गर्भावस्था र प्रसव पीडा

कृषिता अधिकारी (निशा)
वास्तवमा हरेक महिलाहरुले ध्यान दिनुपर्नेमा र आफु र आफ्नो बच्चाको ख्याल राख्नु एकदमै जरुरी हुन्छ । किनकि गर्भावस्थामा रहँदा आमाले गर्ने सानो हेलचक्राइले गर्दा बच्चामा अपांग तथा विकलांग जन्मिन सक्छ । पछिल्लो समयमा अनावश्यक औषधि सेवन गर्दा र खानपानमा ध्यान नदिदा आमा र बच्चा अस्वस्थ हुन पुग्दछन् । आमा र बच्चाको ज्यान समेत जाने गरेकोे छ । हामी सबै महिला बालबालिका सबै सबैले यस सम्बन्धि जानकारी राख्नु अत्यन्त आवश्यक छ । आज हामी गर्भावस्था र गर्भावस्थामा कुन–कुन कुरा खाने के कसरी ध्यान पु¥याउने बारेमा विस्तृत रुपमा चर्चा गर्ने छौ ।

गर्भावस्था भनेको शिशुको जीवन शुरुवात भएदेखि जन्म हुनु पूर्वको अवधी हो । यो अवधी कुल २७० दिन अथवा चालिस हप्ता वा नौ महिना सात दिन भन्ने बुझिन्छ । यो अवधीमा शिशुको शारीर जस्तो कि आँखा, कान, मुटु, कलेजो, लिङ्ग आदिको वृद्धि र विकास भएको हुन्छ । जसमा शिशुले हातखुट्टा चलाउने, जिउ तन्काउने, निदाउने, हाइ काड्ने गर्दछ । आफू वरिपरि हुने अधिकांश क्रियाकलापहरू शिशुले आमाको पेटभित्र भएपनि सुन्छ र अनुभूति पनि गर्दछ । जब शिशुले वातावरण अनुसार प्रतिक्रिया जनाउँछ अनि उ तर्सिन्छ, मधुर संगितमा चलमलाउँछ, मुस्कुराउँछ, मुखमा औंला हाल्दछ । बच्चाको शारीरिक रुपमा विकास हुनको लागि गर्भधारणदेखि नै आमाले दिनहुँ खाने साविक खानाका साथै एकपटक थप पौष्टिक तथा सन्तुलित खाना खानुपर्छ जस्तै ः अन्न गेडागुडी, दूध तथा दूग्ध जन्य पदार्थ, मासु÷माछा, अण्डा, भिटामिन ए पाइने फलफूल र तरकारी जस्तै पाकेको मेवा, आँप, सुन्तला, गाजर र फर्सी, तथा अन्य फलफूल तथा तरकारी) मध्येबाट कम्तिमा ४ समूहका खानेकुराहरु खुवाउनु पर्दछ ।

किनकि यो अवस्थामा यदि हामीले ध्यान दिएनौ भने बच्चामा कुपोषण वा अन्य कारणले शिशुमा अपाङ्गता हुन सक्छ । विभिन्न रोगहरु जस्तै ः डाउनसिन्ड्रोम, पैताला÷हात बाँङ्गिनु, बहिरोपन, मोतीविन्दु, ओठ काटिएको, मुटु सम्बन्धि समस्या हुन् । आदि हुने सम्भावना अधिक हुने गर्दछ । त्यसैले यसलाई तुरुन्तै रोकथाम गर्न जटिल हुने गर्दछ । जसले गर्दा बालबालिका अपांग तथा विकंलाङ्ग जन्मने र जन्मिसके पश्चात् विभिन्न रोगले ग्रस्त भै हात खुट्टा लुलो हुने टेक्न नसक्ने ओछ्यानमै सुतिरहने गर्दछन ।

यी र यस्ता समस्याहरु आउन नदिन ध्यान दिनुपर्ने कुराहरु ः स्वास्थ्य संस्थाका विज्ञले सिफारिस गरे बमोजिम आइरन–फोलिक एसिड चक्की र जुका मार्ने चक्की खानु पर्दछ । खाना पकाउँदा दुई बालबालिका सहितको लोगो भएको आयोडिन यूक्त नुन राखेको खाना खानु पर्दछ, औँलो लाग्ने जिल्लाहरूमा गर्भवती महिलाले किटनाशक औषधिले उपचार गरिएको झूलभित्र सुत्नु पर्दछ, स्वास्थकर्मीको सल्लाहबमोजिम नियमित रुपमा व्यायाम गर्ने र तौल वृद्धिमा विचार राख्नु पर्दछ भने कम्तिमा चार पटक परिक्षण गराइ रहनु पर्दछ ।

त्यसका साथसाथै रक्तअल्पताबाट बच्न स्थानीय स्तरमा पाइने खाना जस्तै टुसा उमारेको गेडागुडी, हरियो सागपात, कुरिलो, च्याउ, आदि पनि खुवाउनु पर्दछ । बालबालिका जन्मिएपछि आमालाई ४२ दिन भित्र १ मात्रा भिटामिन ए क्याप्सुल खुवाउन स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वंय सेविकासँग सम्पर्क गर्नुपर्छ । भिटामिन ए क्याप्सुल खानाले आमाको दूध थप पोषिलो बनाउँदछ जसले बालबालिकालाई स्वस्थ र बलियो बनाउँछ । भिटामिन ‘ए’ धेरै मात्रामा पाइने खानेकुराहरु जस्तै अण्डा, कलेजो, पाकेको मेवा, फर्सी, गाँजर पनि खुवाउनु पर्दछ ।

किनकि महिलाका लागि गर्भावस्था निकै खुशी, हर्ष अनि महत्वपूर्ण तथा जटिल अवस्था हो । विशेष गरी २० वर्षभन्दा कम अनि ३० वर्षपछि प्रथम पटक आमा बन्ने महिलामा यस्तो जोखिमको सम्भावना बढी देखा पर्ने हुन्छ । अर्कोतिर गर्भावस्थामा रहेको शुरूका दिनहरूमा गर्भपतन हुने खतरा सबैभन्दा बढी हुन्छ । यसैले महिलाहरूले यस अवस्थामा आफ्नो जीवन शैली, खानपानको साथ पानीको पिउने मात्रालाई पनि निकै ध्यान दिनु पर्ने हुन्छ । आमाबाट बच्चामा पोषण जाने भएकोले आमाले आफ्नो शरीरको निकै ख्याल राख्न जरुरी देखिन्छ । कारण पहिलो ४ हप्ता सम्म भ्रुण राम्रो विकाश हुन सकेन भने बच्चाको मानसिक विकासमा समस्या आउन सक्छ र बच्चा अस्वस्थ जन्मिन्छ । जसले गर्दा जिन्दगी भरि पीडा तनाव लिएर बाँच्नु भन्दा हरेक गर्भाणी महिलाहरु अभिभावकले आफ्ना छोरी बुहारीलाई प्रशस्त मात्रामा पौष्टिक आहार माछा मासु गेडागुडी तथा प्रशस्त मात्रामा पानी पिउने गम्भीर समस्या आइलाग्दा तुरुन्तै स्वास्थ्यकर्मी सँग जाँच गर्नुका साथै उचित परामर्श लिनुपर्दछ ।

यो अवस्थामा मानसिक तनाव लिने खानामा ध्यान नपु¥याउने आफ्नो स्वास्थ्यको ख्याल राखिएन भने आफ्नो र बच्चाको भविष्य खराब हुने गर्दछ । त्यस्तै गर्भ अवस्थामा सामान्य प्रकारका व्यायाम गर्दा आमा र बच्चा दुवैलाई फाइदा हुन्छ । जस्तै, सामान्य घरको काम, हिडँडुल, लामो सास फेर्ने जस्ता सामान्य व्यायामहरु गर्नु पर्दछ । तर, व्यायाम गर्दा तल्लो पेट कडा भएमा, श्वासप्रश्वासमा समस्या आएमा र मुटुको चाल बढेमा तुरुन्तै स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्छ । तसर्थ, गर्भावस्थामा यी समस्या उत्पन्न हुन नदिनको लागि गर्भवती आमाले आयोडिनयुक्त नुन खाएर शिशुलाई सुस्त मनस्थिती, होचोपुड्को, छाला र कपालको समस्या, गलगाँड आदि हुनबाट बचाउनु पर्दछ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *