संघर्ष : जीवनको अनिवार्य यात्रा

कृषिता अधिकारी (निशा)
साँच्चै नै समय अनि जीवनको यात्रा अनिश्चित हुन्छन् । किनकि न त समयको ठेगान हुन्छ, न त जिन्दगीको । मानिसले सोचे जस्तो र चाहे जस्तो भन्दा विल्कुलै फरक हुन्छ । जिन्दगी कहाँनेर के भइदिन्छ ? त्यो पत्तै हँुदैन । वास्तवमा भन्ने हो भने समय अनि जिन्दगी एक अर्काेमा सम्बन्धित छन् । किन थाहा छ ? समय अनुसार जिन्दगी चलिरहन्छ नि, समयले नै मानिसलाई जिवनका यात्राहरुमा फरक –फरक पात्र बनाउँछ ।

भर्खरै जन्मेको बालक समय अनुसार नै हुर्कदै बृद्ध हुन्छ । हामी सबैलाई थाहै छ तर, जीवनका यात्राहरुमा हरेक मान्छेले भोग्ने भोगाई केवल त्यही मानिसलाई मात्र थाहा हुन्छ । जसले जीवनलाई नजिकबाट नियालि रहेको हुन्छ । हुन त सबै मानिसले भोग्नैपर्छ, जीवनका उतारचढावहरु संग संघर्ष गर्नैपर्छ किनकि जीवन एउटा यात्रा हो । निरन्तर रुपमा अघि बढ्नुपर्छ । ती यात्राहरुमा अनेकौं दुःख सुख भोग्दै पाइला पाइलामा ठेस लाग्दै लड्दै, उठ्दै कहिले हौसिदै, कहिले निराश हुँदै यात्राहरु पार गर्नुपर्छ । कति अचम्म छ यो जिन्दगी पनि । जबसम्म सास छोडिदैन तबसम्म यी यात्रा गरिरहनुपर्ने चाहे दुःखमा होस् चाहे सुखमा जसरी पनि जीवन बिताउनुपर्ने हुन्छ । न त समयबाट टाढा जान सकिन्छ, न त यो जीवनबाट नै । कति अजिव छ है ! जीवन साँच्चै नै जीवन भनेको के हो त ? अनि यी जिन्दगीका यात्राहरुमा भेटिने, छुटिने कथा व्यथासंगै जीवनको अन्त्य हुने यो प्रकृतिको रित पनि कति अचम्मको छ । बाचुञ्जेल सम्म दुःख गर्नुपर्ने लोभ मोह मायामा भुल्नुपर्ने कोही रंगीन दुनियाँमा रमाइरहेका हुन्छन् । कोही पीडै पीडामा छटपटाइरहेका हुन्छन् । तर पनि जीवनका यात्रा गन्तव्य पूरा गर्नु छ । मरे पछि स्वर्ग जानु छ । सकेसम्म हरेक मानिसले बाचुञ्जेल राम्रो काम गरेर मरौं भन्ने सोच्छन् । तर, सोचे भन्दा फरक हुन्छ । किनकि मानिस भए पछि बाँच्नका लागि संघर्ष गर्नुप¥र्याे ।

यसैक्रममा अनेक मोह, लाज, क्रोधले हामीलाई मतिभ्रष्ट बनाउँछ । हामी जीवनमा जे गर्न चाहदैनौ हामी त्यही गरिराखेका हुन्छौं । पाप धर्मको ख्याल नराखी कूकर्म गर्छाै । परिणाम स्वरूप हामीलाई गल्तीको सजाय मिल्छ । तर, स्वीकार गर्दैनौ । अनि दोष दिन्छौं समयलाई । यो समय खराब, त्यो समय खराब भन्दै धिक्कार्दै हामी निराश हुन्छौं । अनि त हाम्रो जीवनको यात्रा पनि दुखी नै हुन्छ । आज जस्तो दिन भोली यही रूपमा रहँदैन । धर्तीका यी हिमश्रृंखलाहरु फेरिदै जान्छन् । पुरानो पात झर्दै नयाँ पात पलाउँछन् । हाम्रा गाउँका बुढापाका मान्छे हराउँदै जाँदा नयाँ मानिसको आगमन हुन्छ । खासगरी सारा पृथ्वीको अवयवहरु बदलिन्छन् ।

तर,मानिसका यी यात्राहरु निरन्तर चलिरन्छन् अर्थात् प्रकृतिको नियम निरन्तर चलिरहेको हुन्छ । त्यसैले त भनिन्छ नि प्रकृति अनि समय कति बलवान छ । जसले मानिसलाई परिस्थिति सँग जुध्न सिकाउँछ । हरेक समस्या पार गर्दै जीवनका पाइलाहरु परिवर्तन हुँदै अगाडि बढ्ने त हो नि । हिजोको दिनहरु कस्ता थिए आजका दिनहरु कस्ता छन् र भोली के कस्ता हुनेछन् ? त्यो सबै समयले नै निर्धारित गर्दछ ।

साँच्चै नै जीवन संर्घषले हो । र संघर्ष नगरी सुख नै छैन । बाँच्नको लागि हामीले काम गर्नुपर्छ तर कहिलेकाही सही समयमा काम पूरा गर्न नसक्दा हामीलाई पश्चाताप हुन्छ । त्यसैले पनि हामीले यसलाई पार गर्नको लागि समयको सही सदुपयोगको गर्नु जरुरी हुन्छ । किनकि समयले हरेक मानिसलाई अगाडि बढ्ने मौका दिएको हुन्छ । हामीले त्यो मौकाको दुरुपयोग ग¥यौं भने हामी कहिल्यै पनि अगाडि बढ्न सक्दैनौं । र आफ्नो जीवनका ती यात्राहरु पनि त कठिन हुन्छ । समय पलपलका हरेक क्षणहरुमा फरक–फरक तरिकाबाट गुज्रिरहेका हुन्छन् । नचाहँदा नचाहँदै पनि हामी समय अनुसार चल्न पुग्छौं र चल्नु पनि त पर्छ । किनकि यही नै प्रकृतिको रित हो । तर, हामी सही मार्ग अनि जीवनका हरेक पाइलाहरुमा सधैं सत्य निष्ठा र कर्तव्यका साथ अगाडि बढ्यौं । हामीलाई जिन्दगी जिउन सहज हुन्छ अनि हाम्रो जिवनको यात्रा साँच्चै नै सुन्दर, अविष्मरणिय हुन्छ । र त हामीले भोगेका कुरा हाम्रा छोरा नातिलाई सुनाउन पाइन्छ होइन त ?

वास्तवमा हामी आम मानिसले जन्मेदेखि अहिलेसम्म भोग्दै र अनुभव गर्दै हुर्केको त हो नि । त्यसैले पनि जीवनका यी र यस्ता भोगाइहरु हरेक मानिसले भोग्नुपर्छ । किनकि समय अनुसार सबै चिज परिवर्तन हुन्छन् । जस्तैः बालक जवान हुन्छ, जवान बृद्ध हुन्छ, यो प्रकृतिको नियम हो । समयलाई चिनेर हामी समय अनुसार अगाडि बढ्न सक्र्नुपर्दछ । आफू धैर्यवान हुनुपर्छ । समयले सबै कुरा सिकाउँछ आज गरिब निरीह मान्छे पनि भोली धनवान विद्वान् बन्न सक्छ नि । समयको के भरोसा हाम्रो शरीर त केवल हाड मासुको त हो नि । कहाँ कतिखेर के भइदिन्छ जिन्दगी केही थाहा छैन । अझ पनि अधिकांश मानिस सधैं एकनाश हुन्छ, सधैं हामीले चाहे जस्तो हुन्छ भन्ने सोच्छौ । त्यसैले त हाम्रो समाजमा निर्धो, दुर्वल व्यक्ति माथि हिंसा गर्छाैं । तर, भोली हामी कुन अवस्थामा पुग्छौं । त्यो कसैलाई थाहै हुँदैन । आज बलवान् मानिस पनि भोली निरिह बन्न सक्छ नि । तर, यसको मतलव केवल मानिसको शारीरिक संरचनालाई मात्र नहेरी मानिसले गर्ने काम लगनशील र परिश्रमकै कुरा गर्दा समयमै कुनै महत्वपूर्ण काम फत्ते नहँुदा र गर्न नसक्दा हामीलाई जिवनभर पश्चताप हुन्छ । यदि समयलाई नचिनेर हामीले त्यसलाई बेवास्ता ग¥यौ भने भविष्यमा हामी कहिल्यै पनि अगाडि बढ्न सक्दैनौ ।

जीवन र प्रकृतिको प्रवाहमय परिवर्तन गतिलाई बुझ्न सकिएन र चल्न सिकिएन जानिएन भने हामीले पाउनुपर्ने ती खुसी, सुख र उपलब्धिहरु पनि एकदिन खोसिने छन् । ती खुसी, सुख र प्रगतिका बाटाहरुमा कठिन परिस्थिति त हुन्छ नै । किनकि हामीले यी कठिन भन्दा कठिन परिस्थितिलाई सामना गरेर आफु बुद्धिमान र बलवान् बन्नुपर्छ । जीवनका गोरेटा ती यात्राहरुमा खुसी नै खुसी, सुख नै सुख त छैनन् नि । कहिले घाम, कहिले पानी आँधी हुरी संगै जीवन पार गर्ने हो । यहाँ हरेक मानिसले आफ्नो जिन्दगीलाई वेहत खुसियाली बनाउन चाहन्छ । म पनि त चाहान्छु तर ती खुसी, सपनाको चाहना पूरा गर्नको लागि त जीवनका बाधाहरु तोड्न सक्नुपर्छ, त्यसका लागि साहस मात्रै होइन, धैर्यता पनि चाहिन्छ ।

जीवनको मुल उद्देश्य र हरेक भोगाइहरुलाई अनुभव गर्दै ती रहरहरु अन्ततः जीवनसँगै खरानीमै सकिने त हो नि । बाचुञ्जेल के को रिस राग, तछाडमछाड र लुछाचुडी ? त्यसैले जीवनका यी गोरेटाहरुमा निरन्तर संयमित यात्रा गर । जबसम्म थाक्दैनौ, तबसम्म यात्रा गर, इमान्दार प्रयत्न सहित संघर्ष गर । किनकि नेपाली उखान रात रहे अग्राख पलाउँछ भने झै समयको महत्वलाई बुझेर अगाडि बढ्नु पर्छ ।

त्यसैले समयप्रति र जीवनका अनवरत यात्राहरुमा हामी कठिनाइका खुड्किला,भ¥याङ चढ्नुपर्छ । भोलीको सुन्दर भविष्यको लागि हामीले निरन्तर प्रयास गर्नुपर्छ । किनकि जीवनको सार नै यही हो । तसर्थ, समयको महत्व बुझ्नु भनेको यथार्थवादी एवम् वस्तुवादी बन्नु मात्र होइन । सानोदेखि ठूलो सम्मले यहाँ हर मानिसले आ–आफ्नो स्थान र हैसियतको काम र भूमिका आ–आफ्नो जिम्मेवारी ठीक–ठीक समयमा गर्न सक्यौं भने मात्र सफलता चुम्न सकिन्छ । हाम्रो जीवन मुस्कुराउने छ । हामीलाई खुसी अनि सुख प्राप्ति हुनेछ । त्यसैले जीवनको सार, अर्थ बुझेर आफ्नो मन मस्तिष्क ताजै राख्नु सकारात्मक र शिष्टाचार इमान्दारी बन्नु नै असल जीवनको गुण हो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *