जीवन भोगाइका अनुभव र गन्तव्य

कृषिता अधिकारी (निशा)

साँच्चै जीवन र जीवन भोगाइका अनौठो यात्रामा उभिएर जिवनका हरेक उतारचढाव सँगै संघर्षका खुड्किला चाल्ने गर्दछ । जिन्दगी कहिले खुसी उमंग बोकेर त कहिले दुःख पीडा सँगालेर प्रगतिका पाइलाहरुमा लम्कने गर्दछ । यहाँ जीवन यथार्थका सन्दर्भमा मानव जातिका आफ्नै बुझाई र भोगाई भिन्न भिन्नै छन् । यहाँ हरेक मान्छे आफ्नै जिन्दगीका उतार चढाव सँग सम्झौता गरिरहन्छ । वास्तवमा जीवन र जीवनको अर्थ बुझाई फरक–फरक खालको छ । कोही भन्छन्–जीवन भोगाइ हो । कोही भन्छन्–जीवन दुई दिनको पाहुना हो । र म भन्छु–जीवन दुःख सुखको संगम हो । सुख त केवल पाहुना हो, दुई दिन आउँछ जान्छ तर दुःख हाम्रो साथी हो । जसले हरेक पल हरक्षण जीवनको साथी बन्छ त जीवनको अभिन्न अंग तर जीवन जिउने त्रममा हामीले हरेक दिन हरेक क्षण वा पल जिन्दगीका तिता नमिठा क्षणहरु भोगिरहेका हुन्छौं । हुन त जीवन भन्नु नै संघर्षको पाटो हो । किनकी संघर्ष विनाको जीवन असम्भव छ । तर, हामीले हाम्रो जीवन र जिवनका हरेक क्रियाकलापहरुलाई कुन तरिकाबाट बुझ्ने त हामीले हाम्रो जिवनको अर्थलाई कसरी व्याख्या र विश्लेषण गर्ने खै ? यहाँ हरेक मानिसले हरतरिकाले आफ्नो जीवन व्यतित गरेका छन्, कोही महलमा बसेर ऐश आरामको जिन्दगी व्यतित गरेका छन् त कोही गरिबीको चपेटामा दुःख सुख मिठो मसिनो संग जीवन व्यतित गरेका छन् । आखिर जीवन भन्नू के नै त रहेछ र हैन ? महलमा बस्नेले पनि जीवन बिताएकै छन्, बाँचिरहेका छन् भने गरिबी सँग जुध्दै झुपरीमा साग र सिस्नु खाएर पनि जीवन त बिताएकै छन् होइन ? तर, के भने मानिसको सबैभन्दा ठूलो शत्रु भनेको आत्म सन्तुष्ट हुन नसक्नु हो । जब मानिस इच्छा चाहनाले उड्ने कोशिस गर्छ, उसका पखेटाहरु पलाउन थाल्छ अनि ऊ जीवनका हरखुसी प्राप्त गर्न चाहन्छ । तर कहिलेकाही यति धेरै महत्वकांक्षी हुन्छ नि । ऊ कि नकारात्मकता तर्फ धकेलिन्छ कि त सकारात्मकता तर्फ । जसका कारण ऊ र उसको जीवन परिवर्तन अवश्य गर्दछ ।

परिवर्तन त गर्छ तर यहाँ सवाल कस्तो खालको परिवर्तन समाज रुपान्तरण वा समाज नै दुर्गन्धित त्यो स्वयंम् आफैमा भरपर्छ । तर, यहाँ जीवन यथार्थको व्याख्या र विश्लेषण गर्दा केवल मानिस रमाउनै हँुदैन । इच्छा चाहना प्रकट गर्नु नै हुँदैन खाली दुखी निराश मलिन बनाएर भित्र भित्रै कुण्ठित भएर बाँच्नु नै जीवन हो भन्न खोजेकै होइन ? कदापि होइन । जीवनको अर्थ बुझेर समयको गति सँगै चल्न थाल्ने हो भने जीवन सुखी र सरल हुनेछ । वर्तमान समाजमा त्यस्ता कैयौं घटना भइरहन्छन् र भइरहने पनि छन् । जीवन जिउने क्रममा कहिलेकाही उतार चढाव आइहाल्छ नि । दुःख पीडा त सबैको जिवनमा आउँछन् तर कतिपय अवस्थामा पीडा ती व्यक्तिले मात्र सहन गर्न सक्छन् । जो दुःख, पीडा, अप्ठ्यारा परिस्थितिमा पनि विचलित हुँदैनन् । दुःखलाई आफ्नो शोखलाई शक्तिमा बदलेर निरन्तर अगाडि बढिरहनुपर्छ । किनकी समय यस्तो चिज हो । जुन न पर्खन्छ, न फर्केर नै आउँछ । जीवन जगत बुझ्नका लागि अधिकांश मानिस आध्यात्मिक तर्फ लाग्ने गर्दछन् भने अधिकांशले सकारात्मक बाटो तर्फ मोडिने गर्दछन् । तर, जीवन र जीवन भोगाइ अनुभव आफ्नो आफ्नो पाटो अनुसार भोगिरहन्छन् ।

यहाँ हरेक व्यक्तिको जीवन मुल्यवान छ । जीवन जगत आफैमा अनमोल छ । किनकी मानिसको जीवन भनेकै संघर्षको पर्यावाची हो । जन्म पश्चात बाचुञ्जेल संघर्षरत कर्मशिलसँगै मृत्युलाई वरण गर्दछ । तर, कहिलेकाही यिनै जिन्दगी लरखरिदा जीवन शुन्य लाग्छ, निराश लाग्छ । यहाँ सयौं मानिसहरु शुन्यतामा बाँचिरहन्छ त जिन्दगीलाई मौका सम्झेर रमाउने गर्छन् । साँच्चै कति प्यारो अनि अनमोल छ । जीवनका अनेक दुःख,पीडा तथा संघर्षका बाबजुद पनि हाँसिरहन्छ, मुस्कुराइ रहन्छ सयपत्री र बामरी फूल जसरी । त्यसैले त जीवन र जीवन भोगाई मध्ये विभिन्न दार्शनिकले बिभिन्न परिभाषामा व्याख्या र विश्लेषण गरेका छन्् नि होइन ? वास्तवमा जीवनको सार भन्नुनै हाँसो खुसी र रोदन जिन्दगीका उतार चढाव सँगै गन्तव्यका पाइला अघि बढिरहन्छ किनकी जीवन भनेको नै संघर्ष हो विना संघर्ष मानिस चन्द्रमामा पुग्दैन ।

बिना संघर्ष एउटा विद्यार्थीले परीक्षा पास गर्न सक्दैन । हो, त्यसरी नै संघर्ष विना जीवनको अर्थ र महत्व बोध हुँदैन । तर, आजभोली मानिसहरु संघर्ष विनाको जीवन चाहन्छन् र त कहिलै सुखी र खुसी हुँदैनन् । मलाई त्यो भएन, यो भएन, मेरो भाग्य यस्तो भनेर जीवन देखि हरेश खाने मानिस प्रशस्त भेटिने गरेका छन् । तर कर्म गर्नुपर्छ, संघर्ष गर्नुपछर्, स्वाभिमान हुनुपर्छ भन्ने धारणाबाट आज समाज विमुख भएको छ ।

त्यसैकारण मानिस रोगको शिकार हुन्छ । जीवन भोगाइ देखि वाक्क पर्छ र कुनै विकल्प समाधान नपाए पछि देह त्याग गर्दछ । कति क्रुर, कति बुद्धिहिन, कति कमजोर छौ है । हामी मानिस संघर्ष र चुनौती स्विकार गर्नै चाहन्नौ । हामी यो मान्नै तयार हुँदैनौ कि जीवन कति अमुल्य छ, जीवन र जीवन भोगाई जति महुशुस गर्दा सान्र्दभिक र वास्तविक छ । त्यति जीवनको अर्थ बुझ्न कठिन छ । तसर्थ जीवन र जीवन भोगाई गन्तव्य मार्गमा अघि बढ्न वा जीवन देखि हार मानेर बस् भनेर भन्दैन त एक संघर्षशील प्राणी हो, तैले संघर्ष गर्नैपर्छ र आफ्नो गन्तव्यलाइ पछ्याउँदै अगाडि बढ्दछ ।
त्यसैले पनि संघर्ष गर । तर, हार नखाउ किनकी न संसार एकैनाशको छ न समय नै जीवनदेखि हार मानेर देह त्याग गर्ने बारे नसोच । सकारात्मक बन, सकारात्मक तवरबाट एकपट साँेच । हामीले देह त्याग गरेर आफू मात्र सिद्धिएका छैनौं । आफ्ना रहर इच्छालाई पनि खरानी बनाएका छौ । त्यसैले ती सपनाको लागि बाँच्नु छ, चाहे जस्तो बाधा अड्चन किन नआओस् जीवन र जीवन भोगाइलाई संघर्ष गरेर गन्तव्य पुग्नुपर्छ भन्ने यस लेखले मानिसलाई सकारात्मक शिक्षा प्रदान गर्दछ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *