निशा अधिकारी
हामीले अन्धविश्वासको साटो वैज्ञानिक तथ्य, समयक्रमको विकास र गतिशीलतामा विश्वास गर्न सकियो भने अवश्य पनि शिक्षा, ज्ञान, चेतना र विवेकको ज्योतिले अन्धविश्वासको अस्तित्वलाई समाप्त पार्दै जानेछ ।
आजको युग विज्ञान र प्रविधिको युग हो । जहाँ विकास र परिवर्तनका नयाँ–नयाँ आयामहरु देखा परिरहेका छन् । समयसंगै समाज आधुनिक परिवेशमा झल्किरहेको छ । परिवर्तनका स्वरुप बदलिए, आधुनिक जिवनशैली परिवर्तन भए तर सामाजिक सोेच भने अझै परिवर्तन भएको छैन । किनकि हाम्रो समाजमा अझै पनि अन्धविश्वासले जरा गाडेको अवस्था छ । हामीले दिन प्रतिदिन सुन्छौ र देख्छौ पनि । विभिन्न सामाजिक सञ्जाल मार्फत् अन्धविश्वासलाई प्रोत्साहित गर्ने काम भएको छ । अझै पनि हामीमा भ्रम फैलिएको छ कि धामी झाँक्रीले निको पार्छन् भन्ने अन्धविश्वास, संस्कार हाम्रो समाजमा विद्यमान छ । यो फेरि कतिपय सवालमा हाम्रो रोग निको पनि हुने गरेको देखिन्छ ।
यसकारण कतिपय मानिसलाई विश्वास पनि लाग्छ,स्वभाविक हो किनकि हामी यस्तो परिवेश वा भनौ हाम्रो समाजको चेतना स्तर अझै धेरै ठाउँमा कमजोर अवस्थामा छ । हुन त म कुनै विद्धान होइन, समाजको भविष्यवाणी, विश्लेषण र टिप्पणी गर्ने । तर पनि आम नागरिकको हिसाबले विकृत सोच बदल्ने, अन्धविश्वासयुक्त संस्कार, परम्परा, रितिरिवाजहरु परिवर्तन गरेर हामी माथि उठ्नुपर्छ भन्ने मेरो भनाई हो । आजभोली हरेक मानिस सामाजिक सञ्जालसंग जोडिएको हुन्छ । जहाँ हरेक क्षण घटना–परिघटनाबारे अपडेट भइनै रहन्छौ । यसै सन्दर्भमा आजभोली यस्ता विविध खालका घटनाहरु सामाजिक सञ्जालमा आइरहदा साँच्चै नै नेपाल अझै सम्म पूर्ण साक्षरता नभएको अनुभूति गर्न सकिन्छ ।
अझै पनि धामी झाँक्री,झारफुक जस्ता अन्धविश्वास हाम्रो समाजमा हराउन सकेको छैन । वास्तवमा के हो त अन्धविश्वास ? यो कसरी फैलिन पुग्छ ? अनि समाजमा नकारात्मक विषयले कसरी प्रोत्साहन पाउँछ भन्ने सन्दर्भमा इतिहास देखि वर्तमान सम्म फर्केर हेर्दा केही तथ्य र विषय भेटिन्छ । यो शब्द ’ल्याटिन’ भाषाबाट आएको हो । यसलाई अंग्रेजीमा सुपरस्टिसन’ भनिन्छ । अन्धविश्वास भनेको त्यस्तो विश्वास वा अभ्यास हो । जसको आधार भाग्य वा परम्परागत अवैज्ञानिक विश्वास हो । यसलाई अर्को शब्दमा भन्नु पर्दा अन्धविश्वास भनेको अन्ध र विश्वास दुई शब्द मिलेर बनेको शब्द हो । कुनै पनि व्यक्ति कुनै विषयमा गहिरो अध्ययनमा नपुगि विश्वास गर्नु नै अन्धविश्वास हो ।
‘ल्याटिन’ भाषाबाट आएको यसलाई अंग्रेजीमा सुपरस्टिसन’ भनिन्छ । अन्धविश्वास भनेको त्यस्तो विश्वास वा अभ्यास हो । जसको आधार भाग्य वा परम्परागत अवैज्ञानिक विश्वास हो । यसलाई अर्को शब्दमा भन्नुपर्दा अन्धविश्वास भनेको अन्ध र विश्वास दुई शब्द मिलेर बनेको शब्द हो । कुनै पनि व्यक्ति कुनै विषयमा गहिरो अध्ययन मा नपुगि विश्वास गर्नु नै अन्धविश्वास हो ।
वास्तवमा अन्धविश्वास सामाजिक विकृति हो । यसले धर्म, संस्कृति र समाजमा नकारात्मक असर पारिरहेको हुन्छ । धर्म संस्कृति परम्पराका नाममा समाजमा नकारात्मक भ्रम आदिम समयदेखि नै परम्परागत रुपमा रहेको पाइन्छ । जसको आडमा मानिसहरुलाई भम्रित तुल्याउने काम गरिदै आएको छ । जहाँ तन्त्र, शास्त्र तथा ढ्याङ्ग्रो बजाउँदै बिभिन्न देवीदेउताको एउटा छुट्टै लय, भाषा र शैलीमा सृष्टी उत्पती देखिको कथा र गाथालाई भन्दै तन्त्र मन्त्रको जपसंगै ढ्याङ्ग्रोको तालमा नाँच्दै लौकिक र अलौकिक शक्तिको माध्यमबाट बिभिन्न रोगको उपचार हुन्छ भन्ने सोच र विश्वासले आज पनि समाजमा अनेकन घटना भइरहेको छ । देवी देउता, भुत प्रेत जस्ता अनेकौं विषयले अझै समाजमा मानिसहरुलाई आक्रान्त तुल्याइरहेको छ । कतिपय धामी झाक्रीले बिरामीलाई बिभिन्न जडीबुटी खुवाएर निको बनाएका पनि छन् । यसमा केही मात्रामा बैज्ञानिकता पनि जोडिएको कुरा नकार्न मिल्दैन ।
त्यही विश्वास र अन्धविश्वासका घटना अहिलेको एक्काइसौं शताब्दीमा पनि विभिन्न ठाउँमा फरक–फरक रूपमा देखिरहेको छ । अझ पनि हाम्रो समाजमा यी र यस्ता अन्धविश्वास तथा कुरितिहरूलाई मान्ने प्रवृत्ति छ । यस्तो प्रवृत्ति सहरमा भन्दा गाउँघर तिर बढि मात्रामा परम्परागत रुपमा लिएको पाइएको छ । कारण अशिक्षा, चेतनाको अभाव संगसंगै पूरानो संस्कृतिको निरन्तरताको विषय र धारणाले काम गराइरहेको अवस्था छ ।
अन्धविश्वासका कारण नेपालमा कयौं अपराधका घटना समेत भइरहेका छन् । कतै मारिएका छन् त कतै काटिएका छन् । हाम्रो समाजमा कंयौ महिलाहरु अन्धविश्वासका कारण हिंसाको शिकार भएका छन् । नेपालका विकट जिल्ला र गाउँहरु जहाँ अझै पनि शिक्षाको सहज पहुँचको अभाव छ, जनचेतनाको कमी छ, त्यस्तो पिछडिएको जिल्ला तथा मानिसहरु नै बोक्सीको आरोपमा कुटपिट तथा हिंसात्मक गतिविधि धामी झाक्री, बालविवाह, दाइजो प्रथा, छाउपडी प्रथा, बादी प्रथा, महिला हिंसा लगायतका सामाजिक अन्धविश्वास र विकृति छ ।
साँच्चै अन्धविश्वासले मानिसहरूलाई आधुनिक विज्ञान र प्रविधिमा भन्दा अलौकिक शक्तिमा निर्भर हुन सिकाएको छ । यसले हाम्रो समाजमा नराम्रो असर पारिरहेको छ । यदि समाजमा अन्धविश्वास जारी रह्यो भने यसले समाजको आधुनिकीकरण, विकास, परिवर्तन र समृद्धिको यात्रामा समेत बाधा पु¥याउने निश्चित छ । जसले विकासमा बाधा पु¥याउँछ र समाजको उन्नतिमा गतिरोध ल्याउँछ ।
जबसम्म हामीले अन्धविश्वासलाई उन्मूलन गर्न जनतामा चेतना जगाउन सक्दैनौं । तबसम्म हाम्रो समाज अन्धविश्वास, सामाजिक कुरिति, कुप्रथाबाट मुक्ति प्राप्त गर्दैन । त्यसैले, हामीले अन्धविश्वासको साटो वैज्ञानिक तथ्य, समयक्रमको विकास र गतिशीलतामा विश्वास गर्न सकियो भने अवश्य पनि शिक्षा, ज्ञान, चेतना र विवेकको ज्योतिले अन्धविश्वासको अस्तित्वलाई समाप्त पार्दै जानेछ ।