कृषिता अधिकारी (निशा)
वास्तवमा भन्ने हो भने मानिसको जीवन प्रकृतिमै अडेको छ । न त मानिस प्रकृति विना जिवित रहन्छ न त मानिस विना प्रकृति नै । मानिस बाँच्नका लागि भौतिक स्रोत साधनहरुको प्रयोग गर्दछ र तीनै प्राकृति सम्पदाहरुले मानिसलाई जीवन जिउन सिकाएको छ । त्यसैले जलसम्पदा भनेको जीवन हो मानिस र प्राकृति सम्पदा बिच घनिष्ठ सम्बन्ध रहेको छ । किनकि यी स्रोतसाधन न किन्न पछ्र्र, न त माग्न नै । प्रकृति कति अनमोल छ, बस् यसलाई उचित सदुपयोग गर्न सके हामी मानिसलाई धेरै फाइदा हुन्छ ।
साँच्चै जलसम्पदाको दृष्टिले हाम्रो नेपाल ब्राजिल पछि विश्वको दोस्रो धनी राष्ट्र र एसियामा पहिलो राष्ट्र मानिन्छ । हाम्रो देश जलस्रोतको मुख्य स्रोतहरु नदी नाला, ताल, सिमसार, पोखरी हिम नदी आदि पर्दछन् । यहाँ छ हजार भन्दा बढि नदिनालाहरु छन् । एक हजार भन्दा बढि नदिहरु ११ किमी भन्दा लामा र झण्डै १०० वटा नदिहरुको लम्बाई १६० कि.मी.भन्दा बढि रहेको छ । त्यस्तै, नेपालको मुख्य नदिहरु कोसी, गण्डकी, कर्णालिको जल भण्डार करिब १ लाख ४८ हजार मिलियन क्यूविक मिटर अर्थात् ७४ प्रतिशत छ । नेपालका तमाम जलसम्पदाबाट ८३ हजार मेघावाट विद्युत उत्पादन ८० लाख हेक्टर भूमिमा सिँचाइ सुविधा शुद्ध पियजलको आपूर्ति, जलयातायात, पर्यटन क्षेत्रमा बहुआयामिक रुपले प्रयोग गरिन्छ ।
जस्तैः फरक हावापानीमा फरक–फरक किसिमका जीवजन्तु र बोट बिरुवा पाइन्छन् । मौसम अनूसार विविध किसिमका अन्न, तरकारी र फलफूल उत्पादन हुन्छन् । अर्कोतर्फ नेपालमा कतै समथर जमिनमा उब्जाउ हुन्छ त कतै अग्ला पहाड र हिमाल छन् । त्यस्तै,मन लोभ्याउने हिमालदेखि बहुमूल्य खनिज नेपालकै जमिनमा उपलब्ध छन् । त्यसैले त साँच्चिकै नेपालको हराभरा जंगल र जडिबुटी पनि नेपालका आर्थिक स्रोत हुन् । त्यसैगरी नेपालको जमिनको कुल क्षेत्रफलको १८ प्रतिशत भू–भाग मात्र खेतीयोग्य भए पनि विभिन्न किसिमका खेति गर्न सकिन्छ । जसले गर्दा नेपालको जमिन महत्वपूर्ण प्राकृतिक स्रोत हो ।
मानिसलाई बाँच्नका लागि जलको आवश्यक पर्दछ किनकि जल विना हामी बाँच्नै सक्दैनौं जल अर्थात पानी हाम्रो देश विश्वको दोस्रो धनी देश मध्ये पर्दछ । किनकि नेपालमा पाइने प्राकृतिक स्रोत मध्ये जलस्रोत पनि एक हो । कारण नेपालको आर्थिक विकासमा सबैभन्दा महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्दछ । त्यसैले पनि अर्थतन्त्रको एउटा अति नै महत्वपूर्ण स्रोतको रुपमा लिने गरिन्छ । त्यस्तै वन, खनिज र मानव शंसाधन पनि आर्थिक साधनहरुमा पर्दछन् । यी प्रकतिमा नि.शुल्क पाइने स्रोत साधन हुन् यिनको सदुपयोग गर्नाले हामीलाई धेरै फाइदा हुन्छ ।
धेरै रुख बोट बिरुवा उम्रेर बाक्लो भएको क्षेत्रलाई नै हामी वन भन्छौ । यो महत्वपूर्ण आर्थिक स्रोत हो । किनकि हाम्रो देश नेपाल वन सम्पदामा निकै धनी छ । नेपालको भू–बनोट अनुसार विविध किसिमको वन पाइन्छ । जसमा सदावहार जंगल तराई क्षेत्र, भावर र दूनमा रहेका छन् । महाभारत पर्वतको तल्लो भागमा पतझर जंगल पाइन्छ भने महाभारतको माथिल्लो भाग र हिमालयको तल्लो भागमा कोणधारी जंगल रहेका छन्, यीनका आ–आफ्नै विशेषता छन् । साँच्चिकै नै यहाँ विभिन्न प्रकारका बहुमूल्य जडिबुटी र रुखहरु छन् । जसको आफ्नै महत्व छ ।
वन जंगलबाट फर्निचर उद्योग, सलाई उद्योग, कागज उद्योग र औषधी उद्योग तथा कच्चा पर्दाथ उपलब्ध हुन्छन् । हामीले गम, रेजिन र धेरै प्रकारका पदार्थ प्राप्त गरि यसबाट लाभ लिन सक्छौ । हुन त ठूला–ठूला उद्योग कलकारखाना सञ्चालन गर्ने मानिसले विकासका नाममा विनाश गर्दै प्रकृति माथि शोषण गर्दै आएका छौ । जसले गर्दा बाढि पहिरो जस्ता प्राकृतिक विपत्ति आउने गरेका छन् । जसले गर्दा वातावरणीय सन्तुलन बिग्रन्छ । अर्कोतिर जीवजन्तुको जीवनमा गम्भीरता समस्या उत्पन्न हुने गर्दछ । तसर्थ, यी र यस्ता समस्यालाई हामीले निराकरण गरि वनजंगलको संरक्षणमा हामीले योगदान दिनु अति आवश्यक छ । यसका साथै खुला ठाउँमा बोटबिरुवा लगाउने र वनविनाश हुनबाट जोगाउनु पर्दछ ।
तसर्थ, देशमा भएका प्राकृतिक स्रोत साधनलाई उचित प्रयोग गरि आर्थिक गतिविधिहरु मावन संशाधनबाट सञ्चालन गर्न सके देशको आर्थिक तथा सामाजिक विकासमा टेवा पुग्दछ । यसका लागि नागरिक समाज तथा राज्यले स्वदेश भित्र नै रोजगारीका अवसर सिर्जना गर्नु पर्दछ ।