कानूनको यथार्थवादी सम्प्रदाय

शुभेक्षा पन्त
मानव सभ्यताको सुरुवात अवस्थादेखि नै राजनीति, कानून आदिमा प्राकृतिक कानूनले गहिरो प्रभाव पार्दै आएको थियो । पूर्ण न्यायका लागि मानिसले प्राकृतिक कानून माथि नै विश्वास राख्दै आएका छन् । तर पनि समय परिवर्तनसँगै विभिन्न सम्प्रदायको पनि सुरुवात भएको हो । यद्यपि, अहिले सम्म पनि धेरै मात्रमा प्राकृतिक कानूनको अवलम्बन गरेको पाइन्छ ।

कानूनको मूलभूत सिद्धान्तको अध्ययन गर्ने विज्ञान विधि शास्त्र हो । विधि शास्त्र राज्यको सामाजिक सम्बन्धलाई नियमित ढंगबाट अगाडि बढाउन राज्यद्धारा लागु गरिएको कानूनको मूलभूत सिद्धान्तको अध्ययन गर्ने विज्ञान हो । कानूनलाई विभिन्न विधि शास्त्री, कानूनविदले विभिन्न परिभाषा दिएका छन् । कसैले कानूनको परिभाषा पनि अदालतकै सिर्जना हो भन्ने गर्थे भने कोही प्रथाकै अनुसार कानूनको परिभाषा गर्छन् । यी विभिन्न तरिका, दृष्टिकोण, अर्थबाट परिभाषा गर्ने विधि शास्त्री, कानूनविदले विभिन्न सम्प्रदायलाई साथ दिएका छन् । विभिन्न दृष्टिकोण र मत गर्ने कानूनविदद्धारा नै विभिन्न सम्प्रदायको सुरुवात भएको हो । विभिन्न कानूनविद साल्मण्ड, होल्याण्ड, इहरिङ, होम्स, फ्रेन्क, अस्टिन आदि व्यक्तिले आफ्नो मत अनुसार नजिर, विधायन, प्रथा लगायत विभिन्न कुरालाई अवलम्बन वा मुख्य मानेर नै विभिन्न सम्प्रदायको सुरुवात भएको हो ।

विभिन्न दृष्टिकोणबाट सुरुवात भएको सम्प्रदायले विभिन्न माध्यमबाट न्याय दिदाँ उचित हुन्छ भन्ने मत राख्दछन् । प्राकृतिक कानूनी सम्प्रदाय, समाजवादी, समाजशास्त्रीय, विश्लेषणात्मक, ऐतिहासिक विभिन्न कानूनी सम्प्रदाय मध्ये १९३० को वर्षतिर अमेरिकी विधिशास्त्री होम्स, कार्डोजले कानूनी धारणवाद विरुद्ध आवाज उठाए । सोही अनुसार सुरुवात भएको नजिर अथवा न्यायद्यिशको भनाइलाई मुख्य मान्ने सम्प्रदाय यथार्थवादी सम्प्रदाय हो । यस सम्प्रदायलाई निश्चित विचारधारा राख्ने समूहको रुपमा मात्र लिने गरिन्छ । विभिन्न कानूनविदहरुले कानूनको बारेमा तथा कानून सम्बन्धी समस्याको अध्ययन गर्दा यथार्थता र तथ्यहरुलाई व्याख्या वा अनुसन्धान गरेर गर्नुपर्छ भनेका छन् ।
यथार्थ र वाद शब्द मिलेर यथार्थवाद बनेको छ । यथार्थवाद सम्प्रदाय त्यस्तो दृष्टिकोणमा केन्द्रित छ । जहाँ नजिरलाई नै कानून मानिन्छ । यस विद्यालयले कानूनको परम्परागत परिभाषालाई अस्वीकार गर्दछ । र कुनै पनि तर्क संगत संरचनालाई बेवास्ता गर्दछ र अदालतले दिएका निर्णयहरूमा पूर्णतया केन्द्रित हुन्छ । २० औँ शताब्दी भन्दा पहिलेबाट नै यो सम्प्रदायको सुरुवात भए तापनि धेरै समय पछि मात्र यो सम्प्रदाय विकसित भएको हो ।

यथार्थवादी कानूनी सम्प्रदायले नजिरलाई प्रमुख मान्दछ । नजिर भनेको कुनै मुद्दामा अदालत÷न्यायलयले दिएको निर्णय नै नजिर हो । मुद्दा हेर्न र फैसला गर्ने सम्बन्धमा अदालतद्वारा व्याख्या गरी स्थापित गरिएको कानूनी सिद्धान्त नै नजिर हो । नजिरको विरुद्धमा निर्णय गर्न पाइदैन र निर्णय भएमा सोही नजिरको आधारमा त्यस्तो निर्णय बदर तथा अमान्य हुन्छ । ‘कमन ल’ अनुसरण गर्ने देशहरुमा नजिर बाध्यात्मक कानूनका रुपमा प्रयोग हुन्छ ।

कमन कानून अपनाएका र सोबाट प्रभावित देश बेलायत, अमेरिका, नेपाल, भारत आदिमा नजिरलाई बाध्यत्मक मानिन्छ । तर, नागरिक कानून अवलम्बन गरेका मुलुकहरु फ्रान्स, इटाली, जर्मनी आदिमा यसलाई बाध्यत्मक मानिदैन । यसैले पनि यर्थाथवादी सम्प्रदायमा कमन कानूनको प्रभाव रहेकाले नजिरलाई प्रमुख मानिएको हो । ‘कमन ल’ भनेको विधायिका निर्मित कानुन होइन । अदालतले मान्यता दिएका प्रथा परम्परा बेलायती अर्थमा ‘कमन ल’ हुन् । नेपालमा नजिर बाध्यात्मक कानुन हो । तैपनि नेपालको कानुन प्रणालीलाई ‘सिभिल ल’ सँग जोडेर हेरिन्छ ।

यर्थाथवादीहरुले न्यायधीश निर्मित कानूनलाई मात्र मौलिक मान्दछन् । यर्थाथवादी सम्प्रदाय समाजशास्त्रीय सम्प्रदायका विचारकहरुको कानूनमा समाजको प्रभाव भन्ने धारणाको विरोधमा भएको हो । अदालत र न्यायाधीशको स्थानलाई स्पष्ट पार्न यर्थाथवादी सम्प्रदायको विकास भएको हो । यस सम्प्रदायलाई अमेरिकन यथार्थवाद र स्कयण्डनेभियन यथार्थवाद गरि दुई शाखामा विभाजन गरिएको छ । तर, यी दुवैको आधारभूत दृष्टिकोण एकै किसिमको छ । यर्थाथवादी कानूनी सम्प्रदायमा मत हाल्ने कानूनविद्हरु होम्स र पे्रmन्क हुन् । होम्सले १८९७ मा प्रकाशित निबन्धबाट अमेरिकी यथार्थवाद वा आधुनिक यर्थाथवादी सम्प्रदायको विजारोपण भएको हो । यस सम्प्रदायले कानूनले कसरी कार्य गर्दछ भन्ने कुरालाई प्रमुख मान्दछ । अदालतले कुनै मुद्दाको निर्णय गर्दा आफ्नो निर्णय तार्किक नभई भावनात्मक आधारमा राख्दछ । यस सम्प्रदाय अनुसार न्यायधीश निर्मित कानून मात्र मौलिक कानून हो । सम्भावित कानून वास्तवमा कानून होइन भनेर यस सम्प्रदायका कानूनविदहरुले भन्ने गर्दछन् ।

कानूनको निर्माण तथा विकासमा सामाजिक तत्वहरुको प्रत्यक्ष प्रभाव परेको हुन्छ । यथार्थवादीहरु न्यायाधीशको भूमिका माथि बढी जोड दिन्छन् । उनीहरुको अनुसार अदालतका अधिकारी र न्यायधीशहरुको कारवाही नै कानून हो । अदालतले जे गर्छ त्यो कानून हो । कुनै तथ्यको बारेमा जबसम्म अदालतले केही निर्णय दिदँैन । तबसम्म त्यस विषयमा कुनै कानूनको अस्तित्व रहदैन । यथार्थवादी कानूनी सम्प्रदायको सुरुवात कालखण्डतिर यसको बारेमा थुप्रै गलत व्याख्या गरिएको थियो । तर, अहिले एउटा निश्चित धारणाको रुपमा यसको विकास भइरहेको छ ।

कानूनको सिद्धान्त अध्ययन गर्नका लागि विधिशास्त्रको धेरै महत्व छ । विभिन्न विधिशास्त्रीहरुको मत र दृष्टिकोणद्धारा सुरुवात भएको कानूनी सम्प्रदाय भएपनि सबैको साझा उद्देश्य सबै व्यक्तिको न्यायमा पहुँच पुगोस् र सबै व्यक्तिले न्याय पाउन् भन्ने हो । दृष्टिकोण र विचारमा मात्र यी सम्प्रदायहरु छुट्टिएका हुन । हाम्रो समग्र जीवनधारामा रहेका विवेक, कर्तव्य र न्यायशीलतालाई विस्थापित गर्नु हुदैन । मुद्दा मामिलाको समयमा सर्वोच्च अदालतले गरेको संविधान र कानूनको व्याख्या वा प्रतिपादन गरेको कानूनी सिद्धान्त सबैले पालना गर्न आवश्यक छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *