सरोजराज पन्त
मुक्तिनाथ क्षेत्रबाट बग्दै आएको धार्मिक तीर्थाटन प्रसिद्ध कृष्णगण्डकी (कालीगण्डकी) र मोदी नदीको संगम स्थल पर्वत जिल्ला शास्त्रीय प्रमाणको आधारमा जगतमाता पार्वतीको जन्म स्थान, हालको पातीचौरलाई पार्वतीचोक र पातीखोलालाई पार्वती गङ्गाको नामले परिचत, प्रशस्त कुस तथा फलपूmल पाइने स्थान भएको हुनाले माता पार्वती मोदी र कृष्णाको संगममा स्नान गरी कुशुमपुरबाट फलपूmल टिप्ने गरेको र गुप्तेश्वर गुफामा तपश्या गर्नुभएको वखतमा शिवजीले वरदान दिएको जिल्लाको रुपमा पर्वत जिल्ला प्रख्यात छ । संघीय संरचना अनुरुप दुईवटा नगरपालिका र पाँचवटा गाउँपालिका, एकसट्ठीवटा वडा संख्या रहेको यस जिल्लामा ब्रह्माण, क्षेत्री, घर्ती, मगर, गुरुङ, थकाली, नेवार, मुस्लिम, ठकुरी, कामी, दमाइ, सार्की, सन्यासी, कुमाल, माझी, भुजेल आदि जात जातिहरुको बसोबास रहेको छ ।
यस जिल्लामा कृषिका लागि ठूलो सम्भावना बोकेकोले यहाँ विभिन्न प्रकारका अन्नवाली तथा फलपूmल र तरकारीहरु उत्पादन हुने गरेका छन जसमा सुन्तला, लप्सी, कफी, आलु, मकै, धान आदिको लागि पकेट क्षेत्रको रुपमा पर्वत अगाडि रहेको छ । सुन्तलाको लागि शालिजा, पैंयु, बाच्छा, बिहादी, मल्लाज, महाशिला आदि, आलुको लागि महाशिला, शालिजा, मोदी, फोर्से, बनौं आदि प्रसिद्घ छन् भने तरकारीको लागि ज्ञादी, जलजला, कफीको लागि पकुवा, कटुवाचौपारी, धानको लागि भुषालचौर फलेवास, पाङ, पैंयु, बिहादी, ज्ञादी, बाच्छा, मकैको लागि कु.न.पा.११ आदि स्थानहरु प्रसिद्घ रहेका छन् । यस्तै साल, चिलाउने, कटुस, उत्तिस, कुरिलो, काउलो, अल्लो (चाल्ने सिस्नो), लोक्ता (सेतो वरुवा) देखि नागवेली, पाखनवेद, सतुवा, सुगन्धवाल, टिमुर, चिराइतो, लोठसल्ला आदिका लागि पर्वत प्रख्यात रहेको छ ।
गण्डकी प्रदेश अन्तर्गत पर्वत जिल्ला जलजला गाउँपालिका–८ (फोर्से) नाङलीवाङमा विगत केही वर्ष देखि तरकारी खेतीलाई ब्यवसायिक रुपमा सुरुवात गरेको पाइन्छ । पर्वत जिल्ला साविक नाङलीवाङ गाउँ विकास समिति हाल जलजला गाउँपालिका–८ भएको छ । जलजला गाउँपालिका–८ मा पर्ने फोर्से समुन्द्री सतहबाट ५२० मीटर देखि ३३०० मीटर.उचाइमा रहेको यस गाउँपालिका–८ को कुल क्षेत्रफल ८२.२६ वर्ग कि.मी.रहेको छ भने एक्काइस हजार चारसय चौवन्न जनसङ्ख्या रहेको छ । यस जलजला गाउँपालिका–८ फोर्सेमा समथर तथा भिरालो भू–भाग भएको र सिंचाइको सुविधा भएकाले यहाँका कृषकहरुले धान, गहुँ, मकै खेती लगायत विभिन्न मौसमी–बेमौसमी तरकारी खेती गर्दै आएका छन् । यहाँका मानिस ब्यवसायिक तरकारी खेती गरेर आफ्नो आय आर्जन बढाउन सफल भएका छन् । यहाँ बाह्रै महिना तरकारी खेती गरिने हुँदा कृषकहरु सँधै व्यस्त हुने गर्दछन् । मौसम अनुसारको तरकारी खेती गरेर आफ्नो दैनिक जीवनस्तरलाई उकास्न र सुविधाजनक तुल्याउन यहाँका कृषकलाई कृषिजन्य तरकारी खेतीले सहयोग गरेको पाइन्छ ।
जलजला–८ फोर्सेका कृषकहरुले ब्यवसायिक तरकारी खेतीका अलावा परम्परागत र आधुनिक रुपमा पशुपालन गाई, भैँसी, बाख्रा, कुखुरा, हाँस, परेवा, टर्कि आदि घरपालुवा जनावरहरु पाल्दै आएका छन् । यस ब्यवसायबाट गाई, भैंसीबाट आवश्यक पर्ने दुध–दुधजन्य पदार्थ घ्यू, मही, र बाख्रा, कुखुरा, हाँस आदिबाट मासु प्राप्त भइरहेको छ । पशु–पंक्षी विक्रीबाट अतिरिक्त आम्दानी हुनुको साथै तरकारी खेतीको लागि चाहिने प्राङ्गारिक (कम्पोष्ट) मलमा सहज भएको छ । कृषकहरु मिलेर दुध तथा अण्डा ब्यवसायको लागि फर्महरु सञ्चालनमा ल्याएको र दुध ब्यवसाय सञ्चालनको लागि जमिन तथा घाँसको लागि जग्गा भाडामा लिएर पशुपालन ब्यवसाय गर्दै आएको पाइन्छ ।
तरकारी खेतीमा यस क्षेत्रमा विशेषगरी काउली, बन्दा, टमाटर, गाजर, मुला, सिमी, काँक्रो, घिरौँला, लौका, जुकेनी, ब्रोकाउली, भण्टा, पालुङ्गो, रायो साग,आलु, खुर्सानीे आदि तरकारी उत्पादनका साथै हरिया सागपातहरु लगाउने गरेको पाइन्छ । यस ठाउँमा तरकारी उत्पादन गर्ने किसानहरुले तरकारी बिक्रिको लागि सहज रहेको छ । किनकि यहाँ यातायातको सुविधा भएकोलेगर्दा तरकारी खरिदगर्ने ब्यापारीहरु घरघरमै आउने गरेको र कहिले–कहीँ नजिकैको बजारमा लैजानको लागि आपैmले बोकेर ढुवानी गरेको पाइन्छ । यहाँको उत्पादित तरकारी म्याग्दीको वेनी, पर्वतको कुश्मा, पर्वत, मुस्ताङ, कास्कीको पोखरासम्म जाने गरेकाले यहाँका कृषकहरुले अभैm पनि ब्यापारी केन्द्रमा तरकारीको माग पूरा गर्न नसकेको अवस्था रहेको छ । ताजा तरकारीको अभाव बेलाबेलामा देखिने गरेकोले यस्तो अभावलाई पूरागर्नको लागि तराई र छिमेकी मूलुकबाट आयात गर्नु पर्ने अवस्था रहेको छ । ताजा तरककारीको खपतलाई पूरा गर्नको लागि तरकारी खेतीको विकास र विस्तार गर्नु आवश्यक छ । तरकारी खेतीलाई ब्यवसायिकरण गर्दैजानुले ग्रामिणक्षेत्रको बेरोजगारीमा कमी आउनुका साथै आर्थिक स्थितिमा सुधार ल्याउने र आर्थिक वृद्धिदर बढ्ने देखिन्छ ।
त्यसैगरी तरकारीको मूल्यमा माग र आपूर्तीले प्रभाव पारेको हुन्छ । तरकारीको उत्पादन भर्खर बजारमा पु¥याउन सुरुभएको अवस्थामा बजारमूल्य बढी हुने गर्दछ । जब लगाएको तरकारीबालीले बढी उत्पादन दिन थाल्दछ र बजारमा पनि तरकारीको आपूर्ती बढी हुन भएकोले त्यस समयमा तरकारीको मूल्य घट्नेगरेको किसानहरुले बताएका छन् । जिल्लामा उत्पादित कृषि उत्पादनको बजार ब्यवस्थापनको लागि जिल्ला कृषि विकास कार्यालय (शिवालय), ताजा तरकारी उत्पादन ब्यवस्थापन कृषक समूह फोर्से, बीउ–बिजन प्रबद्र्धन आयोजना स्थानिय विकास कोषको सहयोगमा नाङ्लिवाङ–९ फोर्सेमा सङ्कलन केन्द्र स्थापना गरी कृषि उपजको बजार प्रबद्र्धन गरिरहेको छ ।
ब्यवसायिक तरकारी खेती सुरुगर्नु भन्दा पहिला यहाँका कृषकहरुले खान, लगाउन गाह्रो परेको बताए । त्यसबेला घरको अन्नबालीले खान नपुगेको अवस्थामा ऋण खोजेर घर ब्यबहार चलाउने गरेकोमा अहिले तरकारी खेतीगर्न थालेपछि घर ब्यबहार चलाउन सहजभएको र यहाँका कृषकहरुको जीवन पद्दतिमा नै परिवर्तन आएको र पहिले जस्तै ऋणलिनु पर्ने अवस्था हटेर गएको छ । घरायसीखर्चहरु जस्तै खानपान, शिक्षा, स्वास्थ्य, चाडपर्व, लत्ताकपडा आदिक्षेत्रमा खर्चगरी तरकारी खेतीले अहिले नगद रुपमा मनग्य आम्दानी गरेको हुँदा घर खर्च चलाउनको साथै विभिन्न क्षेत्रमा लगानी गरेर बढी भएको पैसालाई सहकारीमा बचतगरेको र ब्यवसायिहरुले छोरा–छोरीलाई शिक्षा प्राप्तगर्न प्रोत्साहन गरेको देखिन्छ । आफूले धेरै लेखपढ गर्न नपाएपनि छोरा–छोरीलाई राम्रो शिक्षा दिनुपर्छ भन्ने सोंच तथा चिन्तनको विकास भएको छ । मानिसमा चेतनाको विकाससँगै स्वास्थ्य सम्बन्धि चेतना, सरसफाइ, पोषणयुक्त खानाको महत्व बुझ्दैगएको, शौचालयको उपलब्धतासँगै स्वास्थ्य समस्या पर्दा धामी–झाँक्रिको सट्टामा स्वास्थ्य चौकी, क्लिनिक, अस्पतालमा जनस्वास्थ्य कर्मीकोमा जाने प्रवृत्तिको विकास भएको छ । अहिले महिला र पुरुषलाई हेर्ने दृष्टिकोणमा फरक भएको छ । शिक्षित समाजमा परम्परागत सोंचाइमा परिवर्तन आइरहेको अध्ययनक्षेत्रका कृषकहरुमा महिलामा आएको आत्मनिर्भरताले गर्दा समाजमा आर्थिक कृयाकलापमा महिलाहरु सक्रिय बनेका छन । तरकारी खेतीलेगर्दा बजार तथा अन्य बाहृय क्षेत्रमा आवत जावतगर्ने प्रबृति बढ्दै गएको छ । श्रृंगार–पटार, गहनाको प्रयोग र घर ब्यवहारको निर्णय प्रकृयामा महिलाको भूमिका बढेको, महिलाको कामगर्ने समयावधि बढेको, घरभित्र र घर बाहिरका काममा महिलाहरुको सक्रिय भूमिका रहेको छ ।
फूर्सदको समयलाई सदुपयोगगरी तरकारी ब्यवसायले अहिलेका युवा–युवतीहरुमा कामगर्ने बानीको विकास तथा पूmर्सदिलो समयको सदुपयोग गर्ने बानीको विकासले गर्दा परिवारमा पहिले भन्दा अहिले कामको भार थपिएकोले आर्थिक स्तरमा पनि बृद्धि भएको छ । पहिले आफ्नो घरमा कामगर्ने मान्छेको कमि भएको बेला छिमेकीको सहयोग लिएर पर्म गरी काम गर्ने प्रचलन थियो भने अहिले पर्मको प्रचलन हटेर ज्यालादारीमा काम गराउने प्रचलन बढेको देखिन्छ । कृषकहरुले उन्नतखालको आधुनिक बीउ–बिजनको प्रयोगरी उत्पादनमा बृद्धि भएको र उन्नत बीउ–बिजनको प्रयोगबाट थोरै समयमा पनि धेरै उत्पादन दिने र नाफा बढी कमाउने हुनाले अहिले आधुनिक बीउ–बिजनको प्रयोग बढ्दैगइरहेको छ । परम्परागत, स्थानिय, आधुनिक सबै प्रकारको सामाग्रीहरुको प्रयोग गरेको तथा स्थानियरुपमा उत्पादित बीउ उत्पादनगरी विक्रि–वितरण गर्नुका साथै तरकारी उत्पादनको लागि धेरैजसो कृषकहरुले टनेलको ब्यवस्थाकासाथै सिंचाइको लागि पाइपको ट्युवनली बनाई सिंचाइ गर्ने गरेका छन ।
निर्वाहमुखी खेतीलाई त्यागी व्यवसायिक तरकारी खेतीतर्पm कृषकको आकर्षण बढ्दै गएको, बेरोजगार युक्त युवा–युवतीलाई रोजगार प्रदान गरी रोजगारमा सकारात्मक प्रभाव पारेको, आर्थिक बृद्धि र चेतनाको अभिवृद्धिको कारण पोषणयुक्त ताजा तरकारी, माछा–मासु, फलपूmल तथा सरसफाइको चेतनाले सरसफाइ तथा घरको ब्यबहार सम्बन्धि निर्णय प्रक्रियामा महिलाको भूमिका बढेको भएपनि गुणस्तरीय बिरुवाको उपलब्धता, सवैलाई अनुदानको ब्यवस्था, भण्डारणको सुविधा, सहज ढुवानीको ब्यवस्था, संकलन केन्द्रको ब्यवस्थामा थप प्रभावकारिता, यस किसिमका स्थानिय सेवा प्रदायकहरुको रुपमा समेत प्राविधिक दक्षता अभिबृद्धिगरी सक्षम ब्यवसायिकको रुपमा लैजान सकेमा र राज्यको सहयोगमा सबै किसानहरुलाई समाहित गरी सेवा उपलब्ध हुन सकेमा यस क्षेत्रको विकासमा टेवा पुग्ने देखिन्छ ।
यहाँ अहिले दैनिक आवश्यकता पुरागर्ने उद्देश्यले मौसमी, बेमौसमी तरकारी खेती गरिंदै आएकोले यहाँका अधिकांश मानिसहरुको जीविको पार्जनको मुख्य आधार कृषि बनेको छ । औद्योगिक विकासको गति सुस्त रहेको र रोजगारका अवसरहरुको अभावको रहेकोले यो पेशा अबलम्बन गर्नु बाध्यता पनि रहेको छ । तथापि कृषिक्षेत्रमा भएका न्यूनतम प्राविधिक विकास एवं विस्तारले यो क्षेत्र प्रभावित छ । वर्तमान सन्दर्भमा रासायनिक मल तथा विषादी र उन्नत बीउ बिजनलाई आधुनिक कृषि प्रविधिको आधार स्तर बनाउदै लैजानु आजको आवश्यकता रहेको छ । रासायनिक मल तथा विषादीको बढ्दो प्रयोगले तरकारीको उत्पादन लागत बढाउनुको साथै कृषि क्षेत्रमा परनिर्भरता बढ्दै गएको छ । रासायनिक मल तथा विषादीले माटोको उत्पादन क्षेत्रमा नकारात्मक असर पार्नुको साथै तरकारी बालीहरुको पोषकतत्व र गुणस्तरमा ह्रासहुन गई उपभोक्ताहरुको स्वास्थ्यमा असर परेको छ । यसैकारण तरकारी खेतीमा रासायनिक मल र विषादीको प्रयोग कमगर्दै लैजाने, स्थानिय स्रोत र साधनको उचित उपयोगगरी कृषिलाई स्थानिय स्रोतमा आधारित बनाएर कृषकलाई अझ प्रोत्साहित गर्नु आजको आवश्यकता हो ।
तरकारी खेती सम्बन्धमा जिल्ला कृषि विकास तथा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले पर्वत (कुश्मा) मा विभिन्न ठाउँमा पकेट क्षेत्रको रुपमा घोषणागरी कृषि सम्बन्धी १ हप्ते तालिमहरु कृषकलाई प्रदान गरेको छ । पहिला डीसीआर तथा जीटीवाईसीले कृषि सम्बन्धि तालिम सञ्चालन गरेकोमा अहिले आएर पर्वत (कुश्मा) जिल्लाको कृषि विकास कार्यालयले तरकारी खेती सम्बन्धि तालिम सञ्चालन गर्दै आइरहेको छ । तरकारी ब्यवसायमा युवा–युवतीको आकर्षण बढेको र यसले बेरोजगार युवा–युवतीलाई रोजगार दिलाएको भएपनि तरकारी ब्यवसायीहरुका आ–आफ्नै समस्याहरु रहेका छन् । उन्नत जातका बीउ बिजन, मल, आधुनिक उपकरण, तरकारीमा लाग्ने रोग सम्बन्धि थप अध्ययनको अभाव, प्रभावकारी तालिमको ब्यवस्था, सरल सहज तरिकाले क्रृण तथा अनुदान प्राप्त नहुनु, प्रविधि तथा श्रमशक्ति सर्वसुलभ नहुनु, कृषि उत्पादनमा विविधिकरण, जलवायु परिवर्तनको नकारात्मक प्रभाव आदि समस्याहरु रहेका छन् । यस्तै तरकारी खेतीमा देखिएको डढुवा रोग, डाँठ कुहिने भाइरस (रोग), ढुसी, पुतली लाग्ने, पातझर्ने, पूmलमा किरा लाग्ने आदि रोगहरुले तरकारी खेतीलाई असर गर्ने गरेको छ । त्यसैले साना किसानहरुको उत्पादनका लागि आवश्यक पर्ने सेवाहरु जस्तै मलखाद, उन्नत बीउ, विषादी, कृषि औजारहरु, तरकारीसँग सम्बन्धित उन्नत प्रविधिहरुको पहुँच किसानहरु समक्ष विस्तारगर्न एवं पु¥याउन सरकारी तथा गैरसरकारी संस्थाहरुको साथै निजीक्षेत्रका सेवा प्रदायकहरु जस्तैः एग्रोभेट, नर्सरी, कृषिसमूह, व्यापारीहरु, बजार ब्यवस्थापन समिति, सरकारी संस्थाहरुको संलग्नता अति आवश्यक भएको छ ।
व्यवसायिक तरकारी खेतीले जनजीवनमा सकरात्मक परिर्वतन ल्याएको छ । जीविको पार्जन सहज बनेको छ । यद्यपि किसानहरुले व्यवसायिक तरकारी खेतीमा रासायनिक मल तथा विषादीको प्रयोग भएको छैन भन्दै आए तापनि तिनको प्रयोग हुन थालेकोले वातावरणमा चुनौति थपिएको चर्चा बेला बखत हुने गर्दछ । रासायनिक मल तथा विषादीको प्रयोगले जनस्वास्थ्यमा प्रतिकुल प्रभाव पर्ने भएकोले बाली संरक्षणका लागि घरेलु स्थानिय उपचार जस्तैः खरानी, गाई, भैँसीको गहुँत–गोबर, तितेपाती, खुर्सानी, बोझो, नीम, केतुकी, बनमारा, खिर्रो, टीमुर आदिको प्रयोग गरेमा एकातर्फ रासायनिक मल तथा विषादी किन्ने रकमको बचत हुने र अर्को तर्फ कीट–पतिङ्गर र झारपात मात्र नष्ट नभइ यसले हाम्रो लागि उपयोगी जीव गड्यौला, मौरी, रेशमी किरा, पुतली, भ्यागुता, बारुलाहरु संरक्षण हुने भएकोले यसतर्फ सम्वन्धित सबै किसान तथा सम्बद्घ निकायहरुको ध्यान दिएर आवश्यक सहयोग, सल्लाह, परामर्शमा काम गर्न जरुरी छ ।