संघर्षको यात्रामै अस्ताएको जीवन

सरोजराज पन्त
जीवन गर्भदेखि चितासम्मको यात्रा हो । गर्भदेखि चितासम्मको यात्रा कसैका लागि सहज अनि कसैका लागि जटिल पनि बन्दछ । जीवनको यात्रामा उकाली–ओराली, दुःख–सुख, सहज–असहज परिस्थिति आइरहन्छन् । संघर्ष गर्नु मानव जीवनको बाध्यता हो । जीवनका मोडहरु प्रत्यक्ष एवं अप्रत्यक्ष रुपमा अर्थसँग जोडिन आउँछ । यद्यपि, धर्तीमा पाइला टेकेपछि बाँच्नका लागि निरन्तर संघर्ष भने गरिरहनु पर्दछ । मानवको जीवनरथलाई चलायमान बनाउन हरपल क्रियाशील भई रहनु पर्दछ । यो मानव जीवनको बाध्यता पनि हो । सृष्टिको पूर्वाद्र्धदेखि अहिलेसम्म विश्वमा अनगिन्ती मानिसहरु यो धर्तीमा जन्मिए र उही गतिमा यही धर्तीमा विलीन हुदैँ गए । सृष्टिको यो रीति र प्रवृत्ति आजपर्यन्त निरन्तर चलिरहेको छ र अजस्र चलिरहन्छ, । यो जीवन रुपि चक्र घुमिरहन्छ जबसम्म यी धर्ती माताले अन्तिम विश्राम लिँनेछैनन् । मानव इतिहासको अध्ययन गर्दा रुखको हाँगा देखि गुफाहुदैँ, झुप्रे घर, चारपाटेघर, र खरले छाएका सामूहिक बसाइका घरदेखि वर्तमान आधुनिक सुविधासम्पन्न घर र समाजसम्म आइपुगेको छ ।

यस्तै परिवेशमा समाजका लागि निःस्वार्थ काममा निरन्त्तर तल्लिन लिमिठानामा तुरतुरेको पानीले निखार व्यक्ति हितराज पन्तको जन्म वि.सं. १९८८ साल चैत्र १८ गते आमा रणकुमारी पन्त र बुबा पिताम्वर पन्तको कोखबाट भएको हो । अग्लो मोटो हृष्टपुस्ट शरीर, गोलो अनुहार भएका हितराज पन्त जीवनको सानै उमेरदेखि पठनपाठनमा त्रीव इच्छा भएपनि विविध जटिलता भोग्नु परेकोले गुरुकुल शिक्षाबाट र स्वअध्ययन गरी आफूलाई स्वावलम्बी बनाउन निरन्तर प्रयास र संघर्ष गर्नु प¥यो । कुषि क्षेत्रमा लागेर पर्वतका विभिन्न गाउँहरुमा सेवा पु¥याउनु, पण्डित, राजनीति,आर्युवेर्दिक सेवामा तादात्म्यता राखेर उहाँको जीवन यात्रा चलाउनु भयो । वहुदलीय प्रजातन्त्रको पक्षमा वहस पैरवी हुँदा खुलेर पन्चायतको विरोधमा आवाज उठाउँन विचलित नभई लाग्नु भयो । कुषि कार्यमा दाजुभाइ दिदीबहिनीहरुलाई सेवा दिन अगुवा कुषकको रुपमा सेवा पु¥याउँदै आउनुभयो । जीवनको पूर्वाद्र्वदेखि नै संघर्षमय जीवन जीउन विवश बनेपछि दुःखजीलोमा आफुले पाएको सीप, क्षमता अनुरुप अनवरत लागि रहनुभयो ।

सामाजिक व्यक्तित्व भएकाले अनेकौ योगदान प्राप्त गर्न सफल भएको छ । जीवनका हरेक पलमा समाज लागि उहाँको योगदान रहेको पाइन्छ । साधारण व्यतिmत्व, परिश्रमी, नियमित काममा लाग्ने, समय व्यवस्थापन गर्ने, जोशिलो, कर्मठ रहेको पाइन्छ । आफ्ना लागि मात्र नभई समाज, मानवका लागि निरन्तर क्रियाशील व्यक्तित्व पन्त जीवनमा सेवामा रमाउने प्रवृत्तिका कारण हरपल सामाजिक, मानवीय काममा लाग्नु भएको पाइन्छ । स्थानीय स्तरसम्मका दर्जनौ संघसंस्थामा सदस्य देखि अध्यक्ष, सल्लाहकारको रुपमा महत्वपूर्ण भूमिका खेल्दै आउनु भएकोले विविध क्षेत्रमा पु¥याएका योगदानलाई शब्द चित्रमा उतार्न जटिल छ ।

वि.स. २०२९ साल देखि अगुवा कृषक भई अनवरत सेवा पु¥याउँदै यस क्षेत्रका मानिसलाई सेवा गर्दै आउनु भयो । पेशागत क्षेत्रका विभिन्न पदमा रहेर कार्य सम्पादन गर्दै आउनुभयो । आफ्ना लागि मात्र होइन, अरुको लागि पनि बाँच्न सिकौ भन्ने प्रेरणा उहाँले यस क्षेत्रमा पु¥याउनु भएको योगदानबाट स्पष्ट हुन्छ । वि.सं.२०४६ सालदेखि मुत्युपर्यन्त नेपाली कांगे्रसको तत्कालीन लिमिठाना गाउँ विकास समितिको इकाई अध्यक्ष पदमा रहेर कार्य सम्पादन गर्नु भएको थियोे । राजनीतिलाई भ¥याङ बनाएर स्वार्थ पुर्ति गर्ने प्रवृत्ति हाबी भएपछि स्वार्थी राजनीतिले वितृष्णा सृजना गराएकोले आफु पछि बसेर पनि अरुलाई राजनीतिमा अगाडि बढाउन कुनै कसुर नराखेको पाइन्छ । उहाँले लिमिठाना माध्यमिक विद्यालयमा आफैले निर्माण गरी दराज र कुर्सी प्रदान गर्नु भएको पाइन्छ । दुई कार्यकालसम्म मधु वन उपभोक्तmा समितिको अध्यक्ष पदमा रहेर वन र वन पैदावारको सरक्षणमा लाग्नु भयो । एक कार्यकाल खरायचौर वन उपभोक्तmा समितिको अध्यक्ष पदमा रहेर वृक्षरोपण, वन र वनजन्य पैदावारको सरक्षणमा खटिनु भयो । पाठशालाको निर्माण, सञ्चालन, व्यवस्थापन र आवश्यक सामग्री संकलनजस्ता महत्वपूर्ण कार्य गर्नु भएको पाइन्छ ।

समाजले पण्डित, राजनीतिज्ञ, आर्युवेर्दिक बैद्य, अगुवा कुषक, सिकर्मी, डकर्मी, बासुरी, हारमोनियम बाद्यकका रुपमा उहाँलाई चिनिन्छ । उहाँले केही कविता पनि रचना गर्नु भएको पाइन्छ । ती कवितामा कतै ब्यंग्य, कतै सांकेतिक रुप त कतै प्रेम, सुख दुख, दर्दको आभाष हुन्छ । पण्डितको रुपमा काम गर्दा उहाँका दर्जनौ चेला भएको पाइन्छ । ज्योतिषका रुपमा चिना बनाउने काम र सामान्य रुपमा हेराउने काम गर्ने गरेको पाइन्छ । वि.सं.२०४६ सालदेखि मुत्युपर्यन्त नेपाली कांगे्रसको लिमिठाना गाउँ विकास समितिको अध्यक्ष पदमा रहेर कार्य सम्पादन गर्नुभएको थियोे । आर्युवेर्दिक ज्ञान वा बैद्यको रुपमा उहाँमा स्थानीय जडिवुटीको प्रयोग गर्ने क्षमता थियो । गाउँका बालबालिकालाई उहाँसँग देखाउन ल्याउने गरेको पाइन्छ । यसै प्रसङ्गमा एक पटक स्यांजा हुदै पोखरा जादा स्याङ्जामा बास बस्नु परेको र परिचय दिदाँ फलेवासको कुमाइ पन्त हुँ भन्दा कुमालले घैटा बनाउँछन् । तपाइले पनि घैटा बनाउनु हुन्छ भनेर सोधेको र जातिय बिभेदको बारेमा छलफल गर्नु परेको र राति सोही घरको बालक बिरामी भइ खैलाबैला हुँदा आफैले उपचार गरिदिए पछि त्यही मितेरी साइनो बनाएको उहाँले बताउँनु हुन्थ्यो ।

अगुवा कुषकको रुपमा उहाँ लामो समय क्रियाशील रहनु भयो । घर गाउँमा फलफूल, उन्नत जातका धान, मकै, गहँु, तरकारी लगाउन प्रेरित गर्ने, कृषि औजार, मलको व्यबस्था गर्ने, आवश्यक सल्लाह दिने काममा उहाँ सदा तल्लीन हुनुहुन्थ्यो । घर वरपर आँप,सुन्तला,निमुवा,नासपति, कागती, केरा, अनार, भोगटे लगायतका फलफुल लगाउनु हुन्थ्यो । वि.स. २०२९ साल देखि अगुवा कृषक भई अनवरत सेवा पु¥याउँदै यस क्षेत्रका मानिसलाई सेवा गर्दै आउनु भयो । पेशागत क्षेत्रका विभिन्न पदमा रहेर कार्य सम्पादन गर्दै आउनुभएको पाइन्छ । स्थानीय शिक्षक हामी सबैका गुरु ओवी प्रसाद पाण्डेका अनुसार उहाँले लिमिठाना माध्यमिक विद्यालयमा आफैले निर्माण गरी दराज र कुर्सी प्रदान गर्नुृ भएको पाइन्छ । यसबाट उहाँमा ,सिकर्मी, डकर्मी सम्बन्धी सीप र क्षमता रहेको पाइन्छ । घरका लागि आवश्यक सामग्रीहरु आफै बनाउन सक्षम व्यतिm पन्तले निमुवा पेल्ने कोल, धागो बेर्ने चर्खा, तोरी, उखु पेल्ने कोल बनाएर लिमिठाना, ठानामौला, खानीगाउँ, देविस्थान,कुर्घा लगायतका मानिसहरुलाई सेवा पु¥याएको पाइन्छ । यसका अलाबा भजन कृतन, बासुरी बजाउने सीप पनि उहाँमा थियो । दोहोरी गाउन राती बाबु आमालाई ढाटेर लुङ्खु देउराली,लामे दुक्तान पुग्ने गरेकोले गायन क्षमता पनि उहाँ अगाडि रहेको पाइन्छ । केटाकेटीहरुलाई इतिहास, पौराणिक कथा सुनाउने गरेको समेत पाइन्छ ।

श्री लिमिठाना माध्यमिक विधालयका शिक्षक ओवीप्रसाद पाण्डेका अनुसार उहाँले स्थानीय विकासमा भूमिका खेल्नु भएको छ । धारा निर्माण गर्ने, जनश्रमदान जुटाउने, गोरेटो बाटो, डहर चौडा गर्नेदेखि वृक्षारोपण गर्ने कार्य गरी जंगल हराभरा पारी वातावरणीय सन्तुलन कायम राख्न महत्वपूर्ण भूमिका खेल्नु भएको पाइन्छ । बिद्यालयमा टेबुल, दराज, कुर्चीलगायतका भौतिक निमार्ण गरी सामग्री हस्तान्तरण गर्ने, संकलनमा सहकार्यात्मक भूमिका खेल्नु भएको कारण उहाँलाई विकासका सहयात्रीका रुपमा हाम्रो समाजले चिन्दछ ।

मानव सामाजिक प्राणी भएकोले समाजमा बसेपछि प्रत्यक्ष अप्रत्यक्ष सम्बन्ध स्थापित गर्दछ । समाजमा रहने सबै मानिसका समान विशेषताहरु हुँदैनन । समाजमा दर्जनौ संघ संस्था, धर्म संस्कृतिका क्षेत्रमा उहाँको भूमिका उदाहरणीय छ । धर्म, संस्कृतिको संरक्षण र विकास निर्माणमा उहाँले खेलेको भूमिका वास्तवमा मननयोग्य छन् । उहाँले प्रायः सबैजसो सामाजिक, सांस्कृतिक, धार्मिक क्षेत्रमा आर्थिक, भौतिक, नैतिक सहयोग पु¥याउँदै आउनु भएको पाइन्छ । कठोर पञ्चायती व्यवस्थाको अन्त्यका लागि युवाहरुलाई उत्साहित गर्ने, जटिल परिस्थितिमा बहुदलमा लाग्ने मानिसहरुलाई सल्लाहकारको भूमिका खेल्नु भएको र कविता रचना गर्नु भएको पाइन्छ । उहाँको समाज विकासदेखि मानवीय सम्पूर्ण गतिविधिमा योगदान अविस्मरणीय छ ।

आफ्नो व्यक्तिगत स्वार्थमा नपरी आफुले दुख पाएर पनि समाजका लागि, अनावश्यक काममा समय बर्बाद नगरी विकासमा एकजुट हुन र आत्म सम्मान हुने काम गर्न, आफ्नो ज्ञान, सीप, दक्षता, क्षमताले भ्याएको काम गर्न लाज मान्नु हुँदैन भन्ने उँहाको धारणा थियो । जननी माताको काखमा बसी पसिना बगाउन लालाहित भएकोले लाहुरे हुन नगएको र जीवनमा संघर्षलाई आत्मसात् गरी समाजको निःस्वार्थ सेवालाई अंगिकार सामाजिक परिवर्तनमा क्रियाशील पाइन्छ । मुटुमा समस्या देखिएको पाँच बर्षपछि वि.सं. २०५२–०८–२८ गते सप्तमी तिथिमा जम्मा ६४ वर्षको उमेरमा पोखराको गण्डकी अस्पतालमा उहाले अन्तिम सास फेर्दै उहाँले परिवार र हाम्रो समाजलाई सदासदाका लागि टुहुरो पारेर जानु भएको थियो । जीवनको पूर्वाद्वबाट लगनशील, कर्तव्यनिष्ठ भई, संघर्षमय जीवन जिउन थाल्नु भएका हितराज पन्तको विवाह सहरमा जन्मे हुर्केकी अनुराधा पाण्डेसँग भएको थियो । घरमा प्रशस्त जग्गा जमीन र हातमा सीप भए पनि जीवन सर्घषमा बितेको पाइन्छ ।

तत्कालीन जटिल सामाजिक परिवेशमा आजभन्दा ९० वर्ष अगाडि जन्मनुभएका पन्तको जीवनका सबै मोडमा हक, अधिकार र न्यायको लागि संघर्ष गर्नु प¥यो । राणाकालीन समयमा जन्म र राणाको कठोर शासन पद्धतिबारे बोध भएकोले स्वभाविक रुपमा पीडादायी ,कुकर्मबाट समाजलाई बचाउन युवाको रुपमा हतोत्साहित नभई उहाँले जसरी सेवा पु¥याउनुभयो, यो उदाहरणीय छ । हक, अधिकार र समानताको लागि पसिना बगाउनु भएको पाइन्छ यद्यपि सो योगदान स्वरुप उहाँले प्राप्त गरेको सम्मान हो । समाजको एक अभिन्न अङ्ग र अभिभावकको रुपमा उहाँको योगदान जीवन्त रहेको छ । ’आफु भलो त जगत भलो’ भन्ने भनाइलाई आत्मसात् गर्दै उहाँ जसरी सेवा कर्ममा जीवनको सबै क्षणमा क्रियाशील रहनुभयो, यसबाट युवावर्ग, पेशाकर्मी, नागरिक समाज, राजनीतिज्ञ लगायत सबै नेपालीले सकारात्मक सोच बनाएर अगाडि बढ्न सके समाज र देशको मुहार फेर्न सकिने देखिन्छ । जीवनमा सुख खोजेर होइन, दुःखमा लडेर, संघर्ष गरेर लक्ष्यमा पुग्न सकिन्छ । यसका लागि सबै एक ढिक्का भई लाग्नु पर्ने सन्देश उहाँको जीवनीबाट पाउन सकिन्छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *