डा.सरोजकुमार राय
सन् २०१९ को डिसेम्बरमा चीनको वुहान नजिकै पशुपंक्षी व्यापार हुने एउटा बजारमा पहिलो पटक कोरोना भाइरसको संक्रमण देखिएको उक्त भाइरस केही महिनामै विश्वभर फैलियो । यो भाइरसको वैज्ञानिक नाम सार्स–कोभ–२ (Sars–CoV–2) हो र यसको संक्रमणबाट हुने रोगलाई कोभिड–१९ भनिन्छ । WHO sf] 22 June 2021-(असार ८ गते) को तथ्यांक अनुसार नेपालमा पिसिआरबाट ६,२२,६४० र एन्टिजेन टेस्टबाट २७,३०८ जनामा संक्रमण पुष्टी भइसकेको छ । संक्रमित मध्ये ८९.९% निको भइसकेका छन् भने ८.६% active रहेको छ । संक्रमित मध्ये ८,७७२ जनाको मृत्यु भइसकेको छ, कूल active संक्रमित मध्ये ९२.२% घरमै आइसोलेशनमा रहेका छन् भने ६.७% संस्थागत आइसोलेशनमा छन् । ८११ जनाको उपचार ventilator support मा भै रहेको मध्ये २३७ जनालाई खभलतष्बितयच कगउउयचत चाहिएको छ ।
माथिका तथ्यांकबाट के देखिन्छ ? संक्रमित मध्ये धेरै जना घरमा हुनुहुन्छ र उहाँहरुलाई हामीले घरमा माया, प्रेम र असल व्यवहार गरेर उहाँहरुको आत्मबल बढाएर उपचारमा सहयोग ग¥र्यौ भने अझै धेरै जनालाई घरमै ठीक गर्न सकिन्छ । तर, ज्वरो आएको छ, खोकी लागेको छ र सास फेर्न पनि गाह्रो भएको छ भने चिकित्सकसँग परामर्श गर्नुपर्छ वा अस्पतालमा लिएर जानुपर्ने हुन्छ । किनभने ती लक्षणले श्वासप्रश्वास प्रणालीमा भएको संक्रमण वा अन्य गम्भीर समस्यातिर संकेत गर्छन् ।
यो भाइरसलाई एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्न नदिनका लागि यसको संक्रमण कसरी हुन्छ भन्ने जान्नु पनि उत्तिकै जरुरी छ ।
कोरोना भाइरस नाक र मुखबाट मानिसको शरीरमा प्रवेश गर्छ ।
संक्रमित व्यक्तिको संसर्गमा आउने अरू मानिसलाई उक्त भाइरस सर्न सक्छ ।
संक्रमित व्यक्तिले खोक्दा वा हाछ्युँ गर्दा नाक र मुखबाट निस्किएका स–साना छिटामा कोरोना भाइरस हुन्छन् ।
उनीहरूको नजिकमा बस्ने मानिसको शरीरमा भाइरस छिर्न सक्छ ।
संक्रमित व्यक्तिले सरसामान वा सतह छोएर हात नधोई आफ्नो अनुहार छुँदा कोरोना भाइरस शरीरमा छिर्न सक्छ ।
भाइरसले पहिला घाँटी, सासनली र फोक्सोका कोषलाई आक्रमण गर्छ ।
बिस्तारै ती अङ्गलाई कोरोना भाइरसहरूले आफ्नो नियन्त्रणमा लिएर आफ्नो संख्या वृद्धि गर्न थाल्छन् र गम्भीर असर पु¥याउन सक्छन् ।
यो भाइरसको संक्रमणको chain ब्रेक गर्न संक्रमित व्यक्तिलाई isolate गर्नु र lockdown गर्नु निकै प्रभावकारी देखिएको छ । साथै, जनस्वास्थ्यका मापदण्डहरु आवस्यक काम परे कम्तीमा २ मिटरको सामाजिक दुरी कायम गरेर काम गर्ने, मास्कको प्रयोग र स्यानिटाइजरको प्रयोग वा पटक–पटक साबुन पानीले हात धुने उत्तिकै प्रभावकारी छ । पटक–पटक साबुन पानीले हात धुने बानी कोरोना भाइरसको नियन्त्रण गर्न मात्र नभई यसले हामीलाई अरु धेरै रोगहरुबाट पनि बचाउँछ । हात धुने तरिकाले पनि यसको प्रभावकारितामा महत्वपूर्ण भूमिका खेल्दछ । तसर्थ हात धुने उत्तम तरिका जान्नु पनि निकै नै जरुरी हुन्छ ।
हात धुने उत्तम तरिकाः
बगिरहेको पानीमा हात भिजाउने,
भिजेको हातमा मनग्गे साबुन लगाउने,
हत्केलाको पछाडि, औंलाको बीच, नङको भित्र लगायत हातका सबै भागमा कम्तिमा २०–३० सेकेण्डसम्म राम्रोसँग मिच्ने,
बगिरहेको पानीले राम्ररी हात पखाल्ने,
सफा कपडा वा एकपटक मात्र प्रयोग गरिने तौलियाले हात सुकाउने ।
नियमित रुपमा हात धुनुहोस्– खासगरि खाना खानु भन्दा अगाडि र सिंगान पुछ्नु, खोक्नु, हाच्छ्युँ गर्नु, र शौचालय जानु आदि गरिसके पछि ।
कोभिड–१९ रोगको उपचार अहिले सम्म खोज हुन् सकेको छैन त्यसकारणः
अन्य जीवाणुको उपचारका लागि बनाइएका औषधीले यो भाइरसलाई मार्न सकेको छैन ।
कोभिड–१९ हुँदा देखिने लक्षणहरूको मात्र उपचार हुन्छ ।
अधिकांश मानिसमा तीनको शरीरको प्रतिरोधात्मक क्षमता सक्रिय भएर बिस्तारै निको हुन थाल्छ ।
तसर्थ, अहिलेसम्म कोभिडको उपचार भनेको शरीरमा रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्नु नै हो । शरीरमा रोग प्रतिरोधात्मक क्षमता अभिबृद्धि गर्ने धेरै उपायहरु आयुर्वेद विज्ञानमा वर्णन गरिएको छ । यसमा संक्रमितलाई माया, स्नेह गरेर उसको आत्मबल बढाउनु, स्वस्थ्यकर दिनचर्या, ऋतुचर्या, आचार रसायन, सदवृतको पालन गर्नुका साथै रोग प्रतिरोधात्मक क्षमता सक्रिय बनाउने, रसायन जडिबुटी तथा खनिज र जान्तव द्रव्यहरुबाट बनेका औषधीहरुको सेवन गर्नु, केही अनुसन्धानबाट जेठिमधु र सुन, चांदी लगायतका द्रव्यहरुबाट बनेका औषधीले यो भाइरसको replication लाई रोकेको प्रमाणहरु प्राप्त भएको छ तर यसबारे अझै धेरै अनुसन्धान हुन बाँकी छ ।
दिनचर्याः स्वस्थ रहनको लागि आयुर्वेदमा वर्णित स्वस्थ्यकर आहार/विहार नै दिनचर्या हो ।
आयुर्वेदले दैनिक ब्रह्म मुहूर्तमा उठ्नुपर्ने भनेको छ । यो समय सुर्योदय भन्दा ४ घडी अर्थात् १ घण्टा ३६ मिनेट अगाडिको समय हो । यो समयमा उठ्ने व्यक्तिले अमृत अर्थात् सर्वोत्तम स्वास्थ्यका लागि प्राणतत्व (अक्सिजन आदि) पाउँछ र दिनभरी स्फुर्तिका साथ आफ्नो कार्य गर्दछ । ज्ञानी ऋषि मुनिहरु यही समयलाई जप–तप र योगका साधनाका लागि उपयोग गर्छन् ।
–उठेपछि सर्वप्रथम मनतातो पानी खाने गरौं,
–मलमूत्र त्याग गरे पछि नीम, बबुल, करन्ज, दतिवन जस्ता कटु, तिक्त, कषाय रस भएका जडिबुटीको बु्रस वा नरम दन्तमञ्जनको प्रयोग गरेर विहान र बेलुका सुत्नुभन्दा अघि २ पटक दाँत माझ्ने गरौं, त्यसपछि जिह्वानिर्लेखन (जिब्रोको सफाई ) गरौं ्र
–त्यसपछि औषधियुक्त तेल २–३ मिनेट सम्म मुखमा धारण (गण्डुष) गर्ने र त्यसपछि मनतातो पानीले कुल्ला (कवल) गर्ने गरौं,
– नाकमा अणु तेल वा तिल वा तोरी वा ससर््युको तेल वा गाईको घिउ २÷२ थोपा दुवै नाकको प्वालमा नस्य लिने,
– आँखामा अन्जन÷गाजल लगाउने, नख, दाह्री, कपाल, जुँगाको स्याहार गर्ने,
–बिहान ७–१० बजेको घाममा १५–३० मिनेट सम्म ऋतु अनुसार बस्ने गरौ,
– दैनिक ४८ मिनेट (१ मुहूर्त) वा शरीरको अर्धबलसम्म व्यायाम÷योगाभ्यास (असन, प्राणायाम, ध्यान, यौगिक क्रिया आदि) गरौं,
त्यसपछि तेलले सम्पूर्ण शरीरमा अभ्यंग गरीसकेपछि उद्वर्तन÷उबटन लगाउने र स्नान गर्ने गरौं ्र
– आरामदायी आसनमा बसेर मौनधारण गरी शारीरिक अवस्था, पाचनशक्ति र ऋतु अनुसारको भोजन गर्ने
– दैनिक भोजनमा ५ ग्राम भन्दा बढी नुनको प्रयोग नगर्ने
– दैनिक २–३ लि.उमालेर सेलाएको मनतातो पानी र गेडागुडीको रस खाने गरौं,
–दैनिक २५०–४०० ग्राम काँचो सलाद,उमारेको गेडागुडी र फलफुलको प्रयोग भोजनमा गर्ने,
– सकेसम्म आफ्नै बारीमा उब्जिएको अन्न तथा तरकारीको प्रयोग गरेर घरमै तयार गरेको भोजन गरौं,
– बजारमा पाइने जंक फुड, फास्ट फुड र पेय पदार्थको परित्याग गरौ ्र
– गोल्डेन मिल्कको प्रयोगः दैनिक १५०–२०० एम एल मनतातो दुग्धमा आधा चम्चा शुद्ध बेसार र स्वाद अनुसार सख्खर मिसाई १÷२ पटक प्रयोग गरौं,
– इष्र्या, क्रोध, लोभ, शोक, मोहको परित्याग तथा अपरिग्रह (आवश्यकता भन्दा बढी जम्मा वस्तु न गर्ने) गरौं,
–धुम्रपान, मद्यपान जस्ता कुलतको परित्याग गर्ने, यसले शरीरको रोग प्रतिरोधात्मक क्षमता घटाउँछ,
– साँझ ६–७ बजेसम्म भोजन गरेर १–२ घण्टा पछि करिब ८ बजे आरामदायी शैयामा सुत्ने बानी बसलौ,
ऋतुचर्याः ऋतुहरु शिशिर, वसन्त, ग्रीष्म, वर्षा, शरद र हेमन्त गरी ६ वटा छन् । ऋतु अनुसारको आहार र विहारको प्रयोगले हाम्रो शरीर स्वस्थ र निरोगी हुन्छ भने ऋतु विरुद्ध आहार र विहारको प्रयोगले हाम्रो शरीर रोगी तथा पहिलेदेखि भएका रोगको प्रकोप बढ्छ । यसरी ऋतु अनुसार गरिने आहार विहारलाई नै ऋतुचर्या भनिएको हो । जेठ र असारमा ग्रीष्म ऋतु पर्दछ । तसर्थ अहिले ग्रीष्म ऋतुचर्याको पालन गर्नु निकै महत्वपूर्ण छ ।
ग्रीष्म ऋतुचर्या (जेष्ठ–असार महिना)ः
हितकर आहार/विहारः
यो ऋतुमा गुलियो रस भएको शीतल, द्रव, चिल्लो र लघु गुण भएको खानेकुराहरु शाली चामल, दुध, घ्यु, नरिवलको पानी, जौ, चना, मुंग, कालो दाल, कुखुराको मासु, चिसो पानी आदि र ऋतु अनुसारको फलफुल स्याउँ, केरा, नरिवल, काजु, किसमिस आदि आहारको रुपमा प्रयोग हितकर हुन्छ । त्यस्तै शीतल हावाको सेवन, सुतीको वस्त्र धारण, दिनमा सुत्ने, कपुर, चन्दनको लेप गर्ने जस्ता विहारको प्रयोग हितकर हुन्छ । आयुर्वेद विज्ञानले ग्रीष्म ऋतु बाहेक अरु सबै ऋतुमा दिनमा सुत्नु निषेध गरेको छ ।
अहितकर आहार/विहारः
यो ऋतुमा पिरो, अमिलो, नुनिलो रस तथा तातो, रुक्ष, गुरु गुण भएका खुर्सानी, मकै, कोदो, मटर, लसुन बकुला, सुकुटी वा तारेको मासु एवम् तरकारीको सुकुटी, हिंग, खुर्सानी जस्ता खानेकुराहरु र घाम सेवन, अधिक मैथुन आदि अहितकर हुन्छ ।
आचार रसायनः
स्वस्थ व्यक्तिलाई उर्जा प्रदान गर्ने आयुर्वेदको विधिलाई रसायन भनिएको छ । दीर्घायू, मेधाशक्ति, आरोग्य, प्रभ, वर्ण, तारुन्य, वय र कान्तिको रक्षा रसायनले गर्दछ । आयुर्वेदको निर्देशानुसार आचरण गर्दै रसायनको लाभ प्राप्त गर्नु नै अचार रसायन हो । अहिंसा, सत्य. अस्तेय, ब्रह्मचर्यको पालन, शान्ती, प्रिय वचन, शौच, धैर्य, जप, तप, ध्यान, दान, देव–गो–ब्राह्मण–आचार्य–गुरु–वृद्ध प्रति सदचारिता, करुणा, शिष्टाचार, देशकालज्ञाता, युक्तिज्ञाता, नित्य दुधघृतसेवी, अध्यात्मवाद, धर्मशास्त्रपरक व्यक्तिहरु आफ्नो अचारका रसायनले नित्य सुखी, खुशी र निरोगी भई सुु–स्वस्थ रहन्छ ।
–लेखक राय धौलागिरी आयुर्वेद औषधालय बागलुङका प्रमुख समेत हुन् ।