शुभेक्षा पन्त
मानवीय क्रियाकलाप, चालचलन र व्यवहारलाई सञ्चालन, नियन्त्रण र व्यवस्थित गर्न निर्माण गरिएका सिद्धान्त र नियमहरूको संगालो कानुन हो । समाजका क्रियाकलापलाई मर्यादित बनाउन लागू गरिएको आचारसंहिता कानुन हो । नागरिकका हक, अधिकार स्थापित गर्ने र सरकारलाई निरकुंश हुनबाट रोक्ने औजारको रुपमा कानुनले भूमिका खेलेको हुन्छ । प्राचीन कानुन धर्मशास्त्रमा आधारित थियो । अहिले पनि कानुनमा धर्म तथा प्रथा, परम्पराको प्रभाव परेको पाइन्छ ।
कानुन समाजमा शान्ति, सुव्यवस्था कायम गर्न राज्यका सर्वोच्च शक्तिद्वारा लागू गरिएका सबै प्रकारका नियम वा सिद्धान्तहरुको संगालो हो । समाजलाई सही दिशामा मार्गदर्शन गर्न कानुनको आवश्यकता पर्छ । कानुन बन्धन मात्र नभई शुभ कार्यमा लाग्न प्रेरित गर्ने र समाजमा अनुशासन कायम गर्न आवश्यक शिक्षा समेत हो । कानुन अन्तर्गत राज्यको मुल कानुनका रुपमा रहेको संविधान, ऐन, नियमावली, नियमहरु, विनियम पर्दछन् । समग्रमा मानिसको बाहिरी क्रियाकलापलाई नियन्त्रण गर्न राज्यद्धारा निर्माण गरी लागु गरिएका नियमहरुको संगालो नै कानुन हो । कानुन सबै नागरिकको लागि उत्तिकै आवश्यक विषय हो । कानुनको महत्व र आवश्यकता दिन प्रतिदिन बढ्दै छ । कानुनको अर्थ विधायिकाले बनाएको ऐनलाई मात्रै सम्झिनु हुँदैन ।
देवानी कानून भनेको सम्पति, पद, प्रतिष्ठा, हक अधिकार, अंशबण्डा, धर्मपुत्र, धर्मपुत्री इत्यादी सम्बन्धी कानून हो । देवानी मामिलामा हक, अधिकारको प्रश्न हुन्छ । देवानी मुद्दामा कसैले अअर्काको हक र अधिकारलाई हनन गरेकोमा अदालतबाट हकको सुरक्षा र अधिकार प्रचलन गराइन्छ । सबैजसो देवानी मुद्दामा वारेस राख्न पाइन्छ । देवानी मुद्दामा व्यक्तिको विवेक र प्रयास लागेको हुन्छ । देवानी कानून अन्र्तगत नै व्यक्तिको सम्पति तथा पद सम्बन्धी तथा हक बेहकको कुरा समावेश भएको हुन्छ । देवानी कानुनमा व्यक्तिगत, पारिवारिक, सम्पत्ति, करार जस्ता विषयहरु रहेका हुन्छन् । समाजमा एकरुपता कायम राख्नको लागि देवानी कानूनको आवश्यक रहेको हुन्छ । यसैका माध्यमबाट समाजमा सामाजिक, आर्थिक, राजनीतिक एंव सांस्कृतिक क्षेत्रको विकास हुन सहयोग पुग्दछ । देवानी कान२नले पारिवारिक विवाद, छरछिमेकमा हुने विवादहरु आदिलाई नियन्त्रण गर्दछ । देवानी कानून अन्तर्गतका विभिन्न विषयवस्तुहरुलाई व्यवस्थित गरेर नै समाजलाई पनि व्यवस्थित गरेर नै समाजलाई पनि व्यवस्थित उवं गतिशिल बनाउन सकिन्छ । देवानी कानूनको व्यवरिुथत निर्माण तथा प्रयोगले मात्र सभ्य एवं व्यवस्थित समाजको विकास हुन मद्दत गरेको हुन्छ । देवानी कानूनले अन्यायमा परेकालाई न्याय माग गर्न बाटो देखाउँदछ ।
