सरोजराज पन्त
अहिले सिङ्गो देश र जनता महामारीसँग जुध्नु परेको अबस्थामा देश हाक्ने नेतागण भने कुर्शी तानातानको खेलमा तल्लीन भएका छन । आफ्नै सरकारमाथि अविश्वासको प्रस्ताव ल्याउन व्यस्त र प्रतिनिधि सभा बिघठन, रातारात सबैधानिक नियुतिmका लागि ल्याएका अध्यादेश देखि पार्टी फुटाउने अध्यादेश अनि सांसद अपहरणसम्मका गतिबिधि देखे पछि राजनीति फोहोरी खेल नै हो त ? भन्ने प्रश्नमा थप बल पुगेको छ । बिद्यमान राजनीति परिस्थितिमा उतर र दक्षिणको हावाले चटयाङमात्र पारेन चिसो मौसममा पनि गर्मागर्मी पारेको छ ।
सरकारले गरेका कतिपय राम्रा काम पनि बर्तमान राजनीतिक गतिबिधिले ओझेलमा परेका छन । जनताको पुरा साथ र सर्मथन पाएको सरकारको अहिलेको कामले राजनीति प्रतिको साख र दृष्टिकोण नकरात्मक बनाएको देखिन्छ । अहिले बालुवाटारदेखि शीतलनिवाससम्मका गुठ उपगुठका बैठक पार्टीका भागबण्डा र कसले कसलाई सिध्याउने भन्नेमैं सीमित रहनुले राजनीति देश बनाउने रणनीति,कला होइन एकले अर्कालाई सिध्याउन खेल बनेको देखिन्छ ।
कोभिड़भन्दा ठुलो समस्या कुर्शी तानातानको खेल भयो । सर्बहारावर्गको सरकार र जनहितका काममा भन्दा केवल गुट उपगुटका कुरा, पदका कुरा, सत्ता, स्वार्थका कुरा, तेरो र मेरो मान्छे भन्ने कुरा, कसरी कुर्शी जोगाउने खेलमा सरकारले पुरा समय खर्चियो । सरकारलाई जनताको चिन्ता भन्दा पार्टी कसरी फुटाउने, कुर्सी कसरी बचाउने, पद कसरी जोगाउने, आफ्ना मान्छेलाई ठेक्का कसरी मिलाउने, आफ्ना मानिसलाई कसरी उच्च ओहोदामा पु¥याउने, भ्रष्टाचारमा मुछिएका आफ्ना मानिसलाई कसरी उन्मुक्ति दिने, हारेका हरुवा आफ्ना मानिसलाई कसरी नेतृत्व पु¥याउने कुरा मात्र सरकारको प्राथमिकतामा परे । अन्त्यमा आफनो जालोमा माछा नपर्ने देखेर प्रतिनिधि सभा बिघठन भयो ।
एम.सी.सीका विरुद्धमा कुनै दल सडकमा आएन, दिनहुँ भष्ट्राचार बढी रहँदा भष्ट्राचार नियन्त्रण होस् भनी कहिल्यै आन्दोलन र आवाज उठेन नत माइती घर मण्डलमा विरोध प्रदर्श गयो । भारतले सीमा मिच्दा कोही सडककमा आएनन, निर्मला लगायतका सयौँ चेली बलात्कृत भई मारिदा कुनै दल सडकमा उर्तीयन तर अहिले पद फुस्किदाँ, अवसर गुम्दा फेरी जनता चाहिने के जनता रुपी फाल्ने प्रवृति हावी भए फेरि जनताको विश्वास जनमत किन चाहियो ? हरुवाहरुलाई पुन असंवैधानिक रुपमा पद दिदैँ जाने हो भने यो संकमा चुनावका लागि किन अरवौँ डुवाउने ? यो जनताको आक्रोस मात्र होइन तितो सत्य हो ।
विदेशमा अलपत्र मजदुरलाई स्वदेश ल्याउन देखि हवाइ भाड़ामा र कवारेन्टीनको नाममा होटेलसँग कमिशनको खेल भयो । नागरिक बेखÞर्ची भएर अलपत्र रहदा निशुल्क खाना वितरणमा समेत रोक लगायो । तर नक्कली सुकुम्बासी बनेर राज्यकोष चुस्न लालाहितले अनेकौ अबसर पाए र कारबाहीको गर्नुको साटो निर्लज्ज रूपमा राज्यकोषको चाबी थमाउन सरकार पछि परेन ।
भीआइपीको उपचारका लागि राज्यबाट बारम्बार करोडौं रुपियाँ दोहन भयो तर सर्बसाधरण जनताको उपचार आफैले गर्नु पर्र्ने निर्णय गर्न सरकार पछि परेन । दैनिक ज्याला मजदूरी गरेर पेट पाल्नेहरू जनता सड़कमा एक छाक खानाका लागि लाइन लागे तर राहतका लागि कार्यक्रम आएनन । यसैबीच जनता पाल्न भन्दा सर्प पाल्ने नाममा नगरपालिकादेखि केन्द्र सरकारबाट करोडौं रुपियाँ छुट्टियो ।
सेनाको नाम बेचेर ओम्नीको नक्कली सामान ल्याएर अरबौं भष्ट्राचार भयो । किसानले मल पाएनन्, उखु किसानले पसिना पाउन नारा जुलुस गर्न र ज्यान गुमाउन प¥यो तर उखुको मुल्य पाएनन । उत्पादन गरेर जीविका चलाउनेले बजार किसानले पाएनन् । दैनिक ज्यालामजदूरी गरेर पेट पाल्नेहरूको दैनिकी जटिल भई सड़कमा एक छाक खानाका लागि लाइन लागे तर सरकारको नजर पुगेन । कैयौ नागरिकले उपचार पाएनन् एम्बुलेन्समैं हस्पिटल चहार्दै चहादै ज्यान गुमाए तर सरकार मौन रह्यो । देशभतm छोरा आमाको किरिया बस्न बोर्डरमा आएर पनि देश छिर्न पाएनन् ।
मच्छिन्द्रनाथको रथ जात्रा लगायतका धार्मिक सांस्कृतिक कार्यक्रममा कोरोनाको त्रास देखाएर रोक लगाइयो तर कुर्शीको तानातान पछि माइतिघरमा सयौंको भीड़ जम्मा गर्दा र पार्टी प्रवेश गर्न, उद्घाटन गर्न, राष्ट्रपति भवनमा पार्टीका नेतालाई भोज दिन कुनै कानुन र कोरोनाको त्रासले छेकेन । सरकारले कोरोना कहरमा भोका नागरिकको पेट भर्न भन्दा समृद्धिको गफ चुट्यो तर अग्रपंक्तिमा कोरोनासँग लड्ने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको आत्मबल बढने काममा ध्यान गएन ।
आफुलाई समस्या परेमामात्र माइतिघरमण्डलामा जनतासँग आउने अन्यथा राज्यकोशको दोहन गर्ने, चुस्ने, मोटाउने र डकार्न पाएसम्म जनता नचाइने, आम जनताको जीवनमरणको सवाल आउँदा कतै दयामाया र हात नउठने तर सरकारमा जान र आफू अघाउन जनता चाहिनुले राजनीति आफु माथिजाने भ¥याङ र स्वार्थ पुगेपछि फाल्ने बाहेक अरु के हुन सक्दछ ?
अहिले कोरोनाका बिरामी बढेका छन तर थोरै परिक्षण भइरहेकाले सख्या कम देखिन्छ । भेन्टिलेटर कहीँ कतै खाली छैन, दिनहुँ ज्यान गुमाउँनेको सख्या बढेको छ तर कोरोना पहिचान गर्न छाडिएको छ । सरकारले न कुनै आर्थिक सहयोग, न कुनै कर छुट, न कुनै सुविधा दिएको छ । अहिले केवल सक्ने बाँच, नसक्ने जति मर भनेको अवस्था छ । के सर्बहाराको सरकार र समाजवादी बाटो दाबी गरेर मात्र देशमा सुशान्ति, सुशासन, दीगो विकास सम्भव हुन्छ ?
गणतन्त्र र सघियताको खोल ओढेर सयौ मन्त्री, सांसद, मेयर,उपमेयर, अध्यक्ष्य, उपाध्यक्ष्य, बडाध्यक्ष, सदस्य, सल्लाहकार र कर्मचारी राखेर तिनको तलबभत्ता, तामझामको लागि जनताको कर खर्चिने अनि नीतिगत भ्रष्टाचारमा रमाउनेक्रम घटला भन्दा दिनहँु बढेको छ ।
बिपतमा रमाउने र कमाउने बानी परेका नेताले सबैभन्दा पहिला जनतालाई भन्दा आफुलाई र आफना नातेदार, सालासाली, भान्जाभान्जीलाई देख्दछन अनि जागीर चाहिए तत्काल नयाँ आयोग बनाउने र नियुक्ति गर्दछन । भूकम्प गए पनि, बाढी पहिरो गए पनि, कोरोना आए पनि सबैभन्दा पहिले बजेट मिलाउने र खाने नेता नै हुन । एक लाखको राहत बाडन जादा पचास लाख खर्चिने, डनको खेति गरी धन बटुल्ने पनि आखिर उनै नेता नै हुन ।
जनताका समस्याहरु दिन प्रतिदिन बढिरहेका छन् । धेरै मानिसहरु घरवारविहीन भएका छन । बेरोजगारी समस्या बढदो छ । मानिसहरु रोग, भोक, शोकले मरिरहेका छन् । वितृष्णाको कारण आत्महत्या दर निकै बढिरहेको छ । मानिसहरुका सपनाहरु चकनाचुर भएकाले शहरदेखि गाउँसम्म मानसिक रोगी बन्ने क्रम तिव्र गतिमा बढेको छ । तर जनताले पाँच वर्षको लागि अत्यधिक बहुमतले दिएर जिताएको स्थिर र शक्तिशाली सरकार आफनै स्वार्थ र शतिmको खिचातानीले तहस नहस बाएको छ । नेतामा जनसेवामा देखिएको छैन । चुनावमा भोट लिन फकाइतुल्याइ र झुटो आश्वासन दिन पोख्त नेताको सरकार अहिले नागरिकका दुःखमाथि दुःख वर्षाउन तम्तयार छ ।
नागरिकका दुख,कष्ट र सास्ती टुलुटुलु हेरेर बस्ने सरकार कसरी जनताको सरकार हुन्छ ? आज आम नागरिकमा यो प्रश्न उठाइ रहेका छन । केन्द्रदेखि स्थानीय सरकार जता हे¥यो उतै सरकार तर तालमेल नभएर काम हुदैन । यो कसरी जनताको सरकार हो यदि नागरिकका सास्तीले कति पनि पिरोल्दैन भने । जनताको नाम बेचेर प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्रको नाममा मपाईतन्त्र, ठालुतन्त्र, आफन्ततन्त्र ,छाडातन्त्र भित्राए पछि कसरी जनताकालागि शासन हुन्छ, जनअपेक्षा पुरा हुन्छन र गणतन्त्र सस्थागत हुन्छ ?
दुई तिहाईको शक्तिशाली सरकार जनताको मनमुटुमा रही सामाजिक सञ्जालभर समर्थन र प्रशंसा पाउनु पर्नेमा बिडम्बना अलोकप्रिय भइरहने, पाँच बर्ष टिक्न नसक्ने र सत्तापक्षनै पाटी फुटाएर बिपक्षको रुपमा माइतीघर मण्डलामा कुर्लिन आउँछ र प्रतिपक्ष दलले सरकारलाई सही मार्गमा ल्याउन सक्दैन भने अब चुनाव किन, केका लागि गर्ने ? यदि जनमत र जनभावनाको कÞदर नगर्ने हो भने फेरि जनतालाई किन झुक्काउने ? यही नेताको अवसरवादी चरित्रका कारण आज राजनीति फोहोरी खेलको सज्ञा बन्न पुगेको छ ।
यसरी राजनीति प्रतिको साख र दृष्टिकोण नकरात्मक बन्दै गएमा जन धारणामा समेत नकरात्मक सोच आउने र नेता, राजनीतिज्ञ प्रति थप आक्रोस बढने देखिन्छ । जनमत र जनभावनाको कÞदर नगर्ने परिपाटीले गर्दा निर्वाचन भएपनि मतदान नगर्नेको सख्या बढन सक्दछ । यदि जनमतको सम्मान, सर्मथन र भावनाको अपमान भई कÞदर नगर्ने परिपाटीको विकास भएमा, राजनीतिलाई फोहोरी खेलको सज्ञा दिने कार्य बढदै गएमा यो व्यबस्था माथि नै अनैकौ प्रश्न उठने र तीनवटा खसीको टाउकाको लडाईमा अर्को शतिmले फाइदा लिएको दृष्तान्तलाई आत्मसाथ गरी गणतन्त्रलाई सस्थागत गर्न तर्फ सम्बद्ध दल वा पाटी, राजनीतिज्ञ, नेता, कार्यकर्ता तथा सचेत नागरिक समयमै चतुर बन्न आवश्यक छ ।