निशा अधिकारी
आजको समय युग विज्ञान र प्रविधिको हो । जहाँ विकासका गतिविधि तीव्र गतिमा अघि बढिरहेको छ । मानिसहरुको जीवन दैनिकीमा उल्लेख्य बदलाव आएको छ ।
मानिसहरूले सोच्ने सोच, व्यवहार र जीवनशैली पनि फेरिएको छ । आज मानिस यति व्यस्त भएका छन् कि जसमा परिवार बिचमा पनि सामिप्यता हराउन थालेको छ । सबैलाई आ–आफ्नो मोवाइल इन्टरनेटको दुनियाँमा रमाउन थालिएको छ ।
इन्टरनेटको दुनियाँले मानिसहरुलाई कतै असल कर्ममा सघाएको पनि छ । तर, यसले थुप्रै खराब विकृति पनि जन्माएको छ । आजको व्यस्त अनि मस्त समयमा हामीले प्रायशः फेसबुक इन्टरनेटमा समय खर्चिरहेका छौ । जसले गर्दा मानिसको प्रत्यक्ष संवाद, आत्मियता, हार्दिकता, सिर्जनशीलता ह्रासोन्मुख छ । इन्टरनेटमा आउने राम्रा अथवा नराम्रा पक्षहरूले हामीलाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा प्रभाव पारिरहेको छ । एकातर्फ इन्टरनेट प्रविधिको सकारात्मक पाटा पनि छ । किनकि इन्टरनेटले हाम्रो कति कामलाई सरल र सहज बनाएको छ । धेरै राम्रो कुरा सिकाउँछ र मानिसहरु संग घुलमिल गराउँछ ।
वर्षाैदेखि भेट हुन नसकेका साथीहरुलाई पनि यसै माध्यमले भेट गराउँछ । वास्तवमा भन्ने हो भने हिजो परदेशिएका छोरा चिठीको सहाराले हालखबर सञ्चो बिसञ्चो सोध्ने गर्दथे । तर, आज हरेक सेकेन्ड मिनेटमा के गरेको छ ? कसरी बसेको छ ? सबै थाहा हुने प्रविधिको विकास भयो । आज हामीलाई हरेक कुराको भौतिक सुविधा प्राप्त गरेका छौ । आज विश्वमा इन्टरनेट नचलाउने मानिस सायदै कम होलान् । इन्टरनेट, मोवाइल प्रायःजसो मानिसको दैनिकी जीवन नै बनिसकेको छ । फेसबुक इन्टरनेटमा घण्टौ बस्नु, च्याट गर्नु, गेम खेल्नु साँच्चै नै हामीलाई इन्टरनेटको लत बसिसकेको छ । यो बिना हामी बाँच्नै नसक्ने भएका छौ । जसले गर्दा कतिपय अवस्थामा त मानिसहरुमा नकारात्मक प्रभाव पर्ने मानसिक तनाव जस्ता समस्या पनि उत्पन्न भएका छन् ।
आज विश्वमा इन्टरनेटको सुविधा एक अपरिहार्य छ । मानिसलाई अति आवश्यकको रुपमा लिने गरिन्छ । त्यस्तै आजभोलि त हामीलाई कुनै पनि वस्तु सामान खरिद गर्ने घण्टौ लाइन लगाएर वा हिँडेर जानु पर्दैन । आफुले चाहेको कुरा खाने देखि लिएर लगाउने सम्म हरेक कुराहरू इन्टरनेटबाटै पाउन सकिने जमाना आयो । यसैको माध्यमबाट पनि खरिद बिक्री गर्न सकिन्छ । यो समय अनुसारको परिवर्तन हो । तर पनि हरेक कुराको राम्रो अनि नराम्रो पक्ष हुने गर्दछ ।
इन्टरनेटका पनि नराम्रो पक्ष छ, कयौं मानिसहरूले यसै माध्यमबाट जघन्य अपराध गरेका छन् । चोरी डकैती अथवा ठगी गरेको अवस्था पनि छ । त्यसो त सरकारले कुनै पनि व्यक्तिलाई इन्टरनेट माध्यमबाट ठगी गर्ने वा नकारात्मक भ्रम फैलाउने कसैलाई धम्की दिने जस्ता कार्यहरुमा साइवर अपराध बिरुद्ध सजाय पनि दिने नेपाल संविधानको धारा २०७ मा उल्लेख गरिएको छ भने विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ लाई नै साइबर कानूनका रूपमा प्रयोग गरिँदै आएको छ । यी र यस्ता अपराध बढ्दो रुपमा रहेको छ पछिल्लो समयमा यस्ता घटनाले प्रोत्साहन पाइरहेको छ ।
अर्कोतिर हाम्रा बालबालिकामा पनि यसको प्रभाव हावी भइरहेको छ । पछिल्लो क्रममा कोरोना महामारीका कारण विद्यालय बन्द भएको कारण पनि बालबालिका घर भित्रै बस्नुपर्ने बाध्यता छ । यस्तै साथीभाइहरु संग घुलमिल हुन नपाउँदा अधिकांश बालबालिकाको शारीरिक तथा मानसिक स्थिति कमजोर हुनुका साथै इन्टरनेटमा बढी प्रभावित बनेका छन् । यही विषय सन्दर्भ आज हामी मानिस र हरेक अभिभावकको चासोको विषय बनेको छ ।
हामीले हाम्रा बाबु नानीलाई कतिको ध्यान दिने गरेका छौ ? मोवाइल, इन्टरनेटले बालबालिकामा के कस्तो असर परिरहेको छ ? यसबाट हामी र हाम्रो बालबालिकालाई कसरी सचेत र सुरक्षा प्रदान गर्न सकिन्छ त ? यस विषयमा ध्यान दिन जरुरी छ ।
किनकि, विश्वमा फैलिएको कोभिड महामारीले गर्दा विद्यार्थीहरुको भविष्य माथि कुनै पनि खेलवाड नहोस् । विद्यार्थीहरुको शैक्षिक क्षेत्र खेर नजाओस् वा शिक्षाबाट कुनै पनि बालबालिका बञ्चित नहुन् भन्ने उद्देश्यले सरकारले विद्यार्थीहरुका लागि वैकल्पिक शिक्षा सञ्चालन गरेको हो ।
जसरी भौतिक रुपमा बालबालिका विद्यालयमा पढ्दै, खेल्दै र साथीहरु संगको घुलमिल वातावरणले उनीहरु स्वस्थ र फुर्तिलो हुनुका साथै सृजनात्मक क्रियाकलापमा सक्रिय हुन्थे । तर, पछिल्लो क्रममा हामीले महशुस गरिरहेका छौ कि हाम्रा बालबालिका शारीरिक तथा मानसिक रुपले कमजोर भइरहेका छन् । बालबालिकामा चिडचिडापन, रिस एक प्रकारले मनोभावना नै असर पुगेको अवस्था छ । कारण इन्टरनेटको लत वास्तवमा मोवाइल इन्टरनेट हाम्रो जीवनको अभिन्न अंग हो । मोवाइल इन्टरनेट विना हाम्रो संसार अधुरो छ । किनकि विभिन्न इन्टरनेटको माध्यमबाट हामीलाई नयाँ–नयाँ जानकारीहरु प्राप्त हुन्छ । कहाँ के घटना भइरहेको छ ? हामीलाई तत्काल सूचना प्राप्त हुने गर्दछ तर पछिल्लो समयमा भने सयम इन्टरनेटका माध्यमबाट बालबालिका दुरुपयोग हुने, दुव्र्यवहारमा र शोषणमा पर्ने गरेका छन् ।
विशेषगरी यौन दुव्र्यवहारका घटनामा हत्या, हिंसा तथा लुटपाट तथा कुलतमा लाग्ने, इन्टरनेट गेममा लत बस्ने जस्ता समस्या देखिएको छ । अर्कोतिर ७२ प्रतिशत बालबालिकाको फेसबुकमा जोडिएको एक तथ्यांकले देखाइएको छ । त्यस्तै धेरै फेसबुक एकाउन्ट चलाउनेहरुको संख्या रहेको उल्लेख छ ।
साँच्चै नै वास्तविकता भन्ने हो भने हामी साना बालबालिकालाई खाना खुवाउन वा व्यस्त राख्न युट्युबमा भिडियो देखाउने र मोबाइलमा गेम खेल्न सिकाउने गर्छाैं । जसले गर्दा त्यही बानी छुटाउन नसक्दा हामीलाई दिक्क लाग्छ । बालबालिकाहरु पढाइमा भन्दा पनि मोवाइलमै ध्यान दिने गर्छन् । अर्कोतिर विद्यालय जाने उमेरका बालबालिका फेसबुक र मोबाइल वा कम्प्यूटरमा गेम खेल्न सिपालु भइसकेका हुन्छन् भने एक किसिमले प्रतिस्पर्धा नै ठान्ने गर्दछन् । अधिकांश बालबालिकालाई मोवाइल इन्टरनेट चलाउन नपाउँदा अनेक हर्कत वा जघन्य अपराध पनि भइरहेको घटना हामीले दिन प्रति दिन सुनिरहन्छौ ।
यसैगरी, नेपालमा इन्टरनेट प्रयोगकर्ता मध्ये एक चौथाई १३ देखि १९ वर्ष उमेर समूहका छन् । हामी मध्ये धेरै अभिभावकलाई १२–१३ वर्षका छोराछोरीले नै मोबाइल वा इन्टरनेट वा सोसल मिडिया चलाउन सिकाउने पछिल्लो क्रममा त झन् टिकटिक बनाउनेको संख्या बढ्दो क्रममा छ । तर, कतै इन्टरनेटले बालबालिकालाई राम्रो शिक्षा दिएको छ, कतै नराम्रो नकारात्मक शिक्षाले बालबालिको मनोभावनामा असर परेको अवस्था छ । वास्तवमा समय अनुसार सबै कुरा जान्नु सिक्नु पनि पर्छ । एकहोरो पढाइमा मात्र लागेर हँुदैन । कहिलेकाही मस्तिष्कलाई स्वतन्त्रता दिनुपर्छ तर पनि आजभोलि बालबालिका सिर्जनात्मक क्रियाकलापमा त्यति सक्रिय भएको देखिदैन । मोवाइल इन्टरनेटले बालबालिकालाई धेरै असर गरिसकेको छ । जसमा ६० प्रतिशत भन्दा बढी बालबालिका मनोटोनसका सिकार भएको पाइएको छ । रातमा नसुत्ने निद्रामा बर्बराउने एकहोरो हुने तथा टोलाउने रिसाउने, झर्कने जस्ता क्रियाकलाप गर्न थालेका छन् । जसले गर्दा बालबालिकाको भविष्य प्रति चिन्ता गर्नेहरुको संख्या बढ्दो छ । पछिल्लो समयमा इन्टरनेट गेम बन्द गर्नुपर्छ । यसले बालबालिकालाई नकारात्मक असर पुगेको छ भनेर आवाज उठिरहेको छ । हरेक अभिभावक पनि यस विषयमा गम्भीर हुनु जरुरी छ । यसका साथै बालबालिकालाई इन्टरनेट सम्बन्धी जनचेतना जगाउनु पनि हामी सबैको दायित्व हो ।