सरोजराज पन्त
देश कोरोना भाइरसको संक्रमणले गर्दा र्दैनिक जनजीवन कष्टकर भएको छ । यसले जीवनका हरेक क्षणमा निरन्तर प्रभाव पु¥याएको छ । सरकार भने बेसार पानी खानु, हाच्छिँयू साच्छिँयू गर्नु कोरोना ठीक भै हाल्छ । हामी बलिया मानिसहरुले त्यसै पचाउँछौँ भन्ने उक्ति दियो र त्यसैलाई सबैभन्दा राम्रो जुक्ति ठानेर कोरोना केही होइन भन्ने सिकाइयो । दक्षिणी छिमेकी राष्ट्रमा दोश्रो पटक कोरोना व्यापक फैलिँदा नेपालमा आउने र दुःख पाउन सकिन्छ भन्ने बिषयमा सोच्नुभन्दा आफ्नो कुर्सी जोगाउने विषय प्राथमिकतामा प¥यो । अघिल्लो बर्ष जस्तो यस बर्षमा होल्डिङ् सेन्टर, स्वास्थ्यजाँच, आइसोलेन, क्वारेन्टाइन आदि तयारी गर्न र स्थानीय सरकार, प्रदेश सरकार र केन्द्रीय सरकारवीच समन्वय जिम्मेवारीमा यो विषय पर्न सकेन ।
रोजिरोटीको लागि छिमेकमा पसिना बगाएरका मानिसहरु आउन थालेपछि कोभिडको दोश्रो लहरले जनजीवन आक्रान्त हुँदा एउटै पार्टीका झगडा, अन्य पार्टिको पछि लाग्ने र संसद विघठन गरी उनीविरुद्ध जाग्ने राजनीतिमा सबै समय खर्चियो । भाइरस विज्ञका रुपमा भाइरस बोसिय फयाटिय हो तातोपानीले धोएपछि चट् हुन्छ, कोरोना रुघाखोकी जस्तै हो तातोपानीले ठिक हुन्छ, भाइरस नाकमा आए पुछेर फाल्नुपर्छ, घाँटीमा पुग्यो भने खाकखुक गरेर फाल्नपर्छ भनेर सुल्झाइयो । स्वास्थ्य जटिलताले मरेका मान्छेलाई कोभिडले मरेको भनिएको छ, कोभिडले मानिस मरेका छैनन । हाम्रो प्रतिरोधी क्षमता बढि छ, नेपालको हावापानी राम्रो, हाम्रो खानाले प्रतिरोधी क्षमता बलियो बनाउँछ, कारोना भाइरसले हामीलाई केही गर्न सक्दैन भनेर ठुक्क पारियो । तर अहिले छिमेकमा महामारीले उग्ररुप लिँदा र स्वदेशमा तयारीको लागि प्रशस्त मौका हुँदा कोभिड यस रुपमा बढ्ला भन्ने लागेकै थिएन भन्ने विचार आयो । सरकारको यस्तो बिचार भए पछि आइसोलेसन, क्वारेन्टाइनका काम हुनै भएन ।
दोश्रो लहरको संक्रमण फैलिएर भयावह स्थिति आएपछि र कोभिडले बिरामीहरुलाई अत्यधिक गालेर दौडादौड सुरु भयो तद्यापि सरकारको ध्यान केन्द्रित भएन । सत्ता जोगाउने वा सत्ता फाल्नको लागि बालुवाटारदेखि शीतलनिवाससम्मका गुट उपगुटका बैठक, पार्टीका भागबण्डा र कसले –कसलाई सिध्याउने भन्नेमैं सीमित भयो । राजनीति र कोभिड़भन्दा ठूलो महत्व कुर्सी तानातानले पायो । सर्वहारा वर्गको सरकार जनहितका काममा भन्दा गुट उपगुटका कुरा, पदका कुरा, सत्ता, स्वार्थका कुरा, तेरो र मेरो मान्छे भन्ने कुरा, कसरी कुर्शी जोगाउने खेलमा पुरा समय खर्चियो । सरकारलाई जनताको चिन्ता भन्दा पार्टी कसरी फुटाउने, कुर्सी कसरी बचाउने, पद कसरी जोगाउने, आफ्ना मान्छेलाई ठेक्का कसरी मिलाउने, आफ्ना मानिसलाई कसरी उच्च ओहोदामा पु¥याउने, भ्रष्टाचारमा मुछिएका आफना मानिसलाई कसरी उन्मुक्ति दिने, चुनाव हारेका आफ्ना मानिसलाई कसरी नेतृत्व पु¥याउने बिषय मात्र सरकार र दलहरुका प्राथमिकतामा परे । कोरोनाको उपचार कसरी गर्ने, खोप ल्याउने, राहतका कार्यक्रम ल्याउने बिषय कहिल्यै चर्चामा आएनन । आफुलाई समस्या परेमामात्र माइतिघरमा जनतासँग आउने अन्यथा राज्यकोषको दोहन गर्न, कुर्सी पाएसम्म जनता नचाइने ठानियो ।
आम जनताको जीवनमरणको सवाल आउँदा एक शव्द नबोल्ने, दुला पस्ने, कतै दयामायाको हात नउठने तर सरकारमा जान र आफू अघाउन नपाउदा जनता चाहिनुले राजनीति आफु माथिजाने भ¥याङ बाहेक अरु केही होइन भन्ने स्पष्ट हुन्छ । यसैगरी पटक पटक संसदसँग डराएर संसद बिघठन गर्ने अनि फेरि त्यही संसदमा जना किन चुनावमा जाने । जनतामरेको टुलुटुलु हेर्ने अनि बेमौसमी बाजा बजाउदै जनतामा आउनु कस्तो विडम्वना ।
दोश्रो लहर सुरु भएर बिदेशमा समस्या हुने भएपछि अन्तर्राष्ट्रिय बिदेशबाट स्वदेश छिर्नेहरुको लर्को लाग्यो तर स्वास्थ्य परीक्षणको झझट बेहोर्नुभन्दा सुरुसुरु जान दिइयो । बिदेशबाट आएका व्यक्तिहरु पनि संक्रमण बोकेरै शहर देखि गाउँघरसम्म सहजरुपमा आवज जावत गर्न पाए र अरुलाई संक्रमित बनाए ।
धार्मिक रुपमा पनि गत बर्षको अन्त्यमा शुक्रअन्ध भएर रोकिएका, विवाह, वर्तबन्ध, चौरासी पूजा लगायत जात्रा, नवबर्ष, चैते दशै जस्ता पर्वहरु, कुल पूजा खुलेआम भए । जताततै भिडभाड भयो तर सम्बन्धित सरोकारवालाको समयमा ध्यान गएन । मानिसहरु विरामी भए अस्पतालमा बेड भरिभराउ भए देशैभरि बल्ल लकडाउनको चर्चा भयो । मनिसहरुलाई जतिसक्दो छिटो आफ्नो क्षेत्रमा पुग्न हतार भयो, विना परीक्षण सबारी साधन मार्फत पठाउन र जानमा प्रतिस्पर्धा भयो । बिना स्वास्थ्यजाँच गाउँगाँउमा जानाले कोरोना शहरमामात्र सिमीत भएन सहज रुपमा गाउँगाँउमा पुग्यो । यसरी कसले महामारी गाउँमा ल्यायो, सा¥यो, को कहाँबाट आयो, कहाँ गयो, को कोसँग घुलमिल भयो आदि कन्ट्याक्ट ट्रेसिङको अध्ययन गर्ने कार्यलाई आवश्यकता ठानिएन र देखिएन पनि किनकि विना रोकावट गाउँ पस्न पाएपछि पहिला समस्या हुन्छ भन्ने सोच कसैको भएन नत सरकारहरुनै सजग बने ।
दिनहुँ समस्या थपिए सरकारी अस्पताल निजी अस्पताल सबैतिरका अस्पतालहरुमा बेड नपाएर मानिसहरुको बिजोग र बिचल्ली हुँदै गयो । सरकारले अस्पतालहरुमा चाहिए जति बेड उपलब्ध छ भन्ने दावी गर्दछ तर अस्पताल जाँदा बेड खाली हुदैैन । जीवन मरणको सवाल छ बिरामीहरुले अस्पतालमा आइ सि यू, भेन्टिलेटर पाउन त कहाँ हो कहाँ बेड नपाएर खालि ठाउँ, बेन्च, मेच, स्टुल, कुरुवा बस्ने ठाउँ, बाहिरको पेटि, विश्रामस्थल, सिँढी, बरन्डा, ग्यारेज, पार्किङ आदि सबै ठाउँमा बसेर पनि उपचारको अपेक्षा गरिरहे तर अक्सिजनको अभावले गर्दा कैयौ बिरामीले अकालमा ज्यान गुमाउनु परिरहेको छ भने सरकारले अक्सिजनको कोटा प्रणाली लागु गरेपछि आएको भयावह स्थिति पछि बिरामी र आफन्तहरुले झन् दुःख पाए । बिरामी अस्पताल भर्ना हुन आफै अक्सिजन लिएर जान पर्ने अवस्था आए पछि सरकारले तत्काल अक्सिजनल्पान्ट राख्न अस्पतालहरुलाई कडा निर्देशन दिएको भएतापनि सबै स्थानमा सम्भव भएको देखिदैन । अर्को तिर अस्पतालहरुमा सामान्य बेड वा कतै छेउछाउमा टुसुक्क बसेर उपचार गराउन विवश बिमारीहरुलाई जटिल अबस्थाको मौका छोपेर कतिपय अस्पतालहरुले मनपरि रकम असुलेको अवस्था छ । यस्तो जटिल अवस्थामा मित्रराष्ट्रहरुबाट खोप र अन्य आवश्यक सामग्रीहरु जुटाउनु भन्दा कमिसनमा रमाउनु, कमिसनमा कुरा नमिले पछि प्रक्रिया अघि नबढाउनु अति लज्जास्पद विषय बनेको छ ।
सरकारले कोरोना नियन्त्रणको सबैभन्दा सजिलो उपाय लकडाउनलाई ठान्यो तर लकडाउन गरेको तीन हप्तासम्म कोरोनाबाट बिरामी र मृत्यु हुने सख्या नियन्त्रणमा आउँन सकेको छैन । समुदायमा फैलिसकेको यो रोग बिभिन्न कारणले फैलने र जोखिमहरु हुने गरेको छ । यद्यपि पहिलो लहरमा गरिएको जनस्वाथ्य क्रियाकलापहरु प्नि अहिले अबलम्बन गर्न सकेको अवस्था छैन । भारत लगायतका देशहरुमा रोग फैलिएर नेपाल फर्केपछि उनीहरुलाई परीक्षण, कन्ट्याक्ट ट्रेसिङ गर्ने र बिरामीको पहिचान गरी आइसोलेसन अथवा क्वारेन्टिनमा राख्ने, रोग उपचार र नियन्त्रण गर्ने विधिहरु अबलम्वन गर्ने, समुदायहरुमा भित्रिन नदिन र रोकथाम तथा नियन्त्रण कार्यक्रम प्रभावकारी काम हुन सकेन, स्थानीय सरकारले बिगतमा जस्तो रोकथाम र नियन्त्रणको काम गर्न सकेन, जनमानसमा कोभिड गयो भन्ने आभाष हुनु, मास्क लगाउन छाडनु, भीडभाडमा जाने, काम गर्ने गरी रहनु, सरकारका निकायहरुले नियन्त्रणको लागि गम्भिर भएर कार्यक्रमहरु नर्गनु, सरकारी निकायहरुले भिडभाड गरी बैठकहरु सन्चालन गर्नु, संक्रमितहरुलाई होम आइसोलेसन राख्नु जसबाट सहज रुपमा सबै घर परिवारलाई सर्नु, आवश्यक जनस्वास्थ्यका धेरैजसो मापदण्डहरु परीक्षण गरेर आइसोलेसन वा क्वारेन्टाइनमा नबस्नु, स्थानीय सरकारले रोकथाम र नियन्त्रणका लागि परीक्षण, कन्ट्याक्ट ट्रेसिङ र समयमा उपचारको लागि काम गर्न नसक्नु, विभिन्न तहका सरकारहरु बीच आवश्यक समन्वय नहुनु, सरकारको स्पष्ट निर्देशन, निर्देशिका तथा परिपत्र जारी नहुनु, रोकथाम तथा नियन्त्रण गर्ने विधि, व्यवस्थापन लगायतका स्रोत,साधन, जनशतिm, सामग्रीहरुको व्यवस्थापन गर्नु नसक्नु, बिरामीको चाप र अस्पतालको क्षमता तथा सामग्रीहरूको मागबमोजिम आपूर्ति हुन नसक्नु आदि रहेका छन ।
अहिले स्वास्थ्य प्रणालीलाई चुस्त बनाएर संक्रमण दर र क्षति न्युन गर्न सबै वल लगाउन तथा हैदसम्म सेवा प्रवाह गर्नु पर्नेमा सरकार, राजनीतिक नेतृत्व अहिले गलत क्रियाकलापमा लाग्नुले महामारीको प्रभाव थप भयावह बनाउँने देखिन्छ । सर्वसाधारणहरुले उपचारका लागि बेड नपाउनु, अक्सिजन, आइसियू, भेन्टिलेटर लगायतका सेवामा सोर्स फोर्स हुनु उपलब्ध सेवा प्रवाहमा राजनीतिकरण हुनु दुखद बिषय हो । सरकारले कोरोना नियन्त्रणको सबैभन्दा सजिलो उपाय लकडाउनलाई ठान्यो तर लकडाउन गरेको तीन हप्तासम्म कोरोनाबाट बिरामी र मृत्यु हुने सख्या नियन्त्रणमा आउँन नसक्नु चिन्ताको बिषय हो । त्यसैले यो जोखिम कमगर्न अब स्थानीय सरकारले समुदायमा आधारित सबै जनताको कन्ट्याक्ट ट्रेसिङको अध्ययन गर्ने, क्वारेनटाइन र आइसोलेसन कक्षको बिस्तार गर्ने, बिरामी परेकालाई आइसोलेट गरी परीक्षणको व्यबस्था गर्ने, सिकिस्त बिरामी भएकालाई सहज रुपमा अस्पतालमा लैजान एम्बुलेन्सको व्यवस्था गर्ने, स्थानीय अस्पतालसँग समन्वय गरी शैया, जनशतिm व्यवस्था गर्ने, सामुदायिक सूचना प्रणालीको विकास र यसको प्रभावकारी कार्यान्वय गर्ने, आकस्मिक तथा आपतकालीन समस्याका लागि उच्च सर्तकता अपनाउने भएमा तुरुन्त अस्पताल लग्न एम्बुलेन्स व्यवस्था गर्ने, समुदायहरुमा जनस्वास्थ्यका चेतना जगाउने, आर्थिक सहयोगको अपिल गरी आकस्मिक कोष स्थापना गर्ने, घर घरमा सम्पर्कमा राख्ने र आवश्यक परामर्श दिने व्यवस्था गर्ने, रोकथाम तथा नियन्त्रण गर्ने विधि, व्यवस्थापन लगायतका स्रोत,साधन, जनशतिm, सामग्रीहरुको व्यवस्थापन गर्ने, बिरामीको चाप र अस्पतालको क्षमता तथा सामग्रीहरूको मागबमोजिम आपूर्ति हुने व्यबस्था मिलाउने, स्थानीय स्तरमा हुने विवाह, बर्तबन्ध, भोज भतेर, पूजा, भेलामा कडाई गर्ने, स्थानीय निकायमा सबैलाई पुग्नेगरी भ्याक्सिन ल्याउन पहल गर्न जरुरी छ ।
अहिले कुनैकुनै स्थानीय सरकारहरुले यी नियन्त्रणका उयायहरु अबलम्बन गरेकाले केही सफल भएको पाइन्छ । त्यसैले यस्तो कार्यक्रमहरु समुचित ढङ्गले सबै स्थानीय सरकारहरुले र समुदायहरुले गर्नु सकेमा अहिले भएको जटिल समस्या कम हुने छ । सबै मानिसहरुले जनस्वास्थ्यका मापदण्डहरु हुबहु व्यवहारमा उतारेर आफू बच्ने र अरुलाई बचाउने कार्यमा लाग्न तथा स्थानीय सरकारहरूले सबै तहका सरकारहरुसँग समन्वय गरेर आफनो पालिकामा भएको जटिलताको विश्लेषण गरी समयमा योजना बनाई पूर्ण रुपमा कार्यान्वयन गर्न सकेमा मानवीय क्षति कमगर्न सकिने छ ।