मेकियावेलीको चिन्तनमा नेपाली राजनीति

याम बहादर थापा मगर
लकडाउनको समयमा नेपाली राजनीतिशास्त्र उदारीकरणमा प्रवेश गरे जसरी उथलपुथल भएको छ । नेपाली राजनीति जनताका लागि,जनताद्धारा र जनताको लागि भन्ने आभास पाउन सकिएको अवस्था छैन । नेपाली राजनीतिलाई निकोलो मेकियावेली (Niccolo Machiavelli ) इटालीको फलोरेन्स नगरमा सन् १४६९ मा जन्मेका व्यक्तिले चिरफार गरेको विचारलाई संक्षेपमा प्रस्तुत गर्ने प्रयास भएको छ । प्रमुख कृतिहरुमा द प्रिन्स ( The Prince), डिस्कोर्सेज अन लिभी (Discourses on  Livy ), द आर्ट अफ वार (The Art of War ) र द हिस्टी अफ फलोरेन्स ( The History of Florcance )  छन् ।

मानव स्वाभाव सम्बन्धी मतमा मेकियावेलीले मानिस जन्म देखि नै खराब हुन्छ । स्वार्थी तथा दुष्ट हुन्छ । दुर्वलता, मूर्खता तथा दुष्टताको समिश्रण मानिसमा हुन्छ । स्वार्थीपन र अहवादको सारा क्रियाकलापहरुको प्रेरक तत्व हो । मानव स्वाभाव आक्रामक हुने भएकोले शक्ति र सम्पत्तिको चाहनामा कुनै सिमा हुदैन । त्यसै गरी मानिस एकपछि अर्को चाहना राख्दै जान्छन््, पहिले उनीहरु आफुलाई अरुको आक्रमणबाट सुरक्षित पार्न चाहन्छन् र त्यसो हुना साथ अरुमाथि आक्रमण गर्दछन् । मानिसहरु सधै आफना चाहनालाई कहिले रोक्नुपर्छ भन्ने कुरा नजान्ने गल्ती गर्दछन् ।

बलको प्रयोग निर्ममतापूर्वक गर(Use Force Ruthlessly), कलात्मक ढगले (Use Persuasion Artfully), निर्णायक ढगले कारवाई गर (Act Decisively) बलियो सेना राख (Maintain a Strong National Army), युद्धका लागि सधै तत्पर रहुँ (Constant Readiness for War), प्रेमको पात्र हुनु भन्दा त्रासको पात्र बन्नु वेस (Better to Be Feared than Loved), घृणाको पात्र हुनबाट (Avoid Being Hated), विश्वासको पालना नगर/ ( Do not Keep Faih), सिंह र स्याल झै होउ(Be Like Lion and Fox), शक्तिलाई राजनीतिको लक्ष्य मान(Assume Power as the End of Politics ),र अन्तराष्टिय मामिलामा शक्ति सन्तुलनको नीति अपनाउ ( In International Affairs Follow the Plicy of Balance of Power )  जस्ता भनाइ व्यक्त गरेका थिए ।

मान्छेको हत्या गर्नु कानुनका दृष्टिले अपराध हो, धर्मका दृष्टिले पाप हो, नैतिकताका दृष्टिले अनैतिक हो तर यदि यसले शासकको उद्धेश्य पूर्ति गर्दछ भने राज्यकौशलका दृष्टिले उचित हो भन्ने भनाई मेकियावेलीको हो । मेकियावेलीले शासन सँचालनमा निर्ममता हुनु पर्ने वकालत गरिरहे ।जनयुद्ध नेपालको राजनीतिमा त्यसैको प्रभावले हुन सक्दछ । शहिदको खेती गर्ने नेपाली राजनीतिमा संस्कारको रुपमा विकास भएको पाउन सकिन्छ ।

नेपाली राजनीति समाजमा अर्थ राजनीति, समाज शास्त्रीय राजनीति, विकास मुलक राजनीतिमा गुट फुट र वर्गीय चिन्तन हावी हुन नसक्नु नै हो । बढी मात्रामा एकपक्षीय र अन्धभक्त भै मेकियावेली सोच र चिन्तनले लिप्त हुनु सर्व साधारण र तल्लो स्तरका जनताका लागि फलिफाप हुने अवस्था रहेन । विकासबादी सोचले आधुनिक सिगापुरका निमार्ता लि क्वान यु को जस्तो सोच नेपाली राजनेतामा आउन जरुरी देखिएको छ ।

षडयन्त्रमुलक शैलीको अनुशरण गरी भाषण,कला,गला र दस्तावेजीकरणमा सुन्दरता देखिन्छ । तर व्यवहारीकतामा राजनीतिक सिद्धान्त र शैली भन्दा फरक शैलीमा उल्टो दिशामा बगेको पाउन सकिन्छ । नेपाली राजनीतिमा विकास प्रेमी चिन्तनको शैली विकास गर्नमा ढिला भएको छ । जनता केन्द्रित राजनीति भन्दा पनि पारिवारिक सजालमा केन्द्रित र आधारभुत तहमा केन्द्रित राजनीतिले प्रश्य पाउन छाडेको अवस्था छ ।

विश्वका प्रमुख राजनीतिक विचारक र वादहरु मध्ये नेपाली जनताका लागि मानव विकास सुचाडक बढाउने, गरिबी घटाउने,बेरोजगारी न्युनीकरण गर्ने,विकासका मुल प्रवाहमा टेवा दिने, निर्वाचन मुखी राजनीतिले मात्र निकासा दिदो रहेनछ भन्ने आभास मिलेको छ । पार्टीलाई जनता केन्द्रित बनाउन घोषणा पत्रमा सिमित नराख्ने है ।

युवा केन्द्रित राजनीतिले भविष्यका खम्बालाई टेवा दिने खालको हुनु पर्दछ । युवालाई विप्रेषण बोक्ने घोडा बनाउनु भन्दा नेपाली धर्तीमा हिरा र मोति उब्जनी गर्ने बलिया मतियार बनाउन जरुरी भएको छ । युवाहरु दैनिक रुपमा विदेश जाने भन्दा पनि विदेशबाट लासको रुपमा फर्किने लर्को ह्रदयविदारक,दुखदायी,मर्मस्पर्शी घटना देख्न नपरोस भन्नका लागि राजनीतिले ध्यान दिन सकोस ।
महिला,विधवा,दुखीको गाउँ समाजमा केन्द्रित राजनीतिले समाजमा टेवा मिलेको होओस ।

गरिव गुरुवा राजनीति उत्पीडित,उपेक्षित,दिन दुखीको घर आगनमा राजनीतिले खुशी र सुखी जीवनयापन प्राप्त गरोस । आडभरोस,मियो,दुखको साथी बनोस है राजनीति । व्यापारिक तहको अधिक प्रयोगले राजनीतिमा चलखेल गर्दा सेवामुलक राजनीतिक भन्दा नाफामुलक शैलीले नीति,नियमले गरिबमारा ,उपेक्षितवालालाई आलो घाउमा नुन चुक छरे सरह हुने गरेको तितो यर्थाथ छ ।

कथा,उखान टुक्का नैतिकता विहिन हुनु बाल मष्तिकका लागि राम्रो होइन । वाक्क,प्याक्क भएको युवा पिढी राजनीतिबाट मेलमिलापवाला हुनु पर्दछ । विदेश पलायन रोक्ने र मेकियावेली राज्य कौशललाई सकारात्मक सोचका आधारमा लिई अगाडी बढने चाहनाले ओत प्रोत हुन जरुरी भएको छ । सुशासन,मानवअधिकार,लोकतान्त्रिक मुल्य मान्यता,आवधिक निर्वाचन,प्रेस जगतको ग्यारेन्टी नेपाली जनताको लागि टाढाको विषय हुनु भएन है ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *