स्वास्थ्य रोज्ने कि रोग र समस्या ?

जिवनकुमार शाक्य
मान्छेले स्वास्थ्य शान्ति, सन्तोष पाउने नै हो भने खानपान, व्यवहार, स्वास्थ्य सरसफाई, योगा, दैनिक व्यवसाय आदिको सही खोज, सही रोजाई वा चाहना, कामना गर्नु अति आवश्यक छ । विना परिश्रम, सोध खोज अध्ययन आर्थिक लगानी विना त्यसै स्वास्थ्य पाउन सकिदैन भन्ने छर्लङ्ग छ । यो सबैलाई थाहा भएको स्पष्ट कुरो हो । तर, ९९.९ प्रतिशत मान्छेहरु थाहा नपाएर यस प्रति उदासिन बन्दै लापरवाही गरिरहेका छन् । बुझेर पनि बुझ पचाएर वा बाध्यताले गलत रोजाई वा चाहनाले गर्दा रोग भोक, दुःख कष्ट वा समस्या तनाव भोेगिरहेका छन् । बिभिन्न दीर्घ रोग, कोरोना आदि जस्ता संक्रामक रोगले संक्रमित मात्र भैरहेका छैनन्, अकालमा ज्यान र धन सम्पत्ति समेत गुमाइरहेका छन् । देश आर्थिक समस्यामा जकडिन पुगेको छ । मान्छेले स्वास्थ्य, शान्ति, सफलता, सन्तोक्ष्,ा सुख नपाउनु यही गलत चाहना, तृष्णा, कामनाले गर्दा हो । यस प्रति व्यक्ति परिवार, समाज, समुदाय, राज्य सरकार सचेत गम्भीर बनेर यसको सम्बोधन ब्यवस्थापन गर्न तर्फ लाग्नै पर्छ । समाधान खोज्ने, रोज्ने कि समस्या तथा रोग दुःख कष्ट यही रोजाई कामना, चाहना, रोजाई सोधखोज अध्ययन र व्यवहारमा भर पर्छ ।

सबै भन्दा पहिले खानपान सही होस् । यसको लागि गलत खानपान के हो ? सही ठीक खानपान के, कसरी भनेर थाहा पाउन, जान्नु जरुरी छ । स्वास्थ्यको लागि नुन, चिनी कम भएको, खराब चिल्लो पदार्थ एलडिएल कम भएको, विषजन्य अजिनोमोटो राखिएको खानेकुरा, आन्द्रामा टाँसिने रेशादार नभएको मैदाजन्य पदार्थ र यसबाट बनेका तयारी खाद्य पदार्थ खानु हुँदैन । सबै तयारी पोके पन्टुरे बिस्कुट, चिजबल, कुरकुरे, आईसक्रिम, चिसो र मात लाग्ने पेय पदार्थ, घरिघरी तताएको, पकाएर दुषित र कम पोषिलो भएका खानेकुरा खानुहुन्न । धुम्रपान मद्यपानलाई छाडेर अनावश्यक नुन, चिनी, चिल्लो पदार्थ नभएको, अनावश्यक खनिज पदार्थ बढी तर आवश्यक भिटामिन खनिज पदार्थ शरीरमा कम गराउने साथै शरीरमा हर्मोन इन्जायमको मात्रामा खलबल गर्ने खानेकुरा नखाएर ताजा फलफूल टुँसा उमारिएको गेडागुडी, दाल, सागपात, तरकारी सुख्खा फलफूल काजु बदाम, पिष्टा बदाम, किसमिस, छोकडा केही समय भिजाएको आदि र दुध, दही कम्ति मात्रामा खानु आवश्यक छ । त्यो पनि १२ घण्टा बढीको फरकमा अर्को दिन विहान र खाना नास्ता कम्तिमा ४,५ घण्टाको फरक राखेर खानु र सही मात्रामा खानु आवश्यक छ । पानी पनि मिलाएर पिउनु आवश्यक छ । यसैको कारण हो चिनी रोग, उच्च रक्तचाप, पक्षघात, क्यान्सर, थाइराइड, पत्थर, जोर्नी दुख्ने, लामो समय सम्म, प्रोस्टेट आदि हुने रोग संग लड्ने क्षमता कम भएर बिरामी हुने कारोना जस्ता संक्रामक सर्ने कारण ।

एलडिएल खराब चिल्लो पदार्थ भएको रिफायन तेल राखिएका भुटेका टारिएका पाकेटका सवै तयारी खानेकुरा, माछा, मासु, अण्डा, दुध, दही र यसबाट बनेका परिकारहरु ज्यादै कम मात्रामा खानु जरुरी छ । साथै विपरित काम गर्ने खानेकुराहरु एकैसाथ नखाएर, खाना खाजा खाईसके पछि बिचमा र अगाडि पानी, चिया, कफी र आइसक्रिम वा गुलिया जेरी मिठाइहरु पनि खाएको हुनुहुदैन ।

सही सकारात्मक सोच ब्यवहारका लागि विषय वासना, मोह, स्वार्थमा नटाँसिएर शील सदाचार, स्वच्छ ब्यवहार, व्यवसाय अपनाउन आवश्यक क्षमता गुण, साहस, धैर्य, प्रेम जस्ता मानवीय गुणहरु आर्जन गर्न आफनो मन विचार शरीरमा मुटु र गलत श्वासले धड्कन, तेज, गति, दबाब, चाप कम्पन भावको विना प्रतिक्रिया अध्ययन साक्षी भावले अवलोकन गर्ने साहस र धैर्य राखेर ध्यान समाधीलाई दैनिक उचित विहान र बेलुकी अपनाउनु जरुरी छ । जसले सही बाटो मार्ग प्रशस्त गर्न सहयोग गर्छ । एकेडेमिक स्कुले क्याम्पसको ज्ञान नै चाहिन्छ भन्ने छैन भन्नहुन्छु बुद्ध सन्तहरु । यसलाई प्रस्ट गर्न भगवान बुद्धकालीन एउटा घटनाबारे जान्नु सान्दर्भिक हुन्छ ।

भगवान गौतम बुद्धले तत्कालीन समयमा राजा अजात शत्रुको राजसभामा विद्धान गुरु वर्ग राज प्रसादका अधिकारीको सहभागिता बिच कुनै पनि समस्या दुःख कष्टको कसरी समाधान पाउन सकिन्छ ? वा दुःख कष्ट समस्या नहोस् भनेर के गर्न सकिन्छ भन्नेबारे जानकारी गराउन आयोजना गरिएको छलफल, वादविवाद समारोहमा कुरा चल्दा स्वास्थ्य, शान्ति, सही ज्ञान वा दृष्टिकोण सही समझ होश हुनु अति जरुरी छ भन्ने निक्र्यौल भए पछि सही ज्ञान सोच वा स्वस्थ स्वास्थ्य, शान्ति कसरी पाउन सकिन्छ ? यसलाई व्यक्तिमा कसरी उच्चतम रुपमा विकसित गर्न सकिन्छ भनेर राजप्रसादका गुरु वर्गलाई प्रश्न गर्नु हुन्छ, सोध्नुहुन्छ, यसबारे उहाँ स्पष्ट पार्न भन्नुहुन्छ, तर गुरु वर्ग अकमकिनु हुन्छ भन्न असमर्थ भएपछि भगवान गौतम बुद्धको शरणमा पर्छ, तब तथागत गौतम बुद्धले यसको लागि शील सदाचार ब्यवहारका साथै ध्यान समाधी आवश्यक रहेको, शील सदाचारको ब्यवहारले ध्यान समाधीमा प्रवेश पाउन सहज हुने र यसले मान्छेको दिमागमा प्रज्ञा वा सही दृष्टिकोण सोच समझ जागृत वा सिर्जना भई सही कामधाम ब्यवहार व्यवसाय गर्न समर्थता वा क्षमता विकसित भई स्वास्थ्य शान्ति सफलता सुख आनन्द पाउन सकिने भनाई स्पष्ट संग विस्तार गरिराख्नु भएको थियो । सबैले भगवानको प्रशंसा र जयजयकार गर्नु भएको थियो । भगवान बुद्धको यही भनाई आज पनि उत्तिकै सान्दर्भिक छ सम्र्पुर्ण मानव जगतको लागि । भगवान गौतम बुद्धले शील सदाचारका लागि चोर्ने, ढाँट्ने, नशा लाग्ने मदिरापान, धुम्रपान नगर्ने, असत्य झुठो नबोल्ने, हिंसा, काटमार, हतियार बोली वचन नगर्ने, लोभ मोहले ग्रसित भएर बासना पैसा सुविधामा नहोमिने नरमाउने पञ्चशील जस्ता शील, अस्टशील वा मध्यम मार्गमा दृढ भएर लाग्न सिकाउनु भयो ।

तर, हामी समस्या दुःख कष्ट, तनाव, रोग, भोक कम गर्न पुजाआजा यज्ञ कर्मकाण्डहरु बढी गर्छौ, पैसा सम्पत्ति कमाएर मोजमस्ती गर्ने सुविधा मोह अहंकारमा बाँच्ने गलत सोचले परिवार, समाज, देशलाई घात गर्ने गरी भ्रष्टाचार व्यभिचार, अन्याय, अत्याचार गरिरहेका छौ । मोह सुविधा शक्तिको अगाडि लम्पसार परे निर्माण टेण्डर ब्यवसायका कामहरुमा गलत फाइदा लिने निर्णय, देशघात गर्ने कार्यहरु गरिरहेका छौ । जसले गर्दा देशका जनता विभिन्न विचार, दृष्टिकोण, जातभात वर्गमा विभाजित छ एकले अर्कोलाई पछि पार्ने, जे पनि गर्ने, पर्दा पछाडिबाट र केही देखिने गरिनै लागिरहेका छौ ।

आउनुस् अब आफु परिवार र समाजका लागि शील सदाचारयुक्त जीवन र विपश्यना ध्यान समाधीतर्फ पाईला चाल्ने साहस गरौ । भवतु सब्ब मंगलम् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *