नेपालका कानुनी समस्या र समाधान

शुभेक्षा पन्त
नेपाल लोकतान्त्रिक शासन प्रणाली अवलम्बन गरिएको राष्ट्र हो । नेपालको सबैभन्दा ठूलो समस्या भनेको वर्तमान संसद हो । नेपाल सरकार आज विदेशीको खेलाउन बनेको छ । यसले गर्दा नेपाल र नेपालीको स्वतन्त्रता, अखण्डता, विकासमा गहिरो असर पारेको छ ।

समाज सुधारका लागि न्याय पनि उचित हुनुपर्छ । न्याय एक महत्वपूर्ण कानुनी शब्द हो । मानिसलाई अहिंसा, शोषण, भोकमरीबाट स्वतन्त्र बनाउनु, मानव कल्याण र सुरक्षा दिनु नै न्याय हो । कानुन साधक र न्याय साध्य हो । कानून अनुसारको शासन हुनुपर्दछ । जबसम्म शासन गर्ने जिम्मा व्यक्ति र व्यक्तिको हातमा रहेको हुन्छ, तबसम्म गरिब वर्ग नै मिचिरहन्छन् । महिला, बालबालिकाको यातना, कुटपिट तथा दुव्र्यवहारका घटनाहरु बढ्दै गएका छन् । जसले समाजमा सकारात्मकभन्दा नकारात्मक विकृति फैलाई रहेको छ । समाज सुधारका लागि युवाहरु पनि एकजुट भएर सुधारमा लाग्नुपर्छ । समाज विकासको काल खण्डलाई हेर्दा विभिन्न मानिसको निस्वार्थ त्याग बलिदान, सेवा आदि छर्लङ्ग देखिन्छन् । शिक्षालाई जनताको पहुँचमा पु¥याएर उनीहरुको आवश्यकता बुझेर राष्ट्रमा गरिबी र निरक्षरता उन्मूलनका लागि पनि शिक्षाको आवश्यकता पर्दछ । देश निर्माण र समाज परिवर्तनका निम्ती युवाहरुको ठुलो दायित्व रहेको हुन्छ । यसर्थ उनीहरु देश परिवर्तनका सम्वाहक हुन् ।

भ्रष्टाचार देश विकासमा समस्या बनाउने विषय हो । यो राज्यको गहन समस्या हो । उच्च स्वविवेकिय अधिकार, पारदर्शिताको अभाव, उत्तरदायित्व र जवाफदेहिताको अभाव, कर्मचारीको अभाव, गोपनीयतामा रमाउने संस्कृति, स्पष्ट ऐन तथा कानुनी व्यवस्थाको अभाव, विद्यमान कानुनी व्यवस्थाको अभाव, दण्ड पुरस्कार प्रणालीको अभाव, भ्रष्टाचारलाई सामाजिक संरक्षण एवंम प्रोत्साहनको अभाव, अनुगमन, मूल्याङ्कन प्रणालीको अभाव हुनु आदि हुन् । भ्रष्टाचार नियन्त्रणका उपायहरूः पारदर्शिताको प्रवर्द्धन, भ्रष्टाचारीलाई सामाजिक वहिष्करणको नीति अवलम्बन, सार्वजनिक पदाधिकारीहरूलाई आफ्नो जिम्मेवारी प्रति उत्तरदायी र सजग बनाउने, भ्रष्टाचार निवारण सम्बन्धमा निरोधात्मक एव्म उपचारात्मक उपायको अवलम्बन, भ्रष्टाचार नियन्त्रणमा संलग्न निकायहरूको क्षमता अभिवृद्धि, भ्रष्टाचार नियन्त्रण सम्बन्धी कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन, ज्यत कतयखभ नीति अवलम्बन, सुशासन तथा विक्तिय अनुशासन प्रतिको प्रतिबद्धतामा वृद्धि आदि हुन् ।

राज्य विकासका लागि स्वतन्त्रता पनि आवश्यक पर्छ । स्वतन्त्रता विना मानिस सफलता पूर्वक बाच्न सक्दैन् । जुनैसुकै अधिकार चाहे मानव अधिकार होस् वा बाल अधिकार, महिला अधिकार होस् वा श्रमको अधिकार यिनीहरु सबैमा स्वतन्त्रताको कुरा आइ नै हाल्छ ।हामीले समाजमा दिनप्रति दिन हत्या हिंसा, चोरी डकौटी, सम्बन्ध विच्छेद, वलात्कार, लागु औषध वसार पसार आदि समस्याहरु बढिरहेका छन् । त्यस्ता समस्याहरुको निवारण गर्न, सुशासन कायम गर्न कानुन अपरिहार्य हुन्छ । कानुन विना कुनै पनि व्यक्तिको अधिकारको रक्षा हुदैन । यसले समाजमा धेरै समस्या बनाएको छ । मानव बेचबिखन जस्ता जघन्य अपराधले गर्दा पनिराज्यमा समस्या पु¥याएको छ ।

अपराध नराम्रो काम, स्वीकार गर्न नसकिने काम, कसैलाई पीडा दिने काम इत्यादि हो । अपराध जस्ता गतिविधिले समाजमा धेरै असर पु¥याएको छ । अपराधहरु विभिन्न किसिमका हुन्छन् जस्तैः चोरी अपराध, विद्युतीय अपराध, वन अपराध संगठित अपराध, साइवर अपराध, बाल अपराध आदि । मानवलाई लैङ्गिक आधारमा विभेद गर्नु पनि हिंसा हो । हिंसा मानवअधिकार विरुद्धको कार्य हो । महिलामा शक्ति, स्रोत र साधनको अभाव हुनु भनेकै हिंसा हो । विश्व समुदायमा नै हिंसाबाट कुनै वर्ग, जात जाति, समुदाय, धर्म अछुतो रहन सकेको छन । विकास र प्रविधिको यो युग, सभ्य युगको नामले चिनिएपनि बलात्कार जस्तो घटनाले यो समाजमा जरो गाडेको छ । अपराध जटिल सामाजिक समस्यामात्र होइन यो दीर्घ रोग बनेको छ । हाम्रो समाजमा मानसिक यातना पनि बढिरहेको छ । यो पनि समाज विकासमा समस्या बनाउने विषय हो । यातना मानवताविरुद्धको एक गम्भीर अपराध हो । यातनाको उन्मूलन सभ्य राष्ट्रको पहिचान हो । विभिन्न अपराध मध्ये समाजमा गहन समस्या पु¥याएको अर्को अपराध बलात्कार हो ।

कानुनमा कानुनको दृष्टिमा महिला र पुरुष बीच समानताको अधिकार स्थापित हुन्छ भनिएको छ तर किन अझैपनि समान व्यवहारका साथ महिला र पुरुषलाई हेरिदैँ, जता गएपनि महिलालाई होच्याउने, उनीहरुलाई पीडा दिने, उनीहरुको अधिकारमा आच आउने कुराहरु भई रहेको देखिन्छ । यसले समाजमा महिलालाई असर पु¥याउछ र देश विकासमा पनि समस्या पु¥णएको छ । जब महिला र पुरुष साथ हुन्छन् अनि मात्र विकास हुन सक्छ । परम्पराको आधारमा चलिआएको रीतिरिवाज र अन्धविश्वासको आडमा घर परिवार र समाजबाट महिलाविरुद्ध हुने गरेका हिंसाहरु जस्तै विधुवा महिलालाई गरिने तिररुकार, झुमा प्रथा, देउकी प्रथा जस्ता हिंसाहरु हुने गरेका छन् । महिलालाई अझै पनि नेपालमा दोस्रो श्रेणीको नागरिकको रूपमा व्यवहार गरिन्छ । दाइजो जस्ता समस्याले पनि समाजमा नकारात्मक क्रियाकलाप बढाएर देश विकासमा असर पु¥याएको छ । आजको एक्काइसौँ शताब्दीमा पनि हाम्रो देशका महिला दाइजो, बोक्सी, छाउपडी, झुमा, देउकी, बहुपत्नी लगायतका कुप्रथा तथा अन्धविश्वासीबाट घरेलु हिंसा, यौनजन्य हिंसा तथा बलात्कारका साथै शारीरिक तथा मानसिक हिंसाको सिकार भइरहेका छन् । वर्तमान शिक्षाले दाइजो लिनु दिएको छ यद्यपि, शिक्षा र चेतनाको अभावका कारण दाइजो प्रथा रहिरहेको छ ।

नेपालमा भएको स्रोत साधनको परिचालन गर्ने हो भने, यहाँ कुनै पनि व्यक्ति रोजगार विहिन हुनु पर्ने थिएन । तर विडम्बना जनशक्ति हुदाँ हुदै पनि असल शासन अथवा सुशासन नभएर विभिन्न समस्या भोग्नु परेको छ । नेपालको भूगोललाई हेर्ने हो भने, यहाँ न गरिबी हुनु पर्ने न बेरोजगारी अवस्था आउन पर्ने हो तर विडम्बना जनशक्ति हुदाँ हुदै र रोजगारको धेरै स्रोत, साधन हुदाँ हुदैँ पनि राजनीतिक अव्वस्था, असल शासन नहुनाले नेपाली जनता गरिबीबाट उन्मुख हुन पाएका छन । अहिले देशमा गुञ्जिरहेको राजनीतिक समस्यालाई सुधार्ने वा यसलाई मिलाएर राजनीतिलाई फरक किसिमले अगाडी बढाउनको लागि शिक्षित युवाको महत्व बढि हुन्छ । युवाले नयाँ–नयाँ खोज र सकारात्मक सोच गरी नयाँ किसिमले अगाडी बढ्नु आजको आवश्यकता हो ।

सुशासन सरकारको दृष्टिकोण हो, जुन राज्यमा न्याय र शान्ति स्थापित गर्न निर्माण भएको हुन्छ । सुशासनले व्यक्तिको मानव अधिकार र स्वतन्त्रताको रक्षा गर्दछ । संयुक्त राष्ट्रका अनुसार सुशासनलाई सहभागिता, कानूनको शासन, पारदर्शिता, जवाफदेहीता, सहमति अभिमुखीकरण, समानता र समावेशीकरण, प्रभावकारिता र दक्षता, र उत्तरदायित्वका आठ कारकहरूले मापन गर्छन् । शासनको अवधारणालाई विभिन्न व्यक्तिहरूले धेरै तरिकाले बुझ्दछन । सुशासनको लोकतान्त्रिक शासन व्यवस्थाको मेरुदण्ड होे । सुशासन बिना कुनै पनि देशको आर्थिक, सामाजिक, राजनीतिक, सांस्कृतिक विकासका लक्ष्यहरू हासिल गर्न सकिँदैन । नेपालको संविधानले प्रधान रुपमा राखेको आकांक्षाहरू दिगो शान्ति, विकास, समृद्धि र सुशासन हो ।

देशको मुल कानून संविधानले नै नागरिकका आधारभूत हक अधिकारको प्रत्याभूति गर्दछ । त्यसकारण संविधानमा लेखिएका विषय र जनताका लागि आवश्यक पर्र्ने हक, हितका कुरा स्पष्ट रुपमा कार्यान्वयन हुनु आवश्यक छ । देश सुधारका लागि व्यतिmलाई प्रदान गर्ने अधिकार प्रजातन्त्रलाई कायम राख्ने आधारभूत आवश्यकता हो । अधिकार प्राकृतिक अर्थमा नैतिक सिद्धान्त हो तर धार्मिक अर्थमा भन्ने होइन । मानव अधिकार मानिस भएर जन्मेकै कारण जन्मनासाथ स्वतः पाउने अधिकार हो । संविधानमा व्यवस्था भएका कुनै पनि हक तथा अधिकारको हनन भयो भने संवौधानिक उपचारको हक अवलम्बन गरेर आफ्नो हक तथा अधिकार सुरक्षित गर्न सक्छौँ । त्यसकारण जुनकुनै राष्ट्र सुधारका लागि आफ्नो हक, अधिकारको सुरक्षा सँगसँगै अरुको अधिकारको पनि हनन गर्नु हुदैन् । कानुनका दुई महत्वपुर्ण पक्षहरु अधिकार र कर्तव्य हुन । जुन देश विकासको लागि पनि महत्वपूर्ण हुन्छ । राज्यमा गरिबी निवारणको लागि सुशासन नै महत्वपूर्ण स्रोत हो । सुशासन भयो भने, व्यक्ति व्यक्ति बीचको असमानताको खाडलको पनि अन्त्य हुन्छ । यसको अवलम्बन गरेर राज्यको गहन समस्याको पनि अन्त्य गर्नुपर्छ ।

नेपालको वर्तमान शासन प्रणाली र नेपालीले भोग्दै आएको राजनीतिक, सामाजिक, आर्थिक र मानवीय समस्याहरु हुने कारण केवल सुशासन र सदाचारको कमि हुनु हो । कानुन कार्यान्वयनमा फितलो हुदाँ यहाँ एक जनाले अपराध ग¥यो भने सोर्स, फोर्स गरेर अपराधी छुटने र गैर अपराधी सजायको भागीदार बन्ने गरेको पनि यदाकदा पाइन्छ । त्यसकारण आफ्नो हक, हित र अधिकारको रक्षा गर्नको लागि समाजलाई परिवर्तन गर्ने राज्यको एक महत्वपूर्ण दस्तावेज कानुनको सबैले सदैव पालना गरौँ र गराऊँ । कानुन राज्य सञ्चालनको महत्वपुर्ण प्रमुख आधार हो । कानुनविना समाजमा अमन चयन, शान्ति, सुव्यवस्थाका साथ साथै राज्यमा निष्पक्ष न्याय प्रणाली स्थापना गर्न सकिदैन । यसैले समाज सुधारका लागि कानून र संविधानको पनि महत्वपूर्ण भूमिका हुन्छ । हामीले नकरात्मक क्रियाकलापलाई बढ्न नदिनु र सकरात्मक क्रियाकलापका साथ सही मार्गमा हिँड्नु र हिँड्न सघाउनु नै युवाको भूमिका हो । कानुन समाजमा शान्ति, सुव्यवस्था कायम गर्न राज्यका सर्वोच्च शक्तिद्वारा लागू गरिएका सबै प्रकारका नियम वा सिद्धान्तहरुको संगालो हो । समाजलाई सही दिशामा मार्गदर्शन गर्न कानुनको आवश्यकता पर्छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *