राम सुवेदी
जीवन चेतना सजिवताको सिकाईमै मर्दछ । सत्य मर्दैन तर मार्न ईच्छा राख्नेहरको अधिक संगत यही हुन्छ । मतलव सही, सत्य र तथ्यसँग संगत गर्ने र गरिरहेकाहरु आफै बेइमानी छन् । त्यसमा पनि पदको रजाई गर्न मनपराउनेदेखि दाईंखेलिरहेकाहरुको अविगत जसरी आज उत्ताउलो छ । उनीहरुनै बढ्ता राम्रो, इमानी र सत्यका गीत गाएर थाक्दैनन् । त्यहाँ उच्च स्तरको बद्नामी हुर्केबढेको देखिन्छ ।
मान्छे, आफ्नो अस्तित्व स्थापित गर्न अर्काको अस्तित्व कमजोर मान्ने, ठान्ने र गिराउने खेलमा दैनिक लागि परिरहेको देखिन्छ । आफ्नो हित र स्वार्थ रहुञ्जेलसम्म यस्तै खराव चरित्रको मान्छे पनि प्यारो लाग्छ । बद्नामीलाई नजिकको स्वीकार गर्छ । राम्रो र नराम्रो दुई पाटा भएर दुई परिचय कायम भएको हो । तर स्वार्थको दास रहुञ्जेल यहाँ नराम्रो पनि राम्रो हुनुपुग्छ । कारण बद्नामी संगत हो ।
कस्को, कहाँ, कसरी सम्बन्ध भयो वा रह्यो त्यसको ठोस हिसाब मिल्दैन । तर हरेक मान्छेहरुको स्वार्थले आकासको तारा भुई झर्छ । बद्नीयतसगँ मितेर गाँसेर हल्लि हिंड्दा पनि संगतका कारण आफूलाई सतमार्गका अनुयायी मापन गरिएको हुन्छ । अन्ततः धेरै कारण चाहिंदैन । जब स्वार्थको संगत टुट्छ । त्यही संगत दुबैतिर बद्नामी हुन्छ । यो हिसाव बढ्ता समाजसेवा र जनसेवकको महासंग्राममा देखिएका राजनैतिक पार्टिका नेता, तिनका कार्यकर्ता र उनले अंगिकार गरेको व्यवहारले पुष्टि गर्दै आएको छ । आफ्ना भनिएका समर्थक र सुभचिन्तकहरुलाई उल्लु बनाएर पार्टिसत्ता र राज्यसत्तामा रजगज जमाउनेहरुमा अझ बढी यो प्रवृत्ति उर्भर देखिन्छ ।
इमान जमानका जमानाले जामा लगाएछ । सतमार्ग अवरुद्ध बनेछ । समाजमा सामाजिक रुपान्तरण फगत चाटुकारहरुका रचना रहेछन् । आफ्ना पराई भन्ने स्वार्थका सारथी भए छन् । मूल्य, मान्यता, नैतिकता बजारका माल बनेछन् । मानीवयता उनहरुका स्वार्थका किनबेच हुने बस्तु रहेछन् । समानता र समदुरीका तर्क, मलिन भएर धरमराईदिएछन् । शैद्धान्तिक तर्क र निर्णयहरु स्वार्थका तराजुका कहिले उकालो कहिले ओरालो गरिरहँदा रहेछन् । उनै मान्छे, उनै विचारक, उनै रक्षक उनै भक्षक भइदिएपछि नीतिशास्त्रका बचन बद्नामी संगतले हिजोका आज फेरिदिने रहेछ ।
नैतिकता दाउमा राखेर गरिएको मगज किनबेचका कसाहीहरु हौसिएको देख्दा कहिं कतै उनीहरुसँगको संगत आज बद्नामी पुष्टि हुँदैछ । नकचरो अनुहारका देखिएको खिस्स हाँसो। उपद्रो जस्तो गरि उदाँगो र नाँगो लाग्छ । विचारका बहशमा भौतारिएका मान्छेहरु सत्य होलान भनेको खाली नाङ्लो ठटाएर गरिएको गाइजात्रा जस्तो अनूभूतिका प्रतित भइरहेको छ । अघिसम्मको कालो धब्बा, अहिलेको अहिल्यै सेतो भनेर जोर जवरजस्त ढोल पिट्दा लाग्छ, मगज विग्रकाहरको संगत नै बदनीयत होला झै लाग्छ । तर उनीहरु आफूलाई सध्ये भनिरहेका छन् ।
हुनत स्वार्थ भन्ने सम्भावनाको रेशबाट प्राप्त हुने उपज हो रे । राजनीति त्यसकै औकात राख्छ भन्ने विद्धानहरु मैले धेरै भेटेको छु । कुनै तात्विक अर्थ र प्रमाण नचाहिने नैतिकतामा नीतिका कुरा, विचार र शिद्धान्तका कुरा गाइजात्रामा पहिरएको नककली वस्त्र न हो । सत्तामा हालिमुहाली गर्नेहरुलाई जस्तो गरेपनि त्यो नीति बन्छ । निर्णय हुन्छ । तर त्यसका समर्थक र सुभचिन्तकहरुले शासकहरुका विचार पचेर नपचेर स्वीकार गर्नुपर्ने पनि त बद्नीयत संगतको उपज होला । मान्छे, आफैमा विवेकशील प्राणी हो । के ठीक के बेठिक । कुन सही कुन गलत छान्न, जान्न र बुझन सक्छ । तर स्वार्थले दृष्टिविहिन बनाइएका तमाम आँखाहरु, अन्धभक्त मानसिकतामा बन्जड बनेका मगजहरु, चेत किट्टिएर खिया लागेका तमान मानव स्वरुपहरुको सम्मान गरिरहनु पर्ने पनि त बद्नीयत संगतकै फल होला ।
होईन भने सामाजिक सभ्यताको अपमान हुनेगरि प्रदर्शन भइरहेका अमानवीय व्यवहार कस्को दिमाग सही भएर गरिरहेका होलान । आफ्ना नचिन्नेहरुले दुनियाँमा आफ्नो अस्तित्व कसरी जिउँदो राख्ने होलान । कोठा कुना र कप्चेरामा छुपेर जनजीवीकाका सवाल भनि ठटाइएका ढ्याङ्ग्राहरु थलिएका सामाजिक कुरिति कुसंस्कारको उपचार लायक होला कि नहोला । अवस्तुवादी, परम्परागत रुढीग्रस्त विचार सवालले मानवजीवन परिवर्तन गर्दैन । लाछि, पापी र लोभिहरुको जमात स्वार्थको करुवा समातेर को कता कता डुल्छ, त्यसको जयजयकार गर्ने आजका सचेत मान्छेको मगजमा बस्दैन । विस्तारै उत्रदैछ । अन्तमा बद्नामी संगत छोड्दा त्यसको विसर्जन पक्का छ ।
विचार, शिद्धान्त र व्यवहारमा परिपक्कता त्यसबेलासम्म आउँदैन तवसम्म स्वार्थीहरको मन सफा हुँदैन वा उनीहरु अस्तित्वबाट मेटिदैनन् । चरित्रले चित्र निर्माण हुनुपर्नेमा चित्र हेरेर चरित्रको हिसाव राख्ने ढोंगी मानसिकता रुढीग्रस्त विचारको प्रभुत्व हो । नीति निर्माणमा रहेको र त्यसको कार्यान्यन कर्ताबीचको बेमेल स्वभनीय कुरा होइन । नीति निर्माणमा विचारको मन्थन जरुरी छ ।
मन्थनबाट समझदारी खोज्ने हो । त्यो क्षमता छैन भने सही नेतृत्व कसरी हुन्छ । निर्णय गर्नु मात्र ठूलो कुरा होईन । निर्णयको कार्यान्वयन सरलीकरण गरिनु सफल नेतृत्वको जिम्मेवारी पनि हो । होइन भने उसको स्वार्थको हिवास त्यहीबाट सुरुहुन्छ । निर्णयकर्ताले पालनकर्तालाई असहज हुनेगरि लादेको जिम्मेवारीले सफलता पाउँदैन । जो स्वयंममा घातक हुनछ । जोर जवरजस्ती गर्ने वा अन्यायपूर्ण व्यवहारहरु आफ्नामा सुरु हुन्छ । यो परिपाटिले बद्नीयतपूर्ण संगतको परिणाम देखाउँछ ।