अनुशासन बिना असल व्यक्ति बन्न असम्भव

संयोग पन्त
अनुशासन शब्दलाई हामीले सानै उमेरदेखि सुन्दै आएका छौ । अनुशासन शब्द नेपाली दुई शब्द ुअनु’ र शासन’ मिलेर बनेको हो । यसको अर्थ आफैले आफुलाई सही रुपमा शासन गर्नु वा चलाउनु हो । हामी हाम्रो बाल्यकालदेखि हाम्रा घरमा अभिभावकबाट विद्यालयमा शिक्षक शिक्षिका मार्फत अनुशासित हुनुपर्ने शिक्षा पाई रहेका छौंँ । अनुशासन एक त्यस्तो गुण हो,जसद्वारा व्यक्तिले आफ्ना भावनाहरू र व्यवहारलाई नियन्त्रण गर्न सिक्दछौं । हाम्रो जीवनको हरेक पाइलामा र मार्गमा अनुशासन अत्यन्त मूल्यवान हुन्छ । त्यसैले, व्यक्तिलाई जीवन सुन्दर बनाउन, प्रगति गर्न र सफलता प्राप्त गर्न प्रेरित गर्न अनुशासन अति आवश्यक छ । हामीले स्कूल, घर, कार्यालय, संस्था, कारखाना, खेल मैदान लगायत हरेक स्थान र समयमा अनुशासनको पालना गर्न जरुरी हुन्छ ।

अनुशासनले हामीलाई परिपक्व बन्न, भोलिका लागि सोच्न, असल कार्य गर्न र जिम्मेवार भएर काम तथा निर्णयहरू गर्न सक्षम बनाउँछ । यसले हामीलाई असल रुपमा सञ्चालित र नियन्त्रित हुन सहयोग गराउँछ । यसले हामीलाई जिम्मेवार बनाउँछ । अनुशासनले व्यक्तिलाई सफल पार्नको लागि प्रेरित गर्न र जीवनमा प्रगति गर्न महत्वपूर्ण भूमिका खेलेको हुन्छ । अनुशासनले व्यक्तिलाई सभ्य, चरित्रवान हुन र असल आचरण निर्माण गर्न मद्घत गर्दछ । अनुशासन बिना कुनै पनि व्यक्तिको जीवन सफल भएको पनि छैन र हुन पनि सक्दैन । अनुशासन बिना जीवन असफल, हेलित, निस्क्रिय र मूल्यहीन हुन्छ ।

अनुशासनको क्षेत्र ज्यादै फराकिलो छ । अनुशासनको पालना गर्ने व्यक्तिले मात्र सफलता हासिल गरेका र समाजमा आदर, सम्मान, उच्च पद र प्रतिष्ठा प्राप्त गर्दछ । यो घरपरिवारदेखि लिएर समाज, धर्म, संस्कृति, राजनीति, वित्त आदि क्षेत्रमा महत्वपूर्ण हुन्छ । अनुशासन सामाजिक जीवनको एक अत्यावश्यक गुण हो । अनुशासनले जीवनमा सफलता ल्याउँछ । विद्यार्थीको जीवनमा त अनुशासनको झनै धेरै महत्व हुन्छ । विद्यार्थीको क्षमता बढाउन र यसको आकार दिन अरु सबै गुणहरू मध्ये अनुशासन सबैभन्दा आधारभूत मानिन्छ । अनुशासित विद्यार्थीलाई घर परिवार, शिक्षक, संगी साथीहरु ल्गायत विद्यालय परिवार सबैले राम्रो नजरले हेर्ने र राम्रो व्यवहार गर्ने भएकोले हामी सबै अनुशासित हुन आवश्यक छ । अहिले कोरोनाका कारण हामी स्कुल नगएर घरमै बसेर पढ्नु परेको छ । घरमा बसी रहदा हजुरबुबा, हजुरआमा, बाबा, आमा, दाइ, दिदी लगायतले भनेको मान्ने र अनुशासित भएर पढनु पर्दछ । तर, कसैकसैले घरमा आफु भन्दा ठुलाले भनेको नमान्ने, आँखा दुख्ने गरी मोवाइल, ल्यापटप, ट्याव आदिमा गेम खेल्ने, युट्युव चलाउने, टिभी हेर्ने, मोवाइल चलाएर बसिरहने, सम्झाउँदा रिसाउने, झर्किने गरेका पनि सुन्न पाइन्छ । समय मिलाएर थोरै समयमात्र टिभी हेर्ने, मोवाइल चलाउने काम गर्नु पर्दछ । अनुशासित मानिसले आफु भन्दा ठुलाले भनेको मान्नु पर्दछ र आदर सम्मान गर्नु पर्दछ भने आफु भन्दा सानालाई सधै माया गर्नु पर्दछ । कहिल्यै पनि खराक काम गर्नु हुदैन ।

अनुशासन जीवनको एक महत्वपूर्ण व्यवहार हो । यो मानिसको महत्वपूर्ण गहना हो, जुन जो कुनै व्यक्तिको जीवनमा सफलताको लागि आवश्यक हुन्छ । यसले समाजलाई राम्रो व्यवहार, क्रियाकलाप गर्नुुपर्छ भन्ने कुरा सिकाँउछ र देश विकासका लागि यूवा मात्र भएर हुदैन । अनुशासित, कर्तव्यनिष्ठ, शिक्षित, व्यवहारिक, लगनशील युवाले मात्र देश विकासमा योगदान पु¥याउन सक्ने भएकोले सबै घर, परिवार, समाज र देशले यस्तो असल वातावरण दिन सकेमा मात्र देशको विकास हुन सक्दछ ।

हामीले अनुशासनको पालना आफू भित्रैबाट गर्नु पर्दछ । देखावटी रुपमा अनुशासनको पालना गरेर सफल बन्न सकिदैन । सबैले सचेत भई सामाजिक नीति–नियमका घेरा भित्र रहेर काम गर्नु उचित हुन्छ । आफू अनुशासनमा रहने मानिसले नै अरुलाई पनि अनुशासनको पाठ पढाउन सक्छ तर अहिले यस्तो अबस्था देखिदैन । यो नराम्रो कुरा हो । जुन व्यक्ति अनुशासित छैन, त्यसले अरु कसैलाई पनि अनुशासित बनाउन सक्दैन । यसैगरी, कसैले दण्ड, डर र धम्कीबाट अरुलाई अनुशासन सृजना गरी कायम गरिने अनुशासन क्षणिक हुन्छ, त्यस्तो अनुशासन सधैँ टिक्दैन । सबैले पहिले आफै अनुशासनमा बस्नु जरुरी छ । यसैले आफै अनुशासित हुनु नै अनुशासनको पहिलो काम हो । खराब मानिसको संगतले गर्दा कहिल्यै असल र अनुशासित बन्न सकिदैन । हामीले बराबर सोच विचार र व्यबहार भएका मानिस चिनेर तिनीहरुको संगत गर्न हुदैन । त्यस्ता मानिसलाई आफुले सुधार्ने काम गर्नु पर्दछ र यदि सकिएन भने तिनीहरुको संगत गर्नु हुदैन, अनि मात्र हामी सफल हुन सक्दछौ ।

अनुशासन विद्यार्थी, बुढापाका सबैको गहना हो । अनुशासन बिना हाम्रो जीवन पशु सरह हुन्छ । हामीले सिकेको कुरा पछि सम्म नभुल्न हामीलाई अनुशासन निकै महत्व हुन्छ । हामीले विद्यालयमा पनि शिक्षकले पढाएको कुरा ध्यान दिएर सुन्नुपर्छ र घरमा पनि अभिभावकले भनेको कुरा राम्रोसँग चिन्तन र मनन गरेर सोच्नु पर्छ ।

हामी आजका विद्यार्थी भोलिका यस देशका कर्णधार हौं । त्यसैले, हामीलाई कसैले सिकाएको कुरा नभुल्ने गरी मनमा राख्नु पर्छ । अनुशासन बिना हाम्रो जीवन एकपल पनि सम्भव छैन । थोमस एल्वा एडिसनले शिक्षकहरुले पढाएको कुरा सम्झन सक्दैन भनेर पढेर काम छैन भन्दै स्कुलमा नआउन सुझाव दिए तर उनले अनुशासित र धैर्यवान् भै घरमा निरन्तर अभ्यास गरी चर्चित वैज्ञानिक बन्न पुगे महात्मा गान्धी छिमेकी देश भारतका राष्ट्रपिता अनुशासनकै कारण बने । हाम्रो नेपालका पनि अनैकौ मानिसहरु साहित्य, कला, संगीत, प्राध्यापन, राजनीतिमा अनुशासनकै कारण सफल भएका उदाहरण हामीसँग छन् । त्यसैले अनुशासनको महत्व धेरै हुन्छ ।

विश्व सन्दर्भलाई हेर्दा पनि असल र सफल मानिस बनेका व्यक्तिहरु अनुशासनकै कारण अगाडि बढेकाले अनुशासन बिना कोही मानिस सफल भएको देख्न सकिँदैन र हुन पनि सक्दैनन् । कुनै पनि मानिस पढाइमा कमजोर भए पनि राम्रो अनुशासन भयो भने राजनीति, कला, साहित्य, संगीत, खेलकुद मनोरञ्जनका क्षेत्रमा अझै प्रतिष्ठावान हुन सक्दछौं । यसका साथै पढाईलाई पनि सँगै लान सक्दछौ । हामीलाई थाहा छ, अनुशासित हुँदा हाम्रा गुरुवर्ग, अभिभावक लगायतका आफन्तजनले धेरै माया र सद्भाव दिनुहुन्छ ।

हामी अनुशासित विद्यार्थी नभएमा सहयोग र सम्मानहरू क्रमशः घट्दै जान्छन् । हामीलाई हेर्ने दृष्टिकोण पनि फरक हुन जान्छ । त्यसैले, जीवनका हरेक पाइला पाइलामा हामीलाई अनुशासनको महत्व धेरै छ । हाम्रो दैनिक पढाई लेखाई अगाडि बढाउन पनि अनुशासन एकदमै महत्वपूर्ण छ । जुन विद्यार्थी कक्षामा अनुशासित भएर बस्छ उनै परीक्षामा अगाडि बढेको देख्न सकिन्छ । त्यसैले पनि विद्यार्थी जीवनको साथसाथै जीवनका सबै क्षणमा हामीलाई अनुशासनको महत्व बढी हुन्छ । अनुशासनले नै हामीलाई व्यवहारिक, सभ्य, कर्तव्यनिष्ठ बनाउने भएकोले जीवनका हरेक पाइला पाइलामा सबैले अनुशासन पालना गर्न अत्यन्त जरुरी छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *