पृथ्वी हाम्रो साझा घर

संयोग पन्त
हाम्रो वातावरणमा रहेका जीवजन्तु, वन, पानी, हावा, पहाड, माटो, खनिज आदि स्रोतहरु जुन प्रकृतिद्वारा हामीलाई उपहार दिइएका छन्, ती चीजहरुलाई प्राकृतिक साधन भनिन्छ । यो कहिल्यै पनि संसारबाट मेटिन सक्दैन । यो हाम्रो रक्षा र उपभोगका साथै अस्तित्वको प्रकृतिले निशुल्क दिएका हुन् । यी सबै स्रोत साधन हामीहरुका लागि साँच्चै महत्वपूर्ण छन् । यी मानवीय जीवन र विकासका लागि महत्वपुर्ण छन् । प्राकृतिक साधनहरु कहिल्यै पनि संसारबाट मेटिन सक्दैन । यो हाम्रो अस्तित्वको लागि अति नै महत्वपूर्ण छन् । हामी मानव र जनावहरुको जीवन वनजङ्गल, पानी, हावा, पहाड, माटो, खनिज आदि प्राकृतिक स्रोतहरुसँग जोडिएकाले यिनीहरुलाई जोगाउन आवश्यक छ ।

प्रकृतिले हाम्रो देशमा सबै प्राकृतिक स्रोत र साधनहरु प्रदान गरेको छ । ती मध्ये वनजंगल हावापानी, हिमाल, पहाड, माटो, खनिज पदार्थ आदि प्राकृतिक स्रोतहरुसँग जोडिएकाले यिनीहरुलाई जोगाएर धेरै भन्दा धेरै फाइदा लिन आवश्यक छ । हामीकहाँ रहेका प्राकृतिक साधनले मध्ये हाम्रो जीवनका हरेक पाइलामा अति आवश्यक साधन हो पानी । यो मानव जीवनको अस्तित्वका लागि सबै जीवजन्तु र बोट बिरुवाहरुको साझा आवश्यकता र कृषि विकासका लागि धेरै आवश्यक प्राकृतिक साधन हो । नेपालमा सेताम्मै हिउँले ढाकेका आकर्षक हिमालयहरु छन् । हिउँले ढाकेका हिमालको तल कलकल बग्ने धेरै फराकिला र गहिरा प्राकृतिक नदीहरु छन् । जस्तै कोशी, कर्णाली, महाकाली, सेती, गण्डकी नदीहरु यसका उदाहरण हुन् । मानव र अन्य जीवहरुलाई बाँच्नको लागि विभिन्न प्राकृतिक चीजहरुको आवश्यकता हुन्छ । प्राणीहरु खाने, यात्रा गर्न वा पानी पिउनको लागि यस्तो चीजहरुको उपयोग हुन्छ ।

पानी प्रकृतिको महत्वपूर्ण उपहार हो । हामी विभिन्न स्रोतहरुबाट पानी प्राप्त गर्छौं । पानीको मुख्य स्रोत वर्षा हो । हामीले नदी र तालहरुबाट पनि पानी पाउँदछौं । पृथ्वीमा यस्ता पनि ठाउँहरु छन्, जहाँ कुनै ताल वा नदीहरु छैनन् । पानी हाम्रो लागि साँच्चै अमूल्य छ । हामीले यसलाई कहिल्यै बर्बाद गर्नु हुँदैन । हामीले हाम्रो देशलाई परिवर्तन गर्नको कहिलेकाहीँ हाम्रो प्राकृतिक स्रोतको दुरुपयोग गरेका छौं । उदाहरणका लागि प्रायः सडक, कारखाना र भवनहरु बनाउनको रुखहरु काटिन्छन् । हामीले हाम्रो प्राकृतिक स्रोतको दुरुपयोग रोक्नका लागि हामीले जनतालाई यसको बारेमा शिक्षा दिनु पर्छ । हामीले उनीहरुलाई सिकाउनु पर्छ कि यसको फाइदा र हानी के के हुन्छन् ? हामी सबै सचेत भएर सबै क्षेत्रका मानिसहरुलाई यी स्रोतहरुका फाइदा बुझाएर तिनको प्रदूषणका कारण, तिनले पारेका क्षति वा नास बारे बताएर सावधान रहने पाठ सिकाउनु पर्दछ ।

जमिन वा माटो प्रकृतिको अर्को महत्वपूर्ण उपहार हो । हामी पृथ्वी वा जमिनमा बस्दछौ । जमिनबाट पानी प्राप्त गर्दर्छौं । माटोमै खेतीबाली उत्पादन गर्दछौं । पृथ्वीमा घर, सडक, कारखाना र भवनहरु बनाउँछौ । पृथ्वी हामी सबैको साझा घर हो । त्यसैले यो प्राकृतिक स्रोतको दुरुपयोग गर्नु हुँदैन । हामी सबै सचेत भएर हाम्रो पृथ्वी र जमिनको प्रदुषण रोक्नु पर्दछ ।

वन जंगलबाट हामी विभिन्न प्रकारका खाना खजाना खान्छौं । वनले हामीलाई जडिबुटी, फलफूल, तरकारी, हावा पानीहरु दिन्छ । यी कुरा हाम्रो जीवनको लागि साँच्चै महत्वपूर्ण हुन्छ । वन जङ्गलबाट हामीले धेरै अर्गानिक कुराहरु पाउन सक्छौं, जसले हामीलाई सबल बनाउन सहयोग गर्छ । यदि वन जङ्गल हाम«ो संसारमा छैन भने हामी पनि यस संसारमा बाँच्न सक्दैनौं । यस कुराको जानकारी हँुदाहँुदै पनि मानिसले वन जङ्गलमा गएर रुख काँट्ने र वन जङ्गलको नाश गर्ने काम गर्दछन् ।

संसारमा अरु धेरै प्रकारका प्राकृतिक स्रोतहरु छन् । मानिसहरुको स्वार्थी र अमानवीय व्यवहारको कारण, प्राकृतिक साधनहरु जस्तैः ग्यास र पेट्रोलियम उत्पादनहरुको धेरै समस्या हुन्छ । नेपाल प्राकृतिक श्रोतमा धनी छ, तर विकासको अभाव र अपर्याप्त जनशक्ति, वित्त र भूपरिवेष्ठित संरचनाका कारण पीडित छ । प्राकृतिक साधनले हाम्रो जीवनमा एक ठूलो भूमिका खेल्छ । मानव र अन्य जीवहरुलाई बाँच्नका लागि विभिन्न प्राकृतिक चीजहरुको आवश्यकता हुन्छ । प्राणीहरु खाने, यात्रा गर्न वा पानी पिउनको लागि यस्तो चीजहरुको उपयोग हुन्छ । संसारमा धेरै प्रकारका प्राकृतिक स्रोतहरु छन् । मानिसहरुको स्वार्थी र अमानवीय व्यवहारको कारण, प्राकृतिक साधनहरु जस्तै ग्यास र पेट्रोलियम उत्पादनहरुको धेरै समस्या हुन्छ । नेपाल प्राकृतिक श्रोतमा धनी छ, तर विकासको अभाव र अपर्याप्त जनशक्ति, वित्त र भूपरिवेष्ठित संरचनाका कारण पीडित छ ।

खनिज पनि प्रकृतिको उपहार हो । हामी विभिन्न स्रोतहरुबाट खनिज प्राप्त गर्छौं । खनिजका मुख्य प्रकारमा सुन, चाँदी, तामा, फलाम, चुना आदि हुन् । हामीले नदी र तालहरुबाट पनि खनिज पाउँदछौं । पृथ्वीमा यस्ता पनि ठाउँहरु छन् जहाँ ग्यास, मट्टितेल, डिजेल, पेट्रोल पाइन्छन् । जुन हाम्रो लागि साँच्चै अमूल्य छन् । यस्तै, हावा हामीहरुको जीवनसँग जोडिएको अति आवश्यक साधन हो । हावा बिना एकक्षण पनि बाँच्न जटिल हुन्छ । पृथ्वीको वायुमण्डल बनाउने ग्यासहरुको मिश्रणको सामान्य रुप हो । यो ग्याँस मुख्य त नाइट्रोजन (७८%), अक्सिजन (२१%), आर्गन (०.९%), कार्बन डाइअक्साइड (०.०४%), र अरु समान्य ग्यासहरु । शुद्ध हावाको कुनै स्पष्ट सुगन्ध र कुनै रंग हुदैन । हावामा पाइने सबै भन्दा महत्वपूर्ण ग्याँस अक्सिजन हो । अक्सिजन बिना हामी बाँच्न सक्दैनौ । त्यसैले स्वस्थ्य अक्सिजन लिएर सधैं बाँच्न रुख रोप्न र जोगाउन सबैलाई सिकाउनु पर्दछ । जथाभावी वनजंगलको विनास गर्ने मानिसलाई दण्डदिनु पर्दछ ।

हामीले यी सबै प्राकृतिक साधनलाई राम्रोसँग प्रयोग गर्नु पर्दछ र कहिल्यै बर्बाद गर्नु हुँदैन । हामीले हाम्रो देशलाई विकास र परिवर्तन गर्नको लागि कहिलेकाहीँ हाम्रो प्राकृतिक स्रोतको दुरुपयोग गरेका छौं । उदाहरणको लागि प्रायः सडक, कारखाना र भवनहरु बनाउन रुखहरु काटिन्छन् । हामीले हाम्रो प्राकृतिक स्रोतको दुरुपयोग रोक्नको लागि हामीले जनतालाई यसको बारेमा शिक्षा दिनु पर्दछ । हामीले उनीहरुलाई सिकाउनु पर्छ कि यसको फाइदा र हानी के के हुन्छन् ? हामी सबै सचेत भएर सबै क्षेत्रका मानिसहरुलाई यी स्रोतहरुका फाइदा बुझाएर तिनको प्रदूषणका कारण, तिनले पारेका क्षति वा असरबारे बताएर सावधान रहने पाठ सिकाउनु पर्दछ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *