माओवादी केन्द्रलाई युवा नेता घिमिरेका सुझाव

राजिब घिमिरे

हिजो स्वार्थ वस र इर्स्या वस अराजनीतिक कारण पार्टी छोड्नेहरूको केन्द्रिकरण भन्दा पार्टी भित्रका र समाजका असल र योग्यको केन्द्रिकरण अनि उचित भूमिका प्रदान गरेर जनताको सेवामा समर्पित हुन सके मात्र ०६४ को माअोवादी बन्न सकिन्छ। प्रचण्ड र माओवादी पार्टीलाई प्रयोग गरेर केहि सिमित ब्यक्ति र परिवारले पालो गरि गरि पटकपटक श्रीमान श्रीमती नाता गोता स -परिवार माननीय मन्त्री राजनैतिक नियुक्ति मन्त्री जस्ता सेवा सुबिधा लाभका पद लिने नै प्रचण्ड र पार्टीलाई सत्तो सराप गर्दै बाहिरिने प्रचण्ड पार्टीको साथमा न हुने एक्लो जस्तो कमजोर स्थिती किन कुन कारणले पैदा भयो ? कति ब्यक्तिको सत्ता स्वार्थ पद लोभ मोह हो कति नेतृत्व पार्टी बिधि निति र विचारमा समस्या हो गम्भीर समिच्छा हुन जरुरी छ होइन भने भने एक थरीले पार्टी निष्ठा नेतृत्व बिचार प्रचण्ड जोगाइराख्नु पर्ने ! अर्का थरी नेता र प्रचण्ड प्रयोग गर्दै तर मार्ने प्रवृत्ति ले पार्टी बन्दैन !

 माओवादी युद्धमा त्याग बलिदान गर्ने हजारौं नेताकार्यकर्ता छन !पार्टी राजनीतिको केन्द्रीयसत्ता सेबा सुबिधा अबसरको ४०-५० परिवारका ब्यक्तिमा सिमित न गरौं ! सहिद घाइते बेपत्ता र पुरना इमानदार निषठावान नेताकार्यकर्ताको उचित ब्यबस्थापन (राजनीतिक साङठानिक आर्थिक पारीवारिक) मुल्यांकन जिम्मेवारी प्रदान गरौं हिजो पार्टीको भित्रको अन्तरसंघर्ष आधारमा पुर्बाग्रह त्यागौ क्षमता योग्यता कृयाशिल्ता अनुभव जेष्ठताका आधारमा सबैलाई अगाडि बडाउने विश्वास सहित नयाँ आधारमा पार्टी र आन्दोलनमा प्रतिबद्ध हौं ! भुइँतहमा कसले सङ्कट बेला पार्टी थाम्यो सरकारमा जादा वा पार्टीका जिम्मेवारी राजकीय सेवा सुबिधा अबसर भाई भतिज परिवार मात्र होइन एक पटक सबै नेता कार्यकर्ताले प्राप्त गर्ने ब्यबस्था गरौं जुन ठाँउमा जसको आबस्यकता क्षमता छ उसलाई त्यहीँ जिम्मेवारी दिउँ कुनै पनि निर्णय गर्दा सामुहिक सस्थागत बिधिसम्बत गरौं ।

आज बाग्लुङमा नेता मात्र धेरै हुने पार्टी निर्माण र कार्यकर्ता ब्यबस्थापनमा आफ्ना र आफन्त हेर्ने गलत स्वार्थी प्रबृत्ति अन्त्य गर्ने प्रण गरौं सन्तुलित पुर्बाधार बिकास नेतृत्व निर्माणमा जोड दिउँ समग्र नेताकार्यकर्ताको असहज अफ्ट्यारो जटिल ब्यबहारिक जिबनका अबस्थामा भबिस्य तथा आधारस्तम्भ बनेर अभिभाबकिय भुमिका र दायित्व बोध र जिम्मेवारी पुरा गरौं संकटका बेला भाग्ने वा जिम्मेवारीबाट पन्छिने गलत प्रवृत्ति अन्त्य गरौं !

राजनीतिक सत्ताको चलखेल दाउपेच बाट होइन स्पष्ट सुबिचारित राजनीतिक सिद्धान्त पार्टी संगठन र नैतिकवान नेतृत्वको दृढ संकल्प बिस्वास अनुसासित सस्कारयुक्त बिधि पद्धति सहितको राजनीतिक नेतृत्वले पार्टीलाई गतिशिल क्रान्तिकारी र परिस्थितिलाई आफ्नो( काबु) पहल/ नियन्त्रणमा राखी परिवर्तन सम्भब बनाइरहन्छ भन्ने मुख्य महत्वपूर्ण विषयलाई आत्मसात गरौं ! आज पार्टी र नेतृत्वका अगाडि आफ्नो राजनीतिक उद्देश्य /लक्ष्य र अडानमा सिङ्गो देशलाई एकताबद्ध गर्ने, डोर्याउने सफल निर्णायक नेतृत्व क्षमताले युगान्तकारी परिवर्तन प्राप्त उपलब्धि र बिजय हासिल गरेको बिगतको गर्बिलो ईतिहास किन कमजोर निरीह क्षीण निरुपाय र अर्काको भरपर्नु पर्ने पुच्छरबादको स्थितले पार्टी नेतृत्वको रक्षा अस्तित्व औचित्य माथी नै किन गम्भीर प्रश्न एबम आसङ्का उठने अबस्था पैदा कसरी किन भयो ?यि याबत विषयको यथोचित बस्तुनिष्ठ राजनीतिक जबाफ बिना स्वतन्त्र निर्णायक ,सक्रिय , पहल र क्षमताको गरिमामय माओवादी प्रचण्ड परम्परा जोगाइराखने मात्र होइन आगामी राजनीतिक भबिष्य सुनिस्चित गर्ने कुरामा समेत गहिरो सङ्कट र भुमरीमा फस्ने खतरा छ ! बिचार राजनिती नेतृत्वमा नयाँ बिकास सबै बाम्पन्थी रजनैतिक दल्हरु संग नयाँ आधारमा एकता सहकार्य ध्रुवीकरण सहित कमिकमजोरि समस्याको विषयमा हैसियत जिम्मेवारी अनुसार हामी सबैले आत्मसमिच्छा गरौं ।

फोटो पोस्ट र स्टाटसले होइन व्यबहार र कामकारबाहीले बिश्वास जितौ कर्मचारी ब्यापारी ठेकेदार पनि नेता पार्टी लाई चाहिन्छ !नेताले नै यिनको दबाब र प्रभावका कारण आफ्नो राजनीतिक चरित्र आचरण स्वतन्त्र स्वत नै गुमाउने गरि प्रश्न उठाउने भड्किलो कार्यशैली जनता पार्टी र कार्यकर्ता बीच अबिस्वास आशङ्का पैदा गर्ने मुख्य अन्तरबिरोधी विषयलाई सके सम्म हल गर्ने प्रयत्न गरौं ! 

माओवादीको विकल्प माओवादी नै हो भन्ने कुरालाई राम्रो संग स्थापित गरौं माओवादीहरु यस कारण अन्य पार्टी एमाले काङ्ग्रेस भन्दा फरक अलग राम्रा असल छन भन्ने कुरा आम जनताले अनुभुती हुनेगरी व्यबहारमा अनुबाद गरौं !साथै सरल सहज जिबनशैली दुख सुखका सहयात्री हुन भन्ने कुरालाई दरो गरि समातौ! राजनीतिक पार्टी जिबनमा असल ईमानदार कर्याकर्ताको बिशाल पङ्ति आफ्नो बर्ग धरातलको संगठन नै महत्त्वपूर्ण निर्णायक हुन भन्ने कुरालाई आत्मसात् / आत्मबोध गरौं यसैको जगमा उज्ज्वल सुन्दर भबिष्यको स्वर्णिम लाल क्षितिज झल्किन्छ ! सबैलाई चेतना भया !

–घिमिरे नेकपा माओवादी केन्द्र बागलुङका पूर्व पार्टी जिल्ला सचिव, प्रदेश कमिटी सदस्य हुनुहुन्छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *