दिलिप कंडेल
नृत्य एक बहुआयामिक विषय र बिधा हो । विविध विषयहरु हुन्छन्, जसलाई सैद्धान्तिक एवम् व्यावहारिक तवरबाट प्रस्ट पार्न सकिन्छ । नृत्यका प्राविधिक पक्षहरु चलचित्र होस् वा रंगमञ्चमा यसले नृत्यलाई मनमोहक बनाउन अहम भूमिका निर्वाह गर्दछ ।
नृत्य एक सामूहिक विधा भएकाले कस्तो समय र परिवेशमा कसरी प्रस्तुति गर्र्ने भन्ने कुराको ज्ञान बढाउनुका साथै मान सम्मान, अनुशासन र एक आपसमा भाइ बन्धुत्वको अवधारणालाई उजागर गर्दछ । नृत्य त्यति सस्तो सरल साधना हुँदै होइन । यो त अति कठिन विषय हो । यसको प्राप्तिका लागि अति धैर्यताका साथ अझै अभ्यास र निरन्तरताको जरुरत पर्दछ ।
नृत्य ब्राह्मण्डको स्वरुप सर्व प्रतिक हो । नृत्य शब्दको न त कुनै अर्थ छ, न त कुतर्क । यो एक निराकर, विभाज्य, गरिमामय कार्य हो । जसको सम्पादनले मानव जातिको शरीर, मन र मस्तिष्कलाई एकित्रित गरि एक आयु, ध्यानको यात्रा तर्फ उन्मुख सर्वश्रेष्ठ प्रक्रिया हो । हामी जो कोही पनि नृत्यको अर्थ खोज्न या खोज्दै भौतारिएका छौ । यसको अर्थ छ किनकि यसको बाहिरी आवरण हुदैन, विना अभ्यास साधनामा छैन र हुँदैन पनि । यो आफैमा अर्थपूर्ण छ ।
आजकल प्रायजसो नृत्यकारहरु आफुलाई अरु भन्दा फरक देखाउने होडबाजीमा लागेको देखिन्छ । त्यसो गर्नु अनुचित हो भनेर भन्न त नमिल्ला तर त्यति उचित पनि होइन । यदि आफुलाई फरक नै बनाउनु छ भने अरु भन्दा साधारण सरल र सहज बनाउने दिशातर्फ उन्मुख हुन सिक्नुपर्छ । नृत्य विधाको निरन्तर अध्ययन र अनुसन्धान गर्ने मार्गतिर अग्रसर बनाउनु पर्छ । माथि पनि लेखिसकिएको छ कि नृत्य त्यति सस्तो र सरल साधनाको विषय हँुदै होइन । एउटा दक्ष नृत्यकार बन्नलाई एक युग मानव जातिका लागि धेरै भन्दा धेरै कम पर्नेछ । नृत्य शब्दको छ त केबल नैतिकता सहितको अनुशासित साधना,नृत्यमा अनर्थ शब्दको उत्पत्ति नै भएको छैन । अर्थ त्यसको खोजिनुपर्छ, जसको अनर्थ पनि होस् । नृत्यकला एक सत्य र साँचो अस्तित्व हो । यसको कुनै विपरितार्थक शब्द नै छैन । स्वर्गको नर्ग, आकाशको पाताल, धर्मको पाप छ, अध्यारोको उज्यालो छ,जन्मको मृत्यु,सुखको दुःख छ । तर नृत्यको अनृत्य, कुनृत्य जस्ता शब्दहरु नै छैनन् । त्यसैले नृत्य केबल नृत्य नै हो । जो आफैमा अति बिशाल, विराट, अर्थपुर्ण र बोधपुर्ण छ । घमण्ड र अंहमता रहितको कार्यशैली कुशलता र कल्पहक्ष सहितको धैर्यता भएको खण्डमा नृत्य विषयको अर्थपुर्ण रहस्यलाई उजागार गर्न सकिने र मानव समाजलाई यसको तिलस्मी स्वरुप निर्वाण उपनिषद बुद्दत्वकालिन उपनिषदको प्रतिस्थापन गर्न सकिने छ । नृत्यशास्त्रमा नृत्यको परिभाषलाई प्रष्टाइएको छ ।
“अङ्गविक्षेपबैशिष्टप जनचितान र नृत्यले विशिष्ट, अंग सञ्चालनको प्रदर्शनद्घारा जनताको चित्तलाई प्रसन्न गराउँछ भने त्यस्तो क्रियालाई नर्तण (नृत्य) भनिन्छ । नृत्य शास्त्र भावनामा गीतको नाम नै नृत्य हो । मानिसले जब आफ्नो गहनतम मनोभावहरुलाई शब्दमा व्यक्त गर्दछ, त्यसलाई काव्य भनिन्छ । जब शारीरिक चेष्टाद्घारा मनोभावलाई व्यक्त गर्दछ, त्यसलाई नृत्य भनिन्छ । नृत्यकला विभिन्न किसिमका कलाहरु मध्ये निकै पुरानो कला हो । यस कलाको बयान विभिन्न कालखण्डहरुमा व्यापक गरिदै आएको पाईन्छ । प्राचिन समयमा भाषा साहित्य तथा बाद्ययन्त्रको सिर्जना हुनु भन्दा नै पहिला यस कलाको माध्यमबाट नै मानिसहरु आफ्ना भित्री मनका भावना अभिव्यक्त गर्दथे । सर्वप्रथम मानिसहरुले आफुलाई मनोरञ्जन लिनको लागि आफना मन भित्रका भावहरु जसरी कलापूर्ण रुपमा अभिव्यक्त गरिन्छ । त्यो नै नृत्य हो ।
(१) नृत्य गर्ने शैलीको आधारमा नृत्यलाई मुख्य रुपले दुई भागमा विभाजन गर्न सकिन्छ ।
१) ताण्डब नृत्य
२) लास्य नृत्य
(२) क्तबलमबचम म्ष्अतष्यलबचथ या ायपिष्यचभ mष्तजययिनथ बलम ज्ञण्भनभलम का अनुसार नृत्यलाई चार भागमा वर्गिकरण गरिएको छ ।
१) आदिम तथा लोकनृत्य
२) जातीय नृत्य
३) समाजिक नृत्य
४) राष्ट्रिय नृत्य
दश रुपककार घनञ्जयका अनुसार नृत्य दुई भागमा विभाजन गर्न सकिन्छ ।
१) मार्गी नृत्य
२) देशी नृत्य
पश्चिमी नृत्य शास्त्रका विष्लेषक बाल्टर सरेलले नृत्यमा निम्न अनुसारका तत्व रहेको मानेका छन् ।
१) ताल र लयको अंगसंग समन्वय
२) चरा –खुट्टाको चाल)
३) संगीत प्रविधि
४) गतिशिलता –गेयात्मकता
५) पाइला –कदम चाल्नु )
६) गीत
७) भेषभुषा र गरगहना
८) स्वर लिपी
भने केही शास्त्रीहरुले भने नृत्यमा निम्नानुसारका तत्वहरु रहन्छन् भन्दै व्याख्या गरेका छन् ।
१) गीत २) रस ३) संगीत ४)उद्देश्य ५)अभिनय ६)शैली
मानिसलाई सिर्जनशील र उर्जाशील बनाउन नृत्यको महत्वपूर्ण भूमिका रहन्छ । मानव जीवनमा सकारात्मक भाव उत्पन्न गरी संवेगात्मक रुपमा सम्प्रषेण गर्नका लागि समेत यसको विशिष्ट भुमिका रहन्छ । त्यसैले, नृत्य मानवजातीका लागि मनोरञ्जन, स्वस्थ जीवन, सकारात्मक भाव पैदा गर्न र समाजमा घुलमिल हुन अति आवश्यक सिर्जनशील माध्यम हो ।
नृत्यको इतिहास अति नै प्राचिन छ । जति मानिस जातिको छ । आदिम मानिस देखि लिएर आजसम्म प्रत्येक जाति, सामाज, समुदाय तथा प्रत्येक देशका मानिसहरुको जीवनको साथ कुनै न कुनै रुपमा नृत्य आएको अवश्य आएको हुन्छ । त्यसैले हामी के भन्न सक्छौ भने नृत्य मानव जीवनको एक विशेष अंग हो । नृत्य मानव जीवनको एक विशेष अंग हो ।
प्रत्येक मानिस आफ्नो जीवनको रंगमञ्चको एक कुशल कलाकार हो । मानिस जन्मेदेखि मृत्यु सम्म हरपल ऊ नाँचिरहन्छ । उकाली ओरालो, बनपाखा, मेलापात, घाँसदाउरा हरपल मानिस नाँचिरहको हुन्छ । अझै भन्ने हो भने गहिराइमा पुगेर हेर्ने हो भने बह्माण्ड तथा पृथ्वीमा नै हामी प्रकृतिमा बढी संगीत र नृत्य पाउँछौ । संगीत र नृत्यको प्रमुख स्रोत नै प्रकृति हो । प्रकृतिमा आधारित भई मानव समुदाय स्रष्टा बनेर नृत्यको सिर्जना गरेको हुनुपर्दछ । तसर्थ नृत्य क्षेत्रमा अग्रसर व्यक्तिहरु अध्यात्मतिर केहि झुकाव भएको हुनुपर्दछ । प्रकृतिप्रति एकाकार हुन सिक्नु पर्दछ । घमण्ड र दम्भको भरमा आफुलाई नृत्यकार बनाउन आफुलाई ठुलो देखाउन होइन, आफूलाई जति सक्दो सरल र सहज बनाउने दिशातर्फ लागि हाल्नुपर्छ । हामी यस भौतिक दुनियाँमा रहेर के नै नाँच्यौ अनि अरुलाई के नै नचायौ र ? सधैं हात, खुट्टा र टाउको मात्रै मर्कायौँ, त्यहाँ भन्दा माथि उठेर कहिल्यै नाँच्ने कोसिस नै गरेनौ । भौतिकता र आधुनिकतामा रम्न सिपालु हामी मानिसहरु जस्ले पुराना कुराको महत्व बुझन सकेको छैनौ र बुझन् पनि चाहादैनौ । पुराना संस्कृति परम्परागत र प्राचिन कालदेखि चल्दै आएका हामी पुर्खा जिजुबाजेहरुका संस्कृति तथा संस्कारलाई त हामी रुढिबादी भन्न पनि पछि पर्दैनौ । कस्तो बिडम्वना कति दुःख लाग्दो कुरा आज हाम्रो समाजमा ती पुराना असंख्य परम्परागत लोकसंस्कृति लोकसंगीत लोप हुदै जानुको पछाडि आधुनिकताको विकासक्र नै हो । हुन सक्छ, कतिपय संस्कृति परम्परागत शैलीका र रुढीवादी थिए होलान्, सामाजिक रुपमा पूर्णतया बहिस्कार गर्ने खालका पनि हुन सक्छन् भने कतिपय संस्कृति आधुनिक परिवर्तनका लागि र सामाजिक चेतनामा उर्जा थप्ने खालका पनि छन् । यस्ता संस्कृतिहरुको टोल–टोलमा,गाउँ–गाँउमा , प्रत्येक समुदायमा गएर खोजिनु पर्दछ, अनुसन्धान हुनुपर्दछ । कुनै पनि लोक संस्कृति, लोकसंगित एउटा समुदायको वा जाति विशेषको भनेर मख्ख परेर बस्नुको कुनै अर्थ हुदैन । यो सस्कृति वा यो नृत्य त्यो समुदाय संग सम्बन्धित हो भनेर भन्न सकिन्छ ।
विशेषत हामी नेपालीहरु जसले मरुभूमिमा बसेर हरियाली जंगलको कल्पना गरिरहनु पर्ने कुनै आवश्यकता छैन । छ त केवल यहाँ उत्पन्न कुरितिहरु विकृतिहरुले मात्र हाम्रो संस्कृतिलाई नढाकोस् र बास्तविक संस्कृति र कलालाई मात्र हामी संरक्षण गरौ र संरक्षित कला प्रस्तुत गदै जाउँ आज आएर झ्याउरे, तामाङ सेलो, चुड्का, धिमाल, थारु, सेब्रु, कौराहा जस्ता नृत्य जसको आफ्नै ढाँचा छ । आ–आफ्नै मौलिकता छ तर यहाँ कुनै पनि जातजाति समुदायमा आधारित गीतहरु जो कोहीले प्राप्त गरे पनि नृत्य प्रशिक्षण गराइन्छ । र भनिन्छ यो फलानो जातिको नृत्य हो, यस्तो बेलामा यहाँ संस्कृति सम्बन्धी प्रश्न चिन्ह खडा हुन्छ र हुनु पनि पर्छ । बास्तविता के हो ? साँच्चि नै त्यही गीतको तालमा नृत्य गराउँदा नै लोक नृत्य होला ? गीत जस्तोसुकै भए पनि तालमा नृत्य गर्न सक्छ, यसमा कुनै शंका छैन । प्रशिक्षकले पनि सिकाउन सक्छ तर झ्याउरे, ख्याली जस्ता ताल बजाएर तयार गरिएको गीतलाई नै जाती विशेष नाम दिएर वास्तविक लोक नृत्य हुन सक्छ जस्तो मलाई लाग्दैन । उदाहरणका लागि तामाङ्ग सेलो तथा कौराहा नृत्य चार÷चार मात्रा भएका ताल हुन् । एउटै तालमा दुवै गीत गाउन र दुवै गीतमा नृत्य गर्न सकिन्छ । अब हामी कुन तामाङ्ग जातिको नृत्य भनेर प्रस्तुत गर्ने, कुन नृत्य मगर जातिको भनेर प्रस्तुत गर्ने ? यसरी नृत्यलाई छुट्टाउन यी जातीको आ–आफ्नै मौलिकता छ र आ–आफ्नै विशेषता छ । न कि गीत सुनेर, बाजाको ताल सुनेर मात्र मात्र लोकनृत्य यही भनेर भन्न बेकार हुन्छ । बरु हामी नृत्य हेरेर भन्न सकौँ कि यो नृत्य फलानो जातीसंग सम्वन्धित नृत्य हो भनेर । एउटा कलाकारले अर्को कलाकारलाई सम्मान गर्न सिकौँ एउटाले अर्कोलाई प्रोत्साहन गर्न सिकौँ । भौगोलिक दृष्टिले धेरै सुन्दर र धेरै फरक छ । हाम्रो देश एउटा ठाउँको नृत्य गर्ने शैली अर्को ठाउँमा एउटै नहुन सक्छ र नमिल्न पनि सक्छ कि त्यही भन्दैमा त्यो नृत्य नै भएन, यस्तो पनि लोक नृत्य हुनसक्छ भन्ने होइन । किनकि हाम्रो देश धेरै धर्म संस्कृति मान्ने समुदायहरु बसोवास गर्ने देश हो । ती समुदायहरुमा आ–आफ्नो रीतिरिवाज धर्म–कर्म,रहन–सहन, भेषभुषा र चाल–चलन हुने गर्दछन् । जब हामीले एउटाले अर्कोलाई सम्मान गर्न सक्दैनौ, तबसम्म हामी असल कलाकार बन्न सक्दैनौ । यहाँ मैले केही अग्रज तथा वरिष्ठ नृत्य निर्देशकहरुको नाम लिन गइरहेको छु, जसले नेपाली नृत्य क्षेत्रमा आफ्नो अतुलनिय योगदान दिनुभएको छ ।
१) स्व.कान्छाबुद्द बज्राचार्य (लोक तथा परम्परागत चर्चा नृत्यका प्रशिक्षक तथा प्रबर्दक )
२) स्व. डा. चन्द्रकुमार उपाध्याय
३) स्व.श्रवेश बान्तवा
४) स्व. बुद्दि परियार
५) स्व. मृगेन्द्रमान सिं प्रधान
६) बसन्तजंग रायमाझि –भैरवनृत्य प्रशिक्षण गृह)सामाखुसि काठँमाडौ
७) सुवि शाह –सुरेन्द्र विक्रम शाह
८) हरिमान श्रेष्ठ
९) मनोरञ्जन जोशी
१०) बसन्त श्रेष्ठ – नेशनल सेन्टर अफ डान्स ,पुतली सडक काठँमाडौ
११) सुरेश मिश्र
१२) हनि श्रेष्ठ
१३)भैरव बहादुर थापा
१४)वीणा जोशी
१५)कमल राई
१६)गोविन्द राई
१७)महेश गोदार (बज्रयोगिनी नृत्य तथा संगीत कला केन्द्र काठँमाडौ
१८)शान्ता नेपाली
१९)अच्चुत घिमिरे (डान्स थेराषिष्ट )
२०) नारायण रिजाल
२१)गोरे गुरुङ
२२)रोचक थापा –नेपाली लोकनृत्यका अन्वेषक, अनुसन्धानकर्ता तथा लेखक )
मैले केही नृत्यकारहरुको मात्र नाम लिएको धेरै नृत्यकारहरु हुनुहुन्छ । जसले नेपाली नृत्यक्षेत्रमा आफ्नो अतुलनीय योगदान निरन्तर रुपमा दिइरहनु भएको छ । उहाँहरु सबैलाई सम्मान छ । अन्त्यमा, मेरो पे्ररणाका स्रोत मेरो दोस्रो अभिभावक नृत्यशास्त्री, शास्त्रीय नृत्य निर्देशक, नेपाली लोकनृत्यका प्रशिक्षक, अनुसन्धानकर्ता तथा सम्बन्धी पुस्तक लेखक पुजनीय गुरु केपी शर्मा पौडेललाई कोटी कोटी नमन ।