नेपालको देवानी कानूनको इतिहास हेर्दा नोलमा धार्मिक कानूनी प्रणलीको प्रभाव रहेको पाइन्छ । नेपालको देवानी कानूनको इतिहास हेर्दा सर्वप्रथम प्राचिन कालमा गोपालवंंश, महिष्पाल वंंश, किराँत वंश र लिच्छवि वंशलाई लिइन्छ । गोपालवंश, महिष्पाल वंशको पालामा के कस्ता कानून थिए भन्ने स्पष्ट छैन । त्यसपछि किराँत कालमा किराँतको धार्मिक ग्रन्थ मुन्धुमबाट न्याय निसाफ गर्ने गरिन्थ्यो । यो समयमा दण्ड, सजायको पनि व्यवस्था गरिएको थियो । त्यसपछिको लिच्छवीकाल नेपालको इतिहासमा सुनौलो रहेको पाइन्छ । यस समयको कानून स्मृति, वेद, पुराणसँग सम्बन्धित रहेको छ । यस समय भूमि सम्बन्धी व्यवस्था पनि गरिएको थियो । मुन्धुम किराँतहरूको धर्मग्रन्थ पनि हो । खासगरी जन्म, मृत्यु, विवाह, सम्पत्ति आदि विषयमा नियमहरू बनाइएका हुन्थे । चोरी, डकैती, हत्या आदिलाई अपराध ठानिन्थ्यो । यस कालमा अन्तरजातिय विवाहले मान्यता पाएको थिया े। किराँतकालमा जनतालाई अन्तिम न्याय दिने निकाय राजा हुन्थे। राजाले कानुन बनाउने अधिकार निश्चित व्यक्तिलाई प्रत्यायोजित गर्न सक्थे । लिच्छवीकालमा प्रशासनिक व्यवस्था हेर्न भट्टाधिकरण, महाधिकरण र न्याय सम्बन्धी विषय हेर्नका लागि हेर्नका लागि पूर्वाधिकरण र पश्चिमाधिकरण जस्ता निकायहरू तोकिएका थिए । मल्लकालमा आँखाको बदला आँखा, ज्यानको बदला ज्यान, करणी सम्बन्धी अपराधलाई बढी प्राथमिकता साथ हेरिन्थ्यो ।
राजा राम शाहको पालामा ‘न्याय नपाए गोरखा जानु, बिद्या हराए काशी जानु’ भन्ने उक्ति प्रचलनमा थियो । रूख काटेमा ५ रुपैयाँ जरिवाना गरिन्थ्यो । चौतारिया भाइ भारदारहरूले ज्यान सम्बन्धी अपराध गरेमा मुडेर देश निकाला गर्ने गरिन्थ्यो । जातिय रूपमा एक तह मुनि झारिदिने व्यवस्था थियो । त्यसपछि आधुनिक काल सुरु भयो । जहाँ मल्ल राजा जयस्थित मल्लले मानव न्याय शास्त्रको स्थापना गरी सोही अनुसार न्याय दिने गर्दथे । पृथ्वी नारायण शाह र राम शाहले पनि आफ्नो समयमा कानूनमा धेरै सुधार गरेमा छन् । त्यसपछि देवानी कानूनलाई एकिकृत र संहितावद्ध गर्ने काम भने वि.सं १९१० मा जङ्ग बहादुरले गरेका हुन । उनी बेलायत घुमेर फर्किदा त्यहाँको नेपोलियन कोडबाट प्रभावित भई नेपालमा पनि कानून निर्माण गरेका हुन । त्यसपछि मुलुकी ऐन, २०२० आयो । त्यो बेला फौजदारी र देवानी कानूनको व्यवस्था एकै पुस्तकमा गरिएको छ । तर हालको मुलुकी देवानी संहिता, २०७४ मा मात्र देवानी कानूनको छुटै व्यवस्था गरिएको छ ।
लिखत कानूनको क्षेत्रमा होस् वा मानवीय कानून निर्माणको क्षेत्रमा होस् नेपाल एशियामा मात्र नभई विश्वमै अग्रपंक्तिमा उभिएको छ । देवानी मुद्दामा प्रतिउत्तर पत्र पेस नहुँदै वादीले तारिख गुजारेमा फिराद दावी डिस मिस हुन्छ । प्रतिउत्तर पत्र पेस भएपछि वादीले तारिख गुजारेमा प्रतिवादीले फिराद दाबी आंशिक वा पुरै स्वीकार गरेमा सो हदसम्म सोही बमोजिम फैसला र वाँकी मुख नमिलेको कुरामा डिसमिस हुन्छ । दुवै पक्षले जुनसुकै बखत तारिख गुजारेमा मुद्दा डिसमिस हुन्छ । देवानी कानुनको महत्व समाजमा शान्ति सुव्यवस्था कायम गर्नु, विकासको लागि उपयुक्त वातावरण सिर्जना गर्नु,जनताको हक हित एवम कर्तव्यको व्यवस्था गर्नु, समाजमा अपराधिक क्रियाकलापलाई नियन्त्रण गर्नु, सामाजिक न्याय प्राप्त गर्न सहयोग गर्नु, समाजका सदस्य बिचको सम्बन्ध सुमधुर बनाउन सहयोग गर्नु ,सामाजिक आवश्यकता पुरा गर्न सहयोग गर्नको लागि आवश्यक पर्छ ।