सृजना पौडेल
नेपाल एक विकासोन्मुख राष्ट्र हो । भूगोलका हिसाबले सानो भएता पनि विकासका सम्भावनाहरु धेरै नै छन्, तर, त्यसको यथेष्ट पहिचान र प्रयोग गर्न नसक्दा विकासमा अझै अपेक्षित फड्को मार्न सकेको छैन । कम विकसित भएकै कारण यहाँ अशिक्षा ,बेरोजगार, हिंसा, हत्या, आत्महत्या, द्वन्द्व आदि समाजका बाधक तत्व वा विभिन्न सामाजिक समस्या र चुनौतीहरु देखा पर्ने गर्दछ्न् । त्यही मध्येको एक हो आत्महत्या ।
मानव एक विवेकशील प्राणी हो । मान्छेका विभिन्न स्वभाव, आंकाक्षा र आवश्यकता रहेका हुन्छन् । गास, बाँस,कपास,शिक्षा,स्वास्थ्य र मनोरन्जन आदि । यस्ता आवश्यकता परिपुर्ति गर्ने क्रममा कोेहीले भरपुर मात्रामा आवश्यकता पुरा गर्छन् त कोहीले त्यही आवश्यकताहरु पुरा गर्न नसकेर विरक्तिएका हुन्छन् । मनमा खिन्नता लिएर बाँचिरहेका हुन्छन् । जसले मानव मस्तिष्क नै नकारात्मक तिर उद्धत हुन्छ । त्यसकारण तिनीहरुले बाँच्नुको व्यर्थ वा म बाँच्नु उचित छैन भन्ने सोच र निश्कर्षमा पुग्छन् र आत्महत्याको बाटो अँगाल्दछन् ।
कुनै व्यक्तिले आफ्नो जीवन आफैले समाप्त गर्ने वा आफ्नो हत्या आफैले गर्ने कार्यलाई आत्महत्या भनिन्छ । मानिसको बाँच्न पाउने मात्र होइन, मर्न पाउने पनि अधिकार हुनुपर्छ भन्ने बहस समेत अहिले व्यापक छ । कतिपय मुलुकले व्यक्तिको सहज मरणको अधिकारलाई सुनिश्चित गर्न कानुनी व्यवस्था समेत गरेको पाइन्छ । एकातर्फ व्यक्तिको मर्न पाउने अधिकारको विषय बहसको विषय बनिरहेको छ भने अर्कोतर्फ व्यक्तिलाई विभिन्न तवरले मर्नको लागि बाध्य पार्ने कार्यलाई अपराधको रुपमा लिएर सजायको व्यवस्था गर्ने प्रचलन फौजदारी विधि शास्त्रमा एक स्वीकृत मान्यताको रुपमा रही आएको छ ।
विश्व स्वास्थ्य संगठन WHO ले पछिल्लो एक दशकमा विश्वको १६२ देशको आत्महत्याको तथ्याङ्कलाई हेर्दा ४० सेकेण्डमा १ जना मानिसले आत्महत्या गरेको अध्ययनले देखाउँछ । विश्वमा हरेक वर्ष ८ लाख मानिसले आत्महत्या गर्दछन् । आत्महत्याका कारण मर्ने मानिसहरुको संख्या हुन्छ र प्राकृतिक प्रकोपका कारण ज्यान गुमाउने भन्दा पनि बढी रहेको पाइन्छ । कोभिड १९ को बाहेक वा कुनै पनि माहामारी बाहेक)
लैङ्गिक आधारमा हेर्दा विश्वमा महिलाको भन्दा पुरुषको आत्महत्याको दर बढी देखिएको थियो । नेपालमा पनि पुरुषको संख्या महिलाको भन्दा बढी देखिएको थियो तर पहिलेको समयलाई हेर्दा नेपालमा युवाहरुमा आत्महत्याको दर उच्च पाइएको छ । तथ्यांक अनुसार १५–२९ वर्ष उमेर समुहका युवायुवतीमा मृत्युको प्रमुख कारणको रुपमा आत्महत्या रहेको पाइन्छ । आत्महत्या सामाजिक स्वास्थ्य जस्ता विभिन्न कारणले युवायुवतीहरुले गर्ने गरेको मनोविश्लेषकको भनाई छन् । आत्महत्या गर्नु वा गर्न खोज्नु एक किसिमको मानसिक रोग हो ।
नेपालमा पछिल्लो समयमा आत्महत्या गर्ने युवायुवतीको संख्या दिनानुदिन बढिरहेको छ । सुजिता भण्डारी, विष्णु बराल, सिर्जना बस्नेत, सिर्जना विक जस्ता थुपै घटनाहरुलाई हेर्दा योे कुरा बुझ्न सकिन्छ कि युवा अवस्थामा भविष्य प्रति निराशा हुनु र समस्या समाधान नदेख्नु नै आत्मघाति व्यवहारका मुल कारण हुन् । युवायुवतीले आत्महत्या गर्नुमा वातावरणीय तथा मानसिक तत्व रहेको पाइन्छ । मानसिक दबाब जस्तैः दुव्र्यवहार, जिस्काई, हैरानी, पारिवारिक सम्बन्धमा समस्या बेरोजगारी आदि रहेका हुन्छन् । मानसिक दबाब दिने खालका जीवनमा पर्ने घटना मृत्यु, सम्बन्ध बिच्छेद, प्रेममा असफलता, परीक्षामा असफलता, जोखिमयुक्त समस्याबाट मुक्ति पाउन, शारीरिक वा मानसिक दुव्र्यवहार, बलत्कार, घरेलु हिंसा, यौन हिंसा, दाइजो, अन्तरजातिय विवाह, गम्भीर कानुनी समस्या जस्तैः फौजदारी अभियोग आदि जस्ता कारणहरुले युवायुवतीलाई मृत्युको मुखमा पु¥याउँदछ ।
कतिपय ठाउँमा हेर्ने हो भने गरिबी नै आत्महत्याको मुख्य कारण मान्न सकिन्छ । परिवारमा नियमित आम्दानीको अभावका कारण धेरैजसो सुविधाबाट बञ्चित हुनुपर्दा पनि कमजोर मन दिमाग भएका युवायुवतीहरु आत्महत्या गर्दछन् । बेरोजगार हुँदा जागिर खानै पर्ने पारिवारिक दबाबमा सफल हुन नसक्दाका कारणबाट पनि आत्महत्याको बाटोमा पुगिरहेका छन् । पारिवारिक जिम्मेवारीको बोझबाट मुक्त हुन संघर्ष सहितको विकल्प नखोजी मृत्यु अँगाल्ने पनि देखिने गरेका छन् ।
युवा अवस्था भनेको विपरित लिंग प्रतिको आकर्षणको उमेर भएकाले आफुले मन पराएको वा चाहेको केटा वा केटीबाट साथ नपाउँदा थुप्रै आत्महत्याका घटना हुने गरेको पाइन्छ । प्रेम पनि आत्महत्याको कारण बन्ने गरेको छ । प्रेममा असफल भई वा प्रेमी वा प्रेमिकाले धोका दिएको अबस्थामा धेरै युवायुवतीले आत्महत्या गरेको सुन्न पाईन्छ । आजको नेपाली समाजमा देखा परेको आत्महत्याको कारणमा यो पनि अधिक छ । यसमा सुजिता भण्डारी, विना सापकोटा लगायतको युवतीहरुको आत्महत्या यसको ज्वलन्त उदाहरण हो ।
आत्महत्या रोकथाम विश्वभर नै एउटा चुनौती हो । आत्महत्या मुुलुककै एक सामाजिक समस्या बनेको छ । आत्महत्याको बढ्दो समस्या रोक्न सरकारले कडा कानुन बनाएर मात्र पुग्दैन, यसको प्रभावकारी कार्यान्व्यन पनि जरुरी छ ।
युवा वर्गको आत्महत्यालाई लैङ्गिक रुपमा हेर्ने हो भने पुरुषको तुलनामा युवतीको संख्या अत्यन्तै बढी देखिन्छ । नेपालमा राज्यका संरचनामा महिलाको प्रतिनिधित्व पहुँच सुदृढ बन्दै गएको भए पनि महिला हिंसामा कमी आएको छैन र बिभेदका घटना निरन्तर देखा परिरहेका छन् । सशस्त्र द्घन्द्घकालमा भएका महिलाहरुको गैरन्यायिक हत्या र पछिल्लो समय निर्मला पन्त आगरथी भट्ट देखि सुजिता भण्डारी, विष्णु बराल, सिर्जना बस्नेत, बिना सापकोटा, सिर्जना विक आदि लगायतको घटनालाई हेर्ने हो भने हामी नारीको मन नै छिया छिया हुन्छ । सरकारले यस्ता हत्या हिंसा प्रति संवेदनशील छु भनि राष्ट्रिय अन्तर्राष्ट्रिय तहमा प्रतिवद्धता जनाइरहेको र केही सकरात्मक पहल गरेको भए पनि न त हिंसा घटेको छ न त पीडितले न्याय नै प्राप्त गर्न सकेका छन् ।
आत्महत्या दुरुत्साहन जस्ता संवेदनशील विषयमा पनि शक्ति या पहँुचवाला व्यक्तिले घटना गराएमा संरक्षण गर्ने प्रवृत्तिले जरो गाडेको छ । प्रहरीले अनुसन्धन गरे जस्तो गर्ने तर २–४ जना निर्दोष व्यक्तिलाई जर्बजस्ती छानविनमा लगेर निर्मम कुटपिट, दुव्र्यवहार गरेर दोषी करार गर्ने प्रवृत्ति पनि देखिएको छ । यस्तो झुटको खेल या षड्यन्त्रमा प्रहरी प्रशासन र सिंगो राज्य लाग्नु दुर्भाग्य हो । देशमा लोकतन्त्र स्थापना भएको भनिएता पनि विभेदकारी कानूनहरुको निरन्तरता कार्यन्वयन तहमा जरो गाडेर रहेको पितृसत्तात्मक सोच समाजको बाधा हो । यस्ता कार्यबाट युवा युवतीको हत्या वा आत्महत्या केही खुल्न नसकेका थुप्रै उदाहरण छन् ।
सामाजिक कलंक वा युवा आत्महत्याको निवारण र न्युनिकरणका निम्ति सुझावहरुः
-जातिय लैङ्गिक,वर्गीय बिभेदको अन्त्य गर्नुपर्ने
-गरिबी न्यूनिकरण र रोजगारी प्रवद्र्धनका लागि विशेष एक लक्षित कार्यक्रम र योजना सञ्चालन गर्ने
– सबै तहमा जनचेतना अभिवृद्धि गर्ने
-आत्महत्या गर्न बढी प्रयोग हुने साधनको पहुँच घटाउने
-आत्महत्या गर्न दुरुत्साहन गर्ने कार्यलाई आपराधिकरण गर्ने
– आत्महत्या भएका घर परिवारको सदस्यहरुलाई आवश्यक कानुनी सामाजिक र प्रशासनिक सहयोग गर्ने
– आत्महत्या निवारणका लागि राष्ट्रिय रणनीति तर्जुमा गर्ने
सन्दर्भ सामागी्रहरु
– मुलुकी ऐन (२०२०)
-घरेलु हिंसा –कसुर र सजाय)ऐन २०६६
– विभिन्न युटुयुव भिडियो
-विभिन्न पत्रपत्रिकामा आएका घटनाका समाचारहरु
– बिश्व स्वस्थ्य संगठन धजय को तथ्याङक विवरण (२०११)
-धवलागिरी बहुमुखि क्याम्पस बागलुङका गुरुहरु
– अधिकारी विश्वबन्धु (२०७८)
-पन्त सरोजराज (२०७८)