समय, समाज र सन्दर्भ

राम सुवेदी

समय हरप्रहर जन्मन्छ, मर्दैन । समय अनुकुल समाज बन्छ, बदलिन्छ । सन्दर्भहरु बदिलिरहन्छन् अर्थात जन्मदै, मर्दै गर्दछन् । यो समय, समाज र सन्दर्भ कस्ले कसरी बुुभ्ने, ग्रहण गर्ने र व्यवहारमा कार्यान्वयन गर्ने गराउने भन्नेबीचमा हाम्रा मतएक्यताहरु भिन्न भिन्न छन् । फरक मान्यता, सोंच, चिन्तनलाई रुपान्तरण गर्ने चक्र समय भनेका छौं । ति सबै कुराको समाहिकिकरणलाई गर्ने दस्तावेज, मानसिकता र चरणलाई सामाजिक दृष्टिले हेरेका छौं । त्यही समय र समाजलाई गतिशील बनाउने व्यवहार त्यस समयको सान्दर्भिक योजना हुनेछ । त्यस योजनाको कार्यान्वयन आजको सन्दर्भ बन्न सक्छ । समयकाल अनुसारको समाज निर्माण भयो वा भएन ? कस्तो समाजको निर्माण गर्न यो सन्दर्भले समय चिन्यो चिनेन । चर्चा, एक समय, एउटा समाज वा एक्लो सन्दर्भको होईन । सिंगो सामाजिक चरित्र जसरी निर्माण भएको छ । त्यसबाट आजको पुस्ताले कसरी बुुझ्ने भन्ने हुनुपर्दछ ।

आजको पुस्ताले के बुुझ्ने
समय बदलिरहने प्रक्रिया हो । समयानुकुल समाजको बद्लाव भयो भएन, आजको पुस्ताले जान्न, बुुझ्न र ग्रहण गर्न सक्नुपर्दछ । नयाँ पुस्ताले समाज बुुझ्न खोजेन वा पुराना पुस्ताबाट समाज हस्तान्तरण भएन भने, आजको सन्दर्भले समाज कतातिर जान्छ होला । आजको पुस्ताले समाजबाट के ग्रहण गर्ने भन्ने प्रश्न छ । दशकौं नसुध्रिएको राजनीति, राजनीति बेथितिको ग्रन्थ हो, चरित्रहिन, चाकरीहरुको पेशा व्यवसाय हो ? होईन भने नयाँ पुस्तालाई विधि, थिति र नीति कस्ले हस्तान्तरण गर्ने ? यसको सही समयमा, सन्दर्भकालका घटना समायोजन हुनेगरि पुस्ताहस्तान्तरण गरिएन भने, विकृतिहरुमात्र नयाँ पुस्तामा सर्नेछ । जस्ले समय बदलेपनि, समाज बदल्ने सन्दर्भको हस्तान्तरण हुनेछैन ।

नयाँ पुस्ताले बुुझ्ने राजनीति के हो ?
आज व्यवस्था कस्तो छ ? व्यवस्थापक को को छन् र के के गरिरहेका छन् । नयाँ पुस्ताले आजको समयबाट, समाजबाट र यो सन्दर्भमा जो प्रचलन छ । राजनीतिमा नयाँ पुस्ता प्रवेश गर्दा यसले के सिक्ला भन्दा, एक अर्कालाई गाली गलौज गर्ने, आफुुइतरको चरित्र हत्या गर्ने, गलत कुरा सही बनाउन जिद्धि गर्ने, आफ्नो स्वार्थमा राजनीति पेशा बनाउने । अव यत्ति कुराले नयाँ पुस्ता कता जान्छm के उसले अव राजनीति गर्छ ? गरिहाल्यो भने के अनुसारको समाज बनाउन यो पुस्ताको अग्रसरता कहाँ हुन्छ ।

समाज बदल्छ कस्ले ?
हाम्रो पुस्ता केही सचेत छ । सजग छ । सम्यम पनि छ । तर यही पुस्तालाई आजको राजनीतिले भ्रष्टिकरणतर्फ लग्यो भने, हुुन्छ के ? सार्वजनिक पद, ओहोदा र स्थानमा बसेकाहरु देश र जनताको हितमा कति सही सत्य काम गर्छन भन्ने भित्री खोज गर्नु पर्दैन । उनीहरुका मुखबाट एक अर्कातिर फर्केर आज बोलीरहेका छन् । राजनीति कस्ले गरेका रहेछन् । कस्ता कस्ता मान्छेहरुको हावी हुँदो रहेछ र उनीहरु सत्तामा पुुगेर के के गरे भन्ने कुरा घोत्लिरहने विषय छैन । यो सचेतता समय सन्दर्भ अनुसार यो देशमा नयाँ व्यवस्था गणतन्त्र जिन्दाबाद भनेर उफ्रनेहरुका लागि मात्र होईन । मन नपरेर वा समुह नमिलेर मुर्दावाद भन्नेहरुका लागि जगजाहेर छ । यहाँ समाज बदल्ने होईन, बदल्ने भन्ने नारा लगाउने पात्रहरु फेरबदल गर्न त्यसो गरिएको हुन्छ । एक थान प्रश्नले गरेको प्रश्नका लागि नयाँ पुस्ताले अव राजनैतिक प्रश्न किन गरौं ।

सन्दर्भ कस्का लागि
आजको राजनैतिक सन्दर्भ दुुईधारमा छ । हिजो सत्ताकालागि मिलेकाहरु मिलेनन् । दुुई ध्रुव हुनै परयो । नयाँ कुरा होईन । यहाँ, यो देशका दुःखी गरिब असाह्य, भोका, नाँगा, निमुखा जनतालाई सेवादिने नसकेको व्यवस्था विरुद्धको आन्दोलन होईन । पक्षधरताको हिकारीहुँदै व्यवस्थाबाट स्वार्थ पुरा गर्नेहरुको भिडभाड हो । जनता जोकर, मानसिकता र चिन्तनबाट नसुध्रिएका नोकरशाही प्रवृत्तिका बेरोजगारहरुबाट उत्पन्न हुलहुज्जतले सन्दर्भ फेर्दैन ।

हिजो जस्ले व्यवस्था परिवर्तन गर्दा जीवन गुमाउनु पर्यो, जस्ले मातृभूमिका लागि जानेर, नजानेर बलिदानी दिए । अझै समाजमा त्यस आन्दोलनका घाईते, अपांगहरुका दुखान्त अवस्था उस्तै छन् । उनीहरुको जीवन परिवर्तनको सन्दर्भ होईन । सायद यस्ता प्रश्नहरुको हल गर्ने राज्य व्यवस्थापकहरु कायम नहुन्जेलसम्म उनीहरुको मुहार फेरिदंन । स्वार्थका वेला उनीहरुको मानसिकतामा छुद्रताको विष फैल्याएर घोचपेच गर्छन । अर्थपूर्ण राज्य व्यवस्था बन्न, अहिलेके जस्तो फोहोरी राजनैतिक संस्कारले समाज बदलिदैन भन्ने जान्न जरुरी छ । चुनावका बेला हातमा नयाँ नोट र नशामा ओठ् पुगेकै भरमा चुनिएका र चुनिइनेहरुले सधै आफू बदल्छन् । देश र जनता बदल्दैनन् । कस्का मान्छे कति भनेर मान्छेको भीड बेच्ने संस्कारको पछिपछि कुद्नेहरुले जवसम्म मानसिकता परिवर्तन गर्दैनन् तवसम्म जे जस्तो सुकै व्यवस्था भनिएपनि यही भीडले समाज फेर्दैन । यस्ता जनमानसका प्रश्नहरुले जनताको मन सधै कुँडाईरहनेछ ।

समयले समाज नचिनेको जस्तो सन्दर्भ हामी भोग्दैछौं । जनमतको अपमान हुँदाहुँदैपनि भीडको गोठानो हाम्रो आजको समयको मानसिकता रहेछ । सन्दर्भहरु थाहा नभएका र त्यसको सूचनापहँचबाट उछितो रहेको कोही छैन र पनि बैमानीको साँछी बस्ने हिम्मत नयाँ पुस्तामा सरेको देखिन्छ । लाग्छ। जीनको प्रभाव कहिले काही त्यस्तो संकेत गर्छ । परिवर्तित समयले पर्खेको पक्कै होईन तर यस्तै लाग्ने दिनहरु र उस्तै ठानिएका रातहरुबाट झुक्किएर उमेर काट्ने बानी, यो समाजलाई गज्जवले परेको छ । त्यही सन्दर्भको दोष हाम्रो पुुस्ताको बनेको छ । उमेर रहुन्जेल, भीडको गोठालो, अल्लि छिप्पिएपछि विदेशी गोठालो, सक्किएपछि पुगिसरि भो, समाजले गति लिएन, सतिले सरापेको देश, केही नहुने, नभएको ठाउँ यस्तै अनेकन परिभाषा पोख्यो, बस्यो । त्यस्तो पनि त समाज होईन होला, समयले सधै त्यस्तै अवस्थामा राख्दैन र सन्दर्भहरु सधै एकानास हुँदैन । विविधतामा विश्वास राखौं । सचेत पुस्तामा समय पुुग्छ, समाज फेर्ने जिम्मेवारी आउँछ र नयाँ सन्दर्भको जन्म हुन्छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *