कृषिता अधिकारी (निशा)
साँच्चै नै समय बलवान् छ । परिवर्तनशील समयसँगै समाज पनि तीब्र गतिमा अघि बढ्ने क्रममा छ । यो समयलाई रोकेर कहाँ रोक्न सकिन्छ र ? न त समय हामी अनुसार नै चल्ने गर्दछ । यो त बस् निरन्तर रुपमा चलिरहन्छ, हामी चले पनि नचले पनि । मानिस त केबल समयको गति संगै चल्न नसक्दा पश्चताप गर्छौ, गुनासो गर्छौ । जीवन परिवर्तनशील छ समय पनि फेरिदै जान्छ, ऋतु बदलिँदै जान्छ । मानिसले कुनै समय तिता होस् वा मिठा पल, सम्झनामा मात्र सिमित हुन्छ । साँच्चै नै हामीले भोगेका अनुभव गरेका पलहरु कुनै समयका महत्वपूर्ण कुराहरु वर्तमान समयमा सपना जस्तै लाग्छ हामी सबैले महशुुस गर्दै आएका छौ । त्यो समयले साथ दिएको भए आज कुन अवस्थामा पुग्थे । त्यो समयमा केही गर्न पाएको भए भन्ने सामान्य कुरा हामी सबैले सोच्ने गर्दछौं । मानिस भए पछि हरेक इच्छा चाहना तरंगमा बाँच्ने गर्छाैं । चाहेका र सोचेका कुराहरु पूरा गर्न मानिस जीवनका अनवरत रुपमा संघर्ष गर्छाैं । समय संगै जीवनका हरेक पाइलाहरु चल्ने गर्छन् तर कतिपय अवस्थामा जति जीवनका डोबहरु मार्दै अगाडि बढ्छौ नि, त्यति अतितहरु बिर्सदै जान्छौं । हामी मानिस कति स्वार्थी छौ है ! कुनै पल दुःख, कष्ट सहदा सहयोग साथको अपेक्षा राख्छौ अनि जब जीवनमा सुख ऐश आराम पायौ, हामीलाई वास्तै हँुदैन । कसैको यहाँ मानिस यति स्वार्थी कपटी अनि लोभी भएर बाँचिरहन्छौ कि आफू भन्दा निम्न मध्यम वर्गलाई हिंसात्मक भावना प्रकट गर्दछौ । यसलाई सक्षिप्तमा भन्न खोजेको अर्थ समयले कतिखेर मानिसलाई परिवर्तन गर्छ पत्तै हुँदैन ।
त्यसैले लोभ घमण्ड गर्नु व्यर्थ छ । समयको चक्र कतिखेर परिवर्तन हुन्छ ? थाहै हँुदैन । कुनै समय यस्तो पनि थियो, जहाँ मानिसहरु भीर पाखा खेतीपाती गाईवस्तु चराउन मेलापात गर्न उकाली ओराली गर्थे । भरिया दाइले बिसाउने चौतारी प्यारो लाग्थ्यो । साथीसंग गट्टा खेल्दै पात बजाउँदै देउराली झर्थे । जहाँ टुकी र बाती संगै रात कटाउँथे अनि अगेनाको वरिपरि मिठामिठा बात मार्थे । साँच्चै नै त्यो समय, त्यो पल कति आनन्दमय थियोे । अनि गरिबीको कथा व्यथा आटोपिठो संगै मिसाइन्थ्यो । त्यो समयमा फुल्नेहरुका कथा व्यथा पनि गरिबी र अभावमा हुर्किरहेको थियो । शिक्षा र चेतनाको अभावमा मानिसले मानिसलाई हेर्ने दृष्टि र व्यवहार कुनै दानव भन्दा कम थिएन । जहाँ सामाजिक कूप्रथा दाइजो तथा सासुले बुहारीलाई गर्ने व्यवहार एकै थिएन । साँच्चै त्यो समय गरिबी र अभावले जेलिएको दुःख, पीडा अनि रोदनको भाव बेग्लै थियो । त्यही समयमा फुल्नेहरु राम्ररी जन्मेकी जन्मेनन् ? राम्ररी खान पाए कि पाएनन् र राम्ररी हुर्किन पाए कि पाएनन् ? तर, जे होस् जन्मे हुर्के र फर्के पनि दुःख संगै जिवन व्यतित गरे दुःखै लुकाएर स्वर्गलोक पुगे पनि सायदै त्यो समयमा जन्म हुँदैनथ्यो भने दुःखको आभास नै कहाँ हुन्थ्यो र ? गरिबी र अभावमा अनि पीडै पीडामा छटपटिन कहाँ जान्ने थिए र होइन ? तर, समय परिवर्तनशील छ । सायदै अहिलेको आधुनिक जमानामा ती फूलहरु फुल्थे भने त्यो फूलले सुगन्धको आभास प्राप्त गथ्र्यो नि जन्मिनका लागि राम्रो स्याहारसुसार अनि पोषण पाउँदो हो । अहिलेको समय र त्यो समयमा जन्मने बालकमा जमिन आकाशको फरक छ ।
समय पनि कति छिटो बदलिँदो रहेछ ? त्यो समयका मानिस त्यो समयको चालचलन रितिरिवाज अर्मपर्म एकादेशका कथा भएका छन् । रित्तो उजाड अनि उराठ लाग्दो त्यो बनपाखा लेक बेशी पाखापखेरा अनि एक्लिएको चौतारी आजभोली त सुनसान छ । बस्ती अनि बस्तीका नौजवानहरु सबै सबै लाखा पाखा लागिसकेका छन् । अरबको चर्काे घाममा दुःख पसिना बगाउँदै छन् । ती सुन्दर सपना सुझाउन घरको छानो फेर्नुछ । समय अनुसार जमाना अनुसार आफ्नो परिवारको मूहारमा हाँसो ल्याउनु छ । अब त शून्य लाग्दै छ, बिरानो लाग्दैछ । गाउँ बस्ती भिरपाखा बाझै छन् ती खेतबारी पनि । कुनै समयका मानिसले पसिना बगाउँथे । भकारी भरि धान ,गोठमा भैंसी, गोरु, बाख्रा,कुटो कोदालो हलो जुवा, दाउराको रास आँगनभरी विहानै उठेर पुजापाठ आहा ! ती दिन जहाँ राशन सामान ल्याउनका लागि घण्टौ महिनौ लागेर सदरमुकाम झर्नुपथ्र्यो । सरसामान लिनको लागि भीडभाड अनि लाइन कुर्नुपथ्र्यो काँधमा बोकेर उकाली ओराली गर्दाको क्षण बेग्लै सुस्केरा हालेर शितलु हावा खाँदै भञ्ज्याङका चौतारीमा बिसाई मार्नुको अनुभूति बेग्लै हुन त म त्यो समयमा जन्मेर ती कुराहरु महुशुस गर्न पाएन । मेरा बाजे बजै,आमा बुवा गाउँका अंकल दाइहरुले भोगेका र हामीलाई सुनाउँदाका पलहरुमा पनि छुट्टै आन्नद लाग्थ्यो । हाम्रा बाजेबजैले नुन किन्नका लागि पैदलयात्रा गरि मुस्ताङको थाकखोला तर्नुपथ्र्यो रे । ती कुराहरु वास्तवमै सत्य थिए र अहिलेको समयमा हामीलाई कथा जस्तै लाग्छ । अहिलेको यो समयमा हामी अल्छी, सुविधाभोगी भएका छौ ।
अनि सबै कुराको सेवा सुविधा पाएर मात्तिएका पनि छौ । मेहनत परिश्रम दुःख नै नगरि बाँच्न चाहान्छौ । समय र जमाना अनुसार त हामी फेरिनै प¥यो । तर, यो त अतिवादी सोच होइन र ? पहिलाको जस्तो ढिकी जातो जमाना अब रहेन । समय अनुसार विकास भएका विभिन्न प्राविधिक बस्तु प्रयोग गर्छाैं । आटो पिठोको साटोमा समय अनुसारका विभिन्न परिकारहरु खाने गर्छाैं । जसले गर्दा हाम्रो स्वास्थ्यमा असर परिरहेको अवस्था छ । आजको युग अहिलेको समय जुन हामीले प्रत्यक्ष भोगिरहेका छौ । विज्ञान प्रविधको जमाना २१ औ शताब्दी जहाँ इन्टरनेटको दुनियाँमा हराइरहेका छौ । जसले गर्दा हाम्रो शारीरिक अभ्यासमा कमी आएको छ । अनावश्यक खाद्य वस्तु प्रयोग बढ्दो सहरीकरण उद्योग, कलकारखाना धुलो धुवा आदि इत्यादि । यीनैबाट मानिसको शरीर अस्वस्थ बन्दै गइरहेको छ । आज वर्तमान समय जुन महामारी संग संघर्ष गर्दैछौ । कहाँ कतिखेर मरिने हो ? थाहै छैन । अनेकथरि रोग उत्पन्न हँुदै गएका छन् । अनेक रोगले ग्रस्त छन् । कम उमेरमै मृत्यु हुनेको संख्या पनि बढिरहेको छ ।
समयसँगै प्राकृतिक विपत्ति न त कुनै संकेत दिएर नै आउँछ, न त रोकेर रोकिन्छ तर मानिसले जथाभावी शोषण दमन गर्दा यी र यस्ता विपत्ति त हामीले भोग्नै पर्छ होइन र ? समय परिवर्तनशील छ, कुन मोडमा मान्छेको जीवन परिवर्तन हुन्छ, त्यो थाहै हुँदैन । मान्छेले यो गर्छु त्यो गर्छु भन्दा भन्दैमा जीवन रित्याउँछ । किनकि मृत्यु निश्चित छ तर कतिबेला कतिखेर मृत्युुलाई अँगाल्न पुग्छौ थाहै हुँदैन । तर पनि हामी मानिस न त मृत्यु देखि नै भयावह हुन्छौं न त समय देखि नै भोलीको समय के आउँला ? हामी कस्तो अवस्थामा पूगौला भन्ने हेक्का नै नराखी बोल्छौ आज महलमा हुने व्यक्ति भोली सडकमा नआउला भन्न सकिदैन । यहाँ कसैले कसैको जीवन जानेको हुँदैन भोली के हुन्छ ? त्यो पनि थाहा हँुदैन हाम्रा बाजेहरु मरेर गए तर उनीहरुले जोडेको जग्गा जमिन भिरपाखा उस्तै छन् । आखिर जीवनभर जोडेको धन सम्पत्ति छाडेरै जानुपर्छ । आखिर के रहेछ र जिन्दगी ? त्यसैले आजको समयले केही कुरा सिकायो अनि केही कुरा बिर्सायो पनि । धर्म, रिति संस्कृति र संस्कार समयको चक्र सँगै आदर्श अनि नैतिकता नै हराइसकेको छ । जतिसुकै समय परिवर्तन होस्, चाहे जतिसुकै देशमा विकास होस् तर समय अनुसार सोच परिवर्तन भएन भने हामी कसरी परिवर्तन हुने हैन र ?
तर, समय यस्तो प्रक्रिा रहेछ । जुन आफ्नै गतिमा निरन्तर चलिरहन्छ । समयले मानिसलाई धेरै कुरा सिकाउँछ र परिवर्तन गराउँछ पनि हामीले सानोमा पढेकै होइनौ र ? डाँकु रत्नकार पनि शिक्षा चेतना अनि समयले नै वाल्मीकी भए मूर्ख कालिदास पनि । साँच्चै नै समय कसैको वशमा छैन । कसैको इच्छाले रोकिने र पर्खिने पनि होइन । एकपटक बितेको समय फेरि कहिल्यै फर्किएर आउँदैन । समय अनुसार सबै चिज परिवर्तन हुन्छन् । जस्तै बालक जवान हुन्छ, जवान बृद्ध हुन्छ, यो प्रकृतिको नियम हो त्यसैले समयलाई चिनेर हामी समय अनुसार अगाडि बढ्न सक्नुपर्छ । अर्को कुरा समयलाई चिन्ने र समयानुकूल चल्न सक्ने व्यक्तिले जहिले पनि आफ्नो लक्ष्य पूरा गर्न सक्छ । किनकि जीवन संघर्ष हो जीवन जिउने त्रममा धैर्यवान् भएर अघि बढ्ने हो भने यसलाई सजिलै पार गर्न सकिन्छ । समयको सही सदुपयोग गर्ने सके यसले हाम्रो जीवनमा महत्वपूर्ण भूमिका खेल्दछ । अनि मात्र हामी सफल र खुसी र सुखी हुन्छौं ।