देव बहादुर श्रेष्ठ
उमेरले ७५ बसन्त पार गरि सकियो । यति लामो उमेर र जीवन पार गर्दा पनि अस्पतालको बेडमा बिरामी भएर रात काटेको थिइन । सामान्य रुघा खोकी, ज्वरोमा खास गरेर तातोपानी र सिटामोल खाएर घरमै बसेर निको गराएको थिए । तर, सोंचे जस्तो जीवन रहेनछ । मलाई २,४ दिन देखि पेट दुख्ने र सञ्चो भइराखेको नै थियो । एक दिन राति सहनै नसक्ने गरी पेट दुखाई हुन थाल्यो । म संग बस्ने मेरो कान्छो छोरो मनोजले राति १२ बजे तिर औषधी खोजेर ल्याएर त्यो खाए पछि निदाएछु र केही आरामको महशुस गरे ।
भोलीपल्ट बिहानै गाडीको व्यवस्था गरेर हामी घरका छोरा बुहारी म र मेरी श्रीमती सहित औषधी उपचार गर्न पोखरा तिर प्रस्थान ग¥यौ । करिब दिनको १२ बजेतिर पोखरा पुगेका हामीले पोखरा महेन्द्र पुलमा रहेको फिस्टेल हस्पिटलमा देखाउने निर्णय ग¥यौ । खाना साना खाएर दिनको २ बजेतिर हामी हस्पिटलमा पुग्यौ । संयोगले मेरो भाई आजादसंग त्यही हस्पिटलमा भेट भयो । आजादको भाई अरुणको पनि त्यही हस्पिटलमा अप्रेशन गर्न भर्ना गराईएको रहेछ । दिनको ४ बजे तिर डा.प्रदिपले मेरो शरीरको जाँचबुझ गर्नुभयो । शरीरको जाँचबुझ गरे पछि तपाईलाई पनि हर्निया भएको छ । यसको अप्रेशन गर्नु पर्दछ भनेर भोलीपल्ट २०७७ माघ ११ गतेको समय दिए । अप्रेशन गर्नु भन्दा पहिले शरीरको प्रेसर, सुगर र आजभोली कोरोनाको कारण पिसिआरको जाँच पनि गर्नु पर्दोरहेछ । ती सबै प्रकृया पुरा गरि सकेपछि २०७७ साल माघ ११ गते साँझ ५ बजेतिर मलाई अप्रेशन रुममा लगियो । शरीरमा भएको सबै लुगाहरु र घाँटीमा भएको रुद्राक्षको माला पनि निकालेर नांगो पारियो । एउटा अप्रेशन गर्दा लगाउने लुगा लगाई दियो । अप्रेशन गर्नु भन्दा अगाडि मानिसलाई दुखाई हुन्छ भनेर बेहोश हुने सुई लगाइने रहेछ । हर्नियाको अप्रेशन साधारण अप्रेशन मानिदो रहेछ । त्यसैले कम्मर मुनी मात्रै मासु लाटो हुने सुई लगाइदो रहेछ । त्यस सुईले मलाई काम गरेन । एक जना महिला डाक्टर र डा.प्रदीप घिमिरेले त्यो सुईले काम नगरे पछि फेरि पुरै शरीर बेहोश हुने ठूलो सुई लगाई दिएछ । त्यसपछि म पुरै बेहोश भएछु ।
मुटुको ढुकढुकी बाहेक अरु पुरै होश गुम्ने रहेछ । पुरै चार घण्टा लगाएर हो वा अप्रेशन सिद्धिएर हो । म चार घण्टा पछि मात्र होशमा आएछु । हर्नियाको मात्र अप्रेशन भनेको त मेरो शरीर भित्र अर्को एउटा एपेन्डासाइट भन्ने आन्द्रा बढेको रोग पनि अप्रेशन गरेर निकालिएको रहेछ । चार घण्टाको बेहोश पछि जब मैले आखाँ उघारे, त्यसबेला मेरो आखाँ वरीपरी मलाई सुताइएको कोठा भरी भगवान शिव त्रिशुल लिएर उभिएको दृश्य देखे । मैले सोचे साँच्चै मेरो ईष्टदेव भगवान शिवले मलाई संरक्षण गरेको महशुस गरे । जब म होशमा आएको थिए, डाक्टरको टीम मेरो अगाडि आएर तपाईले हामीलाई डराउन दिनु भयो । एकछिन त तपाईले श्वास फेर्न नै बिर्सनु भएको थियो । आईसियूमा मलाई राखिएको रहेछ । साँच्चै मैले डाक्टरहरुलाई भने मत भगवान शिवको पाउमा परेको रहेछु । त्यसैले कालले पनि मलाई लान सकेन । एक दिन आईसीयूमा बसेर भोलीपल्ट अस्पतालको क्याविन कोठामा बेड रेष्टमा बसे ।
बुढापाका मानिसहरु भन्ने गर्दछन्, एकपल्ट मरेर पनि पुर्नजीवन पाइन्छ । मलाई पनि दुई दुईवटा अप्रेशन पछि पुर्नजीवन पाएको अनुभव मेरो जीवनमा अनुभव गरे । हस्पिटल क्याविनमा चार दिन जति बसे पछि डाक्टर प्रदीप फेरि एकपल्ट मेरो शरीर जाँच्न कोठामा बस्नुभयो । पुरा शरीर जाँचबुझ गर्नुभयो । चार पाचँ दिनमानै अप्रेशन गरेको घाउ निको भएको देखेर उहाँ फेरि ढक्क पर्नुभयो र भन्नुभयो तपाईको शरीर पनि गजबको रहेछ । मलाई बच्चालाई जस्तै नेपकिन र दिशा पिसाबको लागि नली राखिएको थियो । किनकि चार पाँच दिन सम्म उठेर दिशा पिसाव गर्न नमिल्ने रहेछ । जाँच गरि सके पछि एक हप्तालाई दिएको औषधी खाएपछि औषधी थप्नु पर्दैन । डाक्टरको सल्लाह अनुसारनै नर्सले मेरो कहु जस्तो नेपकीन र पिसाबको नली विस्तारै निकालिएको थियो ।
भगवान छ भनेर विश्वास गरौ कि नगरौ । म आफू सानै देखि भगवान शिव प्रति आस्था राख्ने व्यक्ति भएको कारण फेरि पनि मलाई पुर्नजीवन दिएको महशुस गरे । हुन त मलाई अप्रेशन गर्ने डाक्टर यति साँच्चै ज्यूँदो भगवान भनेर मान्नु पर्दछ । यति राम्रो मानव जीवन फेरि पनि पाए पछि अब पनि यो चोलामा मनुश्य जीवनलाई घिसार्नु नै पर्दछ । दुख पर्दा साथ दिने मेरा छोराहरु, भाइहरु बुहारीहरु र नाति नातिनाहरु र मेरा इष्टमित्र प्रति मैले आभार व्यक्त गर्नै पर्दछ । जीवनमा धन कमाएर धनाध्य बन्न नसके पनि मानिसको मन जितेको मानिसलाई यस्तै अवस्थामा अनुभव गर्न पाइँदो रहेछ । अप्रेशन गरेर घर फर्कदाको बखत मलाई भेट्न र स्वास्थ्य लाभको कामना गर्नेको त ताँती नै लाग्यो । सवैको आशिर्वाद र सुस्वास्थको कामनाले मैले फेरी पुर्नजीवन पाए ।