अप्पो दिपो भव (आफ्नो दिपक आफै बन)

जीवन शाक्य

‘अप्पो
दिपो भव(आफनो दिपक आफै बन)’ यो महा मानव गौतम बुद्धको महान शन्देश हो । महा मानव गौतम बुद्धले मानव जीवनलाई सफल बनाउन दिनु भएको पञ्च शिल र आर्य अष्टागिक मार्गहरु मूख्य हुन । उहाँ प्रति आस्था विश्वास राख्ने वुद्ध विहार बागलुङका उपासक उपासिकाहरु जो महिला बौद्ध, विहार समिती संग आवद्ध छन । जो शाक्य कल्याण समाजसंग पनि सम्बन्धित छन् । संगै मगर संघ पनि सम्बन्धित हुनुहुन्छ । करिव ५० जनाको टोली रिघा वुद्ध विहार समितीको निमन्त्रणामा गत ८ गते शनिवार विहानै रिघाको लागि बसमा प्रस्थान गर्ने कार्य भएको थियो । रिघामा करिब एक करोडको लागतमा निर्माण गरिएका बुद्ध विहार र गुम्वामा शान्ति परित्राण पाठ गर्ने, बुद्ध भजन गाउने, बुद्ध सम्बन्धि शिक्षा सन्देशहरु र केहि सकेको आर्थिक सहयोग पनि उपलब्ध गराउने सोँचले निमन्त्रणालाई स्वीकार गरि यात्रा गर्ने कार्य भएको थियो ।

यात्राको लागि महिला बौद्धमा आवद्ध रहेका उपासिकाहरु सबै कलेजी पहिरनमा, अन्य पुरुष उपासकहरु आ–आफनै पहिरनमा, खाजा खाना तयारीका साथ बसमा जाने काम भयो । विहान करिव ९ बजे पछि विहुँको धौरालीको रमणिय स्थान, गल्कोट नगरपालिकाको सिमाना रहेको प्रवेशद्वार नजिक होटलहरु रहेको, सबै डाँडा काँडा हिमाल देखिने रमाइलो भ्यु टावर रहेको स्थानमा खाजाको लागि ओर्लिने काम भयो । शुरुमा धौलागिरी हिमाल आउने देखिने गरि फोटो खिच्ने कार्यहरु यात्रामा सहभागि हामी सबैले ग¥यौ र होटलको चिया संग लगेको मिठो खाजा रमाइलो संग खाने कार्य भयो । बस काँडेबासबाट उकालो लाग्ने भएपछि देखिने सानो कच्चि तर चट्टाने ढुगे भिरको बाटो सकिए पछि रिघाको गाउँ नजिकको पुर्व तिर निमार्ण गरिएको, काँडेतारले बारिएको, प्रवेशद्वार निमार्ण गरिएको विहारमा १२ वजे पुगियो । स्वागतका लागि प्रवेशद्वारमा गल्कोट नगरपालिकाका मेयर उपमेयर बहिनी, अन्य स्थानियबासी, विहार समितीका मान्छेहरु हुनुहन्थ्यो । नमस्कारको अभिवादन साटासाट पश्चात मेयर, उपमेयरहरु अर्को बैठकको कार्यक्रम भएको भनेर अन्य कार्यक्रमा बस्न नसक्ने असमर्थता राखेर गाडीमा गल्कोट फर्किने काम गर्नु भयो ।

पानीको धाराको सुविधा सहित बनाईएको गुम्बा वरिपरिको रमणिय स्थानमा केहि छिन् फोटो खिच्ने कार्यक्रम चल्यो, र पछि बिहार भित्र परित्राण पाठ र भजन कार्यक्रम शुरु भयो । परित्राण पाठ र भजनका शब्दहरु सबै शारिर मनले पुण्यका सोच र काम व्यवहारहरु अपनाउनु पर्ने, अहिंसा सत्य, बुद्धको छोटो जीवनी भएको, कलेस इष्र्या वासना आशक्ति अहंकार हटाउनु पर्ने कुराहरु बढी थियो । परित्राण र भजनमानै बुद्धका केहि महान सन्देशहरु थियो । त्यसपछि बिहार बाहिर प्राङ्गणमा सबैको सहभागितामा केहि प्रवचनका कार्यक्रम शुरु भयो । बुद्ध सम्बन्धि केहि शिक्षा सन्देशहरुका साथै आफ्नो र समाजको हितका हिन्दु धर्मका खातिर नदेखिने इश्वरको पुजा आजा फुल अक्षता चढाएर पुजा आजा गर्ने, भाकल बलिदिने काम भन्दा सबैको स्वास्थ्य, शान्ति र मानवहीतका खातिर आफ्नो तनमनधन दिएर मानविय बुद्ध धर्ममा लाग्नुपर्ने, भवन निमार्णको बारेमा, मगर संघका अध्यक्ष श्याम राना, निवर्तमान महिला बौद्धका अध्यक्ष र अन्य बक्ताहरुबाट पनि भयो । साथै निर्माण सम्बन्धि दान र सहयोगका कुराहरु भए ।

करिब ८५ वर्ष पुगेका स्थानियबासी शेरबहादुर काउचाको विशेष योगदार लगनशिलता, उनको परिवार, स्थानिय बासीहरुको आर्थिक भौतिक सहयोगले निर्माण कार्य सम्पन्न भएकोले उमेर ढल्केका उनी विशेष श्रद्धाका पात्र देखिनु भएको थियो । निमार्णमा जिल्ला विकास समिति र शहरी भवन निर्माण समिति स्थानिय व्यक्तिहरुको सहयोग कोरिएको शिलालेखहरु गुम्वाको पर्खालमा थियो । रिघा स्वास्थ्य चौकी, वडा कार्यालय देखि करिब आधा घण्टा, बाक्लो बजार बस्ती मा.वि स्कूल देखि करिव १५ मिनेट पुर्व रहेको केहि उचाईमा रहेको ढिकमा, करिव ५, ६ रोपनी जग्गामा सिढी सहितको बिहार निर्माण भएकोले रिघा बासी, विशेष योगदान दिने शेर बहादुर काउचा, नगरपालिका पनि धन्यवादका पात्र देखिन्थ्यो ।

म यो भन्दा पहिला स्वास्थ्य संस्थाहरु निरिक्षण क्रममा हिडेर ३ पटक, १ पटक जिल्ला शिक्षा अधिकारी, स्थानिय जिल्ला विकासका पदाधिकारीहरु, तत्कालिन महिला सांसदहरुको उपस्थिति रहेको सभामा सहभागिताको लागि पनि आइसकेको थिए । स्वास्थ्यका स्टाफहरु सबै परिचित थिए । स्थानियवासीहरुको प्रवचनको क्रममा बुद्ध धर्मबारे मुख्य कुराहरु प्रस्ट्याउन मञ्चबाट केहि पर रहेको स्थानिय विद्यालयका प्रअ, वडा अध्यक्ष, स्थानिय बुद्धिजिवी भएको ठाउँमा गएर आत्मसात गर्ने कार्य गरे ।

महामानव बुद्ध सम्बन्धि भएका कुराकानीहरुः
मानव मात्रको शान्ति हितका खातिर सबै भन्दा बढी लामो समय सम्म सम्बोधन गरेको, बुद्धत्व प्राप्ती पछि राजकुमार भएर पनि ४५ वर्ष सम्म आफ्नो अहंकारलाई मार्दै भिक्षाटन गर्दै आफ्नो महान सन्देशहरु दिनुभएको । उहाँ जस्तो मौन वा शान्त संग बसेको पनि विश्वमा कोहि अन्य सन्तहरु देखिदैन । बुद्धले कुनै इश्वरको अस्तित्वलाई स्वीकार गर्नु भएन, कुनै जातजाति भाषा धर्म संस्कारलाई अवहेलना गर्नु भएन, सबैलाई समान स्थानमा राखेर व्यवहार गर्नु भयो । योग स्मृती होश, ध्यान साधनाको कर्म बलले श्रेष्ठ पवित्र व्यवसाय काम व्यवहार गरेर सबै जात धर्मका मान्छेहरु उँचो कुल प्रतिष्ठामा पुग्न सफल भई जीवनमा स्वास्थ्य शान्ति सार्थकता सन्तोष पाउन सकिने शिक्षाहरु दिनुभएको थियो ।

आफ्नो समाज र सबैको भलाई उन्नतिको लागि सत्य अहिंसा, धुम्रपान, मद्यपान व्यभिचार नगरि पञ्चशिलमा लाग्नुपर्ने साथै जीवनमा, स्वास्थ्य शान्ति सन्तोष आनन्द पाउन सम्यक वा ठिक ठिक ज्ञान, ठिक सोच दृष्टीकोण वा धारणा हुनुपर्ने, हमेसा होश सजगता र स्मृतिमा रहनु पर्ने, ठिक भोजन, बोली वचन व्यवहारका साथै ठिक व्यायाम, ध्यानलाई जीवन व्यवहारमा अपनाएर सबैले मानसिक, शारिरिक अवस्थालाई सक्षम बनाउनु पर्ने । होश सजगता सम्वेदनशिलता सबैभन्दा ठुलो शक्ति उर्जा भएकोले यो शक्ति प्राप्त गर्न ठिक ठिक मानसिक शारिरीक व्यायाम र ध्यानलाई साधनाको रुपमा अपनाउनु पर्ने । यसको लागि आफनै स्वास, श्वासको विभिन्न प्रकृति, म्टुको धडकन, कम्पन, गति, झट्का, भावहरुलाई अध्यान र ध्यान साधनाको माध्यम बनाउदै, यसलाई स्वीकार गर्दै बिना प्रतिक्रिया अवलोकन, निरिक्षण गर्नुपर्ने आफ्ना कमजोरीहरु नकारात्मक स्वभावको प्रभाव श्वास र धडकनमा परेको कुराहरुको अध्यान गरिराख्नु पर्ने यसलाई साधनाको रुपमा अपनाउदै गर्दा मनका सोच विचार भाव तरंगहरु तलाउको पानीको छाल गति शान्त भएर तलाउ हेर्दा आफ्नै आकृति देख्न सकिने भई शरिर भित्र सबै गति तरंगहरु स्वस्थ शान्त संगितमय भएको महशुष शान्ति, सन्तोषको झलक अनुभव हँुदै आउछ ।

जब तलाउमा ढुगा फाल्दा पानीको छाल तरंगहरु बढी उठेर मान्छेले आफ्नै आकृति देख्न नसक्ने हुन्छ मान्छेको आफ्नै काम क्रोध, लोभ, मोह, अहंकार, रिसिवी, इष्र्या, द्वेष जस्ता सोच विचारहरुले श्वास र मुटुको धडकनमा प्रभाव परि मन अशान्त तनावपुर्ण हुने, रोगी, कातर हुने आफैलाई विर्सने, भुल गल्तिहरु बढी हुने कुराकानीहरु आत्मसात गरिएको थियो ।

प्रवचन कार्यक्रमको अन्तमा यात्रामा सहभागी यात्रीहरुबाट केहि रकम आर्थिक सहयोगका साथै केहि भजन र परित्राण गर्ने पुस्तक हस्तान्तरण गर्ने कार्य पनि भयो । आउनुस महामानव गौतम बुद्धले सिकाएको यहि सिकाईलाई अनुशरण गरौ, कुनै चश्मा र नकाव नलगाई श्वास र मुटुको धडकनलाई ध्यानको माध्यम बनाउँदै आफैलाई सक्षम स्वस्थ वा आफ्नो दीपक आफै बन्ने प्रयत्न गरौं, ताकी मर्ने बेलामा कुनै तृष्णा कामना भरसक नरहोस । तर आवश्यकता छ स्वीकार र सहयोग भावको पनि । रिघाबासी तथा सबैमा उन्नति प्रगतिको कामना । भवतु सब्ब मंगलम ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *