महिलाहरुको एक उदाहरणीय प्रतिभा सहकारी

प्रेम केसी
‘जहाँ इच्छा, त्यहाँ उपाय’ भने जस्तै इच्छा भए पछि यात्रा र सफलताका लागि विभिन्न उपाय निस्किन सक्छन् । हुन त हाम्रो समाजमा महिलाहरुले केही गर्न सक्दैनन् भन्ने प्रचलन छ । पुरुषहरु हामीले कमाएको खाने त हुन् नि भन्ने सोच्दछौ । कुनै महिलाले नयाँ काम ग¥यो भने पुरुषहरुले उसलाई जसरी भए पनि दबाउन खोज्छौ । महिलाहरु पनि घरबाट बाहिर निस्किन चाहन्नन्, घर व्यवहारमै अल्झिरहनु पर्ने बाध्यता पनि हुन्छन् ।

हाम्रो समाजमा त महिलाहरुलाई कुनै उपभोक्ता समिति वा विद्यालय व्यावस्थापन समिति लगायतका समितिको नेतृत्वमा बस्नु भन्दा उहाँहरु पहिले नै भन्नुहुन्छ, मलाइ कही पनि नराख्नु है ! म त केही गर्न भ्याउदैन । मलाइ बोल्न पनि आउदैन । म बैंक जान पनि भ्याउदैन, काम पनि गर्न भ्याउँदैन, अहं हुदै हुदैन, म कुनै पनि हालतमा समितिमा बस्दै बस्दिन, जे गरे पनि गर्नु भन्नुहुन्छ ।

यहाँ महिला समावेशीका कुराहरु पनि आउँछन् । तर, महिलाहरु अगाडि बढ्न अनिच्छा देखाउँछन् । अझै पनि महिलाहरु स्वतःस्फुर्त रुपमा नेतृत्वमा पुग्नलाई हिच्किचाई रहेका हुन्छन् । म अब के गर्ने ? कसो गर्ने ? मलाई कसले सहयोग गर्ने होला ? भो, झञ्झट बेहोर्नु भन्दा कही पनि बस्दिन भन्नुहुन्छ महिला दिदि बहिनीहरु । तर, कतै भने महिलाहरु पुरुषहरु भन्दा अगाडि देखिने गरेका छन् । सहकारी संस्थाहरु सञ्चालन गरी आयआर्जनमा लागेको पाइन्छ । यसकै एक उदाहरण हो कास्कीको माछापुच्छे« गाउँपालिका–४ लाहाचोकमा रहेको प्रतिभा सामाजिक महिला उद्यमी सहकारी संस्था ।

हेफर इन्टरलेशनल नेपालको आर्थिक सहयोग तथा बीवाइसी बागलुद्धारा सञ्चालित SLVC2 परियोजना अन्तर्गत प्रतिभा सामाजिक महिला उद्यम सहकारी एक नमुना सहकारी बन्न सफल रहेको छ । जुन सहकारीमा सबै महिलाहरु मात्र रही संस्था सञ्चालन गरेका छन् । महिलाहरु पनि पुरुषहरु भन्दा केही काममा कम छैनन् भन्ने उदाहरण सो सहकारी संस्थाले बनाएको छ ।

२०६९ सालमा स्थापित सहकारी संस्था थोरै शेयर सदस्यबाट सुरु भएको थियो । हाल ४ सय २६ जना शेयर सदस्य बनाउन सफल हुनुभएको छ । जम्मा शेयर पुँजी २,९८,८००/– रहेको छ । संस्थामा गत आर्थिक वर्ष सम्म बचत जम्मा रु.७५,९२,०१४/– रुपैयाँ छ भने संस्थाले रु.६०,८५,१२८÷– कर्जा लगानी गरेको छ । काम गर्नलाई धेरै शेयर पुँजीको आवश्यकता पनि पर्दैन भन्ने कुराको पुष्टि समेत सहकारी संस्थाले गरेको छ ।

प्रतिभा सामाजिक महिला उद्यमी सहकारी संस्थाले गत आर्थिक वर्षको अन्तिम सम्म ८,२२,३२६ लिटर दुग्ध शेयर सदस्यबाट संकलन गरी बिक्री बितरण गरेको पाइन्छ । सहकारी संस्थाले रु.४,७६,९४,९०८ दुग्ध बिक्री गरी शेयर सदस्यहरुको आयआर्जजनमा महत्वपूर्ण योगदान गरेको छ । संस्थाले शेयर सदस्यहरुलाई चाहिने दाना पनि बिक्री वितरण गर्दै आएको छ । यस आर्थिक वर्षमा मात्रै ७,०२४ बोरा बिक्रीबाट १,१२,३९,१२९ बराबरको कारोबार गरेको छ । साथै रु.२४५३८४१ रुपैयाँ बराबरको बिभिन्न परिकार बनाई बच्न सफल भएको छ । संस्थामा अहिले ४ जनाले नियमित रुपमा रोजगार पाउनुभएको छ ।

शुरुमा सहकारी संचालन गर्न निकै चुनौती थियो । कोही कसैले विश्वास गरेका पनि थिएनन् । यी महिलाहरुले गरेको काम सफल हुँदैन भन्दै स्थानीयले बारम्बार महिला सहकारी माथि धावा बोल्दथे । उनीहरु पनि सोच्थे, के गर्ने होला ? कसरी दुग्ध उत्पादन गरेर बिक्री गर्ने भनि निकै तनावमा रहेको पनि संस्थाका अध्यक्ष गोमा अधिकारी बताउनुहुन्छ । यो सबै शेयर सदस्यहरुको घरमा क्यान लगेर राख्दिने वातावरण समेत थियो । बीवाइसी बागलुङका प्रतिनिधिले महिला शेयर सदस्यहरुलाई तातेताते गराउँदै बायाँ सर्दै महिला सहकारी यो अवस्थामा आएको छ ।

गण्डकी प्रदेशको मात्र नभइ नेपालकै ठूलो सुजल डेरी संग दुध बिक्री गर्न पनि निकै समस्या थियो पछि बीवाइसी बागलुङका प्रतिनिधिहरुको रोहबरमा सम्झौता गरी सुजल डेरीमा दुध पठाउने काम भयो । सम्झौतामा ५ सय लिटर नघट्ने गरी भए पनि एक दुई दिन दुध ७० लिटर भन्दा माथि जान सकेन । स्थानीयले अब रमिता देखिने भइयो पनि भनिरहेका थिए । सुरुका दिनहरु निकै कष्टप्रद थिए ।

ठूलो मेहनत र परिश्रमवाट संस्था आजको अवस्थामा आउनु कुनै एकादेशको कथाको कुरा थिएन । करीब ८÷९ वर्षमा धेरै काम गरेको पाइन्छ । संस्थाले हाल दैनिक २८ सय लिटर दुध शेयर सदस्यहरुको घरघरमा पुगेर संकलन गरी बेचिरहेको छ । संस्थामा हेफर इन्टरनेशनल नेपालको आर्थिक सहयोग र बीवाइसी बागलुङको समन्वयमा दुध संकलन गरेर राख्नका लागि हाल २ वटा चिलिम भ्याट अर्थात् चिस्यान रहेका छन् । संस्थामा किसानले कम्प्युटरको माध्यमवाट ल्याक्टो र फ्याटको रकम सहित बिल पाउने सुविधा समेत छ । साथै बिजुली नभएको समयमा जेनेरेटरको पनि व्यवस्था गरिएको छ ।

महिला सहकारी संस्थाले शेयर सदस्यहरुको सेवा सुविधाका लागि हालसालै एक नयाँ गाडी समेत खरिद गरेको छ । संस्थालाई यो अवस्थामा ल्याउनका लागि हेफर नेपाल र बीवाइसी बागलुङको महत्वपूर्ण योगदान रहेको संस्थाका सदस्यहरु बताउँछन् । अब आत्मनिर्भर हुन कुनै समस्या छैन । दिदि बहिनीहरुलाई आफ्नो खुट्टामा उभिन सजिलो भएको छ । अप्ठ्यारो दुःख पर्दा श्रीमान्लाई पैसा माग्नुपर्ने बाध्यता हटेको छ । बालबच्चा पढाउन सहज भएको छ ।

निकै उर्जाशील, लगनशील महिलाहरुको नियमित लगानी तथा परिश्रमले यो सहकारी गण्डकी प्रदेशमै उदाहरणीय बनेको छ । अब महिलाहरु चुलो चौकोमा मात्र सिमित छैनन्, चाहे भने जस्तोेसुकै काम पनि गर्न सक्छन् भन्ने उदाहरण त्यो सहकारीमा देख्न पाइन्छ । म केही गर्न सक्दिन, बोल्न आउँदैन भनेर बसेका भए, त्यहाँका महिलाहरुको जीवन स्तर पनि अन्य महिलाहरुको जस्तै हन्थ्यो होला ।

अब महिलाहरु घर भन्दा बाहिर पनि संसार छ भनि सोच्नुपर्छ । म केही गर्न सक्दिन होइन, म केही नयाँ काम गरेर देखाउनु पर्छ भनेर आँट र साहसका साथ लाग्नुपर्छ । अनि नयाँ चूनौतीपूर्ण कामहरु गर्न सकिन्छ । निकै हर्ताकर्ता हौ भन्ने हामी पुरुषहरुले पनि नेतृत्व गरेका सहकारी संस्थाहरु प्रतिभा सामाजिक उद्यमी महिला सहकारी संस्था भन्दा पनि कमजोर छन् ।

सधैं ऋण लगानी गरेर मात्र नाफा कमाउने सहकारीहरु धेरै छन् तर आफ्ना शेयर सदस्यहरुलाई उत्पादन, आयआर्जनमा जोडेका सहकारी संस्था थोरै भेटिन्छन् । यस्तो काम प्रतिभा सामाजिक महिला उद्यमी सहकारी संस्थाले गरेको छ । शेयर सदस्यहरुलाई प्रत्यक्ष रुपमा उत्पादन, आयआर्जनमा जोडेको छ । त्यहाँका हजारौ नागरिकहरुको रोजीरोटीमा टेवा पु¥याएको छ । सहकारी संस्थाले अब केही दिनबाट करीब ३५ सय लिटर दैनिक दुध खरिद बिक्री गर्ने योजना छ । यो सहकारीका उर्जाशील उत्साहित महिला दिदीबहिनीहरुमा हार्दिक नमन गर्दै प्रतिभा सामाजिक उद्यमी महिला सहकारी संस्थाको भविश्य उज्वल रहोस्, हार्दिक शभुकामना ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *