पण्डित भूमिराज गैरे
अघिल्लो लेखका समयमा गुरु शुक्रको बक्रि भएको समयमा विवाहादी गर्दा के हुन्छ र उत्तरायण तथा शिशिर ऋतुको बारेमा केही कुरा बताइएको थियो भने अब यस पंक्तिकारले कुन कुन महिनामा विवाह गर्न हुन्छ ? कुन कुन तिथी, बार र नक्षत्रमा विवाह गर्न हुन्छ ? कुन कुन अबस्थामा हँुदैन भन्ने विषयमा विभिन्न ज्योतिषीय शास्त्रगत प्रभावको कुराहरु उल्लेख गर्ने जमर्को गरिरहेको छ । बृहत ज्योतिषबारे पेज न.१९६ मा विवाहमा ग्राह्य महिनाहरुको बारेमा यसरी बताइएको छ ।
विचैत्र माघादिक पञ्चमासे ।
मासेयुगेअर्के भगवच्छ्यान्तम ।।
पाणिग्रहोअ जालिमृगस्थसूर्ये
चैत्रोर्जपौषेस्वपि कन्यकानामा ।।
चैत्र महिनालाई छोडेर अनि हरिसयनी (आषाढ शुक्ल) एकादशी देखि लिएर हरि बोधनी (कात्तिक शुक्ल) एकादशी सम्मका चार महिना तथा कात्तिक र पौष महिना समेतलाई छोडेर सौर मास अनुसार माघ, फाल्गुन,बैशाख–जेष्ठ–आषाढ र मंसिर महिनामा कन्याहरुको विवाह गर्नु शुभ हुन्छ भनेर बताइएको छ भने सोह ग्रन्थको पेज न १९७ मा विवाहका ग्राह्य नक्षत्रहरुको बारेमा यसरी बताइएको छ ।
मूलं मैत्रकर स्वाती मघा पौषण ध्रुवेन्दबैः
एतैतिर्दोषभैः स्त्रीणाँ विवाहःशुभदः स्मृतः ।।
दोष रहित मूल, अनुराधा , हस्ता स्वाती मछा रेवती तीन उत्तरा उत्तर फाल्गुन ,उत्तर षाढ र उत्तर (भाडा्र)मृग शिरा नक्षत्रहरुमा कन्याहरुको विवाह गर्नु शुभदायक कहिएको छ भने केही प्राचीन विद्दानहरुको मतअनुसार ‘त्रिषु त्रिषत्तरादिषु’बचनानुसार चित्राश्रवण ,धनिष्ठा, अश्विनी नक्षत्रमा पनि विवाह गर्न योग्य हुन्छ भनिएको छ । केही मानिसहरुको मत यो पनि छ कि विवाहः सार्वकालिक यो मतानुसार त गन्धर्व, पैशाच, राक्षस,आसुर विधिको विवाह या अति प्रौढा कन्या र पुर्नविवाहमा नै लिन सकिन्छ भनेर ‘विवाह : सार्वकालिक भन्ने वचनलाई प्रमाणित गरिएको पाइन्छ ।
यस्तै विवाहमा बर्जित समयको बारेमा यसरी बताइएको छ ।
नाषाढ प्रभृतिचतुष्टये विवाह हो ।
नौ पौषे न च मधुसंज्ञकेविधेय ।
नैवास्तगतवति भार्णवे च जीवे
बृध्दत्वे न खलु तयोर्नबालभावे ।।
गीर्वाणमन्त्रिणि भृगेन्द्र मधिष्ठते न ।
मासेधिके त्रिदिनसंस्पृशि नावमे च ।।
आषाढ देखि लिएर चार महिना अर्थात् साउन– भदौ –आश्विन कार्तिक अनि पौष –चैत्र र गुरु शुक्रको अस्त्र र बाल्य बार्र्धक्य तथा सिंहस्थ गुरु अधिक मास, क्षयमास यी विवाहमा बर्जित छन् भनेर भनिएको पाइन्छ ।
यस्तै त्रिज्येष्ठको विषयमा यसरी बताइएको छ ।
ज्येष्ठम् द्धन्द्धम् मध्यम संप्रदिष्ठम् ।
त्रिज्येष्ठम् स्यान्नैव युक्तं कदापि।
केचितसूर्यं बहिगं प्रोज्ज्यमाहु
नैर्बा न्योन्यं ज्येष्ठया : स्याद्विवाहः।।
बर र कन्या मध्ये कुनै एक पहिलो गर्भको र विवाहको महिना त्यो पनि ज्येष्ठ हुनुलाई दुई ज्येष्ठिया भन्दछन् । यस्तो विवाह मध्यम हुन्छ भनिएको छ । बर बधू र महिना समेत ज्येष्ठ हुनुलाई त्रिजेष्ठीया भनिन्छ र यो विवाह नै बर्जित गरिएको छ। ।
त्यस्तै गरि ग्रन्थ मुहुर्त–चिन्तामणि पेज नं १२२ मा विवाहमा विहित नक्षत्रको मान भनेर यसरी बताइएको छ ।
निबेधै ःशशिकरमूलमैत्रपित्रय ।
ब्राह्मान्त्योत्तर पवनै ः शुभा विवाह ।।
रिक्ताअमारहित तिथौ शुभंअहिन बैश्व ।
प्रान्थ्याघ्र्रिः श्रुतितिथि भागतो अभिजितस्याथ ।।
पञ्चशालाका (नक्षत्र चक्र) अनुसार बेध रहित मृगशिरा, हस्ता, मूल अनुराधा , मधा ,रोहिणी रेष्ठी, उत्तर फाल्गुनी , उत्तरभाहा र स्वाती यी ११ वटा नक्षत्रमा रिक्ता (चतुर्थी, नवमी र चतुर्दशी) र अमावस्या औसी तिथीहरु छोडेर अन्य तिथिहरुमा शुभ बार (आइतबार, मंगलबार, शनिवार बाहेक) पारि गरिएको विवाह उत्तम हुन्छ भनेर भनिएको छ । त्यस्तै अर्को ग्रन्थ मुहुर्त भास्करमा पण्डित करुणनिन्धी शर्माले यस्तो बताउनु हुन्छः
मुलःअनुराधा मृगा हस्ता रेवती ।
स्वाती मघा रोहिणी तीन उत्तरा जती ।।
विवाहमा यति नक्षत्र भएमा बेश छन्
आयुष्य अनि श्रीसम्पति सदा बढाउँछन् ।।
यसरी प्राचीन कालदेखि नै विभिन्न अध्ययन र अनुुसन्धान हँुदै मानव सभ्यताको मेरुदण्डको रुपमा रहेको विवाह प्रथाको शुभ लगनका बारेमा बिश्लेषण भै प्रमाणित गरिएका प्रमाणहरुको आधारमा पचाञ्ग निर्णायक समितिद्धारा निर्णय भई पचाञ्गकारहरुबाट पात्रोहरुमा व्यवस्थापन गरिएको लगनहरुको अलावा आजभोली आधुनिकताको नाममा पात्रोमा व्यवस्था नै नभएको मितिमा पनि लगन छन् भनि विवाह कर्महरु यदाकदा हुने क्रम बढ्दो छ । यसलाई सम्बन्धित पक्ष र समाजसेवीहरुले बेलैमा नसोध्ने हो भने भोलिका दिनहरुमा यसले अझ विशाल रुप लिन सक्ने स्थिति देखिन्छ ।
त्यस्तै यस पंक्तिकारद्धारा लिखित अकं ३०४ को यसै पत्रिकामा प्रकाशित लेखमा उल्लेखित आठ प्रकारका विवाहहरु मध्ये आज भोली प्रचलनमा रहेको मागी विवाह भनिने ब्रह्म विवाह कसरी ब्रह्म विवाह हुन सक्छ ? एक छिन सोचौं । केहि गुरुजन पाठकबर्गहरुको सल्लाह र सुझाबको आधारमा यो पंक्तिकार केहि कुराहरु उल्लेख गर्न गईरहेको छ ।
सर्वप्रथम छलकपट गरी गरिने विवाह पैशाची विवाह भनिएकोमा उक्त विषयको सूक्षम राग आजभोलीको विवाह प्रसगंमा भेटिने गरेको पाइन्छ । त्यस्तै दोश्रो युद्दमा आपतकालिन अवस्थामा कन्याको अपहरण गरे जस्तै गरिने विवाहलाई विवाह भनिएकोमा त्यसको भयानक रुप विवाहको भोज भतेरमा आइरहेको छ । २÷३ वटा खसी नढलाई नहुने र पार्टी प्यालेस जस्ता व्यापारिक केन्द्रहरुको बुकिङ नगरि नहुने, पुराना भत्केउरी प्रथालाई अन्धविश्वासको रुपमा मान्ने जस्ता विकृतिहरुलाई निरुत्साहित गर्दै जानु पर्ने देखिन्छ ।
तेस्रो नम्बरको गन्धर्व विवाह जो प्रेमी र प्रेमिका बीचको सम्झौताबाट अभिभावकहरुको समर्थन लिई मागी विवाहमा परिणत गरिदैछ । यसलाई भने केही हद सम्म सबल पक्ष नै भन्नुपर्छ ।
चार नम्बरको कन्याको मुल्य लिई गरिने विवाहलाई पौराणिक कालबाट नै जघन्य अपराध सम्झी बन्देज लगाइएकोमा त्यसको विपरित रुप अहिले दाइजो प्रथाले लिईरहेको छ । यस विषयमा पनि सम्बन्धित पक्षबाट बेलैमा सोच्नु पर्ने देखिन्छ । त्यस्तै ५,६ र ७ नम्बरका प्रजापत्य,आश्र र देव विवाहहरु आधुनिक कालमा सम्भव नभएर त्यति प्रयोगमा आएकै छैन भने अब चलनचल्तीमा रहेको मागी विवाहलाई ब्रह्म विवाह भन्नका लागी १,२,३ र ४ नम्बरका विपरित भेदहरुले दुषित बनाउदै नै छन् । त्यसैमा पनि शास्त्रीय पद्धतिलाई पनि हताहत कारण नऔल्याइकन छोट्याइदैछ । यस्तै क्रम बढ्दै जाने हो भने विवाहको पद्धतिको कुनै औचित्य नरहने कुरा त स्पष्टनै छ । त्यस भन्दा माथि पनि जो शास्त्र मौन रहेको र विवाहका अलिखित रुपहरु बढदै छन् । समाजमा प्रचलनमा बढ्दै छन् । तीनीहरुलाई विवाहको कुन रुप अथवा कसरी नामाकरण गर्ने भन्ने विषयमा सम्बन्धित पक्षबाट केही सोच्नु पर्ने समय आइरहेको छ ।