आशा, भरोसा र विश्वासमा बाँच्ने त्यो जिन्दगी

कृषिता अधिकारी (निशा)
जीवनमा यस्तो पनि हुन्छ कि कसैको कुनै एक शब्द, बाक्यले जीवन बाँचेको हुन्छ, बाँच्न मन लाग्छ । र कुनै एक शब्द या बाक्यले मानिसलाई प्राण त्याग गर्न बाध्य पनि बनाउँछ । आज त्यो क्षणको याद आयो, लामो समयको अन्तराल पछि जिन्दगी आफ्नै रफ्तारमा दौडिने क्रममा अनगिन्ति चोट पीडा सहनुपर्छ । आँट, भरोसा र साहस भएन भने जिन्दगी जिउन सकिदैन नि । सायदै कम मानिसले मात्र जीवनको यथार्थतालाई बुझेका हुन्छन् । कठिन संर्घष र मेहनतले अघि बढेका हुन्छन् ।
साँच्चै नै विगतका दिनहरु केलाउन थाल्ने हो भने मेरो हृदय कहिले भक्कानिएर आउँछ, जमिन भासिएझै लाग्छ, निशब्द तुल्याउँछ । तर, ती विगतका घटना र दिनहरुले केही पाठ पनि अवश्य सिकाएको छ । भनिन्छ नि जस्तोसुकै परिस्थिति किन नआओस्, कत्ति पनि विचलित हुनुहुँदैन । मानिसको जीवन नै संघर्ष हो । बिना संघर्ष कोही पनि जिएको हुँदैन । त्यसैले संघर्ष गर्दैछु आफुलाई यो समाज संगै हिँडाउन, आफ्नो पहिचान बनाउन, समाजलाई केही शिक्षा, पाठ सिकाउन म अनवरत रुपमा अघि बढेको छु ।

इतिहासका ती पानाहरु केलाउँदा जसरी हेलन केलर, स्टेफन हकिङ, विश्वकै प्रेरक व्यक्तित्व निक भ्यूजिसिस जस्ता महान हस्तीहरुले आफुलाई सफल बनाए विगत देखि वर्तमान सम्म यी र यस्ता कयौ उदाहरणहरु छन् । जसले आफु मात्रै नभएर समाज तथा सिंगो देशको नै प्रेरणाको स्रोत बनेका छन् । चाखलाग्दो कुरा के छ भने जीवनमा कहिल्यै हरेश नखानु चाहे जस्तो परिस्थिति किन नआओस्, आत्मबल संग अघि बढ, सफलता अवश्य पनि हासिल हुन्छ यीनै प्रेरणादायी व्यक्तित्वको जीवन भोगाईलाई आत्मसाथ गर्ने हो भने जीवनमा हरेश खानु पर्दैन र बास्तवमा भन्ने हो भने आफुमा विश्वास हुनु जरुरी छ । म यो काम गर्न सक्छु, म आँट्छु, म गर्छु भन्ने विश्वास भयो भने संसारमा असम्भव भन्ने कुरा केही छैन । मानिसको जीवन सम्पूर्ण ज्ञानले परिपूर्ण हुन सक्ने सम्भावना सहितको जीवन हो । किनकि मानिसले आफ्नो जीवनकालमा सम्पूर्ण अनुभव सँगालेर मृत्युवरण गर्दछ ।

जिन्दगी जिउने क्रममा अनेकौं दुःख, कष्ट त आइनै हाल्छन् । किनकि, दुःख कष्ट अनि संघर्ष बिनाको त जीवन हुँदैन । जसरी इतिहासका प्ररेक पात्रहरु आफ्नो जीवनलाई सफलताको मार्ग तर्फ डो¥याएर एउटा मुकाममा पुगे । त्यसैगरी उनको सिद्धान्त र प्रेरक विचारहरुलाई पछ्याउदै जीवनलाई सकारात्मक मार्ग तर्फ दोहो¥याउँदै छु । साँच्चै नै प्रकृतिले जे दियो अनि जस्तो दियो, त्यसैलाई आत्मसाथ गरेर जीवनलाई सफल मार्ग तर्फ अघि बढाउनुपर्छ । हरेक मानिस तब मात्र सफल हुन्छ, जब ऊ स्वयम् आफु खुुसी र सुखी हुन्छ । भनिन्छ, जब मानिस सकारात्मक भनेर जीवनका हरेक परिस्थितिलाई सामना गर्दछ नि । तब मानिस अवश्य पनि गन्तव्यमा पुग्नेछ । हाम्रो गाउँ समाजमा हामीले देखिरहेका यस्ता घटना पनि छन् । जसले आफ्नो जीवनलाई बोझ ठान्छन् भित्र भित्रै निराश हुन्छन् र मृत्युको बाटो अँगाल्छन् । कारण आत्मबलको कमी आफुले आफुलाई विश्वास गर्न नसक्दाको कारणले पनि हाम्रो समाजमा यी र यस्ता घटना बारम्बार दोहोरिरहन्छन् ।
मानिसलाई सकारात्मक बन्न वास्तवमा जीवन के हो त ? दुःख के हो त ? सुख के हो त भनेर बुझ्न आध्यात्मिक तथा चिन्तन ममन गर्न जरुरी छ । किन मानिसमा निराशा छाउँछ त ? किन मानिस दुखी हुन्छ ? यसका के कारण हुन्छन् ? यसबारे हरेक व्यक्तिले समिक्षा, चिन्तन र अध्ययन अनुसन्धान गर्नुपर्छ । सामान्यतया हामी भन्ने गर्छाैं नि, मानिसलाई कुनै चोट पीडा असफलताको कारण निराशा उत्पन्न हुन्छ । बढी चिन्ता, तनावग्रस्त जीवन जिउने हाम्रो समाजमा प्रशस्त मात्रामा भेटिन्छन् । अर्कोतर्फ समाजमा आत्महत्याको दर पनि बढ्दो अवस्थामा छ । यसलाई नियन्त्रण र न्युनिकरण गर्न युवाको भुमिका रहनुपर्छ ।

किनकि वर्तमान परिस्थितिमा समाजमा नकारात्मक विकृति बढिरहेको छ । यसतर्फ हरेक नागरिक तथा राज्यको पनि गम्भीर ध्यानाकर्षण हुनुपर्छ । त्यसैगरी हाम्रो समाजमा भइरहेका यी र यस्ता घटनाले मानिसलाई नकारात्मकता तर्फ धकेलिरहेको छ । वास्तवमा भन्ने हो भने असल जीवनको शुरुआत आध्यामिक ज्ञानबाट सुरु हुन्छ । मानिसले आध्यामिक र सकारात्मक जीवनशैली अपनाउने हो भने कोही पनि मानिस आफ्नो जीवनबाट निराश हुनु पर्दैन ।

हरेक व्यक्तिले समस्याको विकल्प निराशा होइन, आत्महत्या होइन । कुनै पनि समस्याको समाधानमा लाग्नुपर्छ, समाधान हुन्छ भन्ने सोच्न जरुरी छ । हामीले यस्ता कैयौं उदाहरण देखेका छौ, सुनेका छौ जसले आत्मविश्वास, साहसका साथ बाँचेर नाम कहलिएका छन् । संसारमा दुःख नपर्ने मानिस सायदै होलान् । हजारौं उतार चढाव पार गर्दै गन्तव्यमा पुग्नुपर्छ । साँच्चै नै यो गम्भीर प्रसंग पनि हो ।

पछिल्लो समयमा मानिसले दुःख पीडा सहन गर्न नसक्दा आफ्नो जीवनमा निराशापूर्वक जीवन विताइरहेका छन् । कोही त मानसिक रोगका शिकार भएका छन् । त्यसैले पनि नकारात्मक मानसिक तनाव हटाउन आत्मबल बढाउने अभियानमा जुट्नुपर्छ । आजभोलिको आधुनिक जिवनशैलीले मानिसलाई निकै नै व्यस्त बनाएको छ । जसले गर्दा आफ्ना समस्या अरुलाई साट्ने मौका मिल्दैन । मानसिक तनाबका कारणले पनि आफुमा आइपर्ने समस्यालाई सहज रूपमा समाधान गर्न सकिरहेका हुँदैनन् । हामीले हाम्रो समाजमा देखिरहेका हुन्छौं नि, प्रायजसो अधिकांश मानिसले सानो समस्या आइपर्दा आत्तिने विचलित हुने गर्दछन् ।

सामान्यतया मानिस अलिकति समस्या, अप्ठ्यारो परेमा आत्तिन्छ तर, कति मानिस यस्ता स्वभाव र साहसका हुन्छन् । जसले समस्या र चूनौतिलाई साथी बनाउने गर्दछ, अवसरको रुपमा प्रयोग गर्ने गर्दछ । शिक्षाका रुपमा ग्रहण गर्दछ । र सकारात्मक सोचका साथ जीवनलाई सहजताको मार्गमा हिँडाउछ । त्यसैले सकारात्मक सोचौ, सकारात्मक बनौ र जीवनलाई सही सत्मार्ग तर्फ अग्रसर बनाऔ । यदि आफुमा आत्मविश्वास छ भने संसारमा असम्भव भन्ने कुरा केही छैन । प्रयास गरौ, मेहनत गरौ, सफलता अवश्य प्राप्त हुनेछ । मुख्यतः आफुले आफैलाई पनि विश्वास र भरोसा गरौ । जीवन सरल र सहज तरिकाले जिउन सिकौ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *