नेपाली समाजमा ‘भ्यालेनटाइन डे’ प्रणय दिवसको प्रभाव

सरोजराज पन्त

समाज र संस्कृति गतिशील भएकोले निरन्तर परिवर्तन भई रहन्छ । प्राचिन समाज देखि वर्तमान समाजको तुलनागर्दा अनगिन्ती परिवर्तनहरु हुँदै आएका छन् । समाज परिवर्तनसँगै कैयौ सामाजिक मूल्य, मान्यता, रीतिरिवाज, सामाजिक विश्वास, सांस्कृतिक गतिविधिहरुमा अहिले अनेकौ परिवर्तन हुँदै आएका छन् । यी विविध परिवर्तनको प्रभावबाट नेपाली समाजमा सकरात्मक तथा नकरात्मक प्रभाव परेका छन । आज समाज पश्चिमी संस्कृतिबाट अछुत रहन सकेको छैन । अछुत रहोस् पनि कसरी आजको विश्व व्यापीकरणले गर्दा सानो गाउँ बनेको छ । सांस्कृतिक, आर्थिक, सामाजिक जस्ता विभिन्न पर्खालहरु भत्किसकेका छन् । सीमा विहिन गाउँ आज अनेकता भित्रको एकता, विविधता भित्रको विषमतामा जेलिएको छ ।

विश्वमा उत्पत्ति भएका वस्तु तथा सेवाहरु मात्र होइन सृर्जित संस्कृतिहरु पनि तिव्रगतिमा प्रसार भइरहेका छन् । आजको सामाजिक सञ्जाल, सूचना तथा प्रविधि आदिको माध्यमबाट संस्कृतिहरु विश्वव्यापी भई रहेका छन् । अहिले सामाजिक सञ्चाल मार्फत प्रेम गर्न, प्रस्ताव राख्न कुनै भ्यालेन टाइन डे कुर्नु नै नपर्ने अवस्था आएको छ । त्यसो त भ्यालेन टाइन डे को बारेमा र यसको महत्वको बारेमा नेपाली समाजमा अहिले व्यापक चर्चा परिचर्चा भइरहन्छन् । यसका सकरात्मक र नकरात्मक पक्षको बारेमा आवाज पनि उठ्ने गरेका छन् । भ्यालेन टाइन डेलाई सबै नेपाली र नेपालको माटोले बुझ्न गाह्रो पनि छ भने यसलाई पचाउन पनि त्यत्तिकै ग्राहो मानेको अवस्था पनि छ । यस्तै माया प्रेम गास्न, साथी बनाउन कुनै विशेष दिन हुनै पर्ने अवस्था आउनु पर्ने कारण र यसको प्रभावको छुट्टै ऐतिहासिक महत्व पनि विश्व सन्दर्भमा रहेको छ । प्रणय दिवस अर्थात भ्यालेन टाइन डे लाई आज महान पर्वको रुपमा लिने गरेको पाइन्छ ।

यही मौका छोपेर प्रस्ताव राख्ने, लभ गर्ने, प्रेमजालमा रमाउने, तुरुन्तै रोमान्स गर्ने, शारीरिक सम्बन्ध स्थापित गर्ने , विवाहमा परिणत गर्ने, सम्बन्ध विछोड गर्ने, पुन विवाह गर्ने, घरमा श्रीमान हुँदा हुदै पर पुरुषसँग रमाउने, डेटिङ्ग जाने, घरमा श्रीमतीलाई छलेर परस्त्रीसँग रोमान्स गर्ने, एकै क्षणमा लभ अनि विवाह गर्ने, तुरुन्तै ट्राजिडी पर्ने,‘लभ इन फेसबुक’, ‘लभ एण्ड डेटिङ्ग’, लिभिङ्ग टुगेदर, लभ एण्ड ट्राजिडी, फेसन अफ लभ, लभ फर रोमान्स, लभ भर करियर आदि रुपमा लिएर यो दिवसलाई वर्ष भरिनै मनाउने क्रम बढ्दै गएको छ ।

भ्यालेनटाइन डे, लभ, फेसबुक आदि आज यति सर्वव्यापी भएका छन् । यो करिब सदावहार चलिरहन्छ । चार कक्षामा पढ्ने कुनै छात्र—छात्रा देखि उमेरले पाको बनेका वृद्धवृद्धाहरु पनि यसको स्वादलिन पछि नपरेको यर्थाथता झल्किनुले यूवा पुस्तामा चर्चित भ्यालेनटाइन ‘डे’ आज अन्य उमेर समूहमा पनि प्रसार भइ रहेको छ । उमेर अनुसार अविवाहितले आफूलाई मन परेका यूवा÷यूवतीलाई प्रस्ताव राख्ने, मनका कुरा साटासाट गर्ने दिनको रुपमा भ्यालेनटाइन डेलाई प्रयोग गर्ने गर्छन् । यो दिन प्रस्ताव राख्दा मन परेपनि नपरेपनि उजुर वाजुर नलाग्ने विश्वास स्वरुप नेपाली समाजमा यो दिवस मनाइन्छ । वास्तवमा प्रेम दिवस(भ्यालेन टाइन डे ) बाट नेपाली समाजमा कस्तो प्रभाव परेको छ । नेपाली समाज र संस्कृतिले यो दिवसलाई कसरी लिने गरेको छ भन्ने प्रश्नमा उमेर समूह, मानिसको प्रवृत्ति, चेतनाको स्तर, शहरिकरणको प्रभाव, सामाजिक परिवेश आदिको आधारमा फरकफरक विचारहरु रहेको पाइन्छ । यूवा जमातमा लोकप्रिय यो दिवसले छुट्टै अस्तित्व र महत्व राखेको देखिन्छ । उनीहरु प्रेम गर्नु पाप होइन, साथी बनाउनु, लाइक, कमेन्ट गर्र्नुृ कुनै पाप होइन । यो जीवनको आवश्यकता हो । यो दिवसलाई खुलेर मनाउनु पर्दछ भन्ने धारणा रहेको छ ।

त्यसैगरी प्रेम गर्न साथी बनाउन र जीवनमा प्रेम गरी त्यसलाई वैवाहिक जीवनमा परिणत गर्दै राम्रो घर परिवार जमाउन यो दिवसको महत्वपूर्ण भूमिका रहेको चर्चा गर्न समेत पछि पर्दैनन् । तर यूवाजमातको यो तर्कलाई पाका उमेर भएका उनीहरुका बाबा आमाहरुले स्विकार गर्न सकेको देखिदैन । यो दिवसको नाममा छाडा संस्कृति भित्रिएको सानै उमेरमा प्रेम गरी डेटिङ जाने, फेसबुकमा झुल्ने, पठनपाठनलाई प्रभावित पार्ने र आफ्ना पे्रमी, प्रेमिकालाई खुसी पार्न समय दिने भन्दै कलेज हाप्ने प्रकृति बढेको र चुरोट, रक्सी, ड्रक्सको समेत विगविगी बढ्दै गएको समेत बुझाई रहेको छ ।

शिक्षा क्षेत्रमा लामो समय लागेका व्यक्तिहरुको बुझाई पनि समयको गतिसँगै लभ गर्ने चलन आएपनि उमेरको परिपक्कता भएपछि मात्र यो गतिविधिमा लाग्दा राम्रो हुने र कलिलै उमेरमा विषयवस्तु, अवस्था, परिस्थिति नबुझीकन प्रेम(प्रणय) दिवसको रुपमा आफूलाई आहुति नगर्न सुल्झाउँछन् । विशेषत ‘भ्यालेन टाइन डे’ साथी बनाउन, मित्रताको संख्या बढाउन, सकरात्मक सोच, विचारबाट राम्रो विषयमा छलफल, वहस, पठनपाठनका समस्या समाधानमा साथ दिन प्रयोग भएमा यसले कुनै फरक नपर्ने र त्यसबाट नेपाली जनजीवनमा नकरात्मक प्रभाव नपर्ने हुन्छ । तर भ्यालेन टाइन डे (प्रणय दिवस) को नाममा लभ गर्ने, हतारमा डेटिङ जाने, चोखो माया लगाउन भन्दा बाहिरी आवरण हेरेर लभ गर्ने, भ्यालेन टाइन डे का दिन हतारमा प्रस्ताव राख्ने प्रवृत्ति, चनचले स्वभाव, समझदारी भन्दा सेन्टीमेन्ट अनुसार लभ गर्ने, माया प्रेमलाई धनसँग तुलना गर्ने, यर्थाथता भन्दा देखावटीमा प्रेम गर्ने, नसोची साथी भाइको लहैलहैमा लागेर लभमा फस्ने प्रकृति, एकअर्का बीच पूरा अध्ययन नगरी हाम फाल्ने गर्नाले, स्टालिस्ट र फरवार्ड देखिन, प्रेम बजारमा धमाका देखाउने उद्देश्यले, प्रेम त्यागमा नभई ‘टर्च टु मुभ’ शैलीले गर्ने भएकोले, फेसबुक र सामाजिक सञ्जालको कारण, सतही माया, धेरै स्वतन्त्रता, नैतिकता इमानदारीता, वफदारिताको अभावका कारण, परसंस्कृति करण, कम्प्रोमाइजको अभाव, प्रेमलाई तुरुन्त शारीरिक सम्बन्धमा परिणत गर्न खोज्ने शैली बढ्दै जानु,समय उमेर, अवस्थाको ख्याल नराखी तुरुन्त शारिरीक सम्बन्ध स्थापित गर्ने र सानै उमेरमा गर्भवती बन्ने, परिवारबाट तिरस्कृत भएर छुट्टै बस्नु पर्ने, स्याहार सुसारको अभावमा गर्भवती अवस्थामा अकालमा ज्यान गुमाउनु परेका दृष्टान्त पनि हामी सामू छलङ्ग छन् । त्यसैले प्रणय दिवसका नाममा एक दिन रमाउने र अन्यदिन रोएर दिन काट्नु पर्ने, अमूल्य जीवन ववार्द गर्ने गरी भ्यालेन टाइन डे मनाउनु कुनै औचित्य रहँदैन ।

यसैगरी साथी बनाउने, लभ गर्ने नाममा मेरा÷मेरीलाई साइट हानिस, लाइक, कमेन्ट गरिस भनी ग्याङ्ग फाइट गर्ने, काटमार गर्नुले पनि यो दिवस केवल शारीरिक सम्बन्ध र निश्चित स्वार्थका लागि मनाउने गरेको हो कि भन्ने देखिन्छ । यसैको कारण मानसिक तनाव, पारिवारिक झैझगडा, डिर्भोस, आत्महत्याका समस्या पनि बढदै गएका छन् । यसैगरी लागु औषधको समस्या पनि यसको कारण भित्र पर्दै आएका छन् । नेपाली समाज पाश्चायत÷पश्चिमी संस्कृतिको प्रभावबाट अगाडि बढ्दै जाँदा पश्चिमी देशको जस्तो चेतनाको स्तर, आय स्रोत, सामाजिक सांस्कृतिक परिवेश र वातावरणबाट अगाडि बढ्न सकेको छैन । जनजीवन उनीहरुको जस्तो सहज छैन नेपाली मूल्य, मान्यता, परिवेश, विश्वास आदिले गर्दा यस प्रतिको दृष्टीकोण र बुझाइ पनि फरक रहेको छ । समाज, सामाजिक मूल्य, मान्यता, आर्थिक अवस्था, स्व नियन्त्रण गर्ने क्षमता आदिमा परिपक्कता नआएसम्म यसले नेपाली समाजमा सकरात्मक प्रभाव भन्दा नकरात्मक प्रभाव बढी पार्ने देखिन्छ । वर्तमान नेपाली समाजमा केटाले मेरी केटी साथी छ भन्न सक्नु तर केटीले मेरो केटा साथी छ भनेर सहज आफ्ना अभिभावकसँग कुरा राख्न नसक्ने अवस्था छ ।

लुकेर गरेको प्रेम भ्यालेन टाइन डे का दिनलाई मात्र हुने र त्यो दिन प्रस्ताव गरेर अन्य दिन निरन्तरता दिन जटिल अवस्था हुँदा झैझगडा, कुटपिट, गालीगलौज, ब्याकवाइटिङ्ग आदिमा गएर टुङ्गिने र विवाहको समयमा गम्भिर सामाजिक प्रतिष्ठासँग जोडिएको विषय बन्ने गरेको उदाहरण पनि हामी सामू छर्लङ्ग छन् । सबै समाज, वर्ग, लिङ्ग, क्षेत्र,उमेर समूहले सहज रुपमा स्विकार गर्न नसक्ने समयसम्म च्यालेञ्ज स्वरुप मनाउने प्रणय दिवस कति सार्थक हुने, कति दिगो हुने , यसले विवाह र परिवार जमाउन कतिसम्म फलदायी हुने ? भन्ने प्रश्न पनि आज जनमानसमा उठ्ने गर्दछन् । पश्चिमा देशमा जस्तो १८ वर्ष पुरा भएपछि आफ्ना छोराछोरी कानुनी रुपमा परिपक्क हुने, आफ्नो खुट्टामा आफै उभिएर जीवन चलाउनु पर्ने, स्वतन्त्र ढंगले निर्णय गर्न पाउने सामाजिक मूल्य मान्यता भएको देशमा मनाउने यो दिवस नेपाली समाजमा कत्तिको सर्छ , फूल्छ, फूलेको छ , फल दिन्छ÷दिएको छ वा छैन ? वास्तवमा सबै नेपाली मन अन्तस्करणले पचाएको वा नपचाएको यो विषयमा छर्लङ्ग हुन आवश्यक छ । आफ्ना नानीबाबुले राम्रो गरे वा गरेनन् साथी रोजेर राम्रो काम गरेका छन् वा छैनन् ? त्यसबाट उनीहरुको जीवनमा कस्तो प्रभाव परेको छ ? यसले गर्दा उनीहरुको जीवन वृति, अध्ययन, व्यवस्थापन कार्यमा कस्तो अवस्था सृजना भएको छ वा होला भन्ने विषयमा छर्लङ्ग भएर आफ्नो आत्माले सही ठम्माए यसलाई स्वीकार्न गाह्रो छैन र ठम्माउन नसक्दा लहैलहैमा लागेर हिड्ने नानी बाबुलाई चित्तबुझाएर यसका प्रभावको बारेमा छर्लङ्ग पार्नु जरुरी छ ।

अहिले यो दिवसका नाममा परिवारमा थप जटिलता थपिन सक्दछ प्रेम दिवस मनाउन दिँदा पनि र नदिदा पनि । यसको बारेमा स्वय यूवापुस्ता छर्लङ्ग हुने आफ्ना बाबा आमालाई रिझाएर, बिस्वत गराइ स्वच्छ प्रेम गर्ने साथी बनाउन,े डेटिङ्ग भन्दा फिल्ड वर्क गर्ने साथीसँग केही सिक्ने, सिकाउने हार्डवर्क गरी जीवनलाई सहज बनाउन, सरल बन्ने र नेटवर्क मार्फत आफ्ना प्रतिभाहरुलाई प्रस्फुटन गराउने कार्यमा लाग्न सके भ्यालेन टाइन डे सच्चा साथी बनाउने स्वर्णीम दिनमा परिणत हुनेछ । अन्यथा प्रेम, डेटिङ्ग, किस, मिस हुने र अन्त्यमा सबै कुरा ‘इस’ हुने अवस्था आउने गर्दछ । प्रेमको नाममा कुरै नबुझी शारीरिक सम्बन्ध स्थापित गर्ने ,निहित स्वार्थमा रमाउन खोजेमा हतारमा प्रणय दिवस मनाउने र फुर्सदमा पश्चताप गरी ‘ज्या संस्कृति’ भित्राउने अर्थात ढिला भएपछि मात्र पश्चताप गर्ने अवस्था छ ।

परिपक्क सोच, आपसी समझदारी, इष्टालिस्ट भन्दा कम्प्रोमाइज गर्ने, सहनशीलता, नैतिकता, आयातित प्रेम भन्दा यर्थाथ र वास्तविक प्रेम गर्ने, धनले भन्दा मनले जितेर प्रेम गर्ने, क्षणिक स्वार्थलाई भन्दा जिवन्त माया गर्ने, फेसबुक लभ, डेटिङ्ग भन्दा वास्तविकता बुझेर प्रेम गर्ने, छाडा संस्कृतिको अन्त्य गर्दै विश्वासिलो, भरपर्दो प्रेम दिवस अर्थात प्रणय दिवस मनाउने गरेमा यसले परिवार, समाज र राष्ट्रका लागि कम क्षति पु¥याउने देखिन्छ । यो विषयमा परिपक्क भएर निश्चित स्वार्थ र सर्त रहित ढंगले समाज, सामाजिक, परिवेश, अवस्था, देश, माटो र भूगोल अनुसार आत्मसाथ गरी सम्य ढंगले प्रणय दिवस मनाउन सकेमा मात्र यसले विस्वस्त, परिपक्क, दीगो र जिवन्त साथी बनाउने छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *