भरोसा गुमाउँदै कम्युनिष्ट आस्था

राम सुवेदी

बहुमत सहित राज्य चलाएको कम्युनिष्ट पार्टी र त्यसले के ग¥यो ? समाजलाई फेर्न, नागरिकको हितमा काम गर्न, देश बनाउन उद्धत रह्यो वा आफैले बनाएको घर जलाएर खरानीको व्यापार ग¥यो ?

प्रगतिशील समाज निर्माण गर्ने समूह र त्यस्तो राजनैतिक पार्टीलाई कम्युनिष्ट भनिएको हो । त्यही राजनैतिक आस्था र त्यसका आस्थावानहरुको अगुवाईमा राज्य र राज्यका नागरिकहरुको सामाजिक जीवन शैली र सामाजिक सभ्यताको उच्चतम विकास हुन्छ भन्ने मान्यता हुन्छ । विद्यमान असमानतामा आधारित समाजलाई समानतातिर लैजाने प्रयत्न यो आस्थावानहरुको समुहले गर्नुपर्दछ । यसको आदर्श, सिद्धान्त, मूल्य मान्यता र विचारले सत्य यही बोल्छ ।

यस्तो समुहले वा राजनैतिक आस्थावान पार्टीले सञ्चालन गरेको राज्यसत्तालाई कम्युनिज्म भनिन्छ । हाम्रो देशमा पनि कम्युनिष्ट विचार, आस्था राख्ने राजनैतिक दलहरु अन्य दलहरुको तुलनामा धेरै अर्थात् समग्रमा ६०÷६१ प्रतिशतको हाराहारीमा छन् भन्ने दाबी गरिन्छ । कम्युनिष्ट पार्टिको राज्य सत्ताले समाजलाई गतिशिलताको आधारमा विश्लेषण गर्छ, परिभाषित गर्छ र रुपान्तरणका लागि द्धन्द्धात्मक भौतिकवादी दृष्टिकोणले अध्ययन गर्दै अघि बढ्छ । सिद्धान्ततः नयाँ जनवाद, साम्यवाद हुँदै समाजवादउन्मुख राज्य व्यवस्था सञ्चालन गर्ने लक्ष्य राख्छ ।

त्यसका लागि समाजलाई उत्पादनसँग जोड्ने यसका नीति कार्यक्रमहरु हुनुपर्दछ । उत्पादनशील शक्ति, विज्ञान तथा प्रविधिसँग जोडिनुर्छ र विचारधारा द्वन्द्वात्मक भौतिकवादसँग गाँसिएका कारण, प्रगतिशील समाजमा रुपान्तरित हुन संघर्ष जारी राख्नुपर्दछ भन्ने मूल्य मान्यतामा विश्वास राख्दछ । कम्युनिष्ट सत्ताको अर्थ आफ्ना लागि आफैँले निर्धारण गरेर लागू गर्ने प्रत्यक्ष सहभागितामूलक स्वामित्व हो । यो कार्यक्रमलाई निरन्तर अघि बढाउँदै समाजवादी चरणमा जाने आधारशिलाको मूल उद्देश्यमा समाहित हुनुपर्दछ । यसकारण कम्युनिष्ट व्यवस्थालाई बैज्ञानिक व्यवस्था भनिएको हो ।
इतिहासमा कार्ल माक्र्स र एङ्गेल्सले सन् १८७१ मा पेरिसमा लागू गरेकै कम्युन अवधारणा आज विश्वका कम्युनिष्ट भनिने पार्टीका मूल आदर्श उद्धेश्य रहन्छ । कम्यून व्यवस्थाका लागि वर्तमानको व्यवस्था जनअपेक्षा अनुसार एक जीवित राज्य व्यवस्था मुलुकमा स्थापित हुनुपर्छ भन्ने यसले मान्यता दावी गर्छ । यो परिवेशबाट समाजवाद हुँदै साम्यवाद सम्मको पथ त्यसपछि मात्र प्रवेश गर्दछ ।

नेपालमा कम्युन व्यवस्था थियो वा हुन्छ ?
हामी बीच एउटा प्रश्न रहन्छ । के हामी बीचको कम्युनिष्ट सत्ता अर्थात् कम्युन आचरण, संस्कृति, संस्कार मूल्य, मान्यता र उद्धेश्यको पालक, साझा विचार बोल्ने कम्युनिष्ट राज्य व्यवस्था कही छ ? दुई वटा शत्तिशाली जनमत भएका कम्युनिष्ट पार्र्टीहरु निर्वाचनमा तालमेल गरे, निर्वाचनमा जनमत अनुसार बहुमत पनि प्राप्त गरे, आफ्नो सरकार बनाएर राज्य व्यवस्था सञ्चालन गरे । भलै आज आन्तरिक किचलोले केन्द्र सरकार धर्मरिएको छ । तर के विगतका करिव ३ वर्षे कार्यकालमा कम्यून आचरणको राज्य व्यवस्था सञ्चालन भएको त्यसका आस्थावान, समर्थक र विचारकहरुले पाए होलान् ?

कम्युनिस्ट विशेषतामा समाजवाद भनेको सम्पत्तिको सामुदायिकिकरणमा जोड दिनु हो । के यो व्यवस्थाले त्यसो गरेको छ ? काममा एकत्व र साझेदारी, क्षमता अनुसारको काम, काम अनुसारको दाम हुनु कम्युनिष्ट सरकारको विशेषता हो, यसै भयो ? समानतामा आधारित आधारशिला बलियो भएको समाजको निर्माण गर्नु पनि यसको ध्येय हो । यत्ति काम भयो त ? यो साम्यवाद सम्मको एक प्रयत्न र सुनौलो यात्रा पनि हो । के त्यस खालका अभ्यास आजको कम्युनिष्ट पार्टी नेतृत्वको केन्द्र सरकार, प्रदेश सरकार वा स्थानीय सरकारले गरिरहेका होलान् ?

होइन, गर्न सकेन भने, आफ्नो आदर्श मूल्य, मान्यताहिन सन्देश के कारणले कम्युनिष्ट राज्य व्यवस्थाले कायम गर्न सकेन ? कारण कहिकतै छ वा छैन ? सकेन भने किन सरकारले गर्न सक्यो वा सकेन । बहस यहाँ केन्द्रित हुनु जरुरी छ । सैद्धान्तिक मुल्य र मान्यतामा बहस हुन्छ र हुन आवश्यक देखिन्छ । त्यसका समर्थकहरुमा यति चेत अवश्य चाहिन्छ । यदी त्यो होइन भने उद्धेश्य र आशय एकातिर थन्क्याएर कम्युनिष्ट लोगोको व्यापारबाट समाजमा नाफा घाटाको कम्युनिष्ट राज्यसत्ता त बेइमानीहरुको खेति भयो भन्दा गलत सावित हुने प्रमाण सरकारवालाले पेश गर्न सक्नुपर्दछ ।

भसोरा गुमाउने कारण
संसारका श्रमजीवीहरु एक हौं भन्दै गर्दा यो राज्य व्यवस्था श्रमजीवीहरुको नेतृत्वका हातमा छ कि छैन भनेर केलाउन जरुरी छ । श्रम गर्ने नेता कम्युनिष्ट पार्टीमा छन् कि श्रम गर्नेहरुको भरमा नेता भएका छन् । यत्ति कुराले को कम्युनिष्ट हो र पार्र्टी सही ढंगले चलेको छ वा छैन ? विधि, मान्यता मूल्य र आदर्श कायम छ कि छैन भन्ने हेर्न देख्न पाइन्छ । अन्य राजनैतिक पार्टीको जस्तो अर्थात् पूजिवादी पार्टीहरुको हैसियत कायम राख्नेले श्रमिक वर्गको हितका खातिर काम गर्छ भनेर दावी पेश हुन सक्दैन । पूजिपतिहरुको साँठगाँठमा गरिब, दुखी, निमुखा, गरिखाने श्रमिक वर्गको हित विपरित आजका कम्युनिष्ट विचारहरु उत्पत्ति भए र पूँजीवादी चरित्रको राज्य व्यवस्था सञ्चालनमा आयो भने यसलाई के मानेमा कम्युनिष्ट राज्य व्यवस्था मान्ने वा अहिलेका कम्युनिष्ट हौं भन्ने राजनैतिक पार्टीलाई कुन दर्शन, आदर्शका आधरमा कम्युनिष्ट ठान्ने ? आज त्यही भयो, आदर्श अनुसारको आचरण भएको नेता भएनन् र त, हाम्रो जस्तो मुलुकमा जनभावना अुसारको विकास, आर्थिक समृद्धि, न्यून आय भएका नागरिकको गाँस, बास र कपासको ग्यारेण्टि हुन सकेन । त्यसबाट अलग्गिएर, सामन्ती चरित्रको राज्य व्यवस्थाबाट जनताको अवस्था फेर्न भएका संघर्ष, आन्दोलन, जनबल र जनताको अभिमतले वर्तमानको कम्युनिष्ट राज्य व्यवस्था सञ्चालित हुनुपर्नेमा त्यसो भएन । यथार्थमा भन्दा अहिलेको कम्युनिष्ट नामधारी पार्टीको नेतृत्वमा बनेका तीनै तहका राज्यहरु एक सामाजिक दलाल पुँजीवादी व्यवस्थाको प्रतिकका देखिएको यथार्थता हो । यसको बिम्व आजको अवस्था हो । जसको परिणाम देशमा भ्रष्टाचार, घुसखोरी, महँगी, कालोबजारी मौलाएको छ ।

कम्युनिष्ट भन्नेले लोगो बेच्यो तर चरित्र र आदर्श कमाएन
समाजमा उन्नत, प्रगतिशील र सभ्य व्यवस्थाका रुपमा कम्युनिष्ट राज्य व्यवस्था र त्यसले अंगिकार गरेको गणतन्त्रान्त्रिक व्यवस्थालाई मान्दछ । हाम्रो मुलुकमा ६१ प्रतिशतको हाराहारी कम्युनिष्ट आस्थावानहरुको जनमतले आफैले संविधान निर्माण गर्ने अवसर पायो । गणतन्त्रको अपनत्व स्वीकार गर्ने कम्युनिष्ट पार्टीको पूर्ण बहुमत सहितको सरकार पनि बन्यो । यो सुखद् पक्ष थियो तर आज हाम्रो संसदीय प्रणाली र राज्य सञ्चालकहरुको अवस्था, आचरण, नेतृत्व र तिनका गुणहरुलाई हेरौं । त्यहाँका गतिविधि अध्ययन गरौं । बहुमत सहित राज्य चलाएको कम्युनिष्ट पार्टी र त्यसले के ग¥यो ? समाजलाई फेर्न, नागरिकको हितमा काम गर्न, देश बनाउन उद्धत रह्यो वा अफैले बनाएको घर जलाएर खरानीको व्यापार ग¥यो ? संसद भंग गर्दा कारण जनहित पक्ष वा विपक्षी भएर गरियो वा पद, भागवण्डा, ओहोदाको विलोबाँडो नपुगेर ? आस्थावानहरुले आफ्नो विचार, मत राख्लान तर जे–जे भयो यो जनमतको दुरुपयोग, कम्युनिष्ट निष्ठा, आस्था, दर्शन, विचार र आचरणको अन्त्य हो ।
होइन भने राज्य व्यवस्थामा पुगेकाहरुलाई प्रश्न छ, श्रमिकको पार्टी संगठन भन्ने, पूँजीवादी दलाल प्रवृत्तिको हैकममा ठाटिएर देशको उपल्लो ओहोदामा जनभावना विपरित दाई खेल्ने यस्तो निकृष्ट आचरण कहाँबाट सिकाई भयो ? पूँजीपतिहरु श्रमिक वर्गाका नेता कसरी भए ? सैद्धान्तिक हिसावले पनि यसो हुँदैन, हुन्छौं भन्ने कतै रहेछ भने यो नै दलाल मनोवृत्ति नै हो । दलाल व्यवस्था र त्यसको निष्ठाले वर्तमान जन्माएको हो । नपत्याए अझै हेरौं, न्यायको विरासत भत्किएको छ । सामन्तवादी, पाश्चात्य र पूर्विय संस्कृतीको ध्वजापतकाले पातकी बनेको सर्वहारा साँस्कृतिक धरातलले यो विजोग बनाएको छ ।

हिजो माओत्सेतुङ र चेग्वेभाराका अनुयायीहरु बताउनेहरु आज, कमाई हुन्छ भनेर बेलगाम सडकभरी रन्थनिएका छन् । माक्र्सवादी, लेनिनवादी र माओवादीहरु सर्वहारा साँस्कृतिक आन्दोलनको उचाईबाट राज्यसत्ताको चुलीमा पुगेर फेरी भुई छुँदैछन् । जनताद्धारा, जनताको आधारशीला बनेर हिँडेका जनअनुमोदित जनप्रतिनिधिहरु खुल्ला दलाली चक्करमा सकति सुहाएका हुन् । कम्युनिष्ट पार्टीको नेतृत्वमा सरकार बन्दैमा जनताका समस्या समाधान नहुनुमा यो दलाल संसदीय व्यवस्थामा निर्वाचित व्यक्ति हो । जो न पार्टीको प्रतिनिधि हुन्छ न जनताको मान्छे हुन्छ । ऊ सधै दलाल पुँजीवादी लुटेराहरूको प्रतिनिधि र एकाधिकारवादी पुँजीपति वर्गको बफादार नोकर हुने गर्दछ । जो आज देखिएको छ ।

राज्य व्यवस्थाको चरित्र
दलाल पुँजीवादी व्यवस्थाको मुहान भनेको भ्रष्टाचार हो । राज्यका नेताहरू, कर्मचारीहरू, सुरक्षा निकाय, न्याय सम्पादनकर्ताहरूको वास्तविक चाहना विपरीत दलाल पुँजीवादी उत्पादन सम्बन्धका कारण भ्रष्टाचार राज्यको सबैभन्दा माथिल्लो निकायबाट सुरु हुन्छ र त्यो तलसम्म फैलिँदै जान्छ । आजको व्यवस्था यहीनेर चुकेको छ, झुकेको छ । यसो हुनु हुँदैनथ्यो, जो भइरहेको छ । रोक्ने भन्दा पनि बढाउने पात्रहरु थपिएका छन् । राज्य व्यवस्थाको चरित्र नै यस्तै हुन्छ भन्ने पारिदैछ । सत्ताको आडमा जसले जे गरे पनि हुन्छ भन्ने समाजमा गलत सन्देश प्रवाह गरिएको छ । कम्युनिष्ट पार्टीका कार्यकर्ताहरु जो हिजोसम्म सत्ता र रसस्वादनमा चुर्लुम्म जाकिएका थिए, आज सडकभरी हेरौं त कस्ले कस्को खेदो खन्ने भन्ने मान्यतामा के–के बालेका छन् । आज दुई थरी नै भन्छन् त्यो घुसखोरी, त्यो भ्रष्टाचारी, त्यो अनैतिक, त्यो बेईमानी, त्यो फलानो, त्यो ढिस्कानो । यत्तिधेरै बनदामको व्यापार गर्न जान्नेहरु कस्तो आदर्श, सभ्यता, मूल्य र मान्यता समाजमा स्थापित गर्ने सक्ने होलान् आफै मूल्याँकन गरौं । चिन्ता होइन, चिन्तन गरौं । स्वयम् मूल्य मान्यता र आदर्शच्यूत नेतृत्व, नेता र पार्टिपद्धतिको । अनि यस्तो संस्कार बोकेकाहरुले जनतालाई पार्र्टीको विचार, दर्शन, मूल्य मान्यता अनुसारको राजकाज दिन्छन भन्नु ? बहुलाकाजीको सपना र वर्तमान पात्रहरुको चिन्तन आचरण एकै छ । यसकारण लोगोको व्यापारमा नेपालका कम्युनिष्टहरु सिपालु भए, समाजका आदर्शताको प्रतिक बन्न सकेनन् । सिद्धान्त, विचारका पाठ कार्यकर्तालाई पढाए तर पढाउनेहरु त्यही आदर्शतामा चिप्लिएर दलाल प्रवृत्तितिर हावी भइदिए । कम्युनिष्ट राज्य व्यवस्थाको चरित्र यो होइन र हुनु हुँदैनथ्यो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *