सरोजराज पन्त
सिंगो राष्ट्रभित्र एउटा जात, भाषा, धर्ममात्र छैन । यहाँ फरक–फरक मूल्य, मान्यता र संस्कृति भएका मानिसहरु रहेका छन् । अद्वितीय जातिहरुको संयुक्ततामा नेपालको अस्तित्व अगाडि बढेको छ । विभिन्न जातका फूलहरुको मनमोहक फूलबारी तथा सङ्गम स्थल नेपालमा प्राचीन कालदेखि गन्धर्व (गाइने) जातिले नेपालको पहिचान जोगाई राख्र्दै आएका छन् । नेपाली कला, संस्कृतिको क्षेत्रमा नेपालमा गन्धर्वहरुको वाध्यवादन क्षेत्रमा महत्वपूर्ण भूमिका रहेको छ । उनीहरु सारङ्गीको माध्यमबाट र लोक स“गीतलाई विश्वभर फैलाउन र देशको पहिचान राख्न सफल रहेका छन् । सारङ्गी र नेपाली लोक भाकाका माध्यमबाट तत्कालीन समयमा जनताका समाचार, देशको समग्र पक्षहरुलाई गाउ“ घरसम्म पु¥याउने काममा उनीहरुको गोगदान रहेको छ । सामाजिक रुपान्तरणका कारण वर्तमान समयमा पेशामा जटिलता आएकोले केही गन्धर्वहरु सारङ्गी बोकेर गाउ“घरमा परम्परा जोगाउन हिंडे पनि जीवनशैलीमा परिवर्तनसँगै युवाहरुमा चासो कमहुदै गएको छ ।
विभिन्न जातजातिहरुको बसोबास भएको नेपालमा सामाजिक, सांस्कृतिक तथा आर्थिक रुपमा हेपिएका पानी नचल्ने भनिएका विपन्नवर्गमा गन्धर्व जाति पर्दछन् । कानूनी रुपमा जातिय समानता, जातीय विभेद रहितका कुराहरु आए तापनि गन्धर्वहरुलाई समाजले अझै पनि दलित जातिको वर्गमा राखेको छ । जातिका कुरा गर्ने क्रममा कामी र सार्की उपल्लो जातिस“ग सहभोजको कुरा गर्दा अगाडि देखिन्छन् तर गन्धर्व र दमाईस“गको कुरा गर्दा तर्सन्छन् । दलितहरुमा पनि उच्च दलितहरुले निम्न दलितलाई दवाउने, हेप्ने क्रममा कामीहरु सार्कीहरुले गन्धर्वहरुलाई अझै पनि सास्ती दिने गरेका छन् । यो जातिका मानिसहरु खेतीपाती भन्दा गीत गाएर जिबिको पार्जन गर्ने भएपनि अहिले पेशाागत बिबिधता रहेको छ । गन्धर्वहरुको लवाई, खुवाई तथा सरसफाईमा अन्य दलित जातिहरु सरह रहेको छ ।
गन्धर्वहरुले परम्परागत रुपमा गाउदै हिंड्ने पेशाबाट जीवनस्तर माथि उठ्न नसक्ने भएकोले यो पेशा क्रमश छाड्नु पर्ने बाध्यता आएको छ । सारंगी बजाएर, गीत गाएर कमाएको आर्जनले आफ्नो र परिवारको पेट पाल्न मुस्किल रहेको छ । त्यसैले आर्थिक, सामाजिक क्षेत्रमा पिछडिएका यी गन्धवको सामाजिक र आर्थिक पक्षको विश्लेषण गरी यिनीहरुको पछाडि पर्नुको कारण खोतल्न अति आवश्यक छ ।
पुख्यौली पेशा गायनलाई अंगालेका गन्धर्वले आफू दुःख गरी जेनतेन बा“चेको र वृद्धअवस्थामा यस पेशालाई निरन्तरता दिन नसकेको बताउनुले युवावर्गलाई गायन पेशा प्रति आकर्षण नभएको देखिन्छ । अर्को तिर यो पेशा अंगाल्दा हेयको दृष्टिकोणले हेर्ने गरेकोले गायन पेशा छोडेको पाइन्छ ।
गन्धर्वहरुको मातृभाषा नेपाली र धर्म हिन्दू रहेको छ । कसैकसैले धर्म परिवर्तन पनि गरेको पाइन्छ । हिन्दू धर्मका देवीदेवताहरुको पूजा प्रमुख संस्कारहरु हिन्दूधर्ममा प्रचलित रहेका छन् । जसमा जन्म संस्कार,छैठी, न्वारन, पास्नी (अन्नप्राशन) , चुडाकर्म÷व्रतवन्ध, मागी विवाह, प्रेम विवाह, चोरी विवाह, जारी विवाह, गन्धर्व (गाइने) विवाह आदि मृत्यु संस्कार, अन्त्यष्टी, क्रिया, बरखी श्राद्ध प्रचलित संस्कारहरु गर्दछन् । यिनीहरु साउने संक्रान्ति, जनै पूर्णिमा, कृष्णा अष्टमी, तीज, बडा दसैंं, तिहार, माघेसंक्रान्ति, शिवरात्री, फागु पूर्णिमा, चैते दसै जस्ता चाडपर्वहरु मानाउ“छन् । उनीहरुको खानपान र भेषभूषा साधारण नेपालीहरुको जस्तै दाल, भात, रोटी, तरकारी खाने र सर्ट, पाइन्ट, टोपी, गुन्युचोली, पटुका, ब्लाउज, कुर्तासलवार आदि रहेका छन् ।
आजकल एकात्मक परिवारतर्फको आकर्षण बढ्दो छ । स्वास्थ्य र शिक्षामा जनसहभागिता बढेकोले घरेलु उपचार,धामी झा“क्रीप्रतिको विश्वासमा क्रमस कमी आएको छ । स्वरोजगारका लागि सीपमूलक तालिम प्राप्त गर्न सकेमा जीवनस्तर माथि उठान सकिन्छ । सारङ्गी गन्धर्वहरुको मुख्य वाध्यवाधनको साधन हो । सारङ्गी खिर्रोको काठ, बाख्राको छाला र भेडाको आन्द्राबाट बनाइने गरिए पनि वर्तमान समयमा खिर्रोको काठमा नाइलनको डोरीको प्रयोग गरी बनाइन्छ । वर्तमानमा यसरी बनाइएका सारङ्गी लोप हुने अवस्थामा पुगेको छ । गन्धर्वहरु सारङ्गीको धुनमा आफ्नो मनका दुःख, पीडाहरुमात्र होइन देश विदेशमा घटेका घटनाहरुलाई गीत, संगीतको माध्यमबाट उजागर गर्ने कला र गला भएका हुन्छन् । यिनीहरुले विशेषगरी सारङ्गीको तारबाट जस्तोसुकै वाद्यवादनको धुनहरु निकालेर विभिन्न प्रकारका गीतहरु प्रस्तुत गर्ने गर्दछन् । यिनीहरुको गीत गाएर खाने पेशामा परिवर्तन आएको छ । अहिले होटेल रेष्टुुरेन्टमा गाएमा राम्रो आम्दानी हुने गरेको छ। सारङ्गी बनाए पनि राम्रो मूल्य पर्ने भए तापनि वनाउनेको हातमा भने कम मूल्य पर्ने गरेको पाइन्छ । सारङ्गीको मूल्य झण्डै १० हजार पुगेको छ तर जसले बनाउ“छ उसले भने कम मूल्यमा बेच्न वाध्य भएकोले टा“ठाबाठाहरुले कम मूल्यमा किनेर फाइदा लिने गरेको पाइन्छ ।
सांस्कृतिक महत्व बोकेको महत्वपूर्ण बाजा सारङ्गीको माध्यमबाट कर्खा गीत , झ्याउरे गीत, स“गीतबाट विदेशी पर्यटकको आकर्षण गर्न, आर्थिक उपार्जनका गर्न, होटेल रेष्टुुरेन्टमा गाएर कमाउन र रमाउन पोखरा क्षेत्रका गन्धर्वहरु सक्षम रहेका भएपनि बागलुङका गन्धर्वमा त्यस्तो सहज अवस्था देखिदैन । बागलुङका गन्धर्वहरु समयसमयमा आफ्नो गाउ“घर, छिमेकी गाउ“मा जाने र मौसम अनुसारका अन्नबाली गहु“, मकै, चामल र केही पैसा जम्मा गर्ने गर्दछन् । गाउ“का बूढा पाका बाहेक अन्यको सारङ्गीप्रति सकरात्मक धारणा नरहेको पाइन्छ तरपनि चाडवाडमा, लाहुरे आउ“दा भने गीत गाएर केही गर्जो टार्न परम्परागत रुपमा गाउन हिंड्ने चलन छ । यो पेशाबाट जीवनस्तर माथि उठ्न नसक्ने भएकोले यो पेशा क्रमस छाड्दै आएका छन् । परम्परागत रुपमा गीत, स“गीतको माध्यमबाट जीविकोपार्जन गर्दै आएका गन्धर्वहरुमा अहिले पेशागत वितृष्णा आएको छ । कमाइ कम हुने, दिनभर घरघर डुल्नुपर्ने, कसै–कसैले एकमुठी अन्न दिन पनि गाहो मान्नेहु“दा यस्तो अवस्था आएको छ । त्यसैले पेशामा परिवर्तन गर्दै ज्याला, मजदुरी गर्ने, विदेश जाने, गाई भैंसी पाल्ने गरेको पाइन्छ । गन्धर्वहरुले परम्परागत पेशालाई छोड्दै जा“दा उनीहरुको आम्दानी बढ्ेको छ तर गायन पेशालाई छोड्दै गएकाले वाध्यवाधनको सामग्रीे सारङ्गी, गन्धर्व सस्कृति र पहिचान लोप हुने अवस्थामा पुगेको छ ।
वर्तमान समयमा रेडियो सुन्ने, टि.भी. हेर्ने, मोवाइल प्रयोग गर्ने , दैनिक ज्यालामा धान, मकै, कोदो आदि नल्याएर नगद लिने गरेका छन् । उनीहरुको खानपानमा अहिले परिवर्तन आएको छ भने वर्तमान समयमा आएर अवसर र अधिकारको खोजीमा स“गठित हुने र इज्जतको सवाल उठाउन थालेका छन् । दिनभर सारङ्गी बोकेर, पसिना काड्दै, गीत गाउ“दै, गला सुकाउ“दै गाउ“घर डुल्दा पनि जीवन धान्न धौधौ हुने गन्धर्व परिवारमा अहिले वैदेशिक रोजगार, पशुपालन, कृषि उत्पादनसम्बन्धी सचेतना आएको छ । लोपोन्मुख गन्धर्वमा पश्चिमी संस्कृतिको दवदवा बढ्दै गएकोले परम्परागत पेशालाई छोड्दै जा“दा संस्कृति, पहिचान गुम्ने खतरा बढेको छ ।
वर्तमान समयमा शिक्षा लिनुपर्ने सचेतनामा बढेको र आफूले पढ्न नपाएर दुःख पायौं अव त छोरा छोरीलाई मजदुरी गरेर भए पनि पढाउनुपर्छ भन्ने चिन्तन, कार्यशैली, व्यवहारमा परिवर्तन आएर परिवार नियोजनका साधनहरु प्रयोग गर्ने, बच्चा कम जन्माउने, तथा स्वास्थ्य सम्बन्धी ज्ञानका बारेमा चासो दिने गरेको पाइन्छ । अबसर र सहज जीविको पार्जनका लागि गाउ“मा बस्नुभन्दा बजारमा बस्न सहज हुने ठानी नया“ पुस्ताका गन्धर्वहरु बजारमा भाडामा बस्ने गरेका छन् । सामाजिक परिवर्तनलाई नया“ पुस्ताहरुले सकारात्मक र बूढापाकाहरुले भने अन्तरजातीय विवाहलाई घृणा गर्ने गरेको पाइन्छ ।
गन्धर्वहरुले आफ्नो पुख्र्यौली पेशा गायनलाई विस्तारै छोड्दै गएको देखिन्छ । परम्परागत पेशाबाट प्रयाप्त मात्रामा आम्दानी नहुने र त्यसले अहिलेको आवश्यकतालाई धान्न नसक्ने भएकाले यो पेशा विस्तारै विस्तारै लोप हुने अवस्थामा रहेको छ । संस्कृतिको जगेर्ना गर्ने हेतुले युवावर्गले संरक्षण र सम्वद्र्धन गर्नु र पहिचान जोगाउन अति आवश्यक छ । आफ्ना पुर्खाहरुले आफूलाई गन्धर्व (गाइने) भने तापनि यस जातिलाई गायन क्षेत्रको अग्रपंक्तिमा रहेकोले गायक भन्नु सान्दर्भिक हुन्छ । आर्थिक रुपमा पछाडि परेकाले पुर्खाहरुको पहिचानलाई समेत छाडन विवश रहेकोले स्थानीय निकाय, सरोकारवाला, संस्कृतिकर्मीले आवश्यक सहयोग गरी उनीहरुको पेशा, संस्कृतिको संरक्षण, सम्वद्र्धन तथा विकास गरेर लोप हुन लागेको गन्धर्वहरुको पुख्र्यौली पेशालाई निरन्तरता दिन र देशको पहिचान जोगाउन अबिलम्ब कदम चाल्न आवश्यक छ ।