राम सुवेदी
समयले, सूचना र प्रविधिसँगै समाजलाई अघि बढाएकोे छ । आज समाजमा जो कोहीले आफ्नै घटना, त्यो सकरात्मक होस् वा नकरात्मक छिटो, छरितो, विश्वसनीय र भरपर्दो माध्यमबाट खोजी रहेको हुन्छ । सूचनाको प्राप्ती र आवश्यकताको तिर्खामा जनमानस छ । समाजको सूचनामा सत्य, तथ्य र विश्वसनीयता हाम्रा आमसञ्चार माध्यमहरुले दिनसक्नुु पर्दछ भन्ने गज्जवको सामुहिक र सामाजिक मान्यता पनि छ । जसका लागि सञ्चार माध्यममा विश्वसनीय पात्र छनौट गर्नु र उनीहरुबाट समाजलाई सूू–सुचित गर्ने कार्यको पछिल्लो चरणमा व्यापकता बढेको छ । नेपालको भूूगोलका हिसाबले पनि ग्रामीण क्षेत्र अधिक ओगटेका कारण त्यहाँको जनजीवनलाई सूूचित गर्ने पत्रकारिता, सामाजिक जागरण आवश्यक छ । तर स्थानीय स्तरबाट त्यहाँको आवाज मुखरित नहुनु ग्रामीण पत्रकारिताको जटिलता हुन सक्छ । पेसागत सुरक्षा र पत्रकारितामा पहँचका हिसाबलेसमेत चुनौती अवश्य छ ।
आमसञ्चार र ग्रामीण पत्रकारिता
पत्रकारिता अनुुभवले आफ्नो भोगाई बोल्ने मौका यस कुराबाट सुरु गर्न मन लाग्यो । ग्रामीण क्षेत्रमा पत्रकारिता कस्तो हुुँदो रहेछ भने, एकातिर पेसा आफैमा संवेदनशील, त्यसमाथि कम मान्छेको चासो र चिन्ता, त्यसमा पनि अलि संवेदनशीलतामा ख्याल राख्नैपर्ने, अझ अर्को समाजका चुनौतीमा खेल्नुपर्ने । यतिधेरै कुराहरु जोडिएको सवालमा अध्ययन चाहिने, मेहनेत हुनुपर्ने, लगाव उत्तिकै आवश्यक, सामाजिक रुपमा स्वीकार्यता भएको हुनुपर्ने, स्थलगत अवलोकन, भ्रमण, वस्तुस्थितिको टिपोट र त्यसको विश्लेषण, थप प्रतिक्रिया यस्ता विषय आफैमा जटिल र समस्याजन्य पेसामा पत्रकारिता छ । त्यसमा पनि गाउँबाट पत्रकारिता गर्नु र स्थापित हुनु आफैमा एक चुनौतीको सवाल छ ।
त्यत्ति मात्र होइन, हरेक ठाउँमा घुसेको राजनीतिले, गाउँ क्षेत्रबाट पत्रकारिता टिक्ने वा नटिक्नेमा अर्थ राखेको पाइन्छ । दलगत झुकाव, दलीय आस्थाका आधारमा बनाइएका मानसिकता र समाजका घटनालाई कसरी मिडियामा उतार्ने भन्ने सवाल, सानो ठाउँका लागि ठूलो सवाल हुने गर्दछ । पछिल्लो समय नेपाली आमसञ्चार, सञ्चारकर्मी र आम मिडिया जगतलाई चौथो अंग भन्ने गरिएपनि अर्थहीन परिभाषाको चपेटामा हाम्रा सञ्चार माध्यम, सञ्चारकर्मी अर्थात पेशागत रुपमा पत्रकाहरु शाव्दिकताको बहसमा छौं । सधै आलोचक भएको भन्ने आरोप लागेका आमसञ्चार र त्यसमा क्रियाशील पत्रकार अनी हामीले गरेको पत्रकारिता कर्म दोषको भकारी जस्तो छ । पत्रकारिता जीवनमा हामीले अध्ययन गरेको समाज, हाम्रो पत्रकारिता र पत्रकारको भूमिका व्यवहारमा त्यसको प्रयोग ग्रामीण क्षेत्रबाट हेर्दा नूनमा बालुवाको घुलन जस्तो चूूनौतिपूर्ण छ । हामीलाई समाजले ग्रहणगर्ने अवस्था, आस्थाको परिचय, उमेर परिपक्कताको परिचय, संस्थागत जिम्मेवारीको परिचय पहिलो स्थानमा छ । कर्म रकार्यको परिचय त्यसपछि छ । कारण, हामीले विद्यमानमा ग्रामीण पत्रकारितालाई विषयलाई बुझ्न र मनन गर्न सहज हुनेछ ।
पत्रकारिता र पत्रकारका चुनौती
पत्रकारितामा देखिएका केही सवालहरु यस्ता छन् । समाज परिवर्तनको कवजभित्र गज्जबको मजाक गुजमुज्ज थन्थनिएको छ । परिवर्तन भन्ने दृष्टिकोणबाट समाजलाई हेर्ने र काम, कर्मले बदल्न खाजेको त्यही समाजसँग आफै टक्कर गर्ने हाम्रो पेशाले आफैलाई सुुरक्षित राख्न नसकेको अवस्था छ । पत्रकारिता पेशाको धर्म समाजलाई सूचना लिनु र दिनुु त हो । तर समाजमा सधै सकरात्मक कुरामात्र हुँदैनन् । नकरात्मक कर्ममा त्यस समाजकै मान्छे संलग्न हुन्छन् । उनीहरुको कर्म जस्तो छ त्यस्तै बताउने काम पत्रकारको हो । त्यो ऐनाको काम गर्दा, आफ्नो अनुहार विग्रेको देख्ने समाजको त्यो पात्रले त्यही अनुहार देखाउने ऐना फोर्न तयार हुुन्छ । त्यसमा पनि राज्यले भन्दा चौथो अंग भन्छ, महोदय पुकारेर बोलाउँछ, अझ मैले देखेको उसको स्वार्थको प्रचारमा डुलाउँछ, घुमाउँछ तर समस्या आफै पैदा गरेको अवस्थामा आलोचनात्मक चेत बताउने अंग होला नी चौथो अंग भनेको, पछि फर्केर त्यही अंगको सल्यक्रिया गर्न राज्यका अरु अंगहरु अघि सर्दछन् । यसमा गाउँबाट पत्रकारिता गर्ने र थोरै पत्रकार भएका ठाउँहरुका उनीहरुलाई ति अंगहरुले आतंकित पारेका घटनाहरु समेत देखिन्छन् ।
हाम्रो पत्रकारितामा सिकाइको समस्या होला । समाजलाई जान्ने, बुुझाई को समस्या होला । आफ्नो सरल पहिचानको समस्या होला । पेसागत सुरक्षामा गतिलो आम सञ्चारमाध्यमको समस्या होला । कतिदिन यो पेसामा रहिन्छ, पेसाको भविष्यको समस्या होला । आफ्ना व्यक्तिगत चुनौती र सवालहरु एकातिर जटिल नै होलान् तर आजसम्म जो जसरी टिकेको छ वा पेसामा क्रियाशील छ उसलाई हेर्ने सही दृष्टिकोणको समेत समस्या उत्तिकै छ । तर मेरो अर्थमा कर्ममा क्रियाशील, सक्रिय, इमान्दार र झुुझारु सञ्चारकर्मीलाई हामी आफैले पनि त्यही सकरात्मक दृष्टिका साथ एक अर्काप्रतिको व्यवहारमा एकरुपता आवश्यक छ । यहाँ आफै बाजे, आफै बराजुु भन्ने जस्ता समस्या छन् । व्यवसाय र व्यवसायिकतामा भिन्नता पक्कै छ । तर त्यो आम समस्या हुँदाहुँदै पनि जो जस व्यवसायसँगै व्यवसायिकता गरेका छौं । हामी पनि आफ्नो मूल्य मान्यताको रक्षक पक्का हांै । यहाँ केही देखिए मानसिक समस्या पक्कै होलान् ।
अर्कोतिर मूलधारका सञ्चार माध्यमहरु जस्लाई भनिएको छ वा मोफसल भन्दा भिन्न सञ्चार गृहले ग्रामीण पत्रकारितालाई सिधै अवमूल्यन गरिरहेका हुन्छन् । उनीहरु संस्थागत रुपमै एउटा स्ट्रिङगर राख्न गाउँको बर्खिलापमा छन् । ग्रामीण क्षेत्रमा त्यही दुःख गरेर पत्रकारिता पेसामा रहेको पत्रकारको सदरमुकामबाट रिपोर्टर बनेर सहयोग चाहियो भन्ने बोली अधर्मी छ । यसले ग्रामीण पत्रकारितालाई टेवा दिंदैन । बरु ग्रामीण पत्रकारको पसिना र मर्म चुस्दछ । पत्रकारबीचको सहकार्यले पेसामा सहजता त देला तर पेसागत रुपमा अन्तरमन भने भाँचिदिन्छ । यसका कैयौं खराबीहरु हामीले भोगेका छौं । एउटा गाउँको कुना कन्दरामा घुमेर समाचार ल्याएको पत्रकारको कर्मले अर्को कोठाबाट गुुगल चहार्ने मूलधारको मिडियाकर्मीले उसको कर्म लुटेको तीतोपना हामीले चाखेका छौं ।
ग्रामीण समाजमा पत्रकारिता एक अवसर बुुझौं
यदि पत्रकारिता पेसा गर्ने हो, पेसामा क्रियाशील रहने हो र हाम्रो उपस्थितिको औचित्य पुष्टि छ कि, छैन भन्ने विषयमा आत्ममुल्याँकन गर्ने हो भने, समाजका दृष्टि बदल्ने हिम्मत हामीसँग हुनुुपर्दछ । आफुलाई समाजसँग तुलना गरौं । समाजले तपाई हामीलाई दया, मायाँ करुणा बाँडेको छ वा घृणाका पात्र परिभाषित गरिदिएको छ त्यो पनि बुुझौं । समाजमा हामी जे खाज्छौं, त्यही भेट्याउँछौं । राम्रो खोज्यौं राम्रो र नराम्रो खोज्यौं नराम्रो यही समाजबाट पाउँछौं । पात्रको प्रवृत्ति समेत हामी खोजकर्ताको अभ्यास, अभ्यासको निरन्तरता र निरन्तरताले अंगालेको अभ्यस्त मानसिकताले बोक्छ । सायद पत्रकारितामा मानसिकताले बालेको लेख्छौं, पढाउँछौं । समाजले समेत सकरात्मक भन्दा नकरात्मक सवालमा बढी रुची देखाएको भएर होला, हामीले लेख्ने र बोल्ने गरेको प्रवृति पत्रकारिताले समाजलाई सिकाएको पनि त्यही हो । आज जनमानसमा पत्रकार, पत्रकारिता भनेको नकरात्मक कुरा लेख्ने, बोल्ने पात्रहुन् र आमसञ्चार माध्यमहरु समाज सचेतनाको नाममा गलत कुरामात्र औंल्याउने र देखाउने थलोहुन भन्ने परिसकेको छ । अव त्यस्तो चूनौतिको पार लाग्ने गरि पत्रकारिता गर्नुपर्ने छ ।
मैले देखेको र बुुझेको सवाल, हाम्रो पत्रकारिता टिकाउ, बिकाउ र सिकाउको अवस्थामा छ । भन्नको अर्थ आमसञ्चारमा पस्केको सामाग्री कति बिक्छ, त्यो सामाग्री पस्कने पात्र ‘पत्रकार’ कतिसमय सञ्चारमाध्यममा टिक्छ र उसको कर्मबाट समाजले के सिक्छ भन्ने नै छ । हामी पत्रकार अरुलाई सिकाइराखेका हुन्छौं । आफ्नो कर्मबाट स्वयं आफै के सिक्छौं भन्ने पनि हो । समाजमा देखिने गलत प्रवृत्ति, विकृति विसंगति विरुद्धको आवाज भनेका छौं । त्यसो नभएर विसंगति निवारण अभ्यास भन्न जरुरी छ । कहिलेकाहीं समाजका हामी पत्रकार पात्रहरु समेत त्यहाँ हुन्छौं, भेटिन्छौं किनकि यही समाजका उत्पादन हौं । पत्रकारिता कर्म गर्दैमा दुधले नुहाएको अभिनय गर्नु, त्यस्तो पात्र हो भनेर हामीमा दम्भ प्रकट हुनु, अन्तरमनको भ्रम पनि हुनसक्छ । पत्रकारिताले समाचार लेखेर धारोसम्म पानी आउँदैन, कुप्रथा हट्दैन, विभेदको पूर्ण निरुपण हुँदैन, भ्रष्टचार, अनियमीतता घट्दैनन् तर अभ्यास हाउने चेतनाको लागि गर्ने हो । नियमनकारी नभएपनि निगरानीको प्रयत्न गर्ने हो तर कहिलेकाहीं हाम्रा कलमहरु विग्रह र विद्रोहका लिगमा उभिंदैगर्दा, आलोचनात्मक चेत सहितको खबरदारी गर्दै गर्दा, स्वयं पत्रकार र उसको पत्रकारितामा नीजी वा समुहगत स्वार्थका बाछिटाहरु देखिन्छन् । त्यसमा केही राजनैतिक चिन्तन, प्रवृत्ति र आशयहरु समेतको मिलावट हुन्छन् । त्यसकारण समाजलाई अर्थहिन बाटोका लागि यो पेशा आवश्यक होईन । पेशाले अधर्म गर्न सिकाएको पनि छैन । तर समाजबाट सिकेका सकरात्मक कसरा अघि सार्ने र नकरात्मक सवाललाई सही विश्लेषण गरि पस्कने क्षमता राख्यौं भने, भूगोल, ठाउँ विशेष र गाउँ भनेर पत्रकारिता ओझेलमा पर्दैन । क्षमतको विकास, सवालमा सही दृष्टि र कर्ममा सिर्जनशीलताले समाजर्लाइ फाइदा नै पु¥याउँछ ।