धार्मिक तथा वैज्ञानिक कारणले मनाईन्छ माघेसंक्रान्ति

सन्दिप पौडेल
ज्योतिष शास्त्रानुसार सौरमासको हिसाबले सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने हुनाले यसलाई ‘मकर संक्रान्ति’ भनिन्छ। सुर्य एक राशिदेखि अर्को राशिमा प्रवेश गर्नुलाई नै संक्रान्ति भननिन्छ । हजारौं बर्ष पुर्व नै हाम्रा पुर्वज हरुले हरेक तारा हरुलाई बाह्र भागमा आकृति दिनुयेको थियो जस्लाई मेष,वृष,मिथुन आदि बाह्र राशिको नामले प्रख्यात छन् ।

अत्यन्त गम्भीर रहस्य बोकेको ज्योतिष विज्ञानमा हाम्रा पुर्वीय ऋषि मुनिद्वारा यसैगरि दुई संक्रान्ति बिचको समयलाई महिना भनिएको हो । सामान्यतया सूर्यले सबै राशिलाई प्रभावित गरेता पनि सूर्यको कर्कट राशि (साउने संक्रान्ति) र मकर राशि (माघे संक्रान्ति) प्रवेशलाई धार्मिक दृष्टिले विशेष मह्त्वपूर्ण दिईन्छ। साथै आजकै दिनदेखि सुर्य बिस्तारै बिस्तारै उत्तर तर्फ बढ्ने हुनाले त्यो घटनालाई उत्तरार्धभनिन्छ ।

शीतकालीन अन्तमास (Winter Solstice) भनेर पनि चिनिन्छ, आजको दिनदेखि सूर्य दक्षिणी गोलार्धबाट उत्तरी गोलार्द तर्फ प्रवेश गर्ने भएकोले दिन लामो र रात छोटो हुँदै जाने गर्दछ । माघे संक्रान्ति अर्थात (माघी) भनेर प्रचलित यस पर्व देखि अन्धकारमय रात छोटो र प्रकाशमय दिन लामो हुने हुदा यश दिन लाई अन्धकार देखि प्रकाश तर्फ प्रेरित गर्ने उत्सव पनि मानिन्छ ।

यस (माघे) मकर संक्रान्ति धार्मिक तथा वैज्ञानिक दुबै दृष्टि ले अत्यन्त महत्व बोकेको छ हामी सबै ले सुर्य पुर्व वाट उदाउछ भनी आएका छौँ तर केही गहिराई मात्र मा खगोल शास्त्र लाई बुझ्ने हो भने सुर्य केवल दुई दिन मात्र पुर्व वाट उदाउने गरेको पाईन्छभन्दा आश्चर्य त होला तर यो नै सत्य ह‍ो , त्यस दुई दिन मध्य मकस (माघे)संक्रान्ति पनि एक हो। दक्षिणायन प्रारम्भ र उत्तरायण पारम्भ अर्थात श्रावण संक्रान्ति र मकर संक्रान्ति भनिने दिन लाई नै सुर्य पुर्ण रुपमा पुर्व बाट उदाउने र अन्य दिन मा पुर्व देखि दक्षिण तर्फ बाट वा पुर्व देखि उत्तर तर्फ बाट उदाउने वैज्ञानिक तर्क हरु प्रयाप्त पाईन्छ ।

माघे/ संक्रान्ति पर्व नेपाल देशभर विभिन्न पवित्र नदी, तथा त्रिवेणीमा स्नान गरी मन्दिरमा पूजाआजाका साथै घिउ, चाकु,तिलको लड्डु खिचडि र तरुल खाई मनाइन्छ यस पर्वमा देवघाट, बराहक्षेत्र, रिडी, पनौती, दोलालघाट, कन्काई तथा भारतको प्रयाग र गङ्गा लगायत अनेकौं सागर नदी र घाटमा स्नान, दान, श्राद्ध आदि गर्नेको ठूलो भिड देखिन्छ।

भविष्य पुराण, विष्णुवचन तथा धर्मसिन्धु नामक सनातन धर्मावलम्बी हरुको आस्था बोकेको ग्रन्थमा यस दिन स्नान गरी घिउ, चाकु, तिलको लड्डु, सागपात, तरुल, वस्त्र, पानीको भाँडो र मकलसहितको सिदा दान गरेमा विशेष फल प्राप्त हुने र उक्त पदार्थ आफूले पनि खाएमा शरीर पोषिलो हुनुका साथै निरोगी होइने उल्लेख पाईन्छ।

मीठो खाने, राम्रो लगाउने र भलो सुन्ने-भन्ने यस पर्वमा गुरु, पुरोहित र ब्राह्मण आ-आफ्ना यजमान कहाँ गई महिना सुनाउँने प्रचलन पनि रहि आएको छ । महिना सुनिसकेपछि गृहस्थीहरू गुरु, पुरोहितलाई टीका लगाई घिउ, चाकु, तरुल, लड्डुसहितको सिदा दान गर्दछन्। शिशिर ऋतुमा पर्ने यो संक्रान्तिमा शरीर शुद्ध गरी घिउ, चाकु र तिल तथा खिचडी खानाले शरीरमा गर्मीका मात्रा बढेर तागत दिने तथा मास हाली पकाइएको तेल शरीरमा घस्दा चिसोबाट मुक्त भई शरीरका छालासम्बन्धी र अन्य रोग नाश हुने विश्वास गरिन्छ।
माघे मासि महादेव यो दद्यात्घृतकम्बलम् ।
स भुङ्क्त्वा सकलान् भोगान् अन्ते मोक्षं च विन्दति ॥

(मकर संक्रान्ति का दिन घिउ र कम्बल दान गर्नाले मोक्ष प्राप्त हुन्छ। मौसम अनुसार यो समय जाडो हुनाले यसलाई सामाजिक सद्दभावको आधारमा पनि पुष्टि गर्न सकिन्छ।)महाभारतका अनुसार ईच्छा मृतु वरदान प्राप्त गरेका भीष्मले यहि दिन मृत्यु रोजेका थिए वैदिक साहित्यमा उत्तरायणलाई देवता को दिन र दक्षिणायन लाई देवताहरुको रात्रि को रूप मा उल्लेख मिल्दछ भने भगिरथले सोहि दिन गंगा लाई पृथ्वीमा अवतरण गराई सागरमा मिलाएका थिए । त्यसैले माघे संक्रान्ति का दिन प्रयाग र गङ्गासागरमा गरिने स्नानलाई महास्नान भनिन्छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *