चिसोबाट बच्ने प्राकृतिक उपचार

जीवन शाक्य
गत मंसिर १२ गते कामको सिलसिलामा काठमाण्डौमा जाने काम भयो । जाडो बढदो क्रममा थियो । कामले घर बाहिर जान र भेटघाटका लागि आफन्तकोमा बाइकमा जानुपर्ने भयो । विहान र बेलुकीको चिसो सिरेठो लहरले नाकमा मास्क लगाय पनि चिसो ठोक्किन्थ्यो । बसाईको क्रम करिब २ हप्ता भन्दा बढी भयो । केहि वर्ष पहिले देखि मलाई खोकी लाग्ने रुघा लाग्ने समस्या भएकै थिएन, तर काठमाण्डौमा बस्दा कामले बाहिर निस्कदा केहि पटकको बाईकको ओहोर दोहोर पछि बसमा गरेको यात्राले केहि भएको त थिएन, तर फर्केर बागलुङ आउनु भन्दा केहि दिन अघिको लगातार आधा घण्टा बढीको रातीको चिसो यात्रा र त्यसको भोली पल्टको बेलुकी रातीको चिसो करिव १५ मिनेट जतिको यात्राले छिम छिम आउने नाकबाट पानी बग्ने लगायत एक्कासी छाती दुख्ने खोकी लाग्ने भयो ।

मेरा आफन्तहरु धेरैलाई यो समस्या पहिल्यै भएको थियो, मलाई पनि भयो । कति पटकको यात्रा टयाक्सीबाट गरेको थिए, तर कहिले काँहि छिटोको लागि बाइकको सहारा लिदा यो समस्याले छोयो ।

शुरुमै छिम आउने र एक्कासी छाती समाते जस्तो भएको महशुष भए पछि, टयाक्सीबाट आउने जाने गरेको थिए । श्रीमती र छेराहरुलाई पनि रुघा खोकीले समाती हाल्यो । सुरुवातमा दुइ तीन पटक छिम्न आयो । नाकमा पनि अलि चिसोले पानी आउन थाल्यो । केहि पिरो भएजस्तो लाग्न थाल्यो । राती सुतेर उठ्दा छाती समातेकै थियो, कफ पनि आयो तर खोक्दा दुखे जस्तो महशुष भइरह्यो तर केहि कम जस्तो । विहान बागलुडमा जान पुन बाइकको पछि बसँे कलंकी पुग्न । माइक्रोबसमा बस्दा अलि अलि खोकी कफ आउने, कहिले कफ नआउने, कफ निकाल्न बल गरेर खोक्नु पर्ने जस्तो भयो । बाटोमा कम चिल्लो भएको खाना खाए । बेलुकी ५ः३० बजे पोखरा आइपुग्यौ । पोखराको जीप पार्कमा फोन गरेर बागलुङ जाने जीप सोधखोज गर्दा बागलुङ जाने जीप नै रहेछन् । जिरो किमीमा पुगेपछि टयाक्सीबाट बागलुङ फर्कने निधो भयो । सोही अनुसार ट्याक्सीमा आइयो । बाटोमा मःम खायौ । मःम केहि चिल्लो थियो । राती कफ सजिलै आए पनि सुतेर उठ्दा अलि छाती समातेकै र बल गरेर पनि कफ फाल्न कठिन जस्तो भयो ।

विहान आफै खाना पकाएर खाने क्रममा तरकारीमा तेल केहि बढी र दालमा पनि झानेर खाए । खाना खाइसके पछि खोकी लागेुर कफ सजिलै नआउने भएर बढी बल गरेर खोकनु पर्ने जस्तो समस्या भई रह्यो । ज्वरो नआएको भए र ५ दिन सम्म अलिकति चिल्लो भएको तरकारी, मासु पनि खाने काम भयो स्वर अलि धोद्रो भयो, खोकी लाग्ने र छाती समातेको कम भएन । ब्रोकाईटिस भइसकेको जस्तो भयो । लगातार अदुवा बेसार पानी पकाएर पनि खाने गरे विहान र दिउसो, कहिले कालो कफी पनि । काठमाण्डौबाट फर्केको छैठौ दिन समस्या कम नभएकोले बेलुकीको खानाको सट्टा फ्रुट ओट र अडहरको दाल नझानेको दाल पकाएर खाएँ । बेलुकी राती सुत्ने बेलामा कफ सजिलै आउने जस्तो भयो, राती सुत्न अफ्ठ्यारो, जस्तो अलिकति भएपनि राम्ररी सुते । विहान अलि बढीनै हलुका जस्तो भएको थियो । २ दिन अघि नाक अलि बुझिए जस्तो भएर कफ खोकेर फाल्नु भन्दा समस्या नबल्झाउन नाकले कफ भित्र टानेर घाँटीमा आउने गराएर मात्र कफ फाल्ने गरेको थिए, यसले नाक बन्द हुने समस्या कम भयो । पहिला पहिला यस्तो समस्या हँुदा नजानेर कफ फाल्न खोकने बल गर्थे र नाक बन्द भएको बेला जोडले छीँ छीँ गर्ने गर्थेँ र सिगान सबै फाल्न खोज्थेँ, यसले गर्दा पिनाश हुने समस्या पनि थपिएको थियो । पछि नाककान घाँटी चिकित्सक संगको सम्र्पकमा चिकित्सकको सल्लाह पाएर थाहा पाएपछि नाक बन्द भएको बेला छीँ छीँ बढी गर्नु र खोक्नुको सट्टा नाकले तानेर कफ घाँटीमा पुराएर फाल्ने गरेर पिनाश पर्ने समस्या कम भएको थियो । यस्तो गदा कान पाक्ने समस्या पनि नहुने रहेछ ।

छैठों दिन चिल्लो तरकारी दाल आदि नखाने गरेपछि छाती पनि अलि खुकुलो सजिलै कफ आउने भयो, राहत भएको महशुष भयो । एन्टिबायोटिक औषधि नखाइृकन निको गर्छु भनेर सोचेको थिए, सफल पनि भएको महशुष भयो । मात्रै बढी चिल्लो हालेको तरकारी दाल नखाने र नाक खुलाएन बढी खोक्ने छीँ–छीँ गरेर नाकबाट पानी सिगान फाल्ने नगर्दा पनि कम भएको महशुष भयो ।

नजान्नु र जानेर पनि अलि अलि खानु पर्छ भन्ने सोचले चिल्लो भएको खाना खानाले कति घात गर्दो रहेछ । केहि दिन नखाएर केहि पनि हुने पनि थिएन केहि दिन अघि निको हुने, बेकारमा लामो भयो समस्या सुत्न पनि कठिन भयो, किनभने चिप्लो चिप्लो टाँसिने कफ खाएर सुरु सुरुमा निदा आउन समस्या भएको थियो ।

हत्तपत्त एन्टिबायोटिक जस्तो जीवाणु मार्ने औषधि खाइहाल्ने स्वभाव छ हाम्रो आखिरमा प्राकृतिक तरिकाले पनि निको हुन सकिने बाटो छ । स्वादको लागि जे सुकै होस भनेर खाई हाल्ने बानी नै छ जस्ले रोग बल्झिएर थप समस्या थप रोग निम्त्याउने र जटिल बनाउने गरेको हुन्छ । कतिले अझ यसतो भएको बेलामा चिसो, सुन्तलाहरु पनि खाने गरेका देखिन्छन । यहि भएर होला धेरैलाई औषधि खाएर पनि समयमा निको नहुने, महिनौ दिन भयो खोकी पिनाश भएको भएको भन्ने गरेका । अत स्वास्थ्यको लागि प्राकृतिक उपाय तर्फ पनि ध्यान दिने गरौ । यस्तो बेलामा खाना खाएको केहि घण्टा पनि मनतातो पानी बराबर पिउदा पनि सहयोग गर्छ ।
भवतु सब्ब मंगलम ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *