श्री स्वस्थानी ब्रत यसको बैज्ञानिक महत्व

भुमिराज गैरे
आज मिति २०७७ माघ महिनाको १५ गते बिहीबार चान्द्रमास अनुसार पौष शुक्ल पक्ष पूर्णिमा तिथि बक्षत्त विश्कुमादी योग अनुसार प्रिती योग, आनन्ददी योगमा शुभ योग भद्रकरण र कर्कट राशिका चन्द्रमायुक्त पञ्चागं परिवेश देखिन्छ ।

आज देखि स्वर्गबाट अप्सराहरु शालिनदिमा आई स्नान गरी श्री स्वस्थानी देविको व्रत आरम्भ गर्ने कथा प्रसंग भए बाट सोही अनुसार विधी विधान तथा चलन चल्ती रहि आएको छ । सत्य युगमा हिमालय पर्वतकी छोरी पार्वतीले श्री महादेव स्वामी पाउनका निमित्त भगवान विष्णुको उपदेश अनुसार व्रत गरेको र सोही समय देखि यो प्रथा चलन चल्तीमा रहेको कुरा श्री स्वस्थानी व्रत कथामा पाइन्छ । स्वयम विष्णु भगवानले पार्वती लाई व्रतको बिधी बिधान बताइएको उल्लेख गरिएको छ । भने त्यो भन्दा अगाडी हिमालय पर्वतले नारदको आज्ञा अनुसार श्री विष्णुलाई कन्यादान गर्न खोज्दा तिरस्कार गरि साथीहरु जया, विजया, जीता र अपराजीता नाम गरेका साथीहरुका साथ लुक्न जानु भएको र उक्त लगन स्थगित भएको सोही लुकि रहेको स्थानमा बालुवाको शिवलिङ्ग बनाई श्री महादेवको पूजा गर्दा भगवान शिव प्रकट हुनु भएको पार्वतले मैले हजुरसँग विवाह गर्न चाहान्छु यसका कस्ता उपाय होला भनि सोधनी गर्दा स्वयं शिवजीले विष्णु आर्य जे भन्नुहोला उही नै गर्नु भनि अन्तरध्यान हुनु भएको थियो । भने प्रसंग अभिनय कर्ताहरुले एउटा अभिनय गरि रहेको हुन कि भन्ने पनि लाग्न सक्छ । तर, यस भित्र ठूलो वैज्ञानिक रहस्य लुकेको छ ।

सर्वप्रथम स्वयं विष्णु भगवान सँग तिरस्कार गर्नु भएको शिवजी प्रकट भै विष्णु भगवान आई जे भन्नु हुन्छ उही गर्नु भन्नु भएको, त्यसपछि पार्वतीको अनेक धर्मकर्म पश्चात विष्णु भगवान प्रकट भै श्री स्वस्थानीको व्रत गर तिमीले चाहेको श्री महादेव स्वामी पाउन सफल हुने छौ भनि उपदेश दिनु भएको भनिएको प्रसंगमा एउटा अदृश्य शक्तिको बैज्ञानिकता लुकेको अभिनय मंचन जस्तै लाग्छ । यसमा भौतिक संसारका मनुष्यले झै चाहेको भए पार्वतीले शिवजीका साथ स्वंय विवाहको प्रस्ताव आफै स्वीकार्न पनि सक्नु हुन्थ्यो तर ब्रहमा, विष्णु महेश्वर कुनै व्यक्ति विशेष नभइकन सृष्टिको कर्ण कर्णमा रहने अणुको पनि अणु महा अणु परमाणु भित्र ३ वटा भेद न्यूट्रोल भनेको ब्रहमा, प्रोटीन भनेको श्री विष्णु र इलेक्टोन भनेका महेश्वरा ( शिवजी ) हुन । त्यसैले यिनीहरुलाई भौतिक आँखाले देख्न सकिदैन । अर्थात अदृश्य छन् । त्यस्तै पार्वती पनि प्रथम शैल पुत्री भनिएको छ । जस्तो पृथ्वीको गुरुत्व आर्कषक शक्ति अर्थात आर्थिङग करेण्ट भन्ने बुझिन्छ । त्यसैले लाइनको पोजेटिभ करेण्ट र पृथ्वीको अर्थिङग करेण्टको मिश्रणबाट बिजुली बत्ति बल्दछ र नेगेटिभ करेन्टको मिश्रणबाट बत्ति बल्न सक्दैन फेरि अर्को तर्फ लोड (पोजेटिभ करेन्ट) बढि भयो भने पनि अर्थिङग करेन्टले नियन्त्रणमा लिई रहेको हुन्छ । त्यसैले शिव पार्वती भनेको (+पोजेटिभ करेन्ट ) इलेकट्रोन र अर्थिङग हुन भन्ने कुरा प्रमाणित गर्न सकिन्छ । त्यस्तै शिवजीले स्वयं पार्वतीको विवाहको प्रस्ताव आफै न स्विकारेर विष्णु भगवानलाई देखाइ दिनुको कारण पनि न्यूट्रोन प्रोटोन र इलेक्टोन छुट्टा छुट्टै व्यक्ति नभइकन एउटै सृष्टि भएका अवयव मात्र हुँदा फेरी अर्को तर्फ श्री विष्णु लाई पर्वती आफै तिरस्कार गरेको प्रसंग आउछ । यसमा पनि विष्णु भनेका प्रोटोन अर्थात ( वृति) पेशा भन्ने बुझिन्छ । त्यसैले विष्णु भएको ठाउँमा श्री लक्ष्मी माता पुग्नै पर्दछ अर्थात जहाँ पेशा र रोजगार छ । यदी अरुको उचित पारीश्रमिक ज्याला पनि अवश्य नै भएको हुन्छ । त्यस्तै न्यूट्रोन ब्रहमा वा जाँदा बिचार विवेक हुन्छ । त्यही अभिव्यक्ति करण वा बाणी (बोली) सरस्वती बाणीको पनि बास भैरहेको हुन्छ । त्यसैले स्वस्थानी व्रत कथामा भएको यो प्रसंग अति वैज्ञानिक तथ्य परक भएको प्रमाणित गर्न सकिन्छ ।

अर्को तिर श्री स्वास्थानी देवि कस्ती हुनुहुन्छ त भन्ने विषयमा व्रत कथामा यस्तो बताइएको छ ।
अष्तासु च दलेष्वेव मातृकाष स्थिता स्ताथा ।
खडग त्रिशुल चोध्र्व च अर्धे च वरमुत्पलम ।।
चतुर्भुजा त्रिनेत्ता च सर्वालंकार चूषितामा ।।
सुवर्णवद विकासाभा स्वास्थानी जगदीश्वरीम ।।

अष्टदल पद्यपत्रमा अष्टमातृकाका साथ खडग, त्रिशुल वर, तिलक धारण गरेकी, चारहात र तिन आखा भएकी अनेक प्रकारका अलंकार लगाएकी, अनेक आयुन्ध लिएकी, पीतवर्ण भन्दा पनि अत्यन्त शोभायमान भएकी यस्ती श्री स्वस्थानी देविलाई मनमनै सम्झेर आर्शिवाद माग्नु, पुजा समाग्रीहरु सबै १०८। १०८ मा ८।८ सबै चिज छुट्टाएर पति, छोरा वा मितछोरा लाई दिनु यदि यी माथिका मध्य कुनैपनि नभए नदीमा लगि बगाई दिनु १०० रोटी आफैले फलाहार गर्नु भनिएकोमा पनि ठूलो बैधानिक रहस्य लुकेको स्पष्ट नै हुन्छ । अणृमातृकाको नाउमा बसेकी भनिएकोमा सिङगो मातृशक्तिको बोध हुन्छ । भने १०८ मध्ये बाट ८।८ वस्तुहरु पति छोरा वा मित छोरा मध्ये कुनै एकलाई दिनु वा कुनै पनि नभए नदिमा लगि बगाई दिनु एक सय रोटी आफुले नै फलाहार गर्नु भनिएकोमा ८।८ वस्तु पति वा छोरा र दुवै नभएमा मित छोरा लाई छुटाउनु भनिएकोमा अष्ट चिरन्जीवी , अणृसिध्दी एवं अणृमातृकाहरुको बोध हुन्छ भने १ सय रोटी आफैले फलाहार गर्नु भनिएकोमा आफ्ना आवश्यकताहरु जे छन् ती आफैले नै पूर्ण गर्नु तथा देविको रुप भनिएकोमा त्यो रुप आफ्नै रुप सम्झनु अथवा आफु भित्रै श्री स्वस्थानी देविको बास रहि रहेको छ भन्ने सम्झनु भन्ने बुझिन्छ । शाब्दीक अर्थले पति श्री, श्री सम्पत्ती प्राप्तीको लागि स्व– स्वयं आफै , स्वपानी– अफ्नै स्थानमा रहेर आ– आफ्नो कर्तव्य र जिम्मेवारी पुरा गर्नु भन्ने बुझिन्छ ।

अर्को तर्फ ज्योतिषीय दृष्टिकोणले पनि १०८ को रहस्य को रहेर भनेर बुझदै जाने हो भने पति २७ वता नक्षत्रहरु हुन्छन् । तिनीहरुको चार चार वटा चरणहरु हुन्छन् । त्यसैले २७ ले ४ लाई गुणन गर्दा १ सय आठ हुन्छ । अर्को तर्फ १२ महिनमा सूर्य छुटा छुटै १२ वटा राशिहरुमा घुमि रहेका हुन्छन् । एक राशिको ९ चरणहरु हुन्छन् । त्यो पनि १२ ले ९ लार्य गुणन गर्दा १०८ हुन्छ । त्यसैले जिवन जगतमा भएका सृष्टिका सम्पूर्ण बस्तुहरुको प्रतिनिधी तन्तुहरु हाम्रो शरिरमा पनि विधमान रहि रहेका हुन्छन भने बुझिन्छ । जसमा शिव शब्दबाट अगाडिको इकार हटाउने हो भने शव हुन्छ । जसको अर्थ काम नलाग्ने बेकम्मा भन्ने हुन्छ ।

यसरी समग्रमा श्री स्वस्थानी देविको पुजा गर्नु भनेको आफु र आफ्नो परिवार लगायत सिङगो मानव साजको नै पुजा गर्नु हो भन्ने बुझिन्छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *