सरोजराज पन्त
छोटा नाम तर जीवनभर सधैं जीवन्त काम गरी साहित्य, समालोचना, अन्वेषणमा लागि रहने लगनशील निष्ठा, भावना र कर्ममा लाग्ने व्यतिm कसरी छोटा हुने ? यो मनमा अनेकौ तरङ उठनु स्वभाविक हो । जस्तो नाम उस्तै हुनुपर्छ भन्ने हो भने पनि यो दुनियामा महाकवि लक्ष्मीप्रसाद देवकोटाले जीवनभर लक्ष्मीको साथ पाएनन भोक भोकै रहेर पनि सृजनामा लागि रहे र आर्थिक अभावमा सधैं दुःख, कष्टबाटै जिवनलिला समाप्त भयो । सुनमती नामकी महिलाको नाक–कान बुच्चै हुनुको पीडा पनि नदेखिएको होइन यो पनि अचम्मकै छ । यो विचित्रको संसारमा अनेकौं नाम, रुप, काम र दाम भएका अनेकौं मानिसहरु रहेका छन र भेटिन्छन । उनीहरुको नाम उपनाम जे जस्तो रहे पनि नाम, काम, चरित्र र स्वभाव फरक फरक हुनु पनि अनौठो रहेको छ । नाम र काममा सम्बन्ध नभएका मानिसहरुको सङ्ख्या निकै रहस्यमय छ । धनबहादुर नाम भएका मानिसको जीवनभर धन–पैसा साथमा भएको पाइदैन । रुपमतीको कुरुप अनुहार नभएको होइन । माया नामकी युवतीले कहिल्यै माया ममता देखाउदिनन । मनमा हरि नभएका मानिसको दयाराम र हरि अनि कञ्जुसहरुको नाम मनप्रसाद रहेको भेटिन्छ । सधैं डर त्रास, कातर बल नहुनेहरु बलबहादुर, चिन्तामा जीवन बिताउने मानिसको नाम खुसीराम र सुखैसुखमा जीउनेहरुको नाम दुखीराम रहनु कस्तो आश्चर्य छ । यस्तै आश्चर्य नाम भएकै मानिसमा एक अनौठा प्रतिभाको नाम हो प्रेम छोटा । छोटा नामका व्यक्तिको काम र लगावको खोज अनुसन्धानकै विषय बनेकोले यस बिषयमा यो लेख केन्द्रित रहेको छ ।
बागलुङ जिल्लाको बागलुङ बजारमा जन्मे हुर्केका र कालीको पानी झै निश्चल र अविरल बहने नेपाली बाङ्मय क्षेत्रका साधक, साहित्यसेवी प्रेम प्रसाद श्रेष्ठको नाम ‘प्रेम छोटा’ तर काम, सिर्जना, लगाव र परिश्रमले ‘प्रेम छोटा नभइ बडा व्यतिmको’ हुन । नेपाली भाषा, साहित्य, कला, सङ्गीत, संस्कृति र अनुसन्धानका हस्ती प्रेम छोटाले हिजोको शिक्षा, आजको इच्छा र भोलिको प्रतीक्षा बोकेर अविछिन्न साहित्यिक तथा सांस्कृतिक खोज अनुसन्धानमा अनबरत जुटी ‘मोटो’ पहिचान बनाइ सकेका छन । यस क्षेत्रको पहिलो– कवि विरशाली पन्त देखि कविता, नाटक, विधि खोज लेख, अनुसन्धानमा विज्ञ विद्वान्को नाम छोटा नामका मात्र छोटा हुन । साहित्य, कला, संगीत आदिको विकास र प्रवर्धनका लागि कर्मशील छोटाले वि. सं. २०३४ सालमा रत्न–श्रेष्ठ पुरस्कार गुठीको स्थापना गरे यो छोटाको जीवनको लामो र दुरदर्शी काम होे । बागलुङको मात्र नभई समग्र देशकै साहित्यिक क्षेत्रलाई गौरवान्वित यो काम उनको लामो काम हो । मौलिक रचनालाई पुरस्कृत गर्ने राष्ट्रिय पुरस्कारको थालनी गरेका छोटाले वि. सं. २०३७ सालमा रत्न–श्रेष्ठ पुस्तकालयको स्थापना गरी सामाजिक जागरण ल्याए । यस्ता अग्रज धरोहर साहित्यसाधक, सामाजिक अगुवा, सोधकर्ता प्रेम प्रसाद श्रेष्ठको नाम छोटा राखे पनि काम भने महान र जीवन्त रहेको छ ।
सानादेखि ठूलासम्म सबैका लागि उदाहरणीय बन्न सफल र सच्चा सम्माननीय व्यर्तिm प्रेम छोटा यस क्षेत्रका साहित्य साधक, अन्बेषक र उत्पेरक बहुआयामिक प्रवृत्ति भएका व्यतिmका रुपमा स्वर्ण छवि बनाइ सकेका छन । छोटाका सिर्जना, लेखन विषय, साधना, खोज, अनुसन्धान र अन्वेषणका पाटाहरु केलाउँदा बहुविविधताले युक्त र उच्च भएको पाइन्छ । मौलिक सिर्जनसँगै खोज तथा अनुसन्धानमा रुची रहेको यिनका प्रकाशित कृति र कामको लेखाजोखाबाट स्पष्ट हुन्छ । आफ्नो साहित्य साधनामा मात्र होइन राष्ट्रिय बाङ्मयको मूल प्रवाहमा सदा सर्मर्पित छोटाले आफ्नी ममतामयी आमाको स्मरणमा स्थापना गरेको रत्न–श्रेष्ठ पुरस्कार गुठी जुन यस क्षेत्रकै सबैभन्दा पुरानो पुरस्कार संस्थाको रुपमा पहिचान बनाएको छ । यसका साथै आफनै पहलमा स्थापना भएको पुस्तकालय र दीअ प्रकाशनले यस क्षेत्रको भाषा, कला, साहित्य, अनुसन्धानमा आफ्नै मौलिक पहिचान सहितको सेवा दिइरहेको छ ।
प्रेमप्रसाद श्रेष्ठ, साहित्यिक नाम प्रेम छोटाको जन्म वि.सं. २००२ वैशाख १४ पिता र माताः– स्व. दीपबहादुर श्रेष्ठ र स्व. रत्नकुमारी श्रेष्ठको कोखबाट भएको हो । स्नातकसम्म अध्ययन गरेका छोटा शिक्षण पेशामा ७ वर्ष, कर्मचारी भएर १५ वष बिताए पछि, समाजसेवा, वाङ्मयिक सेवामा अनवरत लागि रहेका छन । बिसं २०१६ मा पहिलो रचना असम्भव के ? भन्ने कवितावाट साहित्य आकाशमा उदायका छोटा अहिले यही आकासका चम्कीला तारा बनेका छन । निरत्तर साहित्य सृजना, अनुसन्धानमा खटिरहेका उनले धेरै संघसस्थाहरुको स्थापना गरेका छन जसका केही उदाहरणमा संस्थापक सरस्वती पुस्तकालय २०१३, संस्थापक,संरक्षक रत्न–श्रेष्ठ पुरस्कार गुठी बागलुङ २०३४ र रत्न–श्रेष्ठ पुरस्कार पुस्तकालय,२०३७, संस्थापक,सदस्य नेपाल भाषा एकेडमी, नेपाल २०४८, संस्थापक संयोजक’ नेपाल मंकाः,खलः बागलुङ २०४८, संस्थापक संरक्षक दीअ प्रकाशन २०५३, जगत–चन्द्र स्मृति सम्मान कोष २०५८, सदस्य–लोक,साहित्य उपसमिति–नेपाल प्रज्ञा प्रतिष्ठान, काठमाण्डौ–२०६२, प्राज्ञसभा सदस्य नेपाल प्रज्ञा प्रतिष्ठान,कमलादी २०६७, अध्यक्ष –डा. डिल्लीरमण कल्याणी,स्मृति पुस्तकालय विकास समिति (प्रस्तावित डा.डिल्लीरमण रेग्मी फाउण्डेशन नेपाल–२०६९), अध्यक्ष–धवलागिरी वाङ्मय फाउण्डेशन, काठमाडौँ –२०७०, संस्थापक सदस्य–लोकवार्ता परिषद्–२०७१, सदस्यआदिकवि भानुभक्त आचार्य द्विशतावार्षिकी केन्द्र लगागत दर्जनभन्दा बढी साहित्यिक तथा प्राज्ञिक सङ्घ संस्थाहरुमा क्रियाशील रहेका छन । छोटा श्रीमती इन्द्र श्रेष्ठ, दुई छोरा प्रेमेन्द्र श्रेष्ठ, युगेन्द्र श्रेष्ठ र छोरी नवीना श्रेष्ठको सहयागमा यस क्षेत्रमा लागि रहेका छन ।
उमेरले केही बृद्धको अनुभूति गरे जस्तो देखिए तापनि अहिलेसम्म उस्तै उर्जावान र सृजनशील छोटाका हालसम्म ३१ वटा कृति प्रकाशन भई सकेका छन भने अझै २५ वटा कृति प्रकाशोन्मुख रहेका छन । भ्रमण नेपाल, भारत र संयुक्त राज्य अमेरिकाको करिब १२÷१४ ओटा राज्यहरूमा समेत घुमफिर गर्न भ्याएका छोटाले हरपल क्रियाशील बनी नेपाली वाङ्मयको श्रीवृद्धिका लागि समर्पित राष्ट्रिय, प्रादेशिक तथा यस क्षेत्रका व्यक्तित्वहरूलाई प्रोत्साहन गर्न ममतामयी माता रत्नकुमारी श्रेष्ठको स्मृतिमा स्थापित मोफसलकै जेठो रत्न–श्रेष्ठ पुरस्कार गुठी–२०३४ बाट प्रत्येक दुई वर्षमा राष्ट्रियस्तरमा रु ५००००।–, प्रदेशस्तरमा कृतिगत रुपमा २५०००÷– अञ्चलस्तरमा रु १५०००)– का पुरस्कार राशिद्वारा पुरस्कृत एवं सम्मानित गर्ने संस्थाको संरक्षण एवम् नियमित सुसञ्चालन गरी नयाँ पुस्तालाई समेत यस क्षेत्रमा क्रियाशील रहन प्रेरित गरिरहेका छन ।
प्रेम छोटाका प्रकाशित कृतिहरू केलाउँदा उनमा वहुआयाम रहेको स्पष्ट देखिन्छ । उनले सवै बिधामा कलम चलाएकामात्र छैनन उनका कृतिमा समाजको यथार्थता देखि मानवीय पीडा दुःख, रोदन, सचेतना, समाज रुपान्तरण लागि बदलिदा सोचहरु समेटिएका छन । प्रकारान्त कथाहरू २०४२, गुरू गणेशप्रसाद श्रेष्ठ केही संस्मरणहरू सम्पा. संस्मरणात्मक कृति २०४३, धवलागिरिका लोक सस्कृतिहरू अनुसन्धानमूलक लोक संस्कृति २०४४, प्रेमका केही कविता २०४५, काव्य–त्रिवेणी, सम्पा. कविता सङ्ग्रह,२०५०, सिंह (श्रेष्ठ) पास्ताःखलः को वंशावली अनुसन्धानमूलक वंशावली २०५२,कविता सङ्ग्रह, प्रेम छोटाका बहुआयाम शाश्वत स्वरहरू, सम्पा, कविता सङ्ग्रह २०५३, धवलागिरिका कथाहरू,सम्पा. प्रतिनिधिमूलक कथा सङग्रह २०५३, धवलागिरिका कवि र कविता, सम्पा. प्रतिनिधिमूलक कविता सङग्रह २०५५ धवलागिरिका पुरस्कृत कृति र विहङ्गम दृष्टि सम्पा. समालोचनात्मक कृति २०५७, प्रेमका उद्गार लिखित भाषणहरूको सङ्ग्रह २०५९, धवलागिरिको वाङ्मयसूची लेखक तथा कृतिहरूको सूची २०६०, नेवारको सांस्कृतिक परम्पराः सिंह(श्रेष्ठ) पसःखलःको वंशावली (अनुसन्धानमूलक वंशावली) २०६१, भूमिकै भूमिकाको भूमिका विविध कृतिहरूको (भूमिका सङ्ग्रह)२०६२, भानुभक्तभन्दा पुराना कवि वीरशाली पन्त अनुसन्धानमूलक कृति २०६२, प्राथमिककालीन पुराना कवि वीरशाली पन्त सम्पा. अनुसन्धानमूलक कृति२०६२,कविता सङ्ग्रह २०६४, अणु अणुको थुप्रोःजीवन र प्रेम, कुहिरोभित्र श्वेत बान्कीःः कृति एक–दृष्टि अनेक सम्पा समालोचना, २०६४, बागलुङको बास्सानाच पहिलो संस्करण अनुसन्धानमूलक लोक संस्कृति २०६५, भक्तिसड़कीर्तन ज्ञानमाला २०६५, बागलुङको बास्सानाच २०६५÷फाल्गुन मरण अधिका दुःखीका अभिव्यञ्जनाहरू सम्पा कविता र कथा सङ्ग्रह, भजन संग्रह दोस्रो संस्करण थपसहितको, बागलुङको ऐतिहासिक घटना ऐतिहासिक लेखहरूको सङ्ग्रह २०६६, हनुमान नाच ः बागलुङको सांस्कृतिक पहिचान, अनुसन्धानमुलक कृति, लोकसंस्कृति २०६७, प्रारम्भकालीन कथाहरू, कथा संग्रह २०६७, धवलागिरिको ६ दशकीय पत्रकारिता पहिलो अङ्कको नमुना सङ्कलन २०६९,टीका बहादुर मल्लका कविता सम्पा. विविध सङ्ग्रह २०६९, धवलागिरिको सांस्कृतिक सम्पदा अनुसन्धानमूलक लोक संस्कृति २०७०, धवलागिरिको ६ दशकीय पत्रकारिता सं. दोस्रो संस्करण २०७१, हस्तलिखित अभिव्यक्ति अभिलेख सङ्ग्रह–खण्ड १ २०७१, बागलुङको सांस्कृतिक आकाशमा नाटकीय इन्द्रेनी आदि रहेका छन ।
छोटाले नेपाली साहित्य कला, अनुसन्धानमा पु¥याएको योगदानको चर्चा गर्दे विभिन्न व्यक्ति व्यक्तित्वहरुले विभिन्न नाम, विशेषण र उपमा दिएर सम्बोधन गरेको छोटाकै पुत्रद्वय प्रेमेन्द्र श्रेष्ठ र युगेन्द्र श्रेष्ठले संयोजनको भूमिका निर्वाह गरी तयार पारी रत्न–श्रेष्ठ पुरस्कार गुठीले प्रकाशन गरेको पुस्तक ‘‘हस्तलिखित अभिव्यक्ति अभिलेख सङ्ग्रह’’ (२०७१) र ‘‘हस्तलिखित अभिव्यक्ति अभिलेख सङ्ग्रह भाग दुई’ समेत प्रकाशनको क्रममा रहेको छ जसमा देशका सयौ विद्धान कवि, लेखक तथा साहित्यानुरागीहरुले छोटाको बारेमा आ–आफ्ना अभिव्यक्तिहरु प्रस्तुत गरेका छन् । यसैगरी प्रेम छोटाका ७० बसन्तमा १२४ जना विद्धान लेखकहरु र प्रेम छोटाका बहुआयाममा ११९ जना विद्धान लेखकहरुले उनको बारेमा लेख तथा सृजना गर्नुले उनले यस क्षेत्रमा पु¥याएको योगदान र साहित्य, सृजना, अनुसन्धान प्रतिको लगाव, कृयाशीलताको उजागर हुन्छ । देशका थुप्रै विशिष्ट साहित्यिक स्रष्टा, प्रशासक, अनुसन्धाता, अन्वेषक, नेतागण, सामाजिक अभियन्ता, प्राध्यापक, शिक्षकहरुका आँखामा प्रेम छोटा र उनले नेपाली साहित्याकाशमा पु¥याएको योगदानका बारेमा चर्चा, परिचर्र्चा तथा टिप्पणी हुनुले छोटा नामकामात्र छोटा हुन कर्ममा उनी सधै उच्च दर्जामा रहेका छन । उनका बारेमा कविवर माधवप्रसाद घिमिरे, योगी नरहरिनाथ, अम्बर गुरुङ, डा. तारानाथ शर्मा, स्वामी डा. प्रपन्नाचार्य, मोदनाथ प्रश्रित, लोकेन्द्रबहादुर चन्द, सरुभक्त लगायत अग्रज पुस्ताका थुप्रै व्यक्तित्वहरुले छोटाको योगदानलाई विभिन्न कोणबाट उजागर गरेका छन । जसबाट प्रेम छोटा एक स्थापित नक्षत्र हुन भन्ने प्रमाणित गरेको छ । उनी स्वदेश वा विदेशका साहित्यिक कर्ममा जहाँजहाँ पुग्छन् त्यहाँ त्यहाँ धवलागिरि क्षेत्रको साहित्यिक सुवास फैलि रहेको छ र उनी त्यो सुवास छर्न सफल रहेका छन । बाँढेर फर्किन्छन् । धवलागिरिको साहित्यिकको कला, साहित्य, इतिहासलाई अन्वेषण गर्ने, दस्तावेजीकरण गर्ने, र साहित्यिक प्रकाशन गर्ने काममा छोटाको अगुवायी प्रशंसनीयमात्र छैन जोकोहीका लागि अनुकरणीय रहेको छ । यस क्षेत्रको साहित्य, कला, स्रष्टा सर्जकका लागि छोटा उदाहरणीय मियो हुन् ।
अग्रज साहित्यकार प्रेम छोटाले यस क्षेत्रमा गरेको अविछिन्न समर्पण वास्तवमै अनुकरणीय र ग्रहणयोग्य रहेको छ । जीवनको ७६ औं वसन्त पार गर्न लाग्दा पनि उत्तिकै जोश, फुर्ति, उर्जा, उत्साह र चिन्तन गरी कलम चलाई रहने दर्बिला खम्वा छोटा साहित्यिक खोज अन्वेषण र सिर्जनामा लाग्दा कति अप्ठाराहरु भए होलान, कति परिवारका सदस्यहरुको गुनासो सुन्नु परेको होला, कति उतार चढाव भए होलान, दामको काम छाडेर नामको लागि बेकामी भएर लागेको भन्दै यो समाजमा कति टिकाटिप्पणीहरु भए होलान् । कति व्यवधानहरु सहनु परेको होला तर पनि ती सबैलाई प्रवाह नगरी अनेकौ चुनौतीहरुलाई खुला छाती बनाएर सहेर, खपेर आफूलाई अविरल कालिगण्डकीको वहाबट जस्तै अविरल साहित्य सेवामा लगाइरहे र दर्जनौ राष्ट्रिय तथा अन्तराष्ट्रिय पुरस्कार प्राप्त गरे । कर्म गर तर फलको आस नगर एक दिन अवश्य सफल भइन्छ भन्ने नेपाली सन्देशबाट आजका उनका अनुयायी तथा नवतरुणहरुले शिक्षा लिएर नाम, काम र योगदानमा लाग्न सके साहित्य र अनुसन्धानको विकासमा टेवा पुग्ने देखिन्छ ।
अन्त्यमा, यस क्षेत्रका उज्जवल नक्षत्र प्रेम छोटाज्यूको बहुआयामिक योगदानको उच्च सम्मान गर्दै अनवरत साहित्यिक यात्रामा लाग्न स्वास्थ्यले साथ दिई रहोस् र नयाँ–नयाँ कृतिहरु प्रकाशित हुँदै जाउन्, साहित्य अनुसन्धानको क्षेत्रमा रहेको क्रियाशीलताले उच्चशिखर चुम्न सकोस् शतक आयु सहित सफलताको शुभकामना र शुभेच्छा प्रकट गर्दछु ।