सरोजराज पन्त
हरेक वर्ष २५ नोभेम्बरदेखि १० डिसेम्बरसम्म १६ दिनसम्म विभिन्न कार्यक्रम गरी लैंगिक हिंसाविरुद्धकोे अभियान विश्वभर मनाइँदै आएको छ । ‘घरबाटै सुरु गरौँ, महिला हिंसा अन्त्य गरौँ’ भन्ने नाराका साथ लैंगिक हिंसाविरुद्ध १६ दिने अभियान यसपटक पनि सुरु भएको छ । तर, नेपालमा महिला हिंसाको ग्राफ भने जति अभियान चलाए तापनि प्रत्येक वर्ष उकालो लागिरहेको छ । प्रहरीमा पेश वा दर्ता नभएको तथ्यांक भन्दा बाहिरको सख्या हेर्दा यो सख्या अझ बढी रहेको छ । म्हिलाहिंसा घर देखि कार्य स्थलसम्म र यातायात, बाटोघाटो, मठ मन्दिर, विद्यालय, कार्यस्थल, सार्वजनिक स्थल र परिवारभित्रै दैनिक हिंसाका घटनाहरु भइरहेका छन ।
माता, लक्ष्मी, सरस्वती, दुर्गा, कालीआदि नामबाट शक्ति को पुजा गर्ने समाज आजसम्म पनि नारिशतिmको महिमा नबुझेको छ कसरी भन्नु तर व्यवहार भने उही छ भन्दा आश्चर्य मान्ने अबस्था छ । देबीको नाममा पुकारिने नारी शक्ति जननी हुन, आमा र सृष्टिदाता हुन तर उनलाई आजसम्म पनि नेपाली समाजमा फरक ढगले हेर्ने गरेको कारण लैंगिक हिंसाविरुद्धकोे १६ दिने अभियान सन्चालन गरिरहनु परेको छ तथापि अपेक्षित सफलता हासिल गर्न नसकेको अबस्था छ ।
कानुनको दृष्टिमा महिला र पुरुष बीच समानताको अधिकार स्थापित हुन्छ भनिएको छ तर किन अझैपनि समान व्यवहारका साथ महिला र पुरुषलाई हेर्न समाज चुकेको छ । एक्ले हिडन, बस्न र जता गएपनि महिलालाई होच्याउने, उनीहरुलाई पीडा दिने, उनीहरुको अधिकारमा अाँच आउने कुराहरु भई रहेका छन । महिलालाई घर परिवार, कार्यालय, सार्वजनिक स्थलमा शारीरिक, मानसिक, आर्थिक एवं सामाजिक रुपमा क्षति पुग्ने काम दिनहुँ भईरहेको छन तर सरकार र सबद्ध निकाय मौन रहका छन । महिलालाई परम्परागत वा आधुनिक किसिम गरी दुई किसिमबाट हिंसा हुने गरेका छन । परम्पराको आधारमा चलिआएको रीतिरिवाज र अन्धविश्वासको आडमा घर परिवार र समाजबाट महिला हिंसाहरु हुने गरेका छन जस्तै विधुवा महिलालाई गरिने झुमा प्रथा, देउकी प्रथा, बोक्सी आदि हुन र महिलालाई सञ्चार माध्यम रेडियो, टिभी, पत्रपत्रिका आदिबाट गरिने हिंसालाई आधुनिक हिंसा भनिन्छ । हिंसाको अन्त्य गर्नको लागि शिक्षा, रोजगार, समान अबसरमा महिलाहरुको पहुँच हुन आवश्यक छ ।
अहिले महिलाहरुमाथि सबैभन्दा धेरै घरेलु हिंसा हुने गरेको छ । तर, घरेलु हिंसाका उजुरी नगण्य मात्रै प्रहरीमा दर्ता हुन्छन । प्रहरीले पीडकलाई सामान्य सचेत गराएर मिलापत्र गरी पठाउने गर्दछ । घरेलु हिंसामा कारबाही फितलो भएकाले पनि घटनाहरु दोहोरीने गरेका छन । यसबर्ष महिला हिंसाका १८ हजार ४२३ उजुरी प्रहरीमा पुगेका छन्, सबैभन्दा धेरै हुने घरेलु हिंसामा बलात्कारका घटना रहेका छन । अधिकांश घटनाहरु ठूलाबडाले मिलापत्रका नाममा गाउँमै दबाउँछन् भने प्रहरीसम्म पुगेका घटनामा पनि गतिलो अनुसन्धान भएको देखिदैन । निर्मला, भागिरथी लगायतका घटनाबाट पनि यस्ता प्रश्न जनमानसमा उठने गरेका छन । बिगतका घटनामात्र होइन चालू आवको अहिलेसम्म घरेलु हिंसाका पाचँ हजार भन्दा बढी उजुरी परेका छन । आव ०७७÷७८ मा यस्ता घटनाको संख्या १४ हजार दुई सय ३२ रहेकोमा अहिले यो संख्या उकालो लागिरहेको प्रहरीको तथ्यांक छ ।
विश्वव्यापी रुपमा महिलाको अवस्था केही विकसित मुलुकको अवस्थालाई छोडेर हेर्दा कुनै न कुनै उत्पीडन एवं चपेटामा नपरेको विरलै पाइन्छ । कानुनले विश्वव्यापी रुपमा महिला माथि हुने भेदभावपूर्ण व्यवहार अन्त्य गर्दै समतामुलक समाज निर्माण गर्नका लागि सन् १९७९ डिसेम्बर १८ मा महिला विरुद्धका सबै भेदभाव अन्त्य गर्ने कानुन बन्यो । यो कानुनको मुख्य उद्धेश्य लैङिक रुपमा गरिने अन्याय पुर्ण व्यवहारको अन्त्य गर्नु रहेको थियो । यद्यपि अहिले ४२ वर्ष भै सकेको छ । तर पनि महिलाहरुको पीडाको अन्त्य भने अझै हुन सकेको छैन । महिला र पुरुष विच लैङगीय आधार वा अन्य कुनै बहानामा कुनै क्षेत्रमा भेदभाव गर्न पाइदैन भनिए तापनि महिलाहरुलाई हरेक क्षेत्रमा भेदभाव गरिएको अबस्था बिधमान छ । पुरुषबाटमात्र होइन महिला महिलाबाटै पिडित भएको अबस्था पनि बढिरहेको छ ।
शिक्षाले मानव जीवनमा महत्वपूर्ण भूमिका खेल्छ । यसले महिलाहरुलाई जीवनको हरेक पाइलामा सबल किसिमले डो¥याउन र निर्देशन दिन मद्दत गर्दछ । असल खराबबीच भिन्नता बुभ्न, संसारको घटना, मानवीय व्यबहार जान्न, अनुभव हासिल गर्न शिक्षा अनिवार्य छ । अतः शिक्षा हाम्रो जीवनको अविभाज्य अंश हो । यसैले यो हाम्रो दैनिक जीवनको एक हिस्सा र पार्सल भएको छ । शिक्षा कुनै पनि देशको विकासको लागि आवश्यक छ । यो एक राष्ट्रको विकासको आधारको रूपमा काम गर्दछ । यो गरिबी निवारणको महत्वपूर्ण आधारशीला हो ।
शिक्षा बिना, कुनै पनि देशको विकास हुन्छ भन्नु केवल हावामा महल बनाउन प्रयास गर्नु जस्तै हो । शिक्षाको सन्दर्भमा आमा बुबाले छोरा र छोरीबीच भेदभाव गर्नु हुँदैन । मानिसहरूलाई शिक्षित गर्नु भनेको व्यक्तिको चरित्र र मानसिक शक्तिलाई विकास र आकार दिनु हो । तर समाजमा यो अबस्था छैन । अब राज्यले महिलाको शिक्षाको लागि थप सजग र सचेत हुनु पर्दछ । यदि हामी एउटा घरमा बत्ती बाल्छौं भने सम्पूर्ण सडक उज्यालो हुन्छ, त्यस्तै गरी यदि महिलाहरु महिलालाई शिक्षा दिन्छौं भने सारा घर, समाजर देश शिक्षित र सवल हुन्छ । हामी यसलाई मदर टेरेसाले समाज र देशमा गरेका कार्यहरूबाट प्रमाणित गर्न सक्दछौ ं। उनी एक शिक्षित महिला थिइन त्यसैले उनी विश्वका हजारौं व्यक्तिको जीवन बचाउन सफल भइन । जबसम्म महिलालाई उचित शिक्षा दिइदैन, तव सम्म घर परिवा, समाज र देशको अवस्था जस्तो छ त्यस्तै रहनेछ ।
पुरुष र महिला समान अबसरमा चल्न र समान व्यवहारबाट फाइदा लिन सक्नुपर्दछ । यदि उनीहरू शिक्षित छन भने मात्र उनीहरूलाई राम्रो काम गर्न, असल पुस्तकहरू पढ्न सम्भव छ । यस अवस्थामा महिला पुरुष सरह समान अबसर पाउन सक्दछन भने समाजले पनि समान रुपमा हेर्न बाध्य हुन्छ । समग्र महिलाले राष्ट्रबाट पूर्ण लाभ लिन सक्दछ । तसर्थ, महान सम्राटले भनेका थिए, मलाई एक राम्रो आमा दिनुहोस, म तपाईंलाई एउटा राष्ट्र दिन्छु । शिक्षाको सहयोगले महिलाले आफ्नो संकुचित दिमाग फराकिलो बनाउन र ज्ञानको क्षितिज फराकिलो बनाउन सक्दछ ।
नेपालको संविधानमा २०७२ मा ३१ वटा मौलिक अधिकारहरुको व्यवस्था गरिएको छ । धारा २० ले न्याय सम्बन्धी अधिकार सुनिश्चित गरेको छ । महिलाका अधिकार आयोगको व्यबस्था गरिएको छ । समाबेशी, आरक्षणको व्यबस्था गरिएको छ तर यो अझै पनि सबै तह र तप्काका महिलाका लागि समान रुपमा लागु हुन सकेको छैन । नेपालका महिलाहरूको अबस्थामा केही सुधार भए तापनि अपेक्षित सुधारका लागि कानुनको आबश्यकता महसुस गरिएको छ । बलात्कार र दुव्र्यवहार पीडितहरूले न्याय पाउँदैनन् र राज्यले कुनै पनि हालतमा अपराधीहरुलाई अदृश्य रूपमा जोगाउँने गरेको छ । तिनीहरूको कामको अदृश्यताको कारण, महिलामा आत्मविश्वास र आत्मसम्मानको कमी भएको छ । त्यस्तै बलात्कार, यौन उत्पीडन, एसिड आक्रमण, दाइजोको नाममा दुलही जलाउने जस्ता जघन्य मानव अधिकार उल्लघनका घटना कम हुन सकेका छैनन । चेलीबेटी बेचबिखन, महिला हत्या, घरेलु हिंसा, र सार्वजनिक क्षेत्रका महिलामाथि हुने असमान व्यवहारले अधिकार पाउनमा बाधा पुगिरहेको छ ।
हिंसाका घटनाहरुमा दोषीलाई कारबाही गर्न, कानुन पुर्ण कार्यान्वयन गर्नका लागि सरकारमाथि दबाब बढिरहे छ । तर पनि अनुसन्धान र अपराधी पहिचानमा लाग्ने समयले पीडितलाई थप कष्ट दिने गरेकोले यस्ता घटनाहरु सार्वजनिक गर्न भन्दा गुपचुप राख्ने गरेको पाइन्छ । पछिल्लो समय शिक्षित, आर्थिक र सामाजिक क्षेत्रमा पहुँच भएका, जागिरे र आत्मनिर्भर महिला नै बिबिध हिंसाबाट पीडित हुने गरेका छन । विश्वव्यापीकरणसँगै नेपाली समाजमा अहिले हिंसा आधुनिक बन्दै गएका छन । न्यायिक निकायले समेत यौनिकतालाई जोडेर गरिने हिंसालाई मात्र प्राथमिकतामा राख्ने गरेकाले अन्य प्रकृतिका हिंसाहरु दिनहँु बढिरहेका छन् ।
महिलाहरूलाई दोस्रो वर्गको नागरिक बनाउने नेपाली समाजको संस्कार हो जसले महिलालाई कमजोर बनाएको छ । महिलालाई अझै पनि नेपालमा दोस्रो श्रेणीको नागरिकको रूपमा व्यवहार गरिन्छ यो गलत छ । नेपालमा महिलाको स्थिति इतिहास भरि फरक छ । ऐतिहासिक रूपमा नेपाल मुख्यतया पुरुषप्रधान समाज भएको छ जहाँ महिलाहरू पुरुषको अधीनमा छन । समाजमा छोराको पक्षमा हुने यस कट्टर पक्षपातको अर्थ छोरीलाई जन्मदेखि नै विभेद गरिएको थियो र विकासको सबै पक्ष प्राप्त गर्ने समान अवसर थिएन । छोरीहरू अधिकार, शिक्षा, स्वास्थ्य सेवा, सामाजिक प्रतिष्ठा, मृत आमाबाबुको अन्तिम संस्कार सहित धेरै सुविधाहरूबाट वञ्चित थिए र उनीहरूलाई अरूको सम्पत्ति र दायित्व ठानिन्थ्यो । २००२ को विधेयकमा महिलालाई कुनै खास शर्तमा सम्बन्ध विच्छेद गर्ने अधिकार दिनु, गर्भपतनलाई वैधानिक बनाउनु र बलात्कारीहरूलाई दण्ड दिनुपर्ने व्यबस्था गरिएको थियो तर यस्ता व्यवस्थाका वावजुद थप महिला हिंसा कम हुनभन्दा बढनु दुखको विषय हो ।
भनिन्छ महिला हिंसालाई अन्त्य गर्ने स्रोत भनेको शिक्षा, रोजगार र समान अबसर हो । स्वरोजगार, व्यवसायिक र आत्मनिर्भर हुने किसिमको शिक्षामा बिशेष जोड दिएमा यो समस्या समाधान गर्न सहज हुन्छ । यद्यपि अहिले पढेलेखेका, रोजगार महिलामाथि हिंसा हुनु थप चुनौति हो । त्यसैले महिला शिक्षाका लागि महिला नै अगाडि बढ्नु पर्छ र महिला हिंसाको अन्त्य अरुबाट होइन सर्वप्रथम आफ्नो घरबाट र महिला महिला आफैँबाट गर्न जरुरी छ । महिलाहरुमा आँट, शक्ति, साहस छ भनि आत्म बिश्वास बढाउन र म गर्न सक्छु भन्ने भावना आफैँबाट सुरु गर्न सकेमा पछि परेर होइन, अघि बढेर र डटेर लडन सकेमामात्र नारीशतिmको सम्मान हुनेछ । तबमात्र २१औं शताव्दि सुहाउँदो समुनत विकासमा समान योगदान र टेवा पुग्ने छ । समानताका लागि कागजी अधिकारले होइन व्यवहारमा लागु गरी देखाउन सकेमामात्र सम्भव हुने भएकोले यसको लागि सम्बद्ध सबै एक भएर लाग्न अत्यन्त जरुरी देखिन्छ ।