शुभेक्षा पन्त
विकास र प्रविधिको यो युग, सभ्य युगको नामले चिनिए पनि विभिन्न अपराधले यो समाजमा जरो गाडेका छन् । मानव भित्रको व्यवहार एकरुपता नहँुदा, आर्थिक अवस्था, रोजगारीको न्यून अवसर, राजनीतिक अवस्था, अज्ञानता, आर्थिक विपन्नता, भेदभावपूर्ण सामाजिक संरचना आदिले गर्दा मानव जीवनमा कष्टप्रद बनेको छ । र अपराधजन्य घटनाहरु पनि बढिरहेका छन् ।
हाम्रो समाजमा हुने गरेका विभिन्न अपराधहरुले समाजलाई नकारात्मक प्रभाव पारिरहेको छ भने समाज गलत दिशातिर जाने त्रास बढी छ । विकास तथा प्रगतिशील राष्ट्र बनाउने हामी सबैको चाहना र उद्देश्य हुदाँहुदै पनि यी र यस्ता विभिन्न मानवीय क्रियाकलापहरुले गर्दा हाम्रा सपनाहरुलाई प्रभावित बनाएको छ । अपराध गरेर पनि मानिस सहजै हिडिरहेका छन्, जसले गर्दा समाजलाई अव्यवस्थित बनाएको छ ।
यस्ता प्रकारका अपराध दिनहुँ बढेकाले अब सबै सजग हुन जरुरी बनेको छ । यी विभिन्न अपराधले विश्वमा आंतक बढेको छ । नेपाल पनि यी विभिन्न प्रकारका अपराधबाट अछुतोे रहन सकेको छैन । विभिन्न प्रकारका अपराध मध्ये व्यक्ति विरुद्ध हुने अपराध पनि एक हो । जसलाई जीउ ज्यान विरुद्धको अपराध पनि भन्ने गरिन्छ । मानवको शरीर अथवा ज्यानलाई प्रत्यक्ष आघात पु¥याउने अपराध हो । कानून विपरीतको कार्य नै अपराध हो । एउटा मानवले अर्को मानवको हत्या गर्नु व्यक्ति विरुद्धको अपराध हो । हत्या भनेको स्पष्ट र प्रत्यक्ष मृत्युको कारण हो । मानवलाई सबै भन्दा प्यारो उसको ज्यान हुन्छ । मानवता विरुद्धका अपराधलाई ज्यान सम्बन्धी अपराध र यौन सम्बन्धी अपराध गरी विभाजन गरिएको छ । ज्यान सम्बन्धी अपराधलाई पनि कानूनी हत्या र गैरकानूनी हत्या गरी विभाजन गरेको छ । कानूनी हत्या भनेको कुनै पनि मानवको मृत्युमा कुनै पनि व्यक्तिलाई कानूनले सजाय नगर्ने उसलाई छुट हुने हुन्छ तर, गैरकानूनी हत्या भनेको सजायको भागीदार हुनुपर्ने किसिमको हत्या हो । त्यसमा पनि आवेशमा आएर हत्या गरेको भएमा वा प्रतिरक्षाको जिकिर लिन मिल्ने खालको भएमा उसले कम सजाय पाँउछ ।
गैरकानूनी हत्यालाई पूरा सजाय हुने हत्या, कम सजाय हुने हत्या, आत्महत्या गरी विभाजन गरेको छ । यी विभिन्न किसिमको हत्यामा कानूनले विभिन्न खालको सजाय तोकेको छ । आत्महत्या गर्न दुरुत्साहन गर्ने व्यक्तिलाई पाँच वर्ष र पचास हजार रुपैयाँसम्म जरिवाना हुन्छ । आत्महत्या गर्न दुरुत्साहन गरेमा छ महिनासम्म उजुर गर्न सकिन्छ । शिशुहत्या, शारीरिक आक्रमण, अंगभंग, मानव बेचविखन, अपहरण, सम्पत्ति शुद्धिकरण आदि ज्यानसम्बन्धी अपराध हुन् । जबरजस्ती करणी, हाडनाता करणी, यौन दुव्र्यवहार, बालयौन दुरुपयोग, पशु करणी आदि यौन सम्बन्धी अपराध हुन् । कुनै पनि व्यक्तिले आफू उपर कुनै अपराध भएमा त्यसको उजुरी छिटो गर्नुपर्छ । किनकि पछि त्यो घटनासँग सम्बन्धित प्रमाणहरु नष्ट हुन सक्छन् । त्यो घटना देखेको, सुनेको, थाहापाएको व्यक्तिले पनि मुद्दासँग सम्बन्धित कुरा भल्न सक्छन् । त्यसैले कुनैपनि विषयसँग सम्बन्धित अपराध भएमा सम्बन्धित मुद्दा पेश गर्न पाउने हद म्याद भित्र नै मुद्दा पेश गरी आफूलाई अन्याय गर्ने, पीडा पु¥याउने, आफ्नो हक, अधिकारको हनन गर्ने व्यक्तिलाई कानूनी सजाय दिलाउनु पर्छ अनि मात्र कुनै पनि व्यक्ति न्यायबाट बन्चित हुनु पर्दैन र समाजबाट यस्ता अपराध न्यूनीकरण गर्न अथवा अन्त्य गर्न पनि टेवा पुग्छ ।
बलपूर्वक बेपत्ता पार्ने कार्यलाई मानवता विरुद्धको अपराध भनिन्छ । अन्तर्राष्ट्रिय कानूनी मान्यता अनुरूप व्यक्तिगत फौजदारी दायित्वको निर्धारण गरिन्छ । बलपूर्वक बेपत्ताका घटना उपर छानबिन गर्न गठित आयोगलाई प्रभावकारी कार्य सम्पादनका लागि आवश्यक अधिकार र साधनश्रोत उपलब्ध गराउनु पर्छ । अनुसन्धान तथा अभियोजनमा रहेका जनशक्तिको क्षमता विकास गर्नुपर्छ । सूचना तथा सञ्चार प्रविधिलाई अपराधसँग जोडेर यस्ता अपराधबाट पीडित हुने व्यक्तिलाई छिटो, छरितो, तर्कपूर्ण तथा निष्पक्ष न्याय प्रदान गर्नुपर्छ । ढिलो न्याय दिनु भनेको न्याय नदिनु सरह भएकोले छटो, छरितो, तर्कपूर्ण तथा निष्पक्ष न्याय प्रदान गर्न सम्बन्धित निकाय सजग बन्न जरुरी छ ।
हाम्रो समाजमा विविध अपराधहरु बढ्नुका कारणहरुमा शिक्षा, जनचेतनाको कमी, पैसाको लोभ, बेरोजगारी, अनुसन्धानमा दक्ष जनशक्तिको अभाव, परम्परागत अनुसन्धान प्रणाली लगायत छन् । आपराधिक कार्य हुन सक्ने विषयमा जनचेतना फैलाउनु, शान्ति सुरक्षाको उचित प्रबन्ध मिलाउनु, सामाजिक सद्भाव वृद्धि गर्ने कार्यक्रम सञ्चालन गर्नु, मादक पदार्थ सेवन, झैझगडा, पारिवारिक कलह, सामुहिक द्वन्द्वजस्ता गतिविधिमा विशेष नियन्त्रण गर्ने जस्ता कार्यबाट पनि अपराधको नियन्त्रणको प्रयास गर्न सकिन्छ र भइरहेको छ । अपराधीले गरेको अपराधको कारणको मनोवैज्ञानिक अध्ययनबाट पनि अपराधको न्यूनिकरण गर्न सकिन्छ । नेपालमा पुरानो संस्कृति, रुढिबाढी, अन्धविश्वास, परम्परा जस्ता कयौँ कुराहरुले नागरिकको मन मस्तिष्कमा जरो गाडिरहेको छ । कयौँ नेपाली नागरिकहरुका व्यथा, पीडा, सामाजिक, लैङ्गिक,जातीय इत्यादिमा आफ्नो समय बिताउन विवश बनेका छन् । यस्ता क्रियाकलापले समाजमा अपराध मात्र बढेको छैन, समाजलाई कमजोर बनाउने काम पनि हुँदै आएको छ ।
अपराध अन्त्यका लागि बनेका ऐन, कानूनहरु कार्यान्वयन गरी समाजबाट अपराधको अन्त्य गर्नुपर्छ । यस्ता अपराधको अन्त्य गर्न अन्तर्राष्ट्रिय र राष्ट्रिय स्तरका प्रयासहरुलाई अवलम्बन गर्नुपर्छ । अबको समयमा अनुसन्धान प्रक्रियालाई सूचना प्रविधिसँग जोडेर अघि बढ्न जरुरी छ । यस्ता अपराधलाई नियन्त्रण गर्न परिवारदेखि सामाजिक संघ संस्था, स्थानीय तहका सरकारहरु बिचको आपसी सम्मवन्य र सहयोग आवश्यक पर्दछ । यस्ता समस्याबाट मुक्ति दिलाउने संघ संस्था, व्यक्ति आदिलाई समाज तथा राज्यले प्रोत्साहन दिनुपर्दछ । सामाजिक, साँस्कृतिक क्रियाकलापमा पनि रवाफ देखाएर अरु माथि हिंसा गर्ने व्यवहारको अन्त्य हुनु पर्दछ । अर्काको देखासिकी गर्ने र भ्रमको खेती गर्नेहरु देखि सदैव टाढा रहनु पर्दछ । अपराध लुकाउने, इज्यत, प्रतिष्ठाकालागि गलत कामको ढाक छोप गर्ने काम सबैले रोक्न जरुरी छ ।
अपराध जटिल सामाजिक समस्यामात्र होइन, यो समाज र राष्ट्रको दीर्घ रोग बनेको छ । राज्यबाट अपराध, हत्या, हिंसा जस्ता क्रियाकलापको अन्त्य गर्न र आफू पीडित नहुन र अरुलाई पनि पीडा पु¥याउने हँुदैन । अधिकारको हनन ग¥यो भने गल्तीको सृजना हुन्छ र त्यस्तो हनन गर्ने व्यक्तिलाई कानुन बमोजिम सजाय हुन्छ । कानुनका आँखामा सबै सदा समान हुन्छन् र कानुले समानताका लागि काम गर्न परिरहन्छ । समानता, समन्याय, स्वच्छता, स्वतन्त्रताका लागि धनी र गरीबका बिचमा भेदभाव हुनु हुदैन र असल नागरिकले यस्ता गतिबिधि हुन दिनु हुदैन । कानुन सबैको लागि विभेदरहित तरिकाबाट बनेको हुन्छ । यस्ता समस्याहरुको निवारण गर्न, सुशासन कायम गर्न कानुन अपरिहार्य हुन्छ । कानुनले नै सत्यलाई बलशाली गराई न्याय दिन्छ र असत्यलाई दण्ड र सजायको भागिदार बनाँउछ । कानुन विना कुनै पनि व्यक्तिको अधिकारको रक्षा हुदैन । यसको सफल कार्यान्वयनबाट मात्र राज्य सवल बन्दछ तवमात्र नागरिकले राज्य भएको प्रत्यक्ष अनुभूति गर्न पाउँदछन् ।