार यात्रामा अनुबन्ध गर्न सकेमा पक्कै इतिहासलाई लिपिबद्ध गर्न सकेका समाज सुधारकहरुका लागि गर्विलो इतिहास बन्ने थियो । भकुण्डेको हावापानीमा जन्मीहुर्की नाम, दाम, योगदानलाई लिपिबद्ध गर्नमा एकताबद्ध भई पहल गरेमा पक्कै अनुभव सिद्ध हुनेछ । थप महानुभावहरु पनि हुन सक्दछन् की भनेर लेखाजोखा गरेर थप श्रृङ्खलाहरु बनाउन सकिन्छ । भोलीका दिनमा भावी पुस्ताका लागि श्रेयस्कर सामाग्री हुन सक्दछ ।

किताब निकाल्न सजिलो भने छैन । तर, पुस्तक प्रकाशनले अहिलेका मानिसलाई मोबाइल बाहेकको फरक माध्यममा ज्ञान, विवेकका कुरा हुन्छ र भन्ने बोध गराउन समेत सजिलो हुन्छ । पठन संस्कृतिलाई बढावा दिनका लागि टेवा पुग्न सक्दछ । उच्च सम्मानको श्रृङ्खला समेत बन्ने हुन्छ । सकारात्मक सोचको विकासमा टेवा पुग्न सक्दछ । समाज भित्रका असल कार्यको सस्थागत विकास गर्नमा सहजीकरण हुने गर्दछ ।

सुवेदार स्व.दिलबहादुर सवुर्जा
भकुण्डेको शिक्षाका पिता भनेर भन्न सकिने दिलबहादुर सवुर्जा मगरलाई केन्द्रित गरेर एउटा पुस्तक प्रकाशन गर्न सकिन्छ । सायद स्वर्गिय दिलबहादुरको सोचलाई लिपिवद्ध गरी पुस्तक लेखी उहाँको राजनीतिक,आर्थिक,सामाजिक,सास्कृतिक,शैक्षिक क्षेत्रको चेतना स्तरलाई समेट्न सकिन्छ । भैरव माध्यमिक विद्यालयको जन्मदाता मात्र भनेर पुग्दैन होला जस्तो लाग्दछ । दिलबहादुरको सोच नभएको भए कल्पना गर्न नसकिने अवस्थामा पुग्न सकिन्छ ।

स्व.रणसिङ थापा मगर
बागलुङ जिल्लामा करिब १७ वर्ष जिल्ला सभापति भएका रणसिङ थापा मगरका विषयमा समेत सत्य तथ्य संकलन गरेर पुस्तक प्रकाशन गर्न सकिन्छ । कसरी त्यति लामो समयसम्म जिल्ला सभापतिमा टिके ? भन्ने जिज्ञासा आम युवा पुस्ताहरुलाई हुनु जरुरी भएको छ । शिक्षा,स्वास्थ्य,राजनीति,सामाजिक क्षेत्रमा योगदान पु¥याएको बारेमा जानकारी लिन जरुरी भएको छ । मगर समुदायको व्यक्तिले मेकियावेली राजनीतिमा टिक्नुको आधार के थियो ? जस्ता विषयमा लेखपढ, खोज अनुसन्धान, लिपिवद्ध, तस्बिर लिपिबद्ध गरी प्रकाशमा ल्याउनु वर्तमान पिढीको युगिन काममा पर्दछ ।

सविधान सभाका सभासद नरबहादुर थापा मगर
नेपालको सविधान २०७२ को निर्माणमा टेवा दिएका सभासद नरबहादुर थापा मगरका शिक्षा,राजनीति,सामाजिक क्षेत्रमा पु¥याएको योगदानलाई लिपिबद्ध गर्न एक थान पुस्तक प्रकाशन गर्न सकिन्छ । विभिन्न व्यक्तिहरुलाई सामाजिक,राजनीतिक,आर्थिक,शैक्षिक,सहकारिता क्षेत्रमा खेलेको भूमिकालाई संस्थागत गरी लिपिबद्ध गराएमा युवा जगतका लागि अध्ययन सामाग्री बन्न सक्दछ । मगर समुदायको मानिस मन्त्री हुन किन सकेन ? भन्ने प्रश्न खोज्नका लागि इतिहासका पानाहरुमा सोधी खोजी गर्नमा सहयोग पुग्दछ । राजनीतिकर्मीको अनुभव युवा पिढीका लागि प्रेरणाको श्रोत बन्न सक्दछ । समाजमा भएका घटनाहरुमा अब्बल दर्जाको नागरिक बन्नका लागि प्रयासरत रहेको अनुभूति दिलाउन समाज सुधारकको जीवनी बारेमा जानकारी राख्नुको विकल्प छैन ।

पूर्व प्रध्यानाध्यापक जगनाथ शर्मा
लामो समयसम्म प्रधानाध्यापक हुनु भएका जगनाथ शर्माको जीवनी युवा पिढीका लागि अध्ययन गर्न जरुरी देखिन्छ । आर्थिक, सामाजिक, राजनैतिक, साँस्कृतिक, शैक्षिक, राजनैतिक, भाषिक क्षेत्रमा विधागत रुपमा फरक–फरक धारामा लेख लेखी पुराना फोटोहरुको संग्रह गरी पुस्तकाकार तयार पार्न सकिने व्यक्तित्वमा पर्नुहुन्छ । समाज भित्रका अगुवाहरुको नामनामेसी तयार गर्दा शिक्षक वर्ग समेत अब्बल दर्जाको श्रेणीमा पर्न आउँछन् । शिक्षक बिनाको समाज विकासको कल्पना समेत गर्न सकिदैन । छोराछोरीलाई प्रकाशक,संरक्षक राखी जगनाथ शर्मालाई चिनारी गराउने व्यक्तित्व विशेष पुस्तक प्रकाशन गर्न सकिने मध्येमा एक सफल उम्मेदवारमा स्थापित हुनु हुन्छ ।

सेवा निवृत्त शिक्षक धनीप्रसाद शर्मा
घरेलु उद्योग गर्दै शिक्षण पेशालाई अँगाल्दै लामो समय स्थानीय शिक्षक बनेका धनीप्रसाद शर्माका बारेमा खोज अनुसन्धानमूलक हिसावले सामाजिक, शैक्षिक, राजनीतिक, आर्थिक पक्षलाई मसिनो ढंगले केलाउने हो भने एक थान पुस्तक तयार गर्न सकिन्छ । ताकी सो पुस्तकले युवा जमातलाई अभिप्रेरित गर्न सकोस् । समाज रुपान्तरणमा खेलेको भूमिकालाई लिपिबद्ध गर्न सकियोस् ।

खिमबहादुर थापा सेवा निवृत्त शिक्षक, सेवा निवृत्त नेपाल सरकारका उपसचिव तिलबहादुर थापा मगर,शंकरबहादुर क्षेत्री (सह सचिव),सहसचिव बलाराम रिजाल(निफन्नी),समाजसेवी नविनचन्द्र शुर्वजा मगर (भकुण्डे), गाँउ विकास समितिका अध्यक्ष मनबहादुर थापा मगर(देउराली), सुवेदार दलबहादुर थापा मगर (पात्ले )का विषयमा समेत आलेख संकलन गरी पुस्तक निकाल्न सकिन्छ । संघर्ष विनाको जीवन पाउन गाह्रो छ । त्यसैले स्थानीय तहमा भएका व्यक्ति विशेषलाई सफलता उन्मुख बनाउनका लागि समेत जरुरी ठानिएको छ ।

नाम उल्लेख गर्न छुटेका कोही महानुभावहरु हुनुुहुन्छ भने यहाँहरुको सुझावका आधारमा आगामी आलेखमा समेट्ने छु । समाजको पर्दा भित्रमा रहेका महानुभावहरुलाई पदार्पण गर्ने संस्थागत निर्णयको आवश्यकता छ । विषयवस्तु मात्र उत्थान भएको छ । पुस्तकाकार तयार नहुँदा सम्म निरन्तर अनुगमनको खाँचो छ । एकताबद्ध भई लागि हातेमालो गर्न सकेमा असम्भव भन्ने कुरा केही छैन । विवेकको प्रयोग स्थानीय तहमा लगाउने हो भने धेरै भन्दा धेरै उत्तम हुने थियो । समाज भित्रका लुकेका प्रतिभालाई खोजी गर्ने माध्यम बन्न सक्दछ । सृजनात्मकतामा बलियो आधार पुगी समाज विकासमा थप टेवा पुग्न सक्दछ । आशा एव विश्वास गरौ, प्रस्तावको रुपमा थालनी गरेको सोचले आगामी दिनमा मूर्त रुप लिइ व्यक्तित्व कृत्तित्वको प्रकाशन गर्ने लहर सिजर्ना हुने छ । भकुण्डेको सिको अन्य गाँउबासीले गर्ने छन् । विकासको नमुना योग्य स्थानमा पु¥याउने बाटो मध्ये एक हो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